• +977 9841468702
  • info@cpostnews.com

अपराध

  • एकाविहानै प्रधानाध्यापक शर्मामाथि गोली प्रहार

    धनुषा, ११ असार । विद्यालय जाँदै गरेका एक प्रधानाध्यापकमाथि गोली प्रहार भएको छ । ५० वर्षीय प्रअ नरेन्द्रकुमार शर्मामाथि गोली प्रहार भएको हो । प्रअ शर्मा धनुषाको लक्ष्मीनिया गाउँपालिकाको विलट साह सर्वोदय मावि, सिनुरजोडाका प्रधानाध्यापक हुन् भने उनको गालामा गोली लागेको छ । उनको अवस्था अहिले रहेको गम्भीर प्रहरीले जनाएको छ । उपचारका लागि जनकपुर अञ्चल अस्पतामा भर्ना गरिएको छ । जनकपुर उपमहानगरप ... read more...

  • भिओआईपी धन्दा सञ्चालन गर्ने अजमत प्रहरीको हिरासतमा

    गौशाला, ६ असार । राजधानीमा एक दशक अघ आगो झैं फैलिएको अवैध कल बाईपासको धन्दा अहिले राजधानी बाहिर जताततै फैलिएको छ । पछिल्लो समय तराई जिल्लाहरुमा समेत यो अवैध धन्दा मौलाएको अनुमान मात्र होइन, पुष्टि नै भएको छ । महोत्तरी प्रहरीले अवैध कल वाइपासको धन्दा गरेको आरोपमा जलेश्वर नगरपालिका–५ बिसनपुर बस्ने ३१ वर्षीय मोहम्मद अजमतलाई सोमबार गरेपछि यो पुष्टि भएको हो । जिल्ला प्रहरी कार्यालय ... read more...

  • अपहरण काण्डमा मुछिएका चार जना जेल चलान

    झापा, २ असार । झापाको बिर्तामोड नगरपालिकामा रहेको झन्डै १५ करोड पर्ने जग्गा कीर्ते गरी हडप्न खोजेको आरोपमा पक्राउ परेका ६ जनामध्ये चारजना पुर्पक्षका लागि जेल चलान भएका छन् । जग्गाधनी जीवन विष्टलाई अपहरण गरी उनको नाममा रहेको पाँच कट्ठा १६ धुर जग्गा हड्पेको उजुरीका आधारमा पक्राउ परेका मध्ये भूपू कान्छा, राजु कुँवर, प्रेम न्यौपाने र तेजेन्द्र न्यौपाने जिल्ला अदालतको थुनछेक आदेशपछि पुर्पक्षका लागि जेल ... read more...

  • बलात्कारी बाबुलाई २३ वर्ष कैद

    भक्तपुर, २८ जेठ । पछिल्लो समय बलात्कारका घटना सार्वजनिक भइरहेका बेला भक्तपुर जिल्ला अदालतले बलात्कारको एक घटनामा २३ बर्षको जेल सजायँ फैसाला सुनाएको छ । छोरीलाई पटकपटक बलात्कार गर्ने बाबुलाई अदालतले २३ वर्ष जेल सजायँ र तीन लाख क्षतिपूर्ति भराउने फैसला गरेको हो । भक्तपुर अदालतका न्यायाधीश श्रीकृष्ण भट्टराईको एकल इजलासले पीडितको बाबुलाई जबरजस्ती करणीको ३ नं को देहाय ९२० बमोजिम १२ वर्ष कैद, जबरजस ... read more...

  • लुटियो म्हैपीबाट ३२ लाख

    काठमाडौँ, १९ जेठ । स्थानीय म्हैपीबाट दुई जनाका साथमा रहेको ३२ लाख रुपैयां लुटिएको छ । महाराजगन्जस्थित एनएमएबी बैंकबाट रकम लिएर गइरहेका रोशन बोगटी र नरेन्द्रकमाुर विकबाट सो रकम लुटिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक प्रद्युम्नकुमार कार्कीले बताएका छन् । पीडितले आफूहरुले बैंकबाट झिकेको २२ लाख र आफ्ना साथमा रहेको १० लाख गरी ३२ लाख लिएर हिँडिरहेका अवस्थामा बा४५प ४५२५ नंको पल ... read more...

  • अवोध बालकलाई कुटपिटपछि मुखमा एसिड हालियो

    ललितपुर, १८ जेठ । ललितपुरको प्युटार निवासी एक अवोध बालकलाई अज्ञात समूहले कुटपिट गरी एसिड खुवाएको छ । जसका कारण नौं बर्षीय बालक करणब्लोन तामाङको मुख पुरै जलेको छ भने उनले बोली गुमाएका छन् । बालक करणलाई ३ जनाको समुहमा आएको एक समूहले कुटपिटपछि समातेर एसिड खुवाएको पीडित परिवारले बताएको छ । बालकमाथि कुटपिट र एसिड खुवाउने कारण पारिवारिक दुश्मनी हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । गत जेठ ८ गते दिउँस ... read more...

  • काबुल आक्रमणमा पाँच नेपाली घाइते

    काठमाडौँ, १७ जेठ । अफगानिस्तानको राजधानी काबुलमा आज बिहान भएको आतङ्कवादी आक्रमणमा परी पाँच नेपाली घाइते भएका छन् ।इस्लामावादस्थित नेपाली दूतावासका अधिकारी घाइतेसँग निरन्तर सम्पर्कमा रहेका र उनीहरुको अवस्थाबारे जानकारी दिन परराष्ट्र मन्त्रालयले उक्त दूतावासलाई निर्देशन दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । साथै सरकारले उक्त आक्रमणको निन्दा गदै अफगान सरकार र त्यहाँका जनतामा हार्दिक सहानुभूति एवम् स ... read more...

  • साता पहिले बेपत्ता भएका प्रहरी हबल्दारको शव फेला

    कपिलवस्तु, १६ जेठ । एक साता पहिले बेपत्ता भएका प्रहरी हबल्दारको शव आज फेला परेको छ । शिवराज नगरपालिका– ३ खरेन्द्रपुरमा रहेको जवाइ खोलाको किनारमा हबल्दार एकबहादुर खासुको शव फेला परेको हो खरेन्द्रपुरका महिलाले जङ्गलमा साग टिप्न गएका बेला शव देखेर वडा प्रहरी कार्यालय चन्द्रौटालाई खबर गरेका थिए । शव परीक्षणका लागि तौलिहवा पठाइएको वडा प्रहरी कार्यलय चन्द्रौटाका प्रहरी निरीक्षक झविन्द्र भट्टराईले ... read more...

  • अमेरिकी डलरसहित स्विडेनी नागरिक प्रहरी नियन्त्रणमा

    काठमाडौं, १० जेठ । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्विडेन जान लागेकी एक महिलालाई ४८ हजार अमेरिकी डलरसहित पक्राउ गरेको छ । स्विडेनी नागरिक सारासुरा टर्किस एयरलाइन्सबाट स्थानबुल हुादै स्विडेन जान लागेकी थिइन् । राहदानी नम्बर ८७२५८९४५ बाहक स्विडेनी नागरिक सल्मानलाई झोलामा लुकाई लैजान लागेको ४८ हजार अमेरिकी डलरबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।  ... read more...

  • झडपमा सात घाइते भएपछि धादिङ बन्द

    धादिङ, ७ जेठ । मध्य धादिङको ज्वालामुखी गाउँपालिकामा शनिबार राति नेकपा एमाले र नेपाली काँग्रेस कार्यकर्ताबीच झडप भएपछि आज नेपाली काँग्रेसले धादिङ बन्द गराएको छ । झडपमा काँग्रेस र एमालेका सात कार्यकर्ता घाइते भएका छन् । काँग्रेस पूर्वसभापति रामनाथ अधिकारीको नेतृत्वमा सदरमुकाम धादिङबँसी बजार बन्द गराइएको थियो । बन्दका कारण सदरमुकामबाट चल्ने लामो तथा छोटो दूरीका सवारी साधन चल्न सकेका छैनन् । बजार पूर् ... read more...

  • अफिमसहित तीन जना प्रहरी नियन्त्रणमा

    बाँके, ६ जेठ । अञ्चल प्रहरी कार्यालय नेपालगञ्जले झण्डै साँढे दुई केजी अफिमसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ परेका अभियुक्तलाई सार्वजनिक गर्दै दुई केजी ५५१ ग्राम अफिमसहित तीन जना पक्राउ परेको प्रहरीले बतायो । पक्राउ पर्नेमा रुकुम भूमेगाउँपालिका वडा नम्बर ३ भई हाल दाङ घोराही उपमहानगरपालिका वडा नम्बर ६ डेरा गरी बस्ने २९ बर्षीय अयन रोका, रुकुमकै दाङ घोराही बस्ने ३६ बर्षीय भागेश्वर रोका र २६ बर्ष ... read more...

  • करोडौं भारतीय रुपैयाँसहित दर्जन बढि व्यूरोको नियन्त्रणमा

    काठमाडौं, ३ जेठ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो महाराजगञ्जले प्रतिवन्धित करोडौं भारतीय रुपैयाँसहित दर्जन बढिलाई पक्राउ गरेको छ । भारतमा प्रतिवन्धित ५ सय र १ हजारका भारतीय नोट अवैध तरिकाबाट नेपाल भित्र्याई कारोबार भइरहेको सूचनाको आधारमा व्यूरो त्यस्तो अबैध रकम खोज्न सक्रिय भएको थियो । सोही क्रममा व्यूरोले जेठ २ गते गौरीघाटस्थित कमल भण्डारीको डेरा खानतलासी गर्दा ५ सय र १ हजारका नोटहरु फे ... read more...

  • यसरी दबाईदै छ निर्दोष युवकलाई गरिएको हत्या

    काभ्रे (भकुण्डेवेशी), ३ बैशाख । स्थानीय तहको निर्वाचनको पूर्व सन्ध्यामा गस्तीमा रहेको सशस्त्र प्रहरीले गोली हानी हत्या गरिएका मृतक नवराज पाठकको सोमबार बेलुका पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । नगरपालिकामा बसेको नगरस्तरिय दलिय संयन्त्रको बैठकले सरकारले मृतक पाठकलाई शहिद घोषणा गरेकोप्रति धन्यवाद दिँदै मृतकका परिवारलाई उचित क्षतिपूर्ति दिने निर्णय गरिएसँगै अन्त्येष्टि गर्ने बाटो खुलेको थियो । बै ... read more...

  •  प्रहरी अधिकृत बनी रकम ठग्दै हिडने गैरपत्रकार रायमाझी प्रहरी फन्दामा

    वीरगंज, ३१ वैशाख  । विगत लामो समयदेखि वीरगंजका व्यवसायीहरुलाई ठग्दै हिडने गैर पत्रकार श्रीराम रायमाझी आज जिल्ला प्रहरी कार्यालय पर्साको फन्दामा परेका छन । गत वैशाख २७ गते नक्कली प्रहरी अधिकृत बनी वीरगंजको कुम्हाल टोलमा रहेको दुर्गा ट्रेडर्स नामक एक कपडा कारोबारीको गोदाममा पुगेर यहाँ भंसार छलेका सामानहरु छन भन्दै आफुले प्रहरीको भ्यान बोलाएर सबै सामानसहित पक्राउ गरिदिने धम्की दिंदै त्यहाँ ... read more...

  • सिलिन्डर बम विस्फोट गराउँदा दाहाल घाइते

    हेटौंडा, २८ वैशाख । हेटौंडा उपमहानगरपालिका–१६ हटियामा गएराति अज्ञात समूहले सिलिन्डर बम विस्फोट गराउँदा सोही वडा बस्ने ३६ वर्षीय श्यामप्रसाद दाहाल सख्त घाइते भएका छन् । सख्त घाइते दाहालको थप उपचारका लागि काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । अज्ञात समूहले बम विस्फोट गराएको स्थलमा प्रहरी टोली पुगी छानबिन गरिरहेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक वसन्त लामाले ... read more...

  • पांच करोड अवैध रकमसहित चिनिया नागरिक पक्राउ

    काठमाडौा, २७ वैशाख । महानगरीय प्रहरी अपराध महाशाखाले चार करोड ७५ लाख ६० हजार बराबरको विभिन्न विदेशी मुद्रासहित ६ जना चिनियाा नागरिकलाई पक्राउ गरेको छ । महाशाखाबाट खटिएको टोलीले पर्यटक गाडीसहित नागढुङ्गाबाट उनीहरुलाई नियन्त्रणमा लिएको हो । महाशाखाका प्रवक्ता एवम् प्रहरी उपरीक्षक प्रकाशजङ्ग कार्कीले काठमाडौाबाट गल्छी, रसुवा, केरुङ नाका हुादै चीन जान लागेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको जानकारी दि ... read more...

  • गुण्डामाथि निगरानी, राजधानीको सिको गर्दै चितवन प्रहरी

    चितवन, २७ वैशाख । राजधानीको सिको गर्दै चितवन प्रहरीले गुण्डागर्दी गर्नेको सूची तयार पारी बर्गीकरण गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बर्गिकरणसँगै उनीहरुलाई विशेष निगरानी थालिएको छ । निर्वाचनको मौन अवधिमा गुण्डागर्दी बढ्न सक्ने भन्दै प्रहरीले निगरानी थालेको जनाएको छ । विगतका गतिविधिलाई मूल्याङ्कन गर्दै ८७ जनामाथि निगरानी थालिएको चितवनका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाले बताए । उनले भन ... read more...

  • अनैतिक क्रियाकलापमा संलग्न १२ जना पक्राउ

    सुरुङ्गा ९झापा०, २६ वैशाख । पाँच भारतीय नागरिकसहित १२ जनालाई सोमबार प्रहरीले झापाका विभिन्न होटलबाट अनैतिक क्रियाकलापमा संलग्न भएको भन्दै पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय अनारमनीबाट गएको प्रहरीको टोलीले उनीहरुलाई आपत्तिजनक अवस्थामा पक्राउ गरेको प्रहरी नायब उपरीक्षक केशवकुमार थेवेले जानकारी दिएका छन् । पक्राउ पर्नेमध्ये एकजना होटल सञ्चालक समेत रहेका छन् । प्रहरीका अनुसार बिर्तामोडको भद्रपुर र ... read more...

  • महतको वाटर ईन्डस्ट्रीजमा पेट्रोल बम प्रहार

    काठमाडौं, २५ वैशाख । शिवपुरी ड्रिङकिङ वाटर ईन्डस्ट्रीजमा पेट्रोल बम प्रहार भएको छ । कम्पनीका सञ्चालक रमेश महतका अनुसार माक्स लगाएका आएका पाँच जनाको अज्ञात समूहले कम्पनीका पालेलाई नियन्त्रणमा लिई अन्धाधुन्ध पेट्रोल बम प्रहार गरेका थिए । बम प्रहारबाट कम्पनीभित्र राखिएको बा ६ च ११७२ नम्बरको कार र बा ५१ प ८५१३ नम्बरका मोटरसाइकल नम्बर कार पूर्ण क्षति भएको छ । महतका अनुसार बा २६ प ८५१३ नमबरको मोटरसाइकलम ... read more...

  • अझै खोज्न सकेन प्रहरीले गोली बर्षाउने ‘सार्पसुटर’

    काठमाडौं,२५ बैशाख । पेशेवर गुण्डा नाइकेका दावा लामामाथि भएको गोली काण्डको अनुसन्धानमा प्रहरीले अझै सफलता हासिल गर्न सकेको छैन् । दुई हप्ता अगाडी दिब्या पार्टी प्यालेसमा प्रहार भएको गोलीकाण्ड यथार्थ के हो ? धेरै अड्कलबाजी गरिए पनि नयाँ तथ्य अहिलेसम्म बाहिर आएको छैन् । उक्त गोलाी काण्डका नाइकेको सम्वन्धमा महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी छविलाल जोशीले भने,‘गोली हान्नेको पहिचान नजिक ... read more...