• +977 9841468702
  • info@cpostnews.com

स्वास्थ्य

  • स्वास्थ्य संस्था स्थानीय तहलाई हस्तान्तरण

    सिन्धुपाल्चोक । स्थानीय तहका स्वास्थ्य संस्था स्थानीय तहलाई हस्तान्तरण गरिएको छ । एक कार्याक्रमबीच १२ वटै स्थानीय तहका प्रमुखलाई सम्बन्धित गाउँपालिकामा पर्ने स्वास्थ्य संस्थाहरुको नामसहित उल्लेख गरी मंगलवार फाईल हस्तान्तरण गरिएको हो । स्थानीय तह निर्वाचन सकिएलगत्तै सरकारले सबै जिम्वेवारी स्थानीय तहमा दिएको छ । स्थानीय तहमा दिएको अधिकारसगै स्वास्थ्य मन्त्रालयले ०७४ भदौ ११ गते जिल्लाका सबै स्वास्थ्य ... read more...

  • बल्ल पुग्यो स्वास्थ्य सेवाको पहुँचमा दुर्गम बस्ती घिप्चे

    सिन्धुपाल्चोक । यातायातको पहुँच नपुगेको अर्थात दुर्गम बस्ती लिस्तीको घिप्चेमा सामुदायिक स्वास्थ्य ईकाइ सञ्चालनमा आएको छ । शिक्षा, स्वास्थ्य, यातायात र सरकारी सेवाबाट निकै पछि परेको लिस्तीमा सामुदायिक स्वास्थ्य ईकाइ सञ्चालनमा आएको हो । यो सेवासंगै विगतमा स्वास्थ्य सेवाबाट बञ्चित भएका घिप्चेका स्थानीयमा स्वास्थ्य सेवा पाउने आशा पलाएको छ । शिक्षाको हिसावले पनि निकै पछि परेको यो बस्तीमा जम्मा ७० घरपरि ... read more...

  • यसरी मनपरी श्यया शुल्क असुल्छन् मोरङका निजी अस्पताल

    मोरङ । मोरङमा सञ्चालित ठूला निजी अस्पतालले बिरामीबाट मनोमानीरूपमा बेडचार्ज शुल्क असुल्ने गरेका छन् । नियमनकारी निकायले पर्याप्त चासो नदिंदा मोरङको विराटनगरमा सञ्चालित निजी अस्पतालले बिरामीबाट मनोमानीरूपमा श्यया शुुल्क लिने गरेको सेवाग्रही गुनासो गरेका हुन् । सेवाग्राही सुभाष कामतका अनुसार निजी अस्पतालले बिरामीबाट मनोमानीरूपमा श्यया शुुल्क असुल्ने गरेका छन् ।  मोरङको नाम चलेको अस्पताल न्यूरो अ ... read more...

  • कृत्रिम हातखुट्टा पाएपछि ३५ बने दंग

    म्याग्दी, ८ कात्तिक । बेनीमा दुई दिनसम्म सञ्चालित कृत्रिम हातखुट्टासम्बन्धी शिविरमा ३५ जनाले सेवा लिएका छन् । सडक दुर्घटना, विभिन्न रोगका कारण हातखुट्टा गुमाएकाको दैनिकी, आवश्यकता र प्रयोगमा देखिएको समस्यालाई केन्द्रित गरी सञ्चालन गरिएको शिविरमा म्याग्दी, बागलुङ, पर्वतका सेवाग्राही लाभान्वित भएका छन् । बेलायतमा बसोबास गर्ने म्याग्देलीको साझा संस्था (मोना) यूके, एनआरएनए यूके र बेनी अस्पतालको आयोजना ... read more...

  • १० बुँदे सहमतिपछि डा. केसीको १४ दिनदेखिको अनशन अन्त्य

    काठमाडौँ, १ कात्तिक । सरकारसँग १० बुँदे सहमतिपछि डा गोविन्द केसीको १४ दिनदेखिको अनशन अन्त्य भएको छ । सरकार र केसी पक्षबीच आगामी कात्तिक ६ गते मन्त्रिपरिषद्को बैठकबाट अध्यादेशमार्फत चिकित्सा शिक्षा ऐन जारी गर्नेलगायतका १० बुँदे सहमति भएपछि डा केसीले अनशन अन्त्य भएको हो । १० वर्षे बालिका रोजिना तामाङको हातबाट महपानी खाएर डा केसीले अनशन तोडेका थिए । पूर्वस्वास्थ्यमन्त्री गगनकुमार थापाले अध्यादेशमार्फ ... read more...

  • स्वास्थ्य सेवामा हड्तालका कार्यक्रम तत्काल फिर्ता लिनुपर्ने: प्रधानमन्त्री

    काठमाडौँ, १२ असोज । प्रधानमन्त्री शेरबहादुर देउवा संयुक्त राष्ट्र संघको ७२ औँ महासभामा भाग लिई विहिबार स्वदेश फर्किएका छन् । त्रिभुवन विमानस्थलको अति विशिष्ट कक्षमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले मुलुकको ताजा अवस्थाका बारेमा अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराएको बताएका छन् । उनले महासभालाई सम्बोधनका क्रममा नेपालको नयाँ संविधान, हालै सम्पन्न स्थानीय तहको निर्वाचनलगायतका विषय ... read more...

  • चिकित्सक थप आन्दोलित: नर्सहरुको भरमा मुलुकभरका अस्पताल

    काठमाडौं, ८ असोज । चिकित्सकहरु सरकारको निर्णय विरुद्ध आन्दोलनमा उत्रिएपछि मुलुकभरका अस्पताल नर्सहरुको भरमा चलिरहेका छन् । अस्पतालका आकस्मिक सेवा बाहेक सम्पूर्ण सेवा बन्द गरिएको छ । अस्पतालमा आकस्मिक सेवा सुचारु रहने बताइएता पनि आकस्मिक सेवा दिने ठाउंमा मुस्किलले चिकित्सक भेटिन्छन् । जसका कारण गम्भिर विरामीले मुत्युवरण गर्नुपर्ने अवस्था दिनानुदिन बढिरहेको छ । यता सरकार र नेपाल चिकित्सक सं ... read more...

  • बिरामीको मृत्यु भए चिकित्सकबाटै क्षतिपूर्ति दिनुपर्ने निर्णयको विरोध

    काठमाडौँ, २ असोज । सरकारले उपचारका क्रममा बिरामीको मृत्यु भए चिकित्सकबाटै क्षतिपूर्ति दिइनुपर्ने निर्णयको नेपाल चिकित्सक सङ्घले विरोध गरेको छ । त्यसका लागि विधेयक निर्माण गर्न स्वास्थ्य मन्त्रालयलाई दिएको निर्देशन आत्पत्तिजनक भएको भन्दै ७२ घण्टे अल्टिमेटम दिँदै निर्णय सच्याउन सङ्घले विज्ञप्तिमार्फत अनुरोध गरेको छ । निर्णयलाई ७२ घण्टाभित्र फिर्ता नलिए देशभरका सम्पूर्ण स्वास्थ्य संस्थाहरु पूर्ण रुपम ... read more...

  • स्वास्थ्यमन्त्री पोखरेल नै अस्वस्थ भएपछि अस्पतालमा भर्ना

    काठमाडौं, ११ भदौ । स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेल टाइफाइड भएपछि उपचारका लागि वीर अस्पताल भर्ना भएका छन् । वीर अस्पतालका निर्देशक प्राडा भूपेन्द्र बस्नेतले मन्त्री पोखरेललाई टाइफाइड भएको र निमोनियाको पनि लक्षण देखिएको जानकारी दिएका छन् । उनलाई घांटी दुख्ने, रुघाखोकी र छातीमा समेत समस्या देखिएको छ । उनले भने,‘आत्तिहाल्नुपर्ने अवस्था नरहे पनि पूर्णरुपमा आरामको जरुरी छ, करिब तीन दिन अस्पतालम ... read more...

  • नेशनल मेडिकल कलेजलाई दिएको ‘सम्वन्धन’ विरुद्ध त्रिविमा उजुरी

    ललितपुर, ७ भाद्र । काठमाडौं नेशनल मेडिकल कलेजलाई त्रिभुवन विश्वविद्यालयले सम्वन्धन दिएपछि तातिएको माहोल थप तातिने भएको छ । उक्त मेडिकल कलेजलाई सम्वन्धन दिइएको सम्वन्धमा बुधबार त्रिविमा सूचनाको माग गर्दै निवदेन दर्ता भएको छ । डा. गोविन्द केसीको ११ औं आमरण अनसनले मुलुक तातिरहेका बेला त्रिविले उक्त कलेजलाई सम्बन्धन दिएको हो । बुधबार त्रिवि उपकुलपतिको कार्यालयमा दर्ता भएको निवेदनमा प्रश्न गरिएको छ&nda ... read more...

  • उपकरण किन्न छुट्टाएको रकम फ्रिज भएकोप्रति थापा चिन्तित

    काठमाडौं, २५ साउन । निर्वतमान स्वास्थ्यमन्त्री गगनकुमार थापाले स्वास्थ्य उपकरण किन्न ल्याएको बजेट फ्रिज भएको प्रति चिन्ता व्यक्त गरेका छन् । सवै सरकारी स्वास्थ्य संस्थाहरुमा उपकरण पुग्नेगरी बजेटको व्यवस्था गरिएकोमा उपकरण किन्ने प्रक्रिया अगाडी नबढ्दा बजेट फ्रिज भएको भन्दै उनले चिन्ता व्यक्त गरेका हुन् । उनले भने,‘अर्थ मन्त्रालयमा धेरै मेहनेत र छलफल गरेर करोडौंको बजेट उपकरण किन्न ल्याएका थियौ ... read more...

  • एक बर्षमा आधा दर्जनको मृत्युः ‘ज्यानमारा’ अस्पतालका रुपमा चिनिदै ओम

    काठमाडौं, १९ साउन । चाबहिलस्थित रहेको ओम अस्पताल ‘ज्यानमारा’ अस्पतालका रुपमा चिनिन थालको छ । एक बर्षमा आधा दर्जन व्यक्ति उपचारका क्रममा चिकित्सकको लावरवाहीका कारण ज्यान गुमाएपछि अस्पतालको छविमा आंच आएको हो । पत्थरीको शल्यक्रिया गर्ने क्रममा विहिबार पनि एक महिलाको मृत्यु भयो । उपचारका क्रममा चिकित्सकले लापरवाही गरेको भन्दै मृतकका आफन्त आन्दोलित भए । गोरखा जिल्ला स्थायी घर भई हाल चाबहिल ... read more...

  • ११ औं पटक आमरण अनशनरत डा. केसीको अवस्था विग्रर्दै

    काठमाडौं, १८ साउन । गत साउन ९ गतेदेखि आमरण अनशनमा बसेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था विग्रर्दै गएको चिकित्सकले बताएका छन् । डा. केसीको उपचार गरिरहेका डा. वाईपी यादवले उनको मुटु, किड्नी क्रमशः कमजोर बन्दै गएको जानकारी गराएका हुन् । डा. केसीले चिकित्सा शिक्षा ऐन छिटो ल्याउनुपर्ने र संस्थानमा तत्काल सहायक डीन नियुक्त गर्नुपर्नेलगायतका माग राखेर आमरण अनशन थालेका थिए । उनको यो ११ औं आमरण अनशन हो ... read more...

  • युनिभर्सल मेडिकल कलेजद्धारा नियम अवज्ञा गर्दै विद्यार्थी भर्ना

    काठमाडौँ, ३१ असार । युनिभर्सल मेडिकल कलेजले सरकारको निर्देशन अवज्ञा गर्दै विद्यार्थी भर्ना गरेपछि सम्बन्धन खारेज गर्न माग गठेको छ । चिकित्सा क्षेत्रसंग आवद्ध विभिन्न दशवटा सस्थाले कलेजको सम्बन्धन खारेज गर्न सरकारसंग माग गरेका हुन् । योग्यताक्रम र लब्धाङ्क (मेरिट) का आधारमा भर्ना गर्न गत ०७४ असार २२ गते बसेको मन्त्रिपरिषद्को बैठकले निर्देशन दिएपनि कलेजले त्यसको अवज्ञा गर्दै भर्ना अगाडि बढाएको छ । क ... read more...

  • जनताको स्वास्थ्यमाथि खेलबाड गर्न छुट छैन्ः नेता थापा

    काठमाडौं, २६ असार । निवर्तमान स्वास्थ्यमन्त्री गगनकुमार थापाले चिकित्सा जस्तो संवेदनशील क्षेत्रमा काम गर्ने अनुमति पाउने परीक्षामा भनसुन गर्न नहुने बताएका छन् । भनसुनका आधारमा अदक्षलाई पास गराएर जनताको स्वास्थ्यमाथि खेलबाड गर्न छुट दिन नहुने नेता थापाले बताए । हालै भएको विशेषज्ञ चिकित्सकको नाम दर्ताको परिक्षामा फेल भएका ७० प्रतिशत चिकित्सकहरुमध्ये केहीले पास गराईदिन भन्दै आफुसंग भनसनु गरेपछि उनले ... read more...

  • पत्थरी झिक्न मनमोहन अस्पताल पुगेका विरामीको मृगौंला नै गायब

    काठमाडौं, २० असार । राजधानीको स्वयम्भूस्थित रहेको मनमोहन मेडिकल कलेज एन्ड टिचिङ हस्पिटलले उपचारका क्रममा बिरामीको मृगौंला झिकेको रहस्य फेला परेको छ । अस्पतालका चिकित्सकले शल्यक्रिया गरी पत्थरी निकाल्ने क्रममा मृगौंला झिकेको भन्दै पीडितले न्यायको लागि हारगुहार गरेपछि यो रहस्य बाहिर आएको हो । पीडित शिवप्रसाद रिमालकाअनुसार मृगौंलामा पत्थरी भएर शल्यक्रिया गर्न मनमोहन अस्पताल पुगेका बेला चिकित्सकल ... read more...

  • राष्ट्रिय क्षयरोग केन्द्रको निमित्त निर्देशकमा केन्द्रीय डा.केसी

    भक्तपुर, १९ असार । स्वास्थ्य मन्त्रालयले राष्ट्रिय क्षयरोग केन्द्र ठिमीको निमित्त निर्देशकमा केन्द्रीय कारागारका डा केदार नरसिंह केसीलाई नियुक्त गरिएको छ । उमेर हदका कारण केन्द्रका निर्देशक डा शरच्चन्द्र बर्मा गत शुक्रबारदेखि सेवा निवृत्त भएपछि मन्त्रालयले केसीलाई निमित्त निर्देशकमा नियुक्त गरेको हो । केन्द्रमा विगत ३० वर्षदेखि कार्यरत १० औँ तहका वरिष्ठ कन्सल्टेन्ट चेस्ट फिजिसियन डा मोहनकुमार प्रस ... read more...

  • कैदीबन्दीको उपचार गर्न आठ करोड खर्च

    काठमाडौँ, ४ असार । कारागार व्यवस्थापन विभागले कैन्दीबन्दी उपचार गर्न वार्षिक करिब आठ करोड खर्च गर्ने योजना बनाएको छ । देशभरका ७४ कारागारमा १८ हजारको हाराहारीमा कैदीबन्दी रहेका छन् । उनीहरुको स्वास्थ्योपचारका लागि वार्षिक उक्त रकम खर्च गर्दै आएको हो । विभागका महानिर्देशक कृष्णचन्द्र घिमिरेले सामान्य बिरामीको उपचार सम्बन्धित कारागारभित्रबाट गरिँदै आएको र गम्भीर बिरामीको उपचार व्यवस्था ... read more...

  • स्वास्थ्य मन्त्रालयका ३९ जना चिकित्सकलाई नवौँ तहमा बढुवा

    काठमाडौँ, २५ जेठ । स्वास्थ्य मन्त्रालयको बढुवा समितिले ३९ जना चिकित्सकलाई नवौँ तहमा बढुवा गर्ने निर्णय गरेको छ । समितिको गत मंगलबार र बुधबार नियमित बसेको बैठकले सो निर्णय गरेको हो । स्रोतका अनुसार लोकसेवा आयोगको सूचना अनुसार सबै समूहमा दरखास्त नपरेपछि मन्त्रालयले कन्सलटेन्ट डर्माटोलोजिष्टमा तीन पदमा दुई जना मात्रै बढुवाका लागि सिफारिस गरेको छ । कन्सलटेन्ट इएनटी सर्जन चार पदमध्ये दुई पदमा ... read more...

  • कान्तीमा बाल मानसिक स्वास्थ्यका लागि छुट्टै भवन

    काठमाडौं,२१ जेठ । स्वास्थ्य मन्त्री गगन थापाको अग्रसरतामा कान्ति बाल अस्पतालमा बाल मानसिक स्वास्थ्य विभाग सञ्चालनका लागि छुट्टै भवन निर्माण हुने भएको छ। भवनको शनिवार स्वास्थ्य मन्त्री गगन थापाले शिलन्यास गरेका  हुन् । अस्पताल परिसरमा निर्माण हुने उक्त भवन चार तले भवन पहिलो चरणमा दुई तलाको मात्र निर्माण हुनेछ। भवन निर्माणका लागि नेपाल बालमजदुर सरोकार केन्द्र (सिविन) नेपालले तीन करोड सहयोग ... read more...