• +977 9841468702
  • info@cpostnews.com

राजनीति

  • भरतपुर मतगणनासम्बन्धी मुद्दाको सुनुवाइ असार ६ मा 

    काठमाडौँ, ३० जेठ । सर्वोच्च अदालतले चितवनको भरतपुर महानगरपालिका–१९ मा पुनः मतदान गराउने मुद्दाको सुनुवाइ आगामी असार ६ गते गर्ने भएको छ । कामु प्रधानन्यायाधीश गोपाल पराजुली र हरिकृृष्ण कार्कीको संयुक्त इजलासमा मंगलबार सो मुद्दाको सुनुवाइ राखिएता पनि हेर्न नभ्याइने भएपछि असार ६ गते सुनुवाइ तय भएको सर्वोच्च अदालतका सहप्रवक्ता विश्वराज पौडेलले जानकारी दिए । यसअघि यही जेठ २८ गते न्यायाधीश विश्म्व ... read more...

  • आन्दोलनका कार्यक्रम फिर्ता लिन एमालेको आह्वान

    काठमाडौँ, ३० जेठ । नेकपा एमालेले सबै खालका अराजनीतिक गतिविधिहरु बन्द गरी स्थानीय तहको निर्वाचनमा भाग लिन राष्ट्रिय जनता पार्टीलाई आह्वान गरेको छ । एमालेले निर्वाचनलाई प्रतिकूल असर पर्ने आन्दोलनका सबै कार्यक्रम फिर्ता गर्न समेत आग्रह गरेको छ। पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको स्थानीय निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिको बैठकले आगामी असार १४ गते हुन लागेको दोस्रो चरणअन्तर्गत ... read more...

  • 'स्थानीय तह, प्रदेश र सङ्घको निर्वाचनपछि रोके पनि एमाले सरकारमा जान्छ'

    काठमाडौँ, २९ जेठ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तीनैै तहको निर्वाचनपछि मात्र पार्टी सरकारमा जाने खुलसा गरेका छन् । अध्यक्ष ओलीले यसअघि सत्तामा नबसे मरिन्छ कि भन्ने भानबाट मुक्त हुनु पर्ने धारणा व्यक्त गरेका थिए । तीनैै तहको निर्वाचनपछि मात्र पार्टी सरकारमा जाने एमाले ३ नं प्रदेश कमिटीले स्थानीय तहको निर्वाचनमा ३ नं प्रदेशभर एमालेबाट निर्वाचित जनप्रतिनिधिलाई बधाई दिन सोमबार आयोजना गर ... read more...

  • ‘दोस्रो तहको स्थानीय निर्वाचन तोकिएकै तिथिमा हुन्छ’

    विराटनगर, २८ जेठ । उपप्रधानमन्त्री एवम् संघीय मामिला तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारले निर्वाचन तोकिएकै तिथिमा हुने बताएका छन् । उनले स्थानीय तहको दोस्रो चरणको निर्वाचन निर्धारित मितिमै हुने ठोकुवा गरेका हुन् । विराटनगरस्थित विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले भने,‘ निर्वाचनको मिति नसर्ने र राष्ट्रिय जनता पार्टीलाई निर्वाचनमा सहभागी गराउन सरकार हरसम्भव प्रयासरत गर्ने छ ... read more...

  • अपाङग ‘गुप्तचर विभाग’ सशक्त बनाउन गृहमन्त्रीको निर्देशन

    काठमाडौं, २६ जेठ । राजनीतिक कार्यकर्ता भर्ति केन्द्र बनेको राष्ट्रिय अनुसन्धान विभाग (राअवि) लाई सशस्त्र बनाउन गृहमन्त्री जनार्दन शर्माले निर्देशन दिएका छन् । गृहमन्त्री शर्माले राज्यको अनुसन्धान निकाय कमजोर भए राज्य कमजोर हुने भन्दै विभागलाई सशक्त बनाउन निर्देशन दिएका हुन् । विभाग निरीक्षणमा राअवि पुगेका गृहमन्त्री शर्माले गुप्तचर विभागका काम प्राथमिकीकरणर प्रविधिलाई आत्मसात् गर्दै राष्ट्रिय सुरक ... read more...

  • उम्मेदवार चित्त नबुझेपछि कार्यालयमा तालाबन्दी (भिडियोसहित)

    इटहरी, २६ जेठ । नेपाली काँग्रेसको सक्रिय राजनीतिबाट अलग रहेका युवा नेता रोहित प्रसार्इंलाई पार्टीले इटहरी उपमहानगरपालिकाको प्रमुख पदमा उम्मेदवार बनाएको बनाएपछि पार्टीभित्रै विद्रोहको आगो सल्किएको छ । त्यसको विरोधमा आक्रोशित काँग्रेसका नेता तथा कार्यकर्ताले शुक्रबार बिहानै इटहरीस्थित पार्टीको नगर कार्यालयमा तालाबन्दी गरेका छन् । आसन्न स्थानीय तहको निर्वाचनमा इटहरी उपमहानगरपालिकाका प् ... read more...

  • राजपा निर्वाचनमा आउनुपर्छ:यादव

    काठमाडौँ, २५ जेठ । सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा सहभागी हुन राष्ट्रिय जनता पार्टी (राजपा) लाई आग्रह गरेका छन् । राजधानीमा आयोजित एक साक्षात्कार कार्यक्रममा 'राजपाका नेताहरु निर्वाचनमा आउनुस् , सँगै मिलेर निर्वाचन लडौँ' भनेर आफूले अपिल गरेको खुलसा गरेका हुन् । उनले कार्यक्रममा भने,'अस्ति प्रधानमन्त्रीको निर्वाचनमा मधेसी उम्मेदवार हुनु ... read more...

  • प्रधानमन्त्रीको नेतृत्वमा सात सदस्यीय मन्त्रिमण्डल

    काठमाडौ, २४ जेठ । प्रधानमन्त्री शेरबहादुर देउवाले तीन उपप्रधानमन्त्रीसहित सात सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् । देउवा नेतृत्व नवगठित सरकारमा विजयकुमार गुच्छेदार, कृष्णबहादुर महरा र गोपालमान श्रेष्ठलाई उप्रधानमन्त्रीसहित क्रमश: संघीय मामिला तथा स्थानिय विकास, परराष्ट्र र शिक्षा मन्त्रालयको जिम्मेवारी दिइएको छ । त्यसैगरी, अर्थमन्त्रालयको कार्यभार ज्ञानेन्द्रबहादुर कार्की, श्रमको फरमुल्हा मन ... read more...

  • बूढानीलकण्ठमा नवनिर्वाचित प्रधानमन्त्रीलाई बधाई दिनेको भीड

    काठमाडौँ, २४ जेठ । नव निर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवालाई शुभकामना दिन बिहानैदेखि उनको निवास बूढानीलकण्ठमा नेपाली काँग्रेसका नेता, कार्यकर्ता एवम् सर्वसाधारणको भीड लागेको छ । व्यवस्थापिका– संसद्बाट मङ्गलबार प्रधानमन्त्री पदमा निर्वाचित भएपछि पार्टीका सभापतिसमेत ररहेका देउवालाई बधाई दिन बिहानैदेखि पूर्वमुख्य सचिव, पूर्वसचिव, राष्ट्रसेवक कर्मचारीलगायत नेता कार्यकर्ता एवम् सर्वसाधारणको भ ... read more...

  • देउवा ४० औं प्रधानमन्त्री

    काठमाडौ, २३ जेठ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई ४० औं प्रधानमन्त्रीका रुपमा व्यवस्थापिका–संसद्ले निर्वाचित गरेको छ । नयाँ प्रधानमन्त्री चयनको निर्वाचनमा देउवाले ३८८ मत प्राप्त गरी निर्वाचित भएका हुन् । देउवाको विपक्षमा १७० मत खसेको थियो । प्रधानमन्त्रीका एक मात्र उम्मेदवार देउवा प्रधानमन्त्री चयनका लागि हाल कायम सांसदको ५० प्रतिशतभन्दा बढी मत ल्याउन आवश्यक भएकाले मत विभाजन भएको ... read more...

  • पुन: मतदान जेठ २८ गतेसम्म नगर्न सर्वोच्चको आदेश

    काठमाडौ, २२ जेठ । सर्वोच्च अदालतले चितवनको भरतपुर महानगरपालिकाको वडा नं १९ मा पुन: मतदान गराउने निर्वाचन आयोगको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले वडा नं १९ मा यही जेठ २८ गतेसम्मका लागि निर्वाचन आयोगको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको सर्वोच्च अदालतका प्रवक्ता महेन्द्र उपाध्यायले जानकारी दिए । आयोगले यही जेठ २० ग ... read more...

  • प्रतिपक्ष दल नेकपा एमाले संसद्को अवरोध खोल्न सहमत

    काठमाडौं, २२ जेठ । मंगलबारदेखि व्यवस्थापिका संसदको बैठक सञ्चालन गर्ने सहमति भएपछि सत्ता पक्ष र प्रमुख प्रतिपक्षवीच देखिएको विवाद समाधान भएको छ । तीन दलका शिर्ष नेताहरुवीच सिंहदरवारमा बसेको बैठकमा चार बुँदे सहमति भएपछि अवरुद्ध संसद पुन: सञ्चालन हुने भएको हो । संसदको अवरोध हटेसंगै नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री हुने बाटो खुलेको हो । काँग्रेस सभापति शेरबहादुर ... read more...

  • प्रधानमन्त्रीको निर्वाचन जेठ २१ मा

    काठमाडौँ, २० जेठ । प्रधानमन्त्री पुष्पकमल दाहालले पदबाट राजीनामा दिएपछि व्यवस्थापिका–संसद् सचिवालयले नयाँ प्रधानमन्त्रीको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । कार्यतालिकाअनुसार आज जेठ २० गते बिहान ११ देखि ४ बजेसम्म प्रधानमन्त्री पदका लागि उम्मेदवारी दर्ता भएको छ भने भोलि जेठ २१ गते निर्वाचन हुनेछ । नेपालको संविधानको धारा २९८ को उपधारा ९३० र संसद् नियमावली, २०७३ को परिच्छेद ९ को दफा ४९ मा ... read more...

  • पुन: निर्वाचन गर्ने आयोगको निर्णय सर्वत्र आलोचना

    काठमाडौ, २० जेठ । निर्वाचन आयोगले भरतपुर महानगरपालिकाको वडा नं– १९ मा पुन:मतदान गराउने निर्णय गरेपछि व्यापक आलोचना सुरु भएको छ । आगामी निर्वाचनमा हार्ने स्थिति आएपछि मतपत्र च्यात्ने नजिर कायम हुने भन्दै सामाजिक सञ्जालभर आलोचना र चिन्ता व्यक्ति भएको हो । लोकतन्त्रसँग आस्था राख्ने स्वतन्त्र नागरिक मात्र नभई काँग्रेस, माओवादी केन्द्रकै नेता तथा कार्यकर्ताहरुले समेत आयोगको निर्णय गलत भएको बताएका ... read more...

  • अब बहुमतीय प्रक्रियाबाट सरकार हुने, निर्वाचन २१ गते मतदान

    काठमाडौं, १८ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा बहुमतीय प्रक्रियाबाट सरकार गठनका लागि आह्वान भएको छ । राष्ट्रपति कार्यालयले बिहीबार विज्ञप्ति जारी गरेर बहुमतीय प्रक्रियाबाट सरकार बनाउन आह्वान भएको हो । तोकिएको समयावधिभित्र सहमतिका आधारमा प्रधानमन्त्रीको निर्वाचन सम्पन्न हुन नसकेकोपछि राष्ट्रपति भण्डारीले बहुमतीय प्रक्रियाबाट प्रधानमन्त्री चुन्न भनेकी हुन् । ‘नेपालको संविधानको धारा २९८ ... read more...

  • ९० मतपत्र च्यातिएको भेटियो

    काठमाडौं, १८ जेठ । भरतपुर महानगरपालिकाको मतगणनामा विवाद हुादा ९० मतपत्र च्यातिएको भेटिएके छ । आइतबार रातिदेखि बन्द गरिएको मतगणना स्थल निर्वाचन आयोगको निर्देशनमा आज खोलिएको थियो । उम्मेदवारहरूको रोहवरमा शिलबन्दी खोलेर गणना गर्दा ९० वटा मतपत्र च्यातेको अबस्थामा भेटिएको मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेले बताएका छन् । च्यातिएका मतपत्र गणना गरी निर्वाचन आयोग पठाउन दिएको निर्देशनपछि भरतपुर महानग ... read more...

  • सर्वत्र आलोचनापछि एमालेले घोषणा गरेको चितवन बन्द फिर्ता

    चितवन, १८ जेठ । ‘बन्द सदाका लागि बन्द’ भन्दै बेलाबेलामा सडकमा उत्रने नेकपा एमाले पार्टीले आव्हान गरेको चितवन बन्दको व्यापक आलोचना भएपछि बन्द फिर्ता लिएको छ । एमाले चितवनले विहिबारका लागि बन्द आव्हान गरेको थियो । सामाजिक सञ्जालभर एमालेको व्यापक आलोचना र जनदबाबपछि भएपछि आज गर्ने भनिएको बन्द फिर्ता गरिएको एमाले चितवनका अध्यक्ष कृष्णभक्त पोखरेलले बताएका छन् । भरतपुर महानगरपालिकाको मतगणना व ... read more...

  • संघमा १८ मन्त्रालयको प्रस्ताव

    काठमाडौं, १८ जेठ । अधिकारसम्पन्न संघीय प्रशासनिक पुन:संरचना समितिले संघमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित १८ वटा मन्त्रालयको प्रस्ताव गरेको छ । राज्य व्यवस्था समितिमा उक्त समितिले प्रस्तुत गरेको कार्यप्रगतिमा नेपालको संविधान, मौलिक हकको अध्ययन प्रतिवेदन, कार्यविस्तृतीकरण प्रतिवेदन, मुलुकको परिवेश, अन्तर्राष्ट्रिय अभ्यास र संविधानको अनुसूचीमा उल्लेखित अधिकार सूची तथा समान कार्यप्रकृत ... read more...

  • नष्ट मतपत्र यकिन गरी पठाउन आयोगको निर्देशन

    काठमाडौँ, १७ जेठ । निर्वाचन आयोगले भरतपुर नगरपालिका–१९ को मतगणनाका क्रममा च्यातिएर नष्ट भएका मतपत्रको सङ्ख्या यकिन गरी प्रतिवेदन पठाउन चितवनका मुख्य निर्वाचन अधिकृतलाई निर्देशन दिएको छ । आयोगमा बसेको बैठकले च्यातिएका मतको स्पष्ट यकिन विवरण प्राप्त नभएको यस्तो निर्देशन दिएको हो । आयोगद्वारा जारी विज्ञप्तिमा उक्त घटनामा केही मतपत्र च्यातिएको भन्ने व्यहोरा उल्लेख भएपनि के कति सङ्ख्यामा मतपत्र न ... read more...

  • प्रधानन्यायाधीश नबनाउन माग गर्दै सर्वोच्चमा रिट

    काठमाडौँ, १७ जेठ । सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश गोपाल पराजुलीलाई प्रधानन्यायाधीशको पदमा सिफारिस नगर्न आदेशको माग गर्दै रिट निवेदन दायर गरिएको छ । राष्ट्रपति कार्यालय, संसदीय सुनुवाइ समिति, सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश पराजुली, संवैधानिक परिषद्, न्याय परिषद्लाई विपक्षी बनाई अधिवक्ता विकास गिरीले सो रिट निवेदन दायर गरेका हुन् । नागरिकता र शैक्षिक योग्यतासम्बन्धी विवाद भएका न्यायाधीशलाई प्र ... read more...