• +977 9841468702
  • info@cpostnews.com

अपराध

  • कछुवा तस्करीमा संलग्न दुई जना ब्यूरोको हिरासतमा

    काठमाडौं, १९ भाद्र । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले जीवित कछुवासहित कछुवा तस्करीमा संलग्न दुई जनालाई पक्राउ गरेको छ । कछुवाको तस्करी भइरहेको सूचना पाएपछि ब्यूरोबाट खटिएको टोलीले भक्तपुर, सुर्यविनायक नगरपालिका वडा नम्बर १ सिरुटारबाट बिरबहादुर स्याङतान र कान्छा लामालाई जीवित कछुवासहित पक्राउ गरेको हो । स्याङतान र लामा क्रमशः मकवानपुर जिल्ला गढी गाविस वडा नम्बर १ र ललितपुर नल्लु गाविस वडा नम्ब ... read more...

  • बन्दुक लुकाएर राख्नेविरुद्ध मुद्दा

     सोलुखुम्बु, १७ भदौ । भरुवा बन्दुक लुकाएर राखेको अभियोगमा एक युवकविरुद्ध हातहतियार खरखजानाअन्तर्गत शुक्रबार मुद्दा दर्ता गरिएको छ । अभियुक्त सोलुदूधकुण्ड नगरपालिका–१० टाप्टिङका २३ वर्षीय पासाङ तामाङविरुद्ध मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ । ससुरा नाता पर्ने माझी तामाङको बारीमा डेरा गरी बस्ने पासाङले बन्दुक लुकाएर राखेको जानकारी पाएपछि प्रहरीले यही भदौ ५ गते बन्दुकसहित त्यसमा प्रयोग ... read more...

  • नरभक्षी चितुवा मार्न हतियारसहित प्रहरी खटाइयो

    बैतडी, १३ भदौ । बैतडीको तल्लोसोराडमा चितुवाले २२ जनाभन्दा बढी मानिसमाथि आक्रमण गर्ने नरभक्षी चितुवा मार्न प्रहरी परिचालन गरिएको छ । उक्त नरभक्षी चितुवाले ज्यानै लिएपछि त्यस क्षेत्रमा पुनः प्रहरी परिचालन गरिएको हो । नरभक्षी चितुवाले मानिसमाथि लगातार आक्रमण गर्न थालेपछि त्यसलाई मार्ने उद्देश्यले हतियारसहित १७ जना प्रहरीको टोली प्रभावित क्षेत्रमा पुगेको हो । शनिबार पाटन इलाका प्रहरी कार्यालयबाट गएको ... read more...

  • अवैधरूपमा तस्करी गरी भारततर्फ लैजान लागेका २९ गाई नियन्त्रणमा

    महोत्तरी, ११ भदौ । महोत्तरीमा खुला सीमा नाकाका कारण दैनिक सयौं गाई–गोरु भारततर्फ तस्करी भइरहेको छ । प्रहरीका अनसार तस्करीमा ठूलै गिरोहको हात रहेको छ । यसैबीच, ईलाका प्रहरी कार्यालय बर्दिवासले अवैधरुपमा तस्करी गरी भारततर्फ लैजान लागेका २९ वटा गाई नियन्त्रणमा लिएको छ । भन्सार छली भारततर्फ लैजांदै गर्दा प्रहरीले बर्दिवास नगरपालिका –२ बाट विशेष सुराकीको आधारमा नियन्त्रणमा लिएको हो । प्रहरी ... read more...

  • सामाजिक सञ्जाल फेसबुकबाट ‘ब्ल्याकमेलिङ’ को धन्दा गर्ने नेपाली समातिए

    काठमाडौं, २ भाद्र । नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्यूरो (सीआईबी) ले सामाजिक सञ्जाल फेसबुकमार्फत ‘ब्ल्याकमेलिङ’ गर्ने एक युवकलाई पक्राउ गरेको छ । व्यूरोका अनुसार गोरखा जिल्ला पालुङटार नगरपालिका वडा नम्बर ७ भई हाल काठमाडौंस्थित गोंगबु बसपार्क बस्ने विकास नेपाली पक्राउ परेका हुन् । पक्राउ परेका नेपालीले सामाजिक संजाल फेसबुकमा खाल्टेपानी युबा क्लब नामको फेसबुक आईडी बनाई करिब दुई बर्ष ... read more...

  • बल्ल समातिए सवारी ज्यान मुद्दाका फरार अभियुक्त

    मेलम्ची, ३२ साउन । सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका–१२ बांसबारीबाट प्रहरीले पांच वर्षपछि फरार अभियुक्तलाई पक्राउ गरेको छ । २०६९ असार २० गते भक्तपुर जिल्ला अदालतबाट सवारी ज्यान मुद्दामा दुई वर्ष कैद सजाय सुनाएका मेलम्ची नगरपालिका–१२ पिपलचौरका ३४ वर्षीय तीर्थबहादुर माझी कैद भुक्तानी नगरी फरार थिए । विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय मेलम्चीको टोलीले माझीलाई मंगलबार बाहुने ... read more...

  • अवैध चितुवाको छाला र हड्डीसहित रोकाया समातिए

    काठमाडौं, १८ साउन । महानगरीय प्रहरी अपराध महाशाखाले अवैध चितुवाको छाला र हड्डीसहित एक जनालाई पक्राउ गरेको छ । संरक्षित वन्यजन्तु चितुवाको छालासहित कालीकोट पलाटा गाउंपालिका –८ का भक्तबहादुर रोकाया पक्राउ परेका हुन् । रोकायालाई काठमाडौं महानगरपालिका–२६ गोंगबु नयांबसपार्कस्थित दिपशिखा सुर्खेत गेष्टहाउस एन्ड रेष्टुरेन्टबाट पक्राउ गरिएको हो । सो गेष्टहाउसको कोठा नम्बर २०५ मा बिक्री वितरण गर ... read more...

  • राधिका हत्या काण्डमा संलग्न प्रहरीलाई जन्मकैदको फैसला

    जाजरकोट, १६ साउन । राधिका सुनार हत्या काण्डमा संलग्न एक प्रहरीलाई जिल्ला अदालत जाजरकोटले सर्वस्वसहित जन्मकैदको फैसला गरेको छ । यसरी सर्वस्वसहित जन्मकैद फैसला पाउने प्रहरी हवल्दार कमल सुनार हुन् ।जबर्जस्ती करणीसहित कर्तव्य ज्यान मुद्दा लागेका कमल सुनारलाई जिल्ला न्यायाधीश लीलाराज अधिकारीको इजलासले सर्वस्वसहित जन्म कैदको फैसला सुनाएको हो । गोविन्द महरको जाहेरीमा उनीमाथि जबर्जस्ती करणीसहित कर्तव्य ज् ... read more...

  • हत्याका अभियुक्तलाई सर्वस्वसहित जन्मकैद

    ताप्लेजुङ, ३० असार । जिल्ला अदालत ताप्लेजुङले वन रक्षक गणेश शाहीको हत्याका अभियुक्तलाई सर्वस्वसहित जन्मकैदको फैसला गरेको छ । जिल्ला न्यायाधीश अशोककुमार बस्नेतको एकल इजलाशले शाहीको हत्याका अभियुक्त लेमिक्वाखोला गाउँपालिकाका सवीन भनिने टेकबहादुर लिम्बूलाई सर्वस्वसहित जन्मकैदको फैसला गरेको हो । हत्यामा संलग्न नागथाने भनिने दावा शेर्पालाई आठ महिना कैद तथा प्रमाण नष्ट गर्न भूमिका खेलेका देउकला लिम्बू, ... read more...

  • रानीबारी हत्याकाण्डका ‘कन्ट्राक्ट किलर’ लाई जन्मकैद सजाय

    काठमाडौं, २८ असार । चर्चित रानीबारी हत्याकाण्डका दुई अभियुक्तलाई सर्वस्वसहित जन्मकैदको फैसला भएको छ । जिल्ला अदालत काठमाडौंका न्यायाधीश रमेशप्रसाद रिजालको एकल इजलासले बुधबार हत्या आरोपित मनराज गुरुङ र प्रमेश चौहानलाई दोषी ठहर गर्दै जन्मकैदको सजाय सुनाएको हो । ०५९ असार ३१ गते इन्जिनियर हेमन्त श्रेष्ठ र उनकी पत्नी अञ्जली श्रेष्ठको खुकुरी प्रहारबाट हत्या भएको थियो । लामो अनुसन्धानपछि प्रहरीको केन्द्र ... read more...

  • यसरी पक्राउ परे काठमाडौंबाट अपहरणकारी केसी

    काठमाडौँ, २७ असार । तार्केश्वर नगरपालिका मनमैजु बस्ने दाङ, तुल्सीपुर उपमहानगरपालिका–११ कटाहका ३० वर्षीय खुमबहादुर केसीलाई महानगरीय प्रहरी अपराध महाशाखाको विशेष टोलीले मङ्गलबार कोठाबाटै पक्राउ गरेको छ । केसीमाथि दाङका व्यापारी अपहरण गरी हत्या गर्ने प्रमुख योजनाकार भएको आरोप थियो । दाङ, तुल्सीपुर उपमहानगरपालिका–५ वुटवल बस्त्रालयका सञ्चालक एवम् तुलसीपुर उद्योग वाण ... read more...

  • श्रीमतीको गला रेटी हत्याः श्रीमानद्धारा श्रीमतीको टाउकोसहित प्रहरीमा आत्मसमर्पण

    बांके, २७ असार । कोहलपुर नगरपालिका–४ बेलनपुरका २९ वर्षीय मोहमद अस्ताव बेडुवाले आफ्नै २७ वर्षीया श्रीमती मन्सुरको गला रेटी हत्या गरेका छन् । हत्यापछि स्वयम् प्रहरीमा आत्मसमर्पण गर्दै 'गला रेटी टाउको छुट्टाएर' हत्या गरेको बताएपछि प्रहरी नै आश्चर्यमा परेका थिए । इलाका प्रहरी कार्यालय बांकेका अनुसार गएराति करिब १२ बजे श्रीमतीको हत्या गरी अभियुक्त बेडुवा श्रीमतीको टाउकोसहित इलाका प्रहरीमा आएका थि ... read more...

  • बलात्कारी पूर्पक्षका लागि कारागार चलान

    गौशाला, २६ असार । महोत्तरी जिल्लाको औरही गाउँपालिकामा एक युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा चार जना बलात्कारीलाई महोत्तरी जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको छ । कारागार चलान हुनेमा औरही गाउँपालिका–२ बस्ने २२ वर्षीय सुनिलकुमार साह, २० वर्षीय सुरेशप्रसाद यादव, २१ वर्षीय रमेश पञ्जीयार र २० वर्षीय अनिकेतकुमार यादव रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । गत जेठ २८ रा ... read more...

  • अवैध बाघको छालासहित ८ जना प्रहरी खोरमा

    काठमाडौं, २६ असार । अवैध बाघको छालासहित बौंद्धबाट ८ जना पक्राउ परेका छन् । महानगरीय प्रहरी बृत्त लौनचौरको सक्रियतामा उनीहरुलाई बौद्धबाट पक्राउ गरिएको हो । पक्राउ पर्नेमा प्रेम तामाङ, सुरेन तामाङ, धनबहादुर लामा, राजु सुनवार, संजय लामा, अमेर तामाङ, प्रेम लामा र छिरिङ तामाङ रहेका छन् । लौनचौर बृत्तका डीएसपी सोमेन्द्रसिंह राठौरका अनुसार अवैध बाघको छाला विक्री गर्न रकमको मोलमोलाई भइरहेको बेला उनीहरुलाई ... read more...

  • अपहरण धन्दामा नेत्र विक्रम चन्द नेतृत्व माओवादी

    काठमाडौँ, ११ असार । जडीबुटी व्यवसायी गोपालबाबु श्रेष्ठ र भक्तपुर जिल्ला चाँगुनारायण नगरपालिका बस्ने कविता दाहाललाई अपहरण गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने नेत्रविक्रम चन्द नेतृत्व नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्तालाई प्रहरीले सार्वजनिक गरेको छ । शनिबार आफूलाई बिप्लव माओवादीको कार्यकर्ता बताउँदै सो समूहले श्रेष्ठ र दाहाललाई अपहरण गरेका थिए । रामेछाप जिल्ला मन ... read more...

  • एकाविहानै प्रधानाध्यापक शर्मामाथि गोली प्रहार

    धनुषा, ११ असार । विद्यालय जाँदै गरेका एक प्रधानाध्यापकमाथि गोली प्रहार भएको छ । ५० वर्षीय प्रअ नरेन्द्रकुमार शर्मामाथि गोली प्रहार भएको हो । प्रअ शर्मा धनुषाको लक्ष्मीनिया गाउँपालिकाको विलट साह सर्वोदय मावि, सिनुरजोडाका प्रधानाध्यापक हुन् भने उनको गालामा गोली लागेको छ । उनको अवस्था अहिले रहेको गम्भीर प्रहरीले जनाएको छ । उपचारका लागि जनकपुर अञ्चल अस्पतामा भर्ना गरिएको छ । जनकपुर उपमहानगरप ... read more...

  • भिओआईपी धन्दा सञ्चालन गर्ने अजमत प्रहरीको हिरासतमा

    गौशाला, ६ असार । राजधानीमा एक दशक अघ आगो झैं फैलिएको अवैध कल बाईपासको धन्दा अहिले राजधानी बाहिर जताततै फैलिएको छ । पछिल्लो समय तराई जिल्लाहरुमा समेत यो अवैध धन्दा मौलाएको अनुमान मात्र होइन, पुष्टि नै भएको छ । महोत्तरी प्रहरीले अवैध कल वाइपासको धन्दा गरेको आरोपमा जलेश्वर नगरपालिका–५ बिसनपुर बस्ने ३१ वर्षीय मोहम्मद अजमतलाई सोमबार गरेपछि यो पुष्टि भएको हो । जिल्ला प्रहरी कार्यालय ... read more...

  • अपहरण काण्डमा मुछिएका चार जना जेल चलान

    झापा, २ असार । झापाको बिर्तामोड नगरपालिकामा रहेको झन्डै १५ करोड पर्ने जग्गा कीर्ते गरी हडप्न खोजेको आरोपमा पक्राउ परेका ६ जनामध्ये चारजना पुर्पक्षका लागि जेल चलान भएका छन् । जग्गाधनी जीवन विष्टलाई अपहरण गरी उनको नाममा रहेको पाँच कट्ठा १६ धुर जग्गा हड्पेको उजुरीका आधारमा पक्राउ परेका मध्ये भूपू कान्छा, राजु कुँवर, प्रेम न्यौपाने र तेजेन्द्र न्यौपाने जिल्ला अदालतको थुनछेक आदेशपछि पुर्पक्षका लागि जेल ... read more...

  • बलात्कारी बाबुलाई २३ वर्ष कैद

    भक्तपुर, २८ जेठ । पछिल्लो समय बलात्कारका घटना सार्वजनिक भइरहेका बेला भक्तपुर जिल्ला अदालतले बलात्कारको एक घटनामा २३ बर्षको जेल सजायँ फैसाला सुनाएको छ । छोरीलाई पटकपटक बलात्कार गर्ने बाबुलाई अदालतले २३ वर्ष जेल सजायँ र तीन लाख क्षतिपूर्ति भराउने फैसला गरेको हो । भक्तपुर अदालतका न्यायाधीश श्रीकृष्ण भट्टराईको एकल इजलासले पीडितको बाबुलाई जबरजस्ती करणीको ३ नं को देहाय ९२० बमोजिम १२ वर्ष कैद, जबरजस ... read more...

  • लुटियो म्हैपीबाट ३२ लाख

    काठमाडौँ, १९ जेठ । स्थानीय म्हैपीबाट दुई जनाका साथमा रहेको ३२ लाख रुपैयां लुटिएको छ । महाराजगन्जस्थित एनएमएबी बैंकबाट रकम लिएर गइरहेका रोशन बोगटी र नरेन्द्रकमाुर विकबाट सो रकम लुटिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक प्रद्युम्नकुमार कार्कीले बताएका छन् । पीडितले आफूहरुले बैंकबाट झिकेको २२ लाख र आफ्ना साथमा रहेको १० लाख गरी ३२ लाख लिएर हिँडिरहेका अवस्थामा बा४५प ४५२५ नंको पल ... read more...