• +977 9841468702
  • info@cpostnews.com

कला

  • नितिनले तिम्रो घरको गल्लीमा भेट्न आउंदैछु भनेपछि...(भिडियोसहित)

    विराटनगर, ३ असोज । पूर्वाञ्चलका युवा गायक नितिन गजुरेलले नयां सांगीतिक कोशेली बजारमा आएको छ । दर्जनौं गीत गाईसकेका गायक नितिनको ‘आज राति तिमी हत्केलामा तिम्रो महेंन्दी रंगाउनु’ नामक आधुनिक गीति भिडियो बजारमा आएको हो । उक्त गीतको शब्द, संगीत र स्वर गायक नितिनकै रहेको छ । भिडियोको निर्देशन हेमन योञ्जनले गरेका हुन् भने उक्त भिडियो कोशी भिजन फिल्म इटहरीकोे निर्माण गरेको हो । ... read more...

  • मोडलिङमा जम्दै चित्रकुमार (भिडियोसहित)

    मेलम्ची, भाद्र २५ । मेलम्ची नगरपालिका–११ का चित्रकुमार श्रेष्ठ मोडलिङमा जम्न थालेका छन् । भोजराज काफ्लेको नयां सांगीतिक भिडियो ‘फूलमाया’ मा उनले सशक्त अभियन गरेका छन् । व्यवसायी श्रेष्ठले अभियन गरेको सांगीतिक कोशेली ‘फूलमाया’ बोलको लोकदोहरी गीतमा भोजराज काफ्ले र आकृति श्रेष्ठले स्वर दिएका छन् । श्रेष्ठले बाहेक मेलिना ठकुरी, चित्रा श्रेष्ठ, अजित अधिकारी, सिता राई, लक्ष ... read more...

  • समिरको 'घीनघीन बज्यो मादलु' सार्वजनिक (भिडियोसहित)

    सिड्नी, २३ भाद्र । अष्ट्रेलियामा बसोबास गर्दै आएका गायक समिर आचार्यका नयाँ सांगीतिक भिडियो 'घीनघीन बज्यो मादलु' बजारमा आएको छ । उक्त सांगीतिक भिडियो निकै लोकप्रिय बन्ने विश्वास लिइएको छ । ‘हैन भन्देउन, मेरो दुनियाँ बेग्लै छ, तम्लाइ चट्ट सलाम छ, कुटुकुटु यो मुटु खानो भो’ लगायतका गीत बजारमा ल्याएर चर्चा कमाएका समिरको नयाँ गीती भिडियो सार्वजनिकसंगै चर्चा चुलिएको छ । उक्त भिडियोमा अष्ट्रेल ... read more...

  • प्रसाईंको 'नाईं मलाई थाहा छैन' पछि शिशिरमा पात झर्दा (भिडियोसहित)

    काठमाडौं, २० भाद्र । 'नाई न भन्नु ल' को अपार सफलतापछि चर्चित गायिका टिका प्रसाईंको नयां सांगीतिक भिडियो बजारमा आएको छ । शिशिरमा पात झर्दा मनबाट तिमी झयौं कि नामक सो गीतको शब्द अमला अधिकारी र संगीत रमेश खड्काको रहेको छ । उक्त सांगीतिक भिडियोमा प्रिथु, जोया र किशोरले अभियन गरेका छन् । मुन छुने उक्त आधुनिक सांगितिक भिडियोको अधिकांश दृश्यहरु विदेशमा छायांकन गरिएको निर्माताले बताएका छन् ।  ... read more...

  • बोक्सीविरुद्ध सामाजिक शिक्षा दिने ‘अग्निदहन’

    काठमाडौँ, २० भदौ । बोक्सीविरुद्ध सचेतना फैलाउने उद्देश्यले ‘अग्निदहन’ नामक चलचित्र निर्माण गरिएको छ । सामाजिक शिक्षामूलक ‘अग्निदहन’ दशैँ अगाडि प्रदर्शनमा ल्याइने चलचित्रका परिकल्पनाकार कोविदशरण उपाध्यायले जानकारी दिएका छन् । मान्छे बोक्सी हुन्न कहिले राष्ट्रिय जागरण प्रतिष्ठान नेपालले निर्माण गरेको चलचित्रले पोखराबाट प्रदर्शनमा ल्याउने उनले बताए । उपाध्याय सो प्रतिष्ठानका अ ... read more...

  • बाल गायकको सांगीतिक एल्बम ‘अंकित’ लोकार्पण

    काठमाडौँ, १७ भदौ । बालगायक अंकित लुइँटेलको सांगीतिक एल्बम ‘अंकित’ शुक्रबार लोकार्पण गरिएको छ । रेडियो नेपालका कार्यकारी निर्देशक सुरेशकुमार कार्कीले सो एल्बमको लोकार्पण गर्दै लुइँटेलजस्ता प्रतिभाशाली बाल कलाकारको प्रतिभालाई रेडियो नेपालले जहिले पनि प्रोत्साहन गर्ने बताएका छन्। पाँच गीत रहेको सो एल्बममा गीतकार डा. नवराज लम्साल र एल्बमका मूल सर्जक टीका भण्डारीले अंकितभित्रको सांगीतिक पक् ... read more...

  • नारायणले ‘सम्झना आखैमा’ भनेपछि विपनालाई छट्पटी (भिडियोसहित)

    ‘बतासै चल्यो नि लैलै, त्यो डांडा पाखैमा’ मच्याङ छिन्, नौं डांडा पारी, सम्झना आखैमा’ काठमाडौं, १५ भाद्र । राज सरगमको 'सम्झना आखैमा’ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । उक्त आधुनिक सेलो गीतको संगीत र शब्द पनि राज सरगमकै रहेको छ । गीतको संगीत संयोजन गणेश चौधरीले गरेका हुन् भने भिडियोलाई दीपक बम्जनले निर्देशन गरेका हुन् ।  हालसालै बजारमा आएको सो भिडियोलाई हाइलाइटस ... read more...

  • चर्चित गायक विष्टको दुवै किड्नी खराब, ट्रान्सल्पान्ट गर्ने विष्टको चाहाना

    न्यूर्योक, १२ भाद्र । नेपाली चर्चित पप गायक एवं नेपाली ‘पप गीतका पिता’ भनेर चिनिएका ओमविक्रम विष्टको दुवै किड्नी खराब भएको छ । दुवै किड्नी खराब भएपछि उनी न्यूर्योकस्थि एक अस्पतालमा भर्ना भएका छन् । गम्भिर विरामी भएको खबर बाहिरिएसंगै उनका संसारभर रहेका शुभचिन्तक र फ्यानहरु भने दुःखित भएका छन् । अहिले विष्टका परिवार सदस्यहरु, शुभचिन्तक र फ्यानहरुले उनको सिघ्र स्वास्थ्य लाभका कामना गरिरहे ... read more...

  • ‘गजबको चाला’ लिएर आए गायक सुजन (भिडियोसहित)

    काठमाडौं, ११ भाद्र । भजकर्कितनबाट आधुनिक, पप गायनतिर होमिएका नव उदयमान गायक सुजन तिमिल्सिनाको नयां सांगितिक कोसेली बजारमा आएको छ । उनको ‘गजबको चाला लिएर हिड्छे कम्मर भांचेर’ नामक गीतको भिडियो यूट्युवमार्फत आइतबार सार्वजनिक भिएको हो । यसअघि गायक तिमिल्सिनाको स्वरबद्ध आधा दर्जन गीतको म्युजिक भिडियो बजारमा आइसकेको छ । प्रत्यक्ष दर्शकसामु झुमेर गाउन रुचाउने गायक तिमिल्सिनाले बजारमा ल्याएको ... read more...

  • नर्सिङबाट गायकीतिर रम्दै सविना (भिडियोसहित)

    काठमाडौं, ३ भाद्र । ईच्छा चाहाना भएपछि के संभव हुन्न ? मात्र मान्छेले काममा लगन र भक्ति देखाउनुपर्छ । त्यसैले मान्छेलाई सफल बनाउंछ भन्ने उदाहरण काठमाडौंको कुलेश्वरमा जन्मिएर अमेरिकालाई कर्म थलो बनाएकी सविना अधिकारीमा चरितार्थ भएको छ । अमेरिकामा नर्सिङ पेशा अपनाईरहेकी सविनाले पहिलोपटक आफ्नो पेशा बाहिर गएर गीत गाइन, त्यो पनि व्यवसायिक गायक–गायिकाले गाएको भन्दा कम छैन् । बाल्यकालदेखि नै जा ... read more...

  • ‘भस्मासुरको देश’ मा ५१ वटा कविता

    काठमाडौं, ३० साउन । कवि वाक्सेली थापाकृत ‘भस्मासुरकाको देश’ नामक कवितासङ्ग्रह वरिष्ठ राजनीतिज्ञ एवं चिन्तक प्रदीप गिरी, वरिष्ठ कवि तथा पूर्व प्राज्ञ तोया गुरुङ्ग र कवि तथा संचारकर्मी डा.नवराज लम्सालद्वारा संयुक्त रुपमा विमोचन भएको छ । राजधानीको भृकुटीमण्डपमा जारी २१ औं अन्तर्रा्ष्ट्रिय पुस्तक प्रदर्शनी हलमा आयोजित समारोहमा कवि वाक्सेली थापाको पहिलो कवितासङ्ग्रहको विमोचन भएको हो । विमोच ... read more...

  • ‘हुर्रे’ को काम भदौंदेखि सुरु

    काठमाडौं, २३ साउन । फिल्म निर्माता सोनम लामा र छिरिङ दोर्जे लामाको संयुक्त लगानी नयां फिल्म ‘हुर्रे’ बन्ने भएको छ । हुर्रे फिल्मका प्रस्तुतकर्ता भने दावा शेर्पा रहेको निर्माण पक्षले बताएको छ । हुर्रे फिल्मको निर्देशन यम थापाले गर्ने निधो भएको छ । उनले फिल्म ‘राज्जा रानी’ बाट यस क्षेत्रमा निर्देशकको रुपमा डेब्यू गरेका थिए । द याक्क याक्का ईन्टरटेन्मेन्टको प्रस्तुतीमा बन्ने फ ... read more...

  • राष्ट्रभावनाले ओतप्रोत गीती संग्रह ‘मेरो माटो’ सार्वजनिक

    काठमाडौं, ४ साउन । राष्ट्रभावनाले ओतप्रोत भएको राष्ट्रिय गीतहरुको संग्रह ‘मेरो माटो’ सार्वजनिक भएको छ । गीतकार हरिराम मर्हजन ठेचो र संगीतकार जुगल डंगोलद्धारा संगीतबद्ध उक्त संग्रहको वाङमय शताब्दी पुरुष डा.सत्यमोहन जोशी, बरिष्ठ गीतकार एवं कवि दुर्गालाल श्रेष्ठ, संगीतकार राजु सिंह, वरिष्ठ गायक प्रेमध्वज प्रधान र गायिका संगीता प्रधानले एकसाथ विमोचन गरेका हुन् । कार्यक्रममा सत्यम ... read more...

  • गायक गर्बुजा पुरस्कृत, ‘इच्छा र आत्मबल’ भए जे पनि संभव

    पोखरा, १ साउन । लोकगायक खड्ग गर्बुजालाई अर्जुन नेपाली स्मृति संगीत पुरस्कार प्रदान गरिएको छ । गर्बुजालाई मौलिक लोकभाका र नेपाली लोकसंगीतका क्षेत्रमा विशेष योगदान दिएबापत संगीत प्रशिक्षण केन्द्र पोखराले सम्मान गरेको हो । प्रत्येक दुई वर्षमा कुनै एक व्यक्ति वा संस्थालाई प्रदान गरिने सो पुरस्कारको राशि १५ हजार रुपैयांको छ । नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका कुलपति सरुभक्तले सो पुरस्कार ... read more...

  • ‘मिस नेपाल २०१२’ को विजेता सृष्टिको हात सिसाले काट्यो कि सृष्टि आफैले ?

    काठमाडौं, १८ असार । ‘मिस नेपाल २०१२’ को विजेता सृष्टि श्रेष्ठले आत्महत्याको असफल प्रयास गरेको हल्ला चलेको छ । बायां हातको नसा काटिएपछि सृष्टिका आफन्तले थापाथलीस्थित नर्भिक अस्पताल पुराएका बुझिएको छ । नर्भिक अस्पतालको बेड नम्बर ५०२ उपचाररत सृष्टि हाल खतरामुक्त रहेको अस्पताल स्रोतले बतायो । सृष्टि भोली डिस्चार्ज हुंदैछिन् । सृष्टिलाई भेट्न उनी निकटका केही कलाकार अस्पताल पुगेपछि यो रहस्य ... read more...

  • लोकगायक सापकोटा सम्मानित

    काभ्रे, १८ असार । वरिष्ठ लोकगायक मच्छेश्वर सापकोटा सम्मानित भएका छन् । जुनकिरी साहित्य समाजको १५ औँ वार्षिकोत्सवका अवसरमा सापकोटालाई काभ्रेपलाञ्चोकको बनेपामा साहित्यकार तथा पत्रकार डा नवराज लम्सालले शनिबार सम्मान गरेका हुन् । सापकोटाले लामो समयदेखि लोकगायनका क्षेत्रमा योगदान दिँदै आएका  थिए । सो अवसरमा जुनकिरी साहित्यिक प्रतिष्ठानमा क्रियाशील यदुनाथ गौतमलाई समेत सम्मान गरिएको थियो । ... read more...

  • गायिका मिग्माको ‘माया छ यति धेरै यो लुकाउ कसरी' सार्वजनिक

    काठमाडौं, १६ असार । ‘माया छ यति धेरै यो लुकाउ कसरी, कुरा छ यति धेरै भनु कसरी ?’भर्खरै सार्वजनिक भएको गीतको बोल हो यो । गायिका मिग्मा लामाको स्वरमा सजिएको यो म्यूजिक भिडियो ‘पीएमएसटी नेपाल’ नामक च्यानलबाट सार्वजनिक गरिएको हो ।सांगीतिक आकाशमा उदयीमान ताराका रुपमा गायिका मिग्मा छाउन थालेकी छन् । गायिका मिग्माको स्वरमा सजिएको सो गीत रचना, शब्द र संगीत सुरज योञ्जनको रहेको छ । म् ... read more...

  • चलचित्र ‘कृ’ को फष्टलुक सार्वजनिक

    काठमाडौं, १५ असार । युवा नायक अनमोल केसीले अभिनय गरेको चलचित्र ‘कृ’ को फष्टलुक सार्वजनिक भएको छ । चलचित्रको प्रदर्शन मिति नजिकिंदै गर्दा निर्माण पक्षले ‘चलचित्र प्रमोशन पोष्टर’ सार्वजनिक गरेको हो । चलचित्र ‘कृ’ मा नायक केसीलाई ‘एक्सन हिरो’ को रुपमा प्रस्तुत गरिएको छ । फस्टलुकसंगै कात्तिक ३ गते चलचित्र प्रदर्शन गर्ने मिति तय भएको हो । सुवास ईन्टरटेन्म ... read more...

  • यस्तो छ ‘सायद २’ को ट्रेलर

    काठमाडौं, ११ असार । नेपाली फिल्म ‘सायद’ को सिक्वेल ‘सायद २’ को ट्रेलर सार्वजनिक गरिएको छ । सायद गत २०६९ साल बैशाख २९ गते प्रदर्शनमा आएको थियो । सायदको सफलतापछि उत्साहित फिल्म निर्माणकर्ता ‘सायद २’ को ट्रेलर सार्वजनिक गरेस“गै प्रचारप्रसारलाई थप आक्रमक बनाउन लागेको हो । ट्रेलरमा देखिएका कमेडियन संवादले दर्शको ध्यान तान्न सक्ने संभावना देखिन्छ । फिल्म निर्मात ... read more...

  • गायक अजय तामाङको 'कान्छीको मिठो बोलीले' सार्वजनिक (भिडियोसहित)

    काठमाडौँ, १० असार । गायक अजय तामाङको ‘कान्छीले’ नामक लोक आधुनिक गीतको म्युजिक भिडियो शुक्रबार सार्वजनिक भएको छ । सो गीतमा गायक तामाङकै शब्द, सङ्गीत तथा स्वर रहेको छ । उक्त गीतको निर्देशन सन्तोष राजवाहक, छायाङ्कन ज्ञानेन्द्र शर्मा र सम्पादन टेकेन्द्र शाहले गरेका हुन् भने हो गीतमा कमल सिंह र अक्षता राईले अभिनय रहेको छ । तामाङको ‘वीर गोर्खाली’ नामक सन्देशमूलक गीत बजारमा ... read more...