• +977 9841468702
  • info@cpostnews.com

राजनीति

  •  निर्वाचन फेरि सर्‍यो, अब असार १४ मा हुने

    काठमाडौँ, १७ जेठ । दोस्रो चरणको स्थानीय तह निर्वाचन असार १४ गते बुधबार हुने भएको छ । यसअघि सरकारले दोस्रो चरणको निर्वाचन असार ९ गते गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद्को आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले स्थानीय तहको दोस्रो चरणको निर्वाचन पाँच दिन पर सार्ने निर्णय गरेको हो । मुसलमान समुदायको पवित्र पर्व रमजानको अन्तिम दिन असार ९ गते परेकाले सरकारले निर्वाचन पर सारेको उपप्रध ... read more...

  • चीनको ‘एक क्षेत्र, एक मार्ग’ प्रस्तावमा नेपालको हस्ताक्षर 'ऐतिहातिक'

    काठमाडौं, १६ जेठ । नेकपा एमालेले आफू र आफ्ना छिमेकीका आर्थिक समृद्धिका लागि चीन सरकारले अघि सारेको ‘एक क्षेत्र एक मार्ग’ (ओविओआर) अवधारणामा नेपालले गरेको हस्ताक्षर ऐतिहातिक र कोसेढुङ्गा भएको बताएको छ । एमालेका अध्यक्ष केपी शर्मा ओलीले ओबिओआर अवधारणाले चीनको मात्र समृद्धि नभई नेपालको पनि समृद्धि हुने बताएका छन् । ओविओआर सम्बन्धित आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भ ... read more...

  • दोस्रो चरणको निर्वाचन अब असार ९ मा

    काठमाडौ, १५ जेठ । आउादो जेठ ३१ गते गर्ने भनिएको दोस्रो चरणको स्थानीय तह निर्वाचन असार ९ गते शुक्रबारका दिन हुने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले पहिलो चरणको निर्वाचनमा असहमति राख्दै सहभागी नहुने दलहरूलाई समेत दोस्रो चरणको निर्वाचनमा सहभागी गराउन असार ९ गतेको मिति तय गरिएको सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले जानकारी दिएका छन् ... read more...

  • मुलुकभर 'गणतन्त्र दिवस–२०७४' धुमधाम मनाईदै

    काठमाडौं, १५ जेठ । मुलुकभर गणतन्त्र दिवस–२०७४ विविध कार्यक्रम आयोजना गरी धुमधामका साथ मनाईदैछ । संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते नेपाललाई ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्र’ घोषणा गरेपछि प्रत्येक वर्ष त्यसको सम्झनामा जेठ १५ गते यो दिवस मनाउन थालिएको हो । झन्डै अढाई सय वर्षको इतिहास बोकेको शाह वंशीय राजतन्त्रको बिदाईपछि नेपालमा गणतन्त्र स्थापना भएको हो । के छ राष्ट्रपति, उपराष ... read more...

  • मध्यरातमा मतपत्र च्यातिएपछि मतगणना अनिश्चित

    चितवन, १५ जेठ । स्थानीय तहको निर्वाचनअन्तर्गत भरतपुर महानगरपालिकाको मत गणना भइरहेको समयमा मतपत्र च्यातिएपछि अनिश्चितकालका लागि मतगणना स्थगित गरिएको छ । मतगणना भइरहेको समयमा राति ११ः४४ बजे दलका प्रतिनिधिले मतपत्र च्यातेपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले सूचना टाँस गरी अर्को सूचना जारी नभएसम्मका लागि मतगणना स्थगित गरिएको जनाएको हो । सो क्रममा मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेले आफू शौचालय ... read more...

  • निर्वाचन हारे पनि मन जित्न सफल यि दुई दल

    काठमाडौं, १४ जेठ । दुई दशकपछि भएको स्थानिय तहको आम निर्वाचनमा हारेर पनि दुई नयाँ दलले राजधानीबासीको मन जित्न सफल भएका छन् । ति दल हुन्–भर्खरै राजनीतिमा होमिएका नयाँ दल अर्थात साझा र विवेकशील नेपाली पार्टी । उनीहरुलाई काठमाडौंबासीले दिएको जनाधारलाई मुख्य आधार मान्ने हो भने यहाँका जनता परम्परागत शक्तिबाट वाक्क भएर परिवर्तन चाहेका छन् भन्ने सन्देश बाहिर गएको छ । अब काठमाडौंबासी आमुल परिवर्तन ल् ... read more...

  • दुई हप्तापछि मत गणना सकियो, काठमाडौंमा विद्यासुन्दर विजयी

    काठमाडौं, १४ जेठ । पहिलो चरण अन्तर्गत भएको स्थानिय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवार विद्यासुन्दर शाक्य विजयी भएका छन् । उपमेयरमा भने नेपाली काँग्रेसकी हरिप्रभा खड्गीले जित हासिल गरेकी छिन् । निर्वाचन अधिकृतको कार्यालयले विजयी उम्मेदवारको नाम भर्खरै घोषणा गरेको छ । गत बैशाख ३१ गते भएको निर्वाचनको मत गणना परिणाम दुई हप्तापछि सकिएको हो । काठमाडौं महानगरपालिकामा ख ... read more...

  • उपमेयरमा पर्साकी जुझारु नेतृ रुपादेवी श्रेष्ठको नाम सिफारिस

    वीरगञ्ज, १३ जेठ । स्थानिय निकाय दोस्रो तहको निर्वाचनमा उम्मेदवारहरुको घोषणा सिफारिससँगै घरदैलो कार्यक्रम पनि तिब्र अगाडी बढेको छ । नेपाली काँग्रेस वीरगंज उपमहानगरपालिका वडा नम्बर २ छपकैया बुथ समितिले आफ्नो उम्मेदवारहरुको नाम सिफारिस गरेको छ । नेपाल प्रेस युनियन पर्साका पूर्वअध्यक्ष पुरुषोत्तम भट्टराईका अनुसार वडा अध्यक्षमा ५, वडा सदस्यमा १०, र महिला सदस्यमा २ जनाको नाम सिफारिस गरिएको छ । सिफारिस ग ... read more...

  • महाअभियोग फिर्ता: निर्णय लिँदै ‘ब्याक’ हट्दै सरकार

    काठमाडौ, १३ जेठ । अवरुद्ध व्यवस्थापिका संसद्को बैठक सुचारु गर्न शनिबार बसेको प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठकमा सहमति भएको छ । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले, सत्ता साझेदार गठवन्धन नेपाली काँग्रेस र माओवादी केन्द्रका शीर्ष नेताहरू सहभागी थिए । नेकपा एमालेले उठाएका मागहरु ३१ वैशाखको निर्वाचनमा धााधलीबारे संसदीय छानबिन समिति गठन गर्ने, प्रधानन् ... read more...

  • स्थानीय तहको सङ्ख्या थप नगर्न सर्वोच्चको आदेश

    काठमाडौँ, १२ जेठ । सर्वोच्च अदालतले स्थानीय तहको सङ्ख्या र सिमाना हेरफेर कानुन अनुकूल नभएको जनाउँदै तत्काल अघि बढाउने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश सपना मल्ल र ईश्वरप्रसाद खतिवडाको संयुक्त इजलासले आज स्थानीय तहको सङ्ख्या वृद्धि तत्काल अघि नबढाउन सरकारका नाममा जारी गरेको अन्तरिम आदेशमा सिमाना हेरफेर गर्ने सम्बन्धमा उपप्रधानमन्त्री विजयकुमार गच्छदारको नेतृत्वमा कानुन ... read more...

  • निर्वाचनमा सशक्त प्रतिकार गर्ने राजपाको घोषणा

    काठमाडौं, १२ जेठ । आगामी जेठ ३१ गते हुने स्थानीय तहको निर्वाचनलाई सशक्त प्रतिकार गर्ने घोषणासहित राष्ट्रिय जनता पार्टीले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ। पार्टीको शुक्रबार बसेको बैठकपछि पत्रकार सम्मेलन गरी आन्दोलनका कार्यक्रम सार्वजनिक गरिएको हो। पत्रकार सम्मेलन गरेर जेठ १३ गते मसाल जुलुस, जेठ १४ गते लाठी जुलुस, जेठ १५ गते बृहत अन्तरक्रिया, जेठ १६ गते निर्वाचन हुने केन्द्रमा तालाबन्दी गर्ने ... read more...

  •  कर्मचारीको समायोजनमा ध्यान दिन आग्रह

    काठमाडौँ, १२ जेठ । स्थानीय तहमा आवश्यक कर्मचारीको खटनपटन गर्न र ती तहमा खटिने कर्मचारीको समायोजनसम्बन्धी मापदण्ड बनाउन माग सरकारसित माग गरिएको छ । सरकारी कर्मचारी समायोजनसम्बन्धी विधेयक द्रुतमार्गबाट ल्याउन, समायोजनसम्बन्धी मापदण्ड बनाउँदा कर्मचारीका सेवा सुविधालाई पहिलो ध्यान दिनसमेत सरकारलाई सुझाव दिइएको छ । सामान्य प्रशासन मन्त्रालय र उच्चस्तरीय प्रशासन सुधार कार्यान्वयन तथा अनुगमन समितिद्वारा ... read more...

  • 'नयाँ सरकार गठन आचारसंहिता विपरीत'

    भक्तपुर, १२ जेठ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले चुनाव हुँदै गरेको अहिलेको समयमा नयाँ सरकार गठन आचारसंहिता विपरीत भएको बताएका छन् । भक्तपुरस्थित इवामुरा मेमोरियल अस्पतालले आयोजना गरेको नवनिर्वाचित पदाधिकारीको स्वागत कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् । उनले.'सरकारले आचारसंहिता विपरीत नीति तथा कार्यक्रम ल्याएको छ । नेमकिपा नयाँ गठन हुने सरकारमा सहभागी हुंदैन । बरु ... read more...

  • रञ्जु दर्शनालाई अहिलेसम्म २० हजार १९५ मत प्राप्त

    काठमाडौँ, १२ जेठ । काठमाडौँ महानगरपालिकाको प्रमुखका उम्मेदवार नेकपा एमालेका विद्यासुन्दर शाक्यले ५४ हजार ७८८ मत प्राप्त गरी अग्रस्थानमा रहेका छन् । बत्तीस वडा रहेको यस महानगरमा २५ वडाको नतिजा सार्वजनिक भइसक्दा प्रमुख पदमा एमाले पहिलो र दोस्रोमा प्रमुख पदका उम्मेदवार काँग्रेसका राजुराज जोशीको ३८ हजार ७३८ मत प्राप्त भएको छ । विवेकशीलका रञ्जु दर्शनाले २० हजार १९५ मत प्राप्त गरेकी छिन् । साझा पार ... read more...

  • सहमतीय सरकार बनाउन जेठ १८ गतेसम्मको समयसिमा

    काठमाडौं, ११ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले सहमतीय सरकार गठनका लागि आव्हान गरेकी छिन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुधबार आफ्नो पदबाट राजीनामा दिनुभएपछि नयाँ प्रधानमन्त्री चयनका लागि विहिबार राष्ट्रपतिले भण्डारीले आह्वान गरेकी हुन् । नेपालको संविधानको धारा २९८ को उपधारा (२) मा सात दिनभित्र राजनीतिक सहमतिका आधारमा प्रधानमन्त्रीको निर्वाचन गर्ने व्यवस्था रहेअनुस ... read more...

  • निर्वाचन गराउन आयोग प्रतिबद्ध : प्रमुख आयुक्त

    काठमाडौ, ११ जेठ । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले ४६१ स्थानीय तहमा जेठ ३१ गते दोस्रो चरणको निर्वाचन गराउन आयोग प्रतिबद्ध रहेको बताएका छन् । उनले सो संकल्प पूरा गर्न आयोग दृढ भएर अघि बढिरहेको स्थानीय तहको पहिलो चरणको वैशाख ३१ गते भएको निर्वाचनमा खटिएका अनुगमन टोली प्रमुख र सुक्ष्म अनुगमनकर्तासागको छलफल सो कुरा बताएका हुन् । उनले भने,‘कहीाकतै दुविधा र भ्रममा नपरी जेठ ३१ गते तय भए ... read more...

  • निर्वाचन सुरक्षाका लागि नेपाली सेनाको गस्ती

    इनरुवा, ११ जेठ । सुनसरीको सीमावर्ती क्षेत्र देवानगन्ज गाउँपालिकाको कप्तानगन्जमा चुनावी सुरक्षाका लागि नेपाली सेनाको टोली खटाइएको छ ।आगामी जेठ ३१ गते हुन लागेको दोश्रो चरणको स्थानीय तहको निर्वाचनलाई दृष्टिगत गरेर सुरक्षाका लागि नेपाली सेनाको एउटा समूह त्यहाँ राखिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुलीले जानकारी दिएका छन्  । प्रजिअ पराजुलीका अनुसार चुनावी सुरक्षाका लागि पूर् ... read more...

  • संवोधनपछि प्रधानमन्त्री दाहाल दिए राजीनामा

    काठमाडौँ, १० जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो १० महिने कार्यकालको प्रगति र आफू नेतृत्वको सरकारले देश र जनताका पक्षमा गरेका कामबारे देशवासीको नाममा संवोधन गरेका छन् । नेपाली जनतालाई व्यवस्थापिका–संसद्बाट विशेष सम्बोधन गर्ने योजना हिजो सदन सञ्चालन हुन नसकेपछि बुधबार प्रधानमन्त्री कार्यालयबाटै ‘प्रचण्ड’ ले सम्बोधन गरेका हुन् । सम्बोधनक ... read more...

  • माग पूरा नभएसम्म संसद बैठक चल्न नदिने एमालेको अडान

    काठमाडौं, १० जेठ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले व्यवस्थापिका–संसद् बैठक अवरुद्ध पार्ने बताएपछि बुधबारको संसद् बैठक स्थगित भएको छ । एमालेले आफ्ना माग पूरा नभएसम्म संसद अवरुद्ध पार्ने बताएपछि सूचना टाँस गरी स्थगित गरिएको हो । एमालले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध महाअभियोग फिर्ता लिनुपर्ने अडान कायमै राखेको छ भने संविधान विपरीत स्थानीय तहको संख्या बढाएपछि संसद् बैठक अवरुद्ध पार् ... read more...

  • ललितपुर महानगरमा महर्जन विजयी

    ललितपुर, १० जेठ । ललितपुर महानगरपालिकामा प्रमुख र उपप्रमुख दुवै पदमा नेपाली काँग्रेसका उम्मेदबारले विजय हासिल गरेका छन् । नेपाली काँग्रेसका नगरप्रमुख पदका उम्मेदवार चिरीबाबु महर्जन २४ हजार ६४२ मतका साथ प्रमुख पदमा विजयी भएको मुख्य निर्वाचन अधिकृत बालकृष्ण दवाडीले जानकारी दिए । महर्जनले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका हरिकृष्ण ब्यञ्जनकारलाई ३२६ मत अन्तरले विजय हासिल गरेका हुन् । प्रमु ... read more...