• +977 9841468702
  • info@cpostnews.com

अपराध

  • हत्याका अभियुक्तलाई सर्वस्वसहित जन्मकैद

    ताप्लेजुङ, ३० असार । जिल्ला अदालत ताप्लेजुङले वन रक्षक गणेश शाहीको हत्याका अभियुक्तलाई सर्वस्वसहित जन्मकैदको फैसला गरेको छ । जिल्ला न्यायाधीश अशोककुमार बस्नेतको एकल इजलाशले शाहीको हत्याका अभियुक्त लेमिक्वाखोला गाउँपालिकाका सवीन भनिने टेकबहादुर लिम्बूलाई सर्वस्वसहित जन्मकैदको फैसला गरेको हो । हत्यामा संलग्न नागथाने भनिने दावा शेर्पालाई आठ महिना कैद तथा प्रमाण नष्ट गर्न भूमिका खेलेका देउकला लिम्बू, ... read more...

  • रानीबारी हत्याकाण्डका ‘कन्ट्राक्ट किलर’ लाई जन्मकैद सजाय

    काठमाडौं, २८ असार । चर्चित रानीबारी हत्याकाण्डका दुई अभियुक्तलाई सर्वस्वसहित जन्मकैदको फैसला भएको छ । जिल्ला अदालत काठमाडौंका न्यायाधीश रमेशप्रसाद रिजालको एकल इजलासले बुधबार हत्या आरोपित मनराज गुरुङ र प्रमेश चौहानलाई दोषी ठहर गर्दै जन्मकैदको सजाय सुनाएको हो । ०५९ असार ३१ गते इन्जिनियर हेमन्त श्रेष्ठ र उनकी पत्नी अञ्जली श्रेष्ठको खुकुरी प्रहारबाट हत्या भएको थियो । लामो अनुसन्धानपछि प्रहरीको केन्द्र ... read more...

  • यसरी पक्राउ परे काठमाडौंबाट अपहरणकारी केसी

    काठमाडौँ, २७ असार । तार्केश्वर नगरपालिका मनमैजु बस्ने दाङ, तुल्सीपुर उपमहानगरपालिका–११ कटाहका ३० वर्षीय खुमबहादुर केसीलाई महानगरीय प्रहरी अपराध महाशाखाको विशेष टोलीले मङ्गलबार कोठाबाटै पक्राउ गरेको छ । केसीमाथि दाङका व्यापारी अपहरण गरी हत्या गर्ने प्रमुख योजनाकार भएको आरोप थियो । दाङ, तुल्सीपुर उपमहानगरपालिका–५ वुटवल बस्त्रालयका सञ्चालक एवम् तुलसीपुर उद्योग वाण ... read more...

  • श्रीमतीको गला रेटी हत्याः श्रीमानद्धारा श्रीमतीको टाउकोसहित प्रहरीमा आत्मसमर्पण

    बांके, २७ असार । कोहलपुर नगरपालिका–४ बेलनपुरका २९ वर्षीय मोहमद अस्ताव बेडुवाले आफ्नै २७ वर्षीया श्रीमती मन्सुरको गला रेटी हत्या गरेका छन् । हत्यापछि स्वयम् प्रहरीमा आत्मसमर्पण गर्दै 'गला रेटी टाउको छुट्टाएर' हत्या गरेको बताएपछि प्रहरी नै आश्चर्यमा परेका थिए । इलाका प्रहरी कार्यालय बांकेका अनुसार गएराति करिब १२ बजे श्रीमतीको हत्या गरी अभियुक्त बेडुवा श्रीमतीको टाउकोसहित इलाका प्रहरीमा आएका थि ... read more...

  • बलात्कारी पूर्पक्षका लागि कारागार चलान

    गौशाला, २६ असार । महोत्तरी जिल्लाको औरही गाउँपालिकामा एक युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा चार जना बलात्कारीलाई महोत्तरी जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको छ । कारागार चलान हुनेमा औरही गाउँपालिका–२ बस्ने २२ वर्षीय सुनिलकुमार साह, २० वर्षीय सुरेशप्रसाद यादव, २१ वर्षीय रमेश पञ्जीयार र २० वर्षीय अनिकेतकुमार यादव रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । गत जेठ २८ रा ... read more...

  • अवैध बाघको छालासहित ८ जना प्रहरी खोरमा

    काठमाडौं, २६ असार । अवैध बाघको छालासहित बौंद्धबाट ८ जना पक्राउ परेका छन् । महानगरीय प्रहरी बृत्त लौनचौरको सक्रियतामा उनीहरुलाई बौद्धबाट पक्राउ गरिएको हो । पक्राउ पर्नेमा प्रेम तामाङ, सुरेन तामाङ, धनबहादुर लामा, राजु सुनवार, संजय लामा, अमेर तामाङ, प्रेम लामा र छिरिङ तामाङ रहेका छन् । लौनचौर बृत्तका डीएसपी सोमेन्द्रसिंह राठौरका अनुसार अवैध बाघको छाला विक्री गर्न रकमको मोलमोलाई भइरहेको बेला उनीहरुलाई ... read more...

  • अपहरण धन्दामा नेत्र विक्रम चन्द नेतृत्व माओवादी

    काठमाडौँ, ११ असार । जडीबुटी व्यवसायी गोपालबाबु श्रेष्ठ र भक्तपुर जिल्ला चाँगुनारायण नगरपालिका बस्ने कविता दाहाललाई अपहरण गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने नेत्रविक्रम चन्द नेतृत्व नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्तालाई प्रहरीले सार्वजनिक गरेको छ । शनिबार आफूलाई बिप्लव माओवादीको कार्यकर्ता बताउँदै सो समूहले श्रेष्ठ र दाहाललाई अपहरण गरेका थिए । रामेछाप जिल्ला मन ... read more...

  • एकाविहानै प्रधानाध्यापक शर्मामाथि गोली प्रहार

    धनुषा, ११ असार । विद्यालय जाँदै गरेका एक प्रधानाध्यापकमाथि गोली प्रहार भएको छ । ५० वर्षीय प्रअ नरेन्द्रकुमार शर्मामाथि गोली प्रहार भएको हो । प्रअ शर्मा धनुषाको लक्ष्मीनिया गाउँपालिकाको विलट साह सर्वोदय मावि, सिनुरजोडाका प्रधानाध्यापक हुन् भने उनको गालामा गोली लागेको छ । उनको अवस्था अहिले रहेको गम्भीर प्रहरीले जनाएको छ । उपचारका लागि जनकपुर अञ्चल अस्पतामा भर्ना गरिएको छ । जनकपुर उपमहानगरप ... read more...

  • भिओआईपी धन्दा सञ्चालन गर्ने अजमत प्रहरीको हिरासतमा

    गौशाला, ६ असार । राजधानीमा एक दशक अघ आगो झैं फैलिएको अवैध कल बाईपासको धन्दा अहिले राजधानी बाहिर जताततै फैलिएको छ । पछिल्लो समय तराई जिल्लाहरुमा समेत यो अवैध धन्दा मौलाएको अनुमान मात्र होइन, पुष्टि नै भएको छ । महोत्तरी प्रहरीले अवैध कल वाइपासको धन्दा गरेको आरोपमा जलेश्वर नगरपालिका–५ बिसनपुर बस्ने ३१ वर्षीय मोहम्मद अजमतलाई सोमबार गरेपछि यो पुष्टि भएको हो । जिल्ला प्रहरी कार्यालय ... read more...

  • अपहरण काण्डमा मुछिएका चार जना जेल चलान

    झापा, २ असार । झापाको बिर्तामोड नगरपालिकामा रहेको झन्डै १५ करोड पर्ने जग्गा कीर्ते गरी हडप्न खोजेको आरोपमा पक्राउ परेका ६ जनामध्ये चारजना पुर्पक्षका लागि जेल चलान भएका छन् । जग्गाधनी जीवन विष्टलाई अपहरण गरी उनको नाममा रहेको पाँच कट्ठा १६ धुर जग्गा हड्पेको उजुरीका आधारमा पक्राउ परेका मध्ये भूपू कान्छा, राजु कुँवर, प्रेम न्यौपाने र तेजेन्द्र न्यौपाने जिल्ला अदालतको थुनछेक आदेशपछि पुर्पक्षका लागि जेल ... read more...

  • बलात्कारी बाबुलाई २३ वर्ष कैद

    भक्तपुर, २८ जेठ । पछिल्लो समय बलात्कारका घटना सार्वजनिक भइरहेका बेला भक्तपुर जिल्ला अदालतले बलात्कारको एक घटनामा २३ बर्षको जेल सजायँ फैसाला सुनाएको छ । छोरीलाई पटकपटक बलात्कार गर्ने बाबुलाई अदालतले २३ वर्ष जेल सजायँ र तीन लाख क्षतिपूर्ति भराउने फैसला गरेको हो । भक्तपुर अदालतका न्यायाधीश श्रीकृष्ण भट्टराईको एकल इजलासले पीडितको बाबुलाई जबरजस्ती करणीको ३ नं को देहाय ९२० बमोजिम १२ वर्ष कैद, जबरजस ... read more...

  • लुटियो म्हैपीबाट ३२ लाख

    काठमाडौँ, १९ जेठ । स्थानीय म्हैपीबाट दुई जनाका साथमा रहेको ३२ लाख रुपैयां लुटिएको छ । महाराजगन्जस्थित एनएमएबी बैंकबाट रकम लिएर गइरहेका रोशन बोगटी र नरेन्द्रकमाुर विकबाट सो रकम लुटिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक प्रद्युम्नकुमार कार्कीले बताएका छन् । पीडितले आफूहरुले बैंकबाट झिकेको २२ लाख र आफ्ना साथमा रहेको १० लाख गरी ३२ लाख लिएर हिँडिरहेका अवस्थामा बा४५प ४५२५ नंको पल ... read more...

  • अवोध बालकलाई कुटपिटपछि मुखमा एसिड हालियो

    ललितपुर, १८ जेठ । ललितपुरको प्युटार निवासी एक अवोध बालकलाई अज्ञात समूहले कुटपिट गरी एसिड खुवाएको छ । जसका कारण नौं बर्षीय बालक करणब्लोन तामाङको मुख पुरै जलेको छ भने उनले बोली गुमाएका छन् । बालक करणलाई ३ जनाको समुहमा आएको एक समूहले कुटपिटपछि समातेर एसिड खुवाएको पीडित परिवारले बताएको छ । बालकमाथि कुटपिट र एसिड खुवाउने कारण पारिवारिक दुश्मनी हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । गत जेठ ८ गते दिउँस ... read more...

  • काबुल आक्रमणमा पाँच नेपाली घाइते

    काठमाडौँ, १७ जेठ । अफगानिस्तानको राजधानी काबुलमा आज बिहान भएको आतङ्कवादी आक्रमणमा परी पाँच नेपाली घाइते भएका छन् ।इस्लामावादस्थित नेपाली दूतावासका अधिकारी घाइतेसँग निरन्तर सम्पर्कमा रहेका र उनीहरुको अवस्थाबारे जानकारी दिन परराष्ट्र मन्त्रालयले उक्त दूतावासलाई निर्देशन दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । साथै सरकारले उक्त आक्रमणको निन्दा गदै अफगान सरकार र त्यहाँका जनतामा हार्दिक सहानुभूति एवम् स ... read more...

  • साता पहिले बेपत्ता भएका प्रहरी हबल्दारको शव फेला

    कपिलवस्तु, १६ जेठ । एक साता पहिले बेपत्ता भएका प्रहरी हबल्दारको शव आज फेला परेको छ । शिवराज नगरपालिका– ३ खरेन्द्रपुरमा रहेको जवाइ खोलाको किनारमा हबल्दार एकबहादुर खासुको शव फेला परेको हो खरेन्द्रपुरका महिलाले जङ्गलमा साग टिप्न गएका बेला शव देखेर वडा प्रहरी कार्यालय चन्द्रौटालाई खबर गरेका थिए । शव परीक्षणका लागि तौलिहवा पठाइएको वडा प्रहरी कार्यलय चन्द्रौटाका प्रहरी निरीक्षक झविन्द्र भट्टराईले ... read more...

  • अमेरिकी डलरसहित स्विडेनी नागरिक प्रहरी नियन्त्रणमा

    काठमाडौं, १० जेठ । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्विडेन जान लागेकी एक महिलालाई ४८ हजार अमेरिकी डलरसहित पक्राउ गरेको छ । स्विडेनी नागरिक सारासुरा टर्किस एयरलाइन्सबाट स्थानबुल हुादै स्विडेन जान लागेकी थिइन् । राहदानी नम्बर ८७२५८९४५ बाहक स्विडेनी नागरिक सल्मानलाई झोलामा लुकाई लैजान लागेको ४८ हजार अमेरिकी डलरबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।  ... read more...

  • झडपमा सात घाइते भएपछि धादिङ बन्द

    धादिङ, ७ जेठ । मध्य धादिङको ज्वालामुखी गाउँपालिकामा शनिबार राति नेकपा एमाले र नेपाली काँग्रेस कार्यकर्ताबीच झडप भएपछि आज नेपाली काँग्रेसले धादिङ बन्द गराएको छ । झडपमा काँग्रेस र एमालेका सात कार्यकर्ता घाइते भएका छन् । काँग्रेस पूर्वसभापति रामनाथ अधिकारीको नेतृत्वमा सदरमुकाम धादिङबँसी बजार बन्द गराइएको थियो । बन्दका कारण सदरमुकामबाट चल्ने लामो तथा छोटो दूरीका सवारी साधन चल्न सकेका छैनन् । बजार पूर् ... read more...

  • अफिमसहित तीन जना प्रहरी नियन्त्रणमा

    बाँके, ६ जेठ । अञ्चल प्रहरी कार्यालय नेपालगञ्जले झण्डै साँढे दुई केजी अफिमसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ परेका अभियुक्तलाई सार्वजनिक गर्दै दुई केजी ५५१ ग्राम अफिमसहित तीन जना पक्राउ परेको प्रहरीले बतायो । पक्राउ पर्नेमा रुकुम भूमेगाउँपालिका वडा नम्बर ३ भई हाल दाङ घोराही उपमहानगरपालिका वडा नम्बर ६ डेरा गरी बस्ने २९ बर्षीय अयन रोका, रुकुमकै दाङ घोराही बस्ने ३६ बर्षीय भागेश्वर रोका र २६ बर्ष ... read more...

  • करोडौं भारतीय रुपैयाँसहित दर्जन बढि व्यूरोको नियन्त्रणमा

    काठमाडौं, ३ जेठ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो महाराजगञ्जले प्रतिवन्धित करोडौं भारतीय रुपैयाँसहित दर्जन बढिलाई पक्राउ गरेको छ । भारतमा प्रतिवन्धित ५ सय र १ हजारका भारतीय नोट अवैध तरिकाबाट नेपाल भित्र्याई कारोबार भइरहेको सूचनाको आधारमा व्यूरो त्यस्तो अबैध रकम खोज्न सक्रिय भएको थियो । सोही क्रममा व्यूरोले जेठ २ गते गौरीघाटस्थित कमल भण्डारीको डेरा खानतलासी गर्दा ५ सय र १ हजारका नोटहरु फे ... read more...

  • यसरी दबाईदै छ निर्दोष युवकलाई गरिएको हत्या

    काभ्रे (भकुण्डेवेशी), ३ बैशाख । स्थानीय तहको निर्वाचनको पूर्व सन्ध्यामा गस्तीमा रहेको सशस्त्र प्रहरीले गोली हानी हत्या गरिएका मृतक नवराज पाठकको सोमबार बेलुका पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । नगरपालिकामा बसेको नगरस्तरिय दलिय संयन्त्रको बैठकले सरकारले मृतक पाठकलाई शहिद घोषणा गरेकोप्रति धन्यवाद दिँदै मृतकका परिवारलाई उचित क्षतिपूर्ति दिने निर्णय गरिएसँगै अन्त्येष्टि गर्ने बाटो खुलेको थियो । बै ... read more...