• +977 9843987244
  • info@cpostnews.com
मुख्य खबर

शिक्षा

  • 'संघीय शिक्षा ऐन ल्याउने विषयमा छलफल भैरहेको छ'

    ललितपुर । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्ण गोपाल श्रेष्ठले संघीय शिक्षा ऐन ल्याउने विषयमा छलफल भैरहेको बताएका छन् । उनले २०२८ सालको शिक्षा ऐनलाई परिवर्तन गरी शिक्षामा आमुल परिवर्तन आवश्यक रहेको जोड दिए । लुःनिभा वाल सरोकार समुहले ललितपुरमा आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा उनले आफुले मन्त्रालयको वागडोर सम्हालेपछि थुप्रै परिवर्तन गरेको उल्लेख गरे । कोभिड-१९ को कारण थला परेको शैक्षिक क्ष ... read more...

  • सबै सामुदायिक विद्यालयमा ‘जङ्क फुड’ खुवाउन निषेध

    काठमाडौं । सरकारले देशभरका सबै सामुदायिक विद्यालयमा ‘जङ्क फुड’ खुवाउन निषेध गरेको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमीले प्रकाशन गरी सोमबार सार्वजनिक गरेको ‘विद्यालय दिवाखाजा व्यवस्थापन सहयोगी पुस्तिका’ मा सामुदायिक विद्यालयका प्रारम्भिक बालविकासदेखि कक्षा ५ सम्मका विद्यार्थीलाई दिवाखाजामा ‘जङ्क फुड’ खुवाउन निषेध गरिएको छ । केन्द्रले स्थानीयस्तरमा उत ... read more...

  • कक्षा १२ को परीक्षाफल प्रकाशित

    काठमाडौं । कक्षा १२ को नतिजा सोमबार बिहान सार्वजनिक भएको छ । परीक्षामा चार लाख ३२ हजार परीक्षार्थी सहभागी भएका थिए । राष्ट्रिय परीक्षा बोर्डले यस वर्ष ४० प्रतिशत अंकका लागि मात्र परीक्षा लिएको थियो । थप ४० प्रतिशत अंक कक्षा ११ को र २० प्रतिशत अंक कक्षा १२ को आन्तरिक मूल्यांकनबाट जोडेर नतिजा प्रकाशित हुनेछ ।  ... read more...

  • महानगरले खोलिदियो सबै विद्यालयलाई सञ्चालनको बाटो

    काठमाडौँ । दश महिनापछि काठमाडौँ महानगरपालिकाले आफ्ना मातहतका सबै विद्यालयलाई सञ्चालनको बाटो खोलिदिएको छ । कोरोना महामारीका कारण गत चैत ७ गतेदेखि बन्द रहेका विद्यालय स्वास्थ्य मापदण्ड पालना गर्दै यही माघ ११ गते आइतबारदेखि सञ्चालनको अनुमति दिएको हो । कामपाको आइतबार बसेको शिक्षा समितिको बैठकले विद्यालय चलाउन बाटो खोलिदिएको हो । समितिका अध्यक्ष एवं कामपाका प्रमुख विद्यासुन्दर शाक्यले स्वास्थ्य मन्त्रा ... read more...

  • त्रिविमा चरम बेतिथिः तलबमा वार्षिक ४ अर्बभन्दा बढी खर्च

    काठमाडौं । त्रिभुवन विश्वविद्यालय र मातहतका क्याम्पस तथा निकायमा अध्यापनरत कर्मचारीको तलबमा मात्रै वार्षिक अनुमानित खर्च ४ अर्ब रुपैयाँ हुने गरेको पाइएको छ । त्रिवि मातहत रहेका प्राध्यापक, सहप्राध्यापक, उपप्राध्यापक, सहायक प्राध्यापक, शिक्षण सहायकलगायतका लागि मात्रै वार्षिक अनुमानित ३ अर्ब ८७ करोड १६ लाख ७० हजार ७ सय ६० रुपैयाँ तलब स्केलमा खर्च हुने गरेको छ । यसरी हेर्दा त्रिविमा अध्यापन गर्नेहरूक ... read more...

  • नक्कली परीक्षार्थी बनेर परीक्षा दिने १४ जना सक्कली प्रहरीको फन्दामा

    काठमाडौं । सशस्त्र प्रहरी जवान पद खुल्ला प्रतियोगिताको लिखित परीक्षामा नक्कली परीक्षार्थी बनेर परीक्षा दिने १४ जनालाई प्रहरीले शनिबार दिउँसो पक्राउ गरेको छ । पक्राउ पर्नेहरुसुनसरी, जुम्ला र सुर्खेत जिल्लाका भएको प्रहरीले जानकारी दिएको छ । नक्कली परीक्षार्थी बनेर परीक्षामा सामेल भएको फेला पारेको खबर सम्बन्धित परीक्षा केन्द्रबाट प्राप्त हुने बित्तिकै खटिएको स्थानीय प्रहरीले सुनसरीबाट ८, जुम्लाबाट २ ... read more...

  • ईपिएस परीक्षामा नक्कली परीक्षार्थी बन्दै कमाउने लिम्बु समातिए

    काठमाडौं । विभिन्न समयामा ईपिएस परीक्षामा नक्कली परीक्षार्थी बनेर ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरी धरान उपमहानगरपालिका वडा नम्बर-१९ घर भई हाल काठमाडौं महानगरपालिका वडा नम्बर-५ रुद्रमतीमार्ग, कालोपुल बस्ने ५१ वर्षीय उत्तममान लिम्बुलाई रहेका छन् । उनी बागबजारस्थित रहेको सेन्सेज कन्सल्टेन्सीमा कोरियन भाषाको प्रशिक्षकको रुपमा काम भई विभिन्न समयमा ... read more...

  • अर्काको नाममा परीक्षा दिने ८ जना नक्कली परीक्षार्थी समातिए

    कर्णाली । जिल्ला प्रहरी कार्यालय सुर्खेतले अर्काको नाममा परीक्षा दिने आठ नक्कली परीक्षार्थीलाई पक्राउ गरेको छ । लोकसेवा आयोगको कार्यालय सुर्खेतमा प्राविधिक जवान सङ्गीततर्फको परीक्षामा अर्काको परीक्षा दिँदै गरेका आठ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा भगवतीमाई गाउँपालिका-७ दैलेख निवासी कमल विकको स्थानमा परीक्षा दिने सोही गाउँपालिकामा बस्ने २३ वर्षीय तिलक विक, गुराँस गाउँपालिका-२ ... read more...

  • नौ महिनादेखि बन्द कालीकोटका सामुदायिक विद्यालय खुल्न थाले

    मान्म । कोभिड-१९ का कारण नौ महिनादेखि बन्द रहेका कालीकोटका सामुदायिक विद्यालय खुल्न थालेका छन् । नेपाल सरकारले सामुदायिक विद्यालय खोल्ने जिम्मा स्थानीय तहलाई दिएपछि स्थानीय तहहरूले सामुदायिक विद्यालय खुलाउन थालेका हुन् । कालीकोटका नौवटा स्थानीय तहले आजदेखि नै सामुदायिक विद्यालयले पठनपाठनका लागि खुल्ला गरेका छन् । जिल्लाका तिलागुफा नगरपालिका, खाडाँचक्र नगरपालिका, रास्कोट नगरपालिका, पलाँता गाउँपालिक ... read more...

  • पठनपाठन शुरु गर्ने तयारीमा स्थानीय तहका अधिकांश विद्यालय

    काठमाडौँ । कोरोनाले शिक्षण संस्था बन्द हुँदा शैक्षिक कार्यतालिका नै प्रभावित भएपछि सङ्घीय सरकारले स्थानीय तहलाई विद्यालय चलाउन अनुमति दिएसँगै काठमाडौँका अधिकांश स्थानीय तह विद्यालयमा पठनपाठन शुरु गर्ने तयारीमा जुटेका छन् । स्वास्थ्य मापदण्ड अपनाएर शिक्षण सिकाइ क्रियाकलाप अघि बढाउन अधिकार प्रत्यायोजन भएपछि कतिपय स्थानीय तहले पठनपाठन सञ्चालन गराइसकेका छन् भने कतिपय शुरु गर्ने जमर्कोमा छन् । शङ्खरापु ... read more...

  • अध्ययन भन्छ-वैकल्पिक सिकाइ ६४ दशमलव ३ प्रतिशत प्रभावहीन

    काठमाडौँ । कोभिड-१९ महामारीपछि सञ्चालित वैकल्पिक प्रणालीको सिकाइमा ६४ दशमलव ३ प्रतिशत बालबालिकाको सिकाइ प्रभावहीन भएको एक अध्ययनले देखाएको छ । उनीहरु घरमै सिकाइ क्रियाकलापमा संलग्न भए पनि विद्यालय, शिक्षक तथा सूचना प्रविधिको सहयोगको अभावमा उनीहरुले अर्थपूर्ण सिकाइ हासिल गर्न नसकेको पाइएको हो । सिकाइ प्रभावकारी नहुँदा यसको शिक्षामा दीर्घकालीन असर पर्न सक्ने विज्ञहरुको भनाइ छ । शैक्षिक नागरिक क्षेत् ... read more...

  • विद्यालय पुनःसञ्चालनका आधार तय, क्रमशः पढाई सुरु हुने

    काठमाडौँ । सरकारले कोरोना महामारीको जोखिम मूल्याङ्कन गरी विद्यालय पुनःसञ्चालनका आधार तय गरेपछि विभिन्न स्थानीय तहमा शैक्षिक गतिविधि हुन थालेका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गत महिना जारी गरेको ‘विद्यालय सञ्चालन कार्यढाँचा, २०७७’ बमोजिम स्थानीय तहले सरोकार भएका पक्षसँगको परामर्शमा वैकल्पिक सिकाइको निरन्तरताका साथै प्रत्यक्ष पढाइ शुरु गरेका हुन् । शिक्षा पत्रकार समाज र ज् ... read more...

  • करोडौं ठगीको अभियोग, समातिए इन्जिनियरिङ कलेजका पूर्वअध्यक्ष

    काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) बाट खटिएको प्रहरी टोलीले नेपाल इन्जिनियरिङ कलेजका पूर्वअध्यक्ष लम्बोदर न्यौपानेलाई पक्राउ गरेको छ । भक्तपुरको चाँगुनारायणस्थित रहेको नेपाल इन्जिनिरिङ कलेजलाई करोडौं ठगी गरेको अभियोगमा प्रहरीले उनलाई पक्राउ गरेको हो । उक्त कलेजमा उनी प्रथम पटक २०५६ असार १८ देखि ०५७ मंसिर ७ गतेसम्म कार्यकारी अध्यक्षको रुपमा कार्यरत थिए । त्यसपछि पनि उनले ... read more...

  • सरकारी काम छलेर निजी इस्टिच्युटमा पढाउन पूर्णरूपमा रोक

    काठमाडौं । सरकारले प्रशासकहरूलाई सरकारी काम छलेर विभिन्न निजी इस्टिच्युटमा पढाउन पूर्ण रूपमा रोक लगाएको छ । विभिन्न मन्त्रालय र निकायमा कार्यरत सहसचिव तथा केही सचिवसमेत विभिन्न निजी इन्स्टिच्युटमा गएर प्रशिक्षण दिने र पढाउनेकार्यमा सरिक हुँदा सेवाप्रवाह कमजोर बनेको तथा नीति निर्माण कार्यमा समेत समस्या सिर्जना हुन पुगेको ठहर गर्दै सरकारले सहसचिव र सचिवलाई थप जिम्मेवार बनाउन त्यस्तो निर्णय गरेक ... read more...

  • विद्यालय सञ्चालन कार्यढाँचा-२०७७ कार्यान्वयनमा जोड

    काठमाडौँ । महामारीको जोखिम मूल्याङ्कनका आधारमा स्थानीय तहले निर्णय गर्ने गरी सङ्घीय सरकारले हालै ल्याएको विद्यालय सञ्चालन कार्यढाँचा, २०७७ सकारात्मक रहेकाले यसको कार्यान्वयनमा शिक्षकलाई अग्रभागमा राख्न सुझाव दिइएको छ । शिक्षा पत्रकार समाज र ज्ञान अनुसन्धान तथा सिकाइ स्रोत केन्द्रले आज आयोजना गरेको भर्चुअल बहसमा सरकारी प्रतिनिधि, शिक्षाविज्ञ र शिक्षाकर्मीले शिक्षक नतातेसम्म विद्यार्थीको सिकाइ निरन् ... read more...

  • इन्टरनेटको सहयोगमा अनलाइनबाटै अध्ययन गराउँदै दरबार हाइस्कुल

    काठमाडौँ । गोरखा भूकम्पबाट क्षतिग्रस्त ऐतिहासिक दरबार हाइस्कुलको आकर्षक नवनिर्मिति भवनका कक्षकोठाहरु अहिले खाली छन् । विश्वव्यापी कोभिड-१९ को जोखिमका कारण विद्यार्थीहरु घरबाटै इन्टरनेटको सहयोगमा अनलाइन अध्ययन गरिरहेका छन् । त्यसो त मुलुकमा कोरोना भाइरसको जोखिम नभएको भए पनि अहिले यस विद्यालयमा उल्लेख्य विद्यार्थी भने हुने थिएनन् । पछिल्ला समयमा निःशुःक पढाइ हुने सामुदायिक विद्यालयको आकर्षण घटेको ठा ... read more...

  • अब आलोपालो सिफ्ट वा उपयुक्त विधि अपनाई पठनपाठन

    काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोभिड-१९ को जोखिम नभएका र कम हुँदै जाने स्थानीय तहका विद्यालयमा आलोपालो सिफ्ट वा उपयुक्त विधि अपनाई पठनपाठन सञ्चालनको बाटो खुलाएको छ । मन्त्रिपरिषद्को गत कात्तिक २२ गतेको निर्णयबाट स्वीकृत ‘कोभिड–१९ को सन्दर्भमा विद्यालय सञ्चालनसम्बन्धी कार्यढाँचा, २०७७’ लाई मन्त्रालयले वेबसाइटमा समावेश गरी स्थानीय तहलाई जोखिमको मूल्याङ्कन गरी क् ... read more...

  • 'चीन-भारतसँग जोडिएको दार्चुलालाई सरकारले विशेष महत्व दिन्छ'

    दार्चुला । गृहमन्त्री रामबहादुर थापाले सीमाको सुरक्षा सुरक्षाकर्मीबाट भन्दा स्थानीय वासिन्दाबाट प्रभावकारी रुपमा गर्न सकिने बताएका छन् । खलङ्गामा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘सीमाको रक्षा सरकारले मात्र गर्न सक्दैन, सीमाको सुरक्षा सीमा क्षेत्रका नागरिकले अझ राम्रोसँग गर्न सक्छन् ।’ सीमा क्षेत्रका नागरिकको सुरक्षा र उचित व्यवस्थापन गर्न सके मात्रै सीमा बलियो हुनसक्ने उनको भनाइ छ । ... read more...

  • 'विद्यालय खोल्नुको सट्टा वैकल्पिक सिकाइलाई प्राथमिकता दिन आग्रह'

    काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कोभिड-१९ को जोखिम कायमै रहेकाले केही समय विद्यालय खोल्नभन्दा वैकल्पिक सिकाइ प्रणालीलाई प्राथमिकता दिन आग्रह गरेका छन् । शिक्षा पत्रकार समाजले आज आयोजना गरेको ‘वैकल्पिक सिकाइको कार्यान्वयनमा सञ्चारमाध्यमको भूमिका’ विषयक भर्चुअल छलफलमा शिक्षालयमा सङ्क्रमण देखिएमा त्यसलाई नियन्त्रण गर्न कठिन हुने भएकाले हाललाई सूचना, सञ्चार ... read more...

  • अब कक्षा १२ को ४० नम्बरका लागि अनलाइन परीक्षा

    काठमाडौँ । लामो समयको गृहकार्यपछि स्थगित कक्षा १२ को परीक्षा कूल पूर्णाङ्कको ४० नम्बरका लागि अनलाइन प्रणालीबाट हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले कोरोना महामारीको जोखिम बढ्दो स्थितिमा प्रत्यक्षरुपमा देशभर परीक्षा लिनसक्ने स्थिति नभएको निष्कर्षसहित कूल १०० पूर्णाङ्कमध्ये ४० नम्बरको अनलाइन परीक्षा, २० नम्बरको प्रयोगात्मक र कक्षा ११ को कूल प्राप्ताङ्कलाई बाँकी ४० नम्बरमा गणना गरी परीक्षा सम्पन्न ... read more...