• +977 9843987244
  • info@cpostnews.com

राजनीति

  • प्रस्तावित दुई राजदूतको नाम सर्वसम्मतिले अनुमोदन

    काठमाडौँ । प्रतिनिधिसभा, संसदीय सुनुवाइ समितिले प्रस्तावित दुई राजदूतको नाम सर्वसम्मतिले अनुमोदन गरेको छ । समितिका सभापति लक्ष्मणलाल कर्णको अध्यक्षतामा बसेको समितिको बैठकले प्रस्तावित राजदूत फ्रान्सका लागि दीपक अधिकारी र थाइल्याण्डका लागि गणेशप्रसाद ढकाललाई सर्वसम्मत रुपमा अनुमोदन गरेको हो । प्रस्तावित राजदूतद्वय अधिकारी र ढकाल परराष्ट्र मन्त्रालयका सहसचिव हुन् । बैठकमा प्रस्तावित राजदूतद्वयले ती ... read more...

  • दुई भातृृ संगठनः 'नेविसंघ आइसियुमा, तरुण दल लडाईंको मैदानमा'

    काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) यतिखेर 'इन्तु न चिन्तु' अवस्थामा छ । तर काँग्रेसकै अर्को भातृ संगठन नेपाल तरुण दल भने निरन्तर सरकार विरोधी लडाईंमा अरोरात्र मैदानमा खटिरहेको छ । नेविसंघका बुढा विद्यार्थी नेताहरु पद, पैसा र शक्ति हत्याउन दिनरात प्रयासरत छन् । अर्कोतिर, पार्टी सभापति शेरबहादुर देउवा निकटका तरुण दलका अध्यक्ष जीतजंग बस्ने ... read more...

  • डा. केसीको अवस्थाप्रति गम्भीर हुन सरकारलाई काँग्रेसको चेतावनी

    काठमाडौं । डा. गोविन्द केसीले राखेको मागप्रति सरकार गैरजिम्मेवार र संवेदनहिन बनेपछि नेपाली कांग्रेसले आक्रोश व्यक्त गरेको छ । पार्टी मुख्यालयमा सानेपामा पत्रकार सम्मेलन गर्दै प्रवक्ता विश्वप्रकाश शर्माले सरकारको रबैया ठिक नभएको भन्दै कडा प्रतिक्रिया दिएका हुन् । उनले भने, 'डा. केसीले थालेको आमरण अनसन आठ दिन पुग्दै गर्दा उनको स्वास्थ स्थिति विग्रदै गएको छ । तर सरकारको संवेदनाशुन्य छ । त्यसप्रति कां ... read more...

  • कालो सूचीमा परेको 'हुवावे' लाई प्रधानमन्त्री कार्यालयको ठेक्का

    काठमाडौं । नेपालमा प्रतिबन्धित तथा कालोसूचीमा परेको चिनीयाँ कम्पनीले करोडौंको ठेक्का हात पारेको छ । नेपाल टेलिकमको थ्रीजी लाईन विस्तारमा ढिलाई गर्दा कालो सूचीमा परेको कम्पनीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा ‘वार रुम’ को ‘भिडियो कन्फेरेन्सिङ सिस्टम’ निर्माण गर्ने ठेक्का बिना प्रतिस्पर्धा चिनियाँ कम्पनी हुवावेलाई दिइएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख ... read more...

  • नेविसंघमा राजीनामा दिनेको लर्को, महर विद्यार्थी राजनीतिमा फेल

    काठमाडौँ । नेपाल विद्यार्थी संघ केन्द्रीय समितिले महाधिवेशनको मिति घोषणा नहुने निश्चित भएपछि केन्द्रीय समितिका पदाधिकारीले शृङ्खलाबद्ध राजीनामा दिन थालेको छन् । पार्टी सभापति सभापति शेरबहादुर देउवा र नेता कृष्ण सिटौला पक्षीय नौ जना पदाधिकारीले राजीनामा दिएको केही दिनलगत्तै पौडेल पक्षीय विद्यार्थी नेता पदाधिकारी तथा केन्द्रीय सदस्यहरुले आफ्नो पदबाट आज राजीनामा दिएका हुन् । पार्टीले महाधिवेशनका लागि ... read more...

  • दुई बर्ष पनि नपुग्दै विवेकशील साझा पार्टीमा विभाजन

    काठमाडौँ । एकता भएको दुई बर्ष पनि नपुग्दै विवेकशील साझा पार्टी विभाजन भएको छ । पार्टीका वैचारिक दृष्टिकोणमा असहमति जनाउँदै नेता उज्वल थापाको नेतृत्वमा एक समूह विभाजित भएको हो । नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको प्रदेशसभा सदस्य विराजभक्त श्रेष्ठले जानकारी दिए । उनका अनुसार ३७ सदस्यीय केन्द्रीय समिति रहेका उक्त पार्टीका १६ जना निर्वाचन आयोगमा नयाँ दल दर्ताका लागि गएका हुन् । संय ... read more...

  • मुलुकभर सरकार विरोधी आन्दोलन गर्दै तरुण दल, यस्तो छ कार्यक्रम

    काठमाडौं । सरकार काम गर्न नसकेका कारण एकपछि अर्को गर्दै आलोचित भइरहेका बेला नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरुण दलले सातै प्रदेशमा विरोध प्रर्दशन गर्ने घोषणा गरेको छ । तरुण दलले कम्यूनिस्ट सरकारको अधिनायकवादी चरित्र, भ्रष्टाचार, चरममुल्य बृद्धि, अबौंको वाइडबडी काण्ड, निर्मला पन्त बलात्कारपछि हत्या काण्डमा केही गर्न नसकेको भन्दै विरोध स्वरुप आन्दोलन गर्न लागेको हो । तरुण दलका महामन्त्री भूपेन्द ... read more...

  • 'पौष २७' लाई राष्ट्रिय एकता दिवसका रुपमा मनाउन थापाको माग

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले भोली 'राष्ट्रिय एकता दिवस' देशव्यापी भव्य रुपमा मनाउन माग गरेका छन् । अध्यक्ष थापाले पौष २७ गेतका दिन सार्वजनिक बिदा दिन समेत प्रधानमन्त्री केपी शर्मा ओलीसँग आग्रह गरेका छन् । उनले भने,‘पृथ्वीनारायण शाहको एकीकरणको योगदानलाई राजनीतिक आस्थासँग जोडेर हेर्नुहुँदैन्, एकीकरणको गौरव र ईतिहास कहिल्यै पनि परिवर्तन हुँदैन् ।’ अध्यक्ष थ ... read more...

  • भारतलाई झट्काः चीनसँगै पाकिस्तानको पनि तराईमा उपस्थिति

    काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को गृहजिल्ला चितवनमा पाकिस्तानले आफ्नो उपस्थिति देखाउन सफल भएको छ । पाकिस्तानसँग भारतको सम्बन्ध राम्रो छैन भन्ने हेक्का राखेका प्रचण्डले आफ्नी छोरी रेणु दाहालसँग भने पाकिस्तान दूतावाससँगको सम्बन्ध सुमधुर बनाइदिएका छन् । रेणुले नेपालका लागि पाकिस्तानी राजदूत डा. मजर जाबेललाई भरतपुरमा बोलाएर भव्य स्वा ... read more...

  • ‘दाग’ बन्यो ओली नेतृत्व सरकार: बदनाम मन्त्री, दुर्नाम सरकार

    काठमाडौं । मधेसी दलको विश्वासको मतसहित दुई तिहाई बहुमत बढिको नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले दुर्नामी कमाएको छ । साना–तिना भाषणबाजी मात्र होइन, उनको नेतृत्वभित्र परेका अनेक मन्त्रालयका कामकारवाही र त्यसमा भएका भ्रष्टाचारका विषयमा मन्त्री त बद्नाम भए नै प्रधानमन्त्री ओलीको नेतृत्व पनि दुर्नाम भएको छ । मधेसी दलको विश्वासको मत कायम राख्नका लागि यसै साता टिकापु ... read more...

  • विवेकशील साझा पार्टी काभ्रेपलाञ्चोकको संयोजकमा भूषण

    बनेपा। विवेकशील साझा पार्टी काभ्रेपलाञ्चोकको संयोजकमा भूषण श्रेष्ठलाई तोकिएको छ । पार्टीले आज यहाँ कार्यक्रम गरी जिल्ला शाखा संयोजक तोकिएको जानकारी दिएको हो । संयोजक श्रेष्ठ अटो नेपाल पत्रिकाको प्रबन्ध निर्देशकसमेत हुन् । पार्टीका केन्द्रीय सदस्य मिलन पाण्डेले देशैभरि पार्टीको ९० दिने सङ्गठन विस्तारको अभियानअन्तरगत जिल्ला संयोजक घोषणा गरिएको बताए । कार्यक्रममा संयोजक श्रेष्ठले निष्ठाको काम गर्न रा ... read more...

  • नेपाल-फ्रान्स कूटनीतिक सम्बन्धको ७० औँ बर्षः फ्रान्सेली विदेश सचिव नेपाल आउँदै

    काठमाडौँ । नेपाल र फ्रान्सबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औँ वार्षिकोत्सव मनाउने भव्य तयारी भएको छ । सोही सन्दर्भमा फ्रान्सको विदेश मन्त्रालयका सचिव मोरि मोन्टान गुर्दो नेपालको दुई दिवसीय भ्रमणमा यही पुस २५ गते राजधानी आउने भएका छन् । परराष्ट्र सचिव शङ्करदास वैरागीको निमन्त्रणामा उनका फ्रान्सेली समकक्षीबाट हुन लागेको यो भ्रमणका क्रममा सोही दिन दुई देशका विदेश सचिवको नेतृत्वमा द्विपक्षीय परामर ... read more...

  • 'मन्त्री, महाप्रबन्धक र सचिवलाई तत्काल बर्खास्त गरेर जेल हाल्नुपर्छ'

    काठमाडौं । नेपाल वायुसेवा निगमको दुईवटा वाइडबडी विमान खरिदबारे अध्ययन गर्न गठित संसदीय छानबिन उपसमितिका सदस्य प्रदीप यादवले वाईडबडी खरिद काण्डमा बहालवाला मन्त्री, सचिव र महाप्रबन्धकलाई तत्काल बर्खास्त गरी जेल हाल्नुपर्ने बताएका छन् । सांसद यादवले आफूहरुले १५ दिन लगाएर वाईडबडी खरिद प्रकरणको सत्यतथ्य बाहिर ल्याएको दाबी गरे । उनले भने,‘ठूलो मास्टर प्लान बनाएर वाईडबडी खरिदमा घोटाला भएको छ, खरिद ... read more...

  • हत्यारालाई सपथ खुवाउने तयारीप्रति नेपाल तरुण दलको आपत्ति

    काठमाडौं । टीकापुर हत्या काण्डका प्रमुख नाईके मानिएका रेशम चौधरीलाई सपथ खुवाउने तयारीप्रति नेपाल तरुण दलले विरोध जनाएको छ । तरुण दलले विज्ञप्ति निकाल्दै टीकापुर हत्या काण्डका दोषी चौधरीलाई कानुन विपरित जेलबाट निकाली सांसद पदको सपथ खुवाउने तयारी गरिएबाट नेपालको संविधान र कानुनी शासनको ठाडो उल्लंघन भएको भनिएको छ । विज्ञप्तिमा  भनिएको छ ,'यो पूर्णतया लोकतान्त्रिक मूल्य मान्यता बिपरित छ ।' ग ... read more...

  • आज मध्याह्न संसदमा सम्बोधन गर्दै प्रधानमन्त्री ओली

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको चालू तेस्रो अधिवेशनलाई आज पहिलो पटक सम्बोधन गर्ने भएका छन् । यही पुस ११ गतेबाट शुरु भएको सङ्घीय संसद्को चालू अधिवेशनमा प्रधानमन्त्री ओलीले आज मध्याह्न समसामयिक विषयमा सम्बोधन गर्ने कार्यक्रम रहेको उनका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए। सरकारको काम प्रभावकारी बनाउन संसदमा आवाज उठिरहेका बेला प्रधानमन्त्री ओलीले सम्बोधनको तयारी गरेका हुन ... read more...

  • ‘गणतन्त्र नेपालकी राष्ट्रपति पूर्वराजा ज्ञानेन्द्र भन्दा महँगी’

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का अध्यक्ष पशुपतिसमशेर राणाले राष्ट्रपति विद्यादेवी भण्डारीको विलाशीपनले मुलुकमा नयाँ प्रश्न जन्माएको बताएका छन् । उनले भने,‘गणतन्त्रकी राष्ट्रपति किन महंगी बन्दै हुनुहुन्छ ? करोडौंका गाडी चाहिने ? अर्बौको हेलिकप्टर खरिद गर्नुपर्ने ? अहिलेको विशाल शितलनिवास राष्ट्रपतिज्यूलाई सानो भयो अरे ? प्रहरी तालिम केन्द्रपनि उहाँलाई नै चाहिने भयो ... read more...

  • जापानका विदेशमन्त्री तारो कोनो नेपाल आउँदै

    काठमाडौँ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको निमन्त्रणामा जापानका विदेशमन्त्री तारो कोनो नेपालको दुई दिवसीय औपचारिक भ्रमणमा यही पुस २५ गते काठमाडौँ आउने भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारी तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग जापानी विदेशमन्त्री कोनोले बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । सोही दिन परराष्ट्रमन्त्रीले आफ्ना जापानीसमकक्षीसँग प्रति ... read more...

  • हिन्दुत्वको नारा निषेधः महासमिति सदस्यको भावना विपरित काँग्रेस

    काठमाडौं । नेपाली कांग्रेसको १० दिनसम्म राजधानीमा चलेको महासमिति बैठकमा सहभागी महाधिवेशन प्रतिनिधिहरूले संविधान परिवर्तन गरी नेपाललाई हिन्दुराज्य घोषणाको माग गरेका छन् । तर, उनीहरूको यो मुद्दालाई कांग्रेस केन्द्रीय कार्य समितिले किन महासमिति बैठकमा प्रस्तावको रुपमा छलफल चलाएन । करिव एक हजार ६ सय महाधिवेशन प्रतिनिधिमध्ये बहुसंख्यक महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर संकलन गरी महासमिति बैठकमा सभापति ... read more...

  • काँग्रेस विधानको प्रस्तावनामै पहिलोपटक सुवर्णशम्शेरको नाम

    काठमाडौँ । नेपाली काँग्रेसले पहिलोपटक आफ्नो विधानको प्रस्तावनामा संस्थापकमध्येका एक सुवर्णशम्शेर राणाको नाम राखेको छ । काठमाडौँमा जारी काँग्रेसको महासमिति बैठकमा पेश भएको विधान मस्यौदाको प्रस्तावनामा संस्थापक नेता सुवर्णको नाम थप गरिएको पार्टीको विधान संशोधन मस्यौदा समितिका सदस्य एवं दिलेन्द्रप्रसाद बडूले जानकारी दिए । प्रस्तावनामा 'नेपाली काँग्रेसका नेता सुवर्णशम्शेर राणाको नेतृत्वको सरकारले सम्प ... read more...

  • विवाद सकियोः काँग्रेस विधान मस्यौदा केन्द्रीय समितिबाट पारित

    काठमाडौँ । नेपाली काँग्रेस विधानको संशोधित मस्यौदा लामो बहस र छलफलपछि केन्द्रीय कार्यसमितिबाट पारित भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बसेको केन्द्रीय समितिको बैठकले सङ्घीय संरचनाअनुसार तयार गरिएको पार्टीको विधान मस्यौदा पारित गरेको केन्द्रीय सदस्य मीन विश्वकर्माले जानकारी दिए । बैठकले एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्री र एक कोषाध्यक्ष पदाधिकारीसहितको केन्द्रीय का ... read more...