• +977 9841468702
  • info@cpostnews.com

कला

  • ‘मैले त मन्त्र पढेँ तिम्रै नामको’ सार्वजनिक (भिडियोसहित)

    काठमाडौं । तीजको गीत ‘मैले त मन्त्र पढेँ तिम्रै नामको ’ म्यूजिक भिडियो सार्वजनिक भएको छ । एञ्जिला रेग्मीको स्वर, पारु सुवेदीको शब्द, भीम विसीको सङ्गीत रहेको ‘मैले त मन्त्र पढेँ तिम्रै नामको’ गीतको भिडियोलाई हरि सुवेदीले निर्माण गरेका हुन् । घनश्याम खतिवडाको निर्देशनमा तयार भएको उक्त गीतको भिडियोमा नायिका सारिका घिमिरे कम्मर मर्काएकी छिन् भने उनलाई निक्लोस अर्यालले साथ दिएका ... read more...

  • 'चल चल गे सजनी मलंगवा घुमैबौं'

    सर्लाही । सर्लाही जिल्लास्थित मावि पिपरियाका शिक्षक एवम् गायक सन्तोष कर्णको आवाजमा उनको पहिलो मैथिली लोक गीत 'चल चल गे सजनी मलंगवा घुमैबौ' को म्युजिक भिडियो छायांकन सकिएको छ । उक्त म्यूजिक भिडियोको छायांकन सदरमुकाम मलंगवा, नाढीमन र चमेलीमाई लगायतका धार्मिक तथा पर्यटकीय स्थलमा गरिएको हो । सात वटा मैथली गीतहरु समावेश गरिएको उक्त एल्बमको सबै गीत गायक कर्ण आफैले लेखेका हुन् भने गीतमा गायक सवयम्को ... read more...

  • गायिका लामाको 'डम्फुमा सेलो' सार्वजनिक (भिडियोसहित)

    काठमाडौं । नेपाली सांगितिक फाँटमा छुट्टै पहिचान बनाउन सफल गायिका मिङ्स लामाको 'नाचन च्याङ्बा नाचन, फुनफनी घुमी कम्मर भाचन' गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । रोमानिन्टक तामाङमा आधारित उक्त गीतमा शब्द र संगीत असुसेन लामाको रहेको छ । निकेश खड्काले निर्देशन गरेको उक्त म्यूजिक भिडियोको छायाँकन धिरजजंज शाहले गरेका हुन् । भिडियोमा पल शाह र सुमि मोक्तानलाई फिचरिङ गरिएको छ । भिडियो: ... read more...

  • बिनाको 'चेली मेकअप स्टुडियो' उद्घाटन: गौरी बनिन भावुक

    काठमाडौं । आफुले सुटिङमा दुई दशकअघि छोरी भनेर माया गरेकी बच्ची ठुली भएर उनकै मेकअप स्टुडियोका उद्घाटन गर्न पाउँदा अभिनेत्री गौरी मल्ल खुसी मात्र होइन भावुक समेत भइन । गोदावरीकी विना रानामगर बाल्यकालमा गौरी मल्लको चलचित्रको छायाँकन हेर्न गोदाबरी जान्थिन् । त्यतिबेला गौरीले बिनालाई छोरी र बिनाले गौरीलाई आमा भनेर निकै माया गर्थे । यी दुईबीच २० वर्षपछि शुक्रबार भेट भयो । आफुले आमा भनेको अभिनेत्री गौरी ... read more...

  • 'उठ माया जुरुक्कै नाच फुरुक्कै' सार्वजनिक (भिडियोसहित)

    काठमाडौं । विक्रम राना र ज्योति मगरको स्वरमा रहेको तीज गीत ‘उठ माया जुरुक्कै नाच फुरुक्कै’ को म्यूजिक भिडियो सार्वजनिक भएको छ । करन न्यौपानेको शब्द–सङ्गीत, बिपिन आचर्यको एरेन्ज रहेको उक्त गीतको भिडियोलाई प्रकाश भट्टले निर्देशन गरेका छन् । राजेश घिमिरेले छायाँकन गरेको भिडियोलाई विष्णु शर्माले सम्पादन गरेका हुन् । विक्रम राना र आरुषी मगरलाई फिचरिङ गरिएको गीतको भिडियो विन्ध्यवासिनी ... read more...

  • पलले आँचललाई भने, ‘जुनमा राखुँ तिमीलाई, मनमा राखुँ म’ (भिडियोसहित)

    काठमाडौं । उदयमान नव गायक एवम् गायिका क्रमशः प्रदीप ढकाल र निकिता थापाले स्वर दिएको गीतको नयाँ म्यूजिक भिडियो सार्वजनिक भएको छ । ‘जुन मा राखुँ तिमीलाई’ गीतको म्यूजिक भिडियोमा चर्चित युवा जोडी एवम् नायक नायिका पल शाह र आँचल शर्माको उत्कृष्ट अभियन देख्न सकिन्छ । उक्त गीतमा बिष्णुबाबु देवकोटाको शब्द र गायक ढकालले नै संगीत रहेको छ । सुवेदीको निर्देशनमा बनेको भिडियोलाई नायक पल शाहले कोरियोग ... read more...

  • 'पीडा छ है, जिन्दगीमा पीडा छ' सार्वजनिक

    काठमाडौं । नव गायक लेखराज तिम्सिना (लेखु सहयात्री) को 'पीडा छ है, जिन्दगीमा पीडा छ' गीत सार्वजनिक भएको छ । गीतमा संगीत र शब्द समेत गायक स्वयमकै रहेको छ । गीतको संगीत संयोजन पुरुषोत्तम सुवेदीको रहेको छ भने गीतमा गिटार, मादल ब्यास र सारंगी क्रमशः संजीव बराईली, भुवन गन्दर्भ, अनुप दास र धर्म गन्दर्भको भरेका हुन् । भिडियो बन्ने क्रममा रहेको उक्त अडियो अहिलेसम्म एक लाख ५० हजारभन्दा बढिले सुनिसकेका ... read more...

  • 'फर्की आउ तिमी' सार्वजनिक (भिडियोसहित)

    काठमाडौं । नव गायक यूनिक अविको फर्की आउन तिमीको म्यूजिक भिडियो सार्वजनिक भएको छ । गीतको शब्द तथा संगीत समेत गायक स्वयम्कै रहको छ । रुपेश परियारको निर्देशनमा बनेको उक्त म्यूजिक भिडियोको छायांकन ओम प्रसाईले गरेका हुन् । गीतको संगीत संयोजन मैता गुरुङको हो भने भिडियोको सम्पादन म्यूजिक हाइलाईटस्ले गरेको हो भने भिडियो म्यूजिक नेपालको यूट्यूब च्यानलबाट सार्वजनिक गरिएको हो । भिडियोमा मोडल तथा नायिका अपेशा ... read more...

  • चर्चित गायिका प्रसाईंले भनिन्, 'म त नाच्ने हो' (भिडियोसहित)

    काठमाडौं । पछिल्लो समय 'माया लुकी लुकी 'गीतबाट चर्चामा रहेकी चर्चित गायिका टीका प्रसाईं फेरी तीजको गीत लिएर आएकी छिन् । गायिका प्रसाईंको 'म त नाच्ने हो' गीतको म्यूजिक भिडियो म्यूजिक नेपालको यूट्युव च्यानलबाट सार्वजनिक भएको हो । निकै फास्ट विटमा रहेको उक्त गीत पनि चर्चा बटुल्ने खालको छ । गीतको शब्द गायिका प्रसाईं र अम्रिता नेपालको रहेको छ । गीतको संगीत समेत गायिका प्रसाईंकै रहेको छ । गीतको संगीत सं ... read more...

  • धमला पत्नी अभिनित चलचित्र अनुराग’ को पोस्टर सार्वजनिक

    काठमाडौं । आगामी असोज १२ गते प्रदर्शनका लागि मिति तय भएको सञ्चारकर्मी ऋषि धमलाकी श्रीमती एलिजा गौतमको निर्माण र अभिनित फिल्म ‘अनुराग’ को अफिसियल पोस्टर सार्वजनिक भएको छ । पोस्टरमा नव अभिनेत्री एलिजा र नव अभिनेता समुन्द्र पण्डितलाई रोमान्टिक अवतारमा देख्न दखाइएको छ । कान्छा दाई र यस्तो साथी बोलका दुई गीत सार्वजनिक भइसकेको अवस्थामा सार्वजनिक पोस्टरले फिल्मप्रतिको उत्सुकता झनै बढाएको छ । ... read more...

  • गायक प्रधानको 'तिम्रो याद आउँछ' सार्वजनिक (भिडियोसहित)

    काठमाडौं । गायक राजकुमार प्रधानको 'तिम्रो याद आउँछ, आँखा रसाउँछ' गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । विक्रमजी लामाको संगीत रहेको उक्त गीतको शब्द गायक स्वयम् प्रधानकै रहेको छ । भिडियोको निर्देशन फारोज अर्पनले गरेका हुन् भने छायांकन हरि लामाले । म्यूजिक भिडियोमा मोडल राज र अपेशा खड्काको अभियन देख्न सकिन्छ । नायिका तथा मोडल खड्काले थुप्रै पप गीतमा अभियन गरिसकेकी छन् । भिडियो: ... read more...

  • ३५ दिन नवित्दै करोडभन्दा बढिले हेरे 'माया लुकी लुकी'

    काठमाडौं । माया लुकी लुकी गीतले ३५ दिन वित्न नपाउँदै एक करोडभन्दा बढि दर्शकहरुको साथ पाउन सफल भएको छ । चर्चित गायिका टीका प्रसाईंको आवाजमा रहेको सो गीत नेपाली सांगीतिक जगतमै सबैभन्दा छिटो समयमा बढि श्रोता र दर्शकले मन पराएको भिडियो बनेको छ । उक्त गीतको रचना आनन्द अधिकारी र संगीत तथा संयोजन आशिष अविरलको रहेको छ । म्यूजिक भिडियोमा सर्वाधिक चर्चित डान्स ग्रुग 'द कार्टून क्रिउ' लाई फिचरिंग गरिएको छ । ... read more...

  • २५ वर्षपछि 'हे कान्छी' लिएर आए गायक भीमसेन (भिडियोसहित)

    काठमाडौं । पुराना गायक भीमसेन लामा २५ वर्षपछि फेरी गायन क्षेत्रमै फर्किएका छन् । उतिबेलाका चर्चित गायकहरु ओमविक्रम विष्ट, सञ्जय श्रेष्ठ, संजीव प्रधान, हरिश माथेमा र योगेश्वर अमात्यसँगै कार्यक्रमहरुमा गीत गाउँदै हिड्ने गायक भीमसेन २५ वर्षपछि पुनः गायन क्षेत्रमा फर्किएका हुन् ।मुसुक्क हाँसी दिँदा ज्यानै लुट्यो’ भन्ने बोलको गीत नै लामाले गाएको पहिलो गीत थियो । जुन गीत २०४७ सालमा रेकर्ड गरिएको ... read more...

  • गायिका हमालको ‘के हुँदैछ आजभोली’ सार्वजनिक (भिडियोसहित)

    काठमाडौं । रेडियो नेपालका उप–निर्देशक एवम् वरिष्ठ संगीतकार टिका भण्डारीले नेपाली गीत–संगीतको मार्ग अहिले प्रविधिकतर्फ मोडिएको बताएका छन् । गायिका लक्ष्मी हमालको दोस्रो गीति एल्बम् ‘के हुँदैछ आजभोली’ बोलको गीत सार्वजनिक कार्यक्रमका प्रमुख अतिथि समेत रहेका भण्डारीले यस्तो बताएका हुन् । उनले भने,‘लक्ष्मी हमाल सांगीतीक पारिवारिक माहोलबाट आएकी गायिका हुनुहुन्छ, गीत स ... read more...

  • गायिका टीकाले भनिन्, 'अलि अलि गर्दै म तिम्रोसामु खुल्न थालेछु' (भिडियोसहित)

    काठमाडौं । 'नाई मलाई था छैन' को अपार सफलतापछि गायिका टीका प्रसाईं र गायक सन्जिब पराजुलिले नयाँ सांगीतिक कोशेली ‘अलि अलि गर्दै’ को म्यूजिक भिडियो सार्वजनिक गरेका छन् । ‘अलि अलि गर्दै’ बोलको गीतमा शब्द र संगीत गायिका टीका स्वयम्ले भरेकी छन् । गीतको संगीत संयोजन रिकेश गुरुङले गरेको रहेको छ भने म्यूजिक भिडियोमा मोडल राजु कान र अलिशा कटवालको अभियन देख्न सकिन्छ । प्रविन श्रेष्ठको ... read more...

  • 'ए पियारी' भनेर बोलाउँदै गायक सायद म (भिडियोसहित)

    काठमाडौं । गायक 'सायद म' ले आफ्नै युट्युव च्यानलमार्फत नयाँ गीत 'ए पियारी' को म्यूजिक भिडियो सार्वजनिक गरेका छन् । गीतमा शब्द , संगीत र स्वर स्वयम गायक सायद म को रहेको छ । रिकेश गुरुङलेको संगीत संयोजन रहेको ए पियारीमा सुजन र सकृताले छायांकन गरेका हुन् । म्यूजिक भिडियोमा प्रबिन राई र सन्ना गुरुङको अभिनय देख्न सकिन्छ । सायद म र सुजनको निर्देशनमा गीतको भिडियो तयार पारिएको हो। भिडियो: ... read more...

  • गायक विष्टको 'ओठैमा गुलाव फुल' सार्वजनिक (भिडियोसहित)

    काठमाडौं । गायक विजय बिष्टले ओठैमा गुलाव फुल गीतको म्यूजिक भिडियो लिएर आएका छन् । उक्त आधुनिक गीतमा संगीत चन्द्र घलेले दिएका छन् भने शब्द रचना सोमराज शाहले गरेका हुन् । भिडियोका छायांकन, निर्देशन र सम्पादन क्रमशः दर्शन थापामगर, दिवश परिवार र सुवोध श्रेष्ठको रहेको छ । भिडियोमा विनु, सिंघ, शिशिर र दिलिपको अभियन रहेको छ । भिडियो: ... read more...

  • गायक लिम्बुको ‘तिमी करोडमा सानु म चाहिँ रोडमा’ सार्वजनिक (भिडियोसहित)

    काठमाडौं । गायक संगम लिम्बु फरक शैलीको गीत लिएर आएका छन् । उनको ‘तिमी करोडमा सानु म चाहिँ रोडमा’ गीतको म्यूजिक भिडियो हालै सार्वजनिक भएको छ । दर्जनौं गीतमा संगीत तथा स्वर दिएका गायक संगमले यो गीत भने विलकुलै फरक शैलीको भएको बताएका छन् । उनले गीत संगीत विना शब्दमा गाएका छन् । उनले भने, ‘मैले एउटा फरक प्रयोग गर्न खोजेको हुँ’, दर्शकरस्रोताले पक्कै मनपराउनु हुने छ भन्ने आशावादी ... read more...

  • गायक किरणवावु पुनको 'जुनताराको गाउँमा' सार्वजनिक (भिडियोसहित)

    काठमाडौं । लोकदोहोरीमा फरक स्वाद र फरकशैली अपनाउने गायक किरणबाबु पुनको अर्को लोभलाग्दो गीत (वाचा भाग २) 'जुनताराको गाउँमा' सार्वजनिक भएको छ । माया गर्ने जोडी जहाँ कोही नभएको ठाउँमा ती जोडी मात्र सँगै हाँस्ने, सँगै रुने गरी स्वर्ग जस्तै ठाउँमा माया पिरतीमा लिप्त हुन मन रहेको कुरा गीतमा वर्णन गरिएको छ ।  प्रेमिकाले बादलुको घुम्टो ओढाई जुनताराको गाउँमा लैजान अनुरोध गरिएको र प्रेमीले पनि सहर्ष स् ... read more...

  • 'घुटुघुटु थुक निल्ने भए म' सार्वजनिक (भिडियोसहित)

    काठमाडौं । चर्चित गायिका टिका प्रसाईं र गायक शितलराज पाण्डेको 'घुटु घुटु' नामक गीतको म्यूजिक भिडियो यूट्युवमार्फत सार्वजनिक भएको छ । उक्त गीतमा शब्द र संगीत युवा संगीतकार अनिल खनालको रहेको छ । अनिल राईको निर्देशनमा बनेको सो भिडियोको छायांकन मधुर बस्नेत र सुजन दाहालले गरेका हुन् भने सम्पादन विनोद बमको रहेको छ । निकै फास्ट विटमा रहेको गीत घुटुघुटुमा मोडल युविन ढुंगाना र रजिना महर्जन तथा साथीहरुको अभ ... read more...