• +977 9841468702
  • info@cpostnews.com

राजनीति

  • ओपन थ्रेट: 'सरकार अन्तर्राष्ट्रिय घेराबन्दीमा पर्छ' (भिडियोसहित)

    काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका महामन्त्री केशब झाले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार अब राष्ट्रिय तथा अन्तर्राष्ट्रिय घेराबन्दीमा पर्ने चेतावनी दिएका छन् । महामन्त्री झाले भने,‘सरकारलाई हामीले दिएको समर्थन अब फिर्ता लिन्छौं, काउन्टडाउन सुरु भैसक्यो । हामीले छठ सकिएलगत्तै १० दिनको समय दिएका थियौं, आज चार दिन बितिसक्यो । अब ६ दिन बाँकी छ, हामी अहिले बाध्य ... read more...

  • 'प्रधानमन्त्री जंगबहादुर, स्टालिन र हिटलर बन्ने प्रवृत्तितर्फ उन्मुख'

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री अर्जुननरसिंह केसीले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली जंगबहादुर, स्टालिन र हिटलर बन्ने प्रवृत्तितर्फ उन्मुख रहेको गम्भिर आरोप लगाएका छन् । उनले भने,‘प्रधानमन्त्रीले काम भन्दा बढि कुरा गर्नुभयो । उहाँ आफूमा शक्ति केन्द्रित गर्न उद्धत हुनुहुन्छ । उहाँमा सत्ता र शक्तिको उन्माद देखियो । प्रधानमन्त्रीमा समग्र रुपमा जंगबहा ... read more...

  • पञ्चायतकालिन शैली अपनाउँदै प्रधानमन्त्री ओली नेतृत्व सरकार

    काठमाडौं । तीन घन्टाको मन्त्रिपरिषद्को बैठक सकेर निस्किएका नेपाल सरकारका सञ्चारमन्त्री गोकुल बास्कोटाले निर्णयबारे जानकारी दिन्छन् भनेर माइक र बुक तेर्साएका, डायरी र कलम उचालेर बसेका पत्रकार आइतबार जिल्ल परे । प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकको निर्णय जनतासम्म पुराउने उद्देश्यका साथ विभिन्न मिडियाका पत्रकार त्यहाँ पुगेका थिए । तर, मन्त्री बास्कोटाले ... read more...

  • मण्डिकाटार दरबारमा देउवाविरुद्ध ‘हाईप्रोफाईल’ मोर्चाबन्दी

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाविरुद्ध पार्टीका हाईप्रोफाईल नेताले मोर्चाबन्दी सुरु गरेका छन् । बहुमतको आधारमा आफूइत्तरका नेताहरूलाई पेलानको नीति लिएका देउवा यतिवेला आफ्नैको असहयोगका कारण घेराबन्दीमा पर्न थालेका हुन् । सभापति देउवाले १३ औं महाधिवेशनदेखि कहिले कृष्णप्रसाद सिटौला त कहिले महामन्त्री शशांक कोइरालाको साथ लिँदै फरक विचार राख्ने पार्टीभित्रका नेतालाई किनारामा पार्दै आ ... read more...

  • 'ओली सरकार असफल भए सिँगो राष्ट्र नै असफल हुन्छ

    काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य टोपबहादुर रायमाझीले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले अब ‘पिक–अप’ लिने घोषणा गरेका छन् । पूर्व उपप्रधानमन्त्रीसमेत रहेका उनले भने,‘सरकारले अब गति लिन्छ, यसमा कुनै शंका छैन्, वर्तमान प्रधानमन्त्री यसअघि प्रधानमन्त्री हुँदापनि सफल नै हुनुभएको थियो, अब पनि सफल हुनुहुन्छ तर, अहिल्य ... read more...

  • फोटो जोडेर हाल्ने बेपत्ता, सेयर गर्ने समातिए, नेविसंघको विरोध

    काठमाडौं । नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरले तपेश्वर उच्च माध्यामिक विद्यालय काभ्रेका ईकाइ सभापपित कृष्ण ढकाललाई विनासर्त रिहाई नगरिए कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् । पत्रकार सम्मेलन गरेर सभापति महरले जनताका अधिकार र महंगीको बारेमा सरकार बेखबर रहेको र आफ्ना कार्यकर्ताहरुलाई विभिन्न बहाना बनाएर जेलमा कोच्ने काम गरेको भन्दै आपत्ति जनाएका हुन् । नेता ढकालको रिहाईको लागि आफूहरुले शान्त ... read more...

  • ‘गाडी दुरुपयोगको खबर नै नक्कली हो, मैले थप सुविधा लिएको छैन्’

    काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले आफूले सरकारले दिएको सुविधाबाहेक थप सुविधा नलिएको स्पष्ट पारेका छन् । राजधानीमा भएको एक कार्यक्रममा मन्त्री पण्डितले आफूले थप गाडी नलिएको जिकिर गरेका हुन् । उनले भने,‘नक्कली समाचार बनाएर राख्नेहरुलाई मलाई केही भन्नुछैन् । तर, मैले सरकारले दिएको सुविधाबाहेक थप सुविधा लिएको छैन् । र, लिनेपनि छैन् ।’ उनले आफू पाएको जिम्मेव ... read more...

  • ‘चुनाव लड्ने कुरामा म ब्याक भएको छैन, सांसदको पद माग्न जान्न'

    काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का शीर्ष नेता एवम् पूर्व उपप्रधानमन्त्री वामदेव गौतमले आफूले मलाई सांसद बनाउनुपर्यो भनेर कहिल्यै पनि पार्टीमा माग नराखेको स्पष्ट पारका छन् । ‘मलाई सांसद बनाउनुपर्यो भन्ने मेरो माग छैन, मलाई २ वटा अध्यक्षले तपाई प्रतिनिधि सभामा आउनुपर्छ भन्नुभयो, ओलीजीले व्यवहारिक रुपमा आउनुपर्छ भन्नुभयो ।’-उनले भने । गौतमले पार्टीका केही केन्द्रिय ... read more...

  • 'कांग्रेस अब एक ढिक्का हुन्छ, पार्टीभित्र कुनै समस्या छैन्'

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले अब पार्टी एक ढिक्का भएर अघि बढ्ने स्पष्ट पारेका छन् । बिहीबार साँझ देउवा निवास बुढानिलकण्ठमा आयोजना गरेको देउसी-भैलो कार्यक्रममा पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै सभापति देउवाले भने,‘अब कांग्रेस एक हुन्छ, पार्टीभित्र यतिवेला कुनै समस्या छैन् ।’ उनले पार्टीको महासमिति बैठक अब निर्धारित म ... read more...

  • पूर्वपञ्चहरु (राप्रपा) 'एक' हुँदा पूर्वराजा ज्ञानेन्द्र न खुसी न दुःखी

    काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहलाई खुसी पार्न पूर्वपञ्चहरुले पार्टीको पुनःएकीकरण प्रक्रिया अगाडि बढाएका छन् । पूर्वराजा ज्ञानेन्द्र शाह र दरबारप्रतिको आस्था सर्वसाधारणले पुनः देखाउन थालेपछि पूर्वपञ्चहरु समेत पार्टी एकता गरेर एक हुने अभियानमा जुटेका हुन् । स्रोतका अनुसार तिहारलगत्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट तीन टुक्रा बनेको राप्रपालाई पुन एकीकरण गरी एक ढिक्का बनाइने ... read more...

  • 'भ्रष्टाचारीलाई कारबाही प्रक्रिया चलिरहेको छ, अब झनै बढ्छ'

    काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले सरकारले भ्रष्टाचारीहरुलाई कारबाही गरिरहेको बताउँदै आगामी दिनमा अझै कठोरताका साथ सरकार प्रस्तुत हुने चेतावनी दिएका छन् । उनले भने,‘भ्रष्टहरुलाई कारबाही गर्ने र जेल हाल्ने प्रक्रिया चलिरहेकै छ । देशबाट भ्रष्टाचार, तस्करी र बेथितिहरु ती अपराधहरुलाई निर्मुल गर्ने, नियन्त्रण गर्ने अभियान चलिरहेको छ । भ्रष्टाचारीहरुलाई जेल हाल्ने प्रक्रिया ... read more...

  • 'पहिलो, दोस्रो र तेस्रो आवश्यकत्ता पनि नेपालीबीच एकता हो'

    काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का शीर्ष नेता एवम् पूर्व प्रधानमन्त्री झलनाथ खनालले वर्तमान सरकारले जनताको चाहनालाई सम्बोधन गर्नको लागि पनि आफ्नो गति र वेग बढाउनुपर्ने सुझाव दिएका छन् । पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै नेता खनालले मुलुक अब विकास र समृद्धि हुने कुरामा शंका नगर्न खनालले आग्रह गरे । देउसी खेल्न पुगेका टोलीसँग कुरा गर्दै उनले भने,'विकास र समृद्धि विल्कुलै ... read more...

  • ‘ओलीजीसँग भिजन छ, देश बनाउने संकल्प छ, अब देश बन्छ’

    काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का बरिष्ठ नेता माधव कुमार नेपालले अहिले प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोज्नेबारे सोच्नै नसकिने स्पष्ट पारेका छन् । उनले भने,‘अहिले उहाँको विकल्प खोज्ने कुरा सोच्नै सकिन्न । यो सरकारले काम गरेर देखाउँछ । मैले प्रधानमन्त्रीसँग पटक–पटक कुरा गरेको छु । उहाँमा आत्मविश्वास छ । मसँग उहाँले कमिटमेन्ट गर्नुभएको छ । मैले भनेको छु, हा ... read more...

  • 'प्रधानमन्त्रीले दुई तिहाईको महत्व बुझेनन्, सरकार असफल भयो'

    काठमाडौं । नेपाली कांग्रेसका सह-महामन्त्री डा. प्रकाशशरण महतले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार पूर्ण रुपमा असफल भएको आरोप लगाएका छन् । नेता महतले वर्तमान सरकारले काम गर्नुको साटो बढि गफ गरिरहेको आरोप लगाए । उनले भने,‘गफ गरेर समृद्धि आउँछ ? समृद्धि हाँसिल गर्नको लागि त काम गर्नुपर्छ । हामी गफ होइन, काम गर्छौं ।’ वर्तमान सरकारले मुलुकमा लगानीको वातावरण बनाउन नसकेको र ... read more...

  • बर्खास्त मन्त्रीले भने, 'मुख्यमन्त्रीको सीआईएसँग साँठगाँठ छ'

    काठमाडौं । प्रदेश नम्बर ३ का भौतिक पूर्वाधार तथा विकास मन्त्रीबाट बर्खास्तमा परेका केशव स्थापितले मुख्यमन्त्री डोरमणि पौडेलको सीआईएसँग साँठगाँठ रहेको खुलसा गरेका छन् । उनले भने,‘ललितपुरको भैसेंपाटीमा उनको सयन कक्ष छ । उहाँको त्यो कार्यालय द एशिया फाउण्डेशनको फण्डिङमा फर्निसिङ गरिएको छ । त्यही भैंसेपाटीको घरमा उहाँले रसगुल्ला र रसपान गर्नुहुन्छ भन्छन् । तर, त्यो रसगुल्ला र रसपान के हो ? मलाई ... read more...

  • विद्यासुन्दरको दाबी: ‘५ वर्षमा गर्ने काम मैले डेढ वर्षमा गरिसकें’

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले केही गर्न नसकेको भन्दै चौतर्फी विरोध र आक्रोश व्यक्त भइरहेका बेला उनले मेयरमा निर्वाचित भएर काम सुरु गरेको डेढ वर्षको अवधिमा धेरै काम सम्पन्न दावी गरेका छन् । उनले भने,‘म मेयर भएको अहिले १७ महिना पूरा भएर १८ महिना लाग्यो । यो अवधिमा हामीले धेरै कुराहरु सिकेका छौं । हिजोभन्दा आज धेरै कामहरु भएका छन्, यथार्थ धरातलमा रहेर समिक्षा गर्न ... read more...

  • 'मौजुदा नियमानुसार राष्ट्र बैंक भवन निर्माणको ठेक्का पप्पुले पाउने हो'

    काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सहसचिव राजुमान मानन्धरले अबको १८ महिनाभित्र सिंहदरबारको प्रवलीकरणको काम सम्पन्न हुने बताएका छन् । उनले भने,‘सिंहदरबार अब भत्काउनुपर्दैन्, प्रवलीकरण गर्ने हो । हामी टेण्डर गरेर प्रवलीकरणको काम अघि बढाउँछौं, ढिलोमा १८ महिनामा काम सम्पन्न हुन्छ । हामीले १५ महिनामा सक्छौं भनेर अनुमान गरेका छौं, साह्रै ढिलो भयो भने पनि १८ महिनामा सम्पन्न गर्छौं ।&rsqu ... read more...

  • सुकुम्वासीको गुनासो सुन्दै सांसद

    काठमाडौँ । प्रतिनिधिसभाका सांसद महेश बस्नेत गुनासो सुन्न काठमाडौँ र भक्तपुरको सिमानामा रहेको मनोहरास्थित सुकुम्वासी बस्तीमा पुगेका छन् ।पूर्वउद्योगमन्त्री बस्नेतले गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य, आवास, खाद्य सम्प्रभुतालगायत मौलिक हक रहेको बताउँदै सुकुम्वासी, दलित, पिछडिएको वर्गलाई राज्यको मूलधारमा ल्याउन आफ्नो तर्फबाट पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । कुल ७१३ घरपरिवार रहेको उक्त बस्तीका लक्ष् ... read more...

  • विधान र उमेरहद विवाद: अन्योलमा नेविसंघको महाधिवेशन

    काठमाडौँ । नेपाली काङग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घको १२ औँ महाधिवेशन तोकिएको समयमा हुन सकेन । विसं २०७३ साउनमा सम्पन्न नेविसङ्घको ११औँ महाधिवेशनबाट निर्वाचित नेतृत्वले दुई वर्षभित्र १२औँ महाधिवेशन सम्पन्न गर्ने जिम्मेवारी पाए पनि नेविसङ्घको विधान र उमेरहद विवादका कारण तोकिएको समयमा महाधिवेशन हुन नसकेको हो । नेविसङ्घको गत भदौमा बसेको केन्द्रीय समितिको बैठकले ११औँ महाधिवेशनमा लगाइएको ३ ... read more...

  • नेपाली काँग्रेसको चियापानः सहमतीय राजनीतिमा जोड

    काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा विभिन्न दलका नेताले सहमतीय राजनीतिको आवश्यकतामा जोड दिएका छन् । काँग्रेसले विजयादशमी, दीपावली, नेपाल संवत्, छठलगायत पर्वका अवसरमा आज पार्टी केन्द्रीय कार्यालय सानेपामा चियापन कार्यक्रमको आयोजना गरेको थियो । सो अवसरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले सञ्चारकर्मीसँग क ... read more...