• +977 9841468702
  • info@cpostnews.com

राजनीति

  • सरकार सर्वसत्तावाद कायम गर्न उन्मुख छ: कमल थापा

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संविधान र प्रजातन्त्रको आवरणमा वर्तमान् सरकार सर्वसत्तावादी व्यवस्था कायम गर्न उन्मुख रहेको गम्भिर आरोप लगाएका छन् । उनले वर्तमान सरकार प्रतिपक्षी र विपक्षी दलहरुको क्रियाकलापप्रति असहिष्णु हुनु सरकार सर्वसत्तावादी व्यवस्था कायम गर्न उद्दत रहेको प्रमाण भएको जिकिर गरे । राष्ट्रियताको पक्षमा विगतमा लिएको अडान र केपी ओलीलाई जनताले मत द ... read more...

  • 'राष्ट्रपतिले सम्मानीय शब्दको प्रयोग नगरे पनि म सम्मानीय भन्दै सुरु गर्छु'

    काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले सरकारको नीति तथा कार्यक्रमका विषयमा संसदमा कडा मन्तव्य दिएका छन् । राष्ट्रपतिले 'सम्मानीय शब्द'को प्रयोग नगरेको विषयमा ब्यापक आलोचना भइरहेको बेला प्रतिपक्षी दलका नेता देउवाले आफ्नो धारणा राखेका हुन् । देउवाको ७ बुँदे मन्तव्यमा के के छ ? पूर्णपाठ पढौं । १. सबै भन्दा पहिला राष्ट्रपतिजीले सम्माननीय शव्द प्रयोग नगरेपनि म सम्मानीय सभामुख भनेर सुर ... read more...

  • 'रोगी पाईलटहरुले चलाएको थोत्रो जेट विमान दुर्घटना पर्न सक्छ'

    कालिकोट । नेपाली काँग्रेसका युवा नेता एवम् नेपाल तरुण दलका महासचिव भुपेन्द्रजंग शाहीले रोगी पार्इलटहरुले चलाएको 'थोत्रो जेट बिमान' चाडैं दुर्घटनामा पर्न सक्ने संकेत गरेका छन् । आज नेपाल विद्यार्थी संघ कालिकोटद्वारा आयोजित कार्यक्रममा बोल्दै प्रमुख अतिथि शाहीले भने,'निर्वाचनमा पराजय भोगे पनि काँग्रेस कार्यकर्ताहरुले हरेस खाएका छैनन् । कांग्रेस पार्टीको भविश्य अझै उज्ज्वल छ, पार्टीभित्र सव ... read more...

  • 'ओली नेतृत्व सरकार अधिनायकवादतर्फ लम्कियो'

    सिन्धुपाल्चोक । नेपाली काँग्रेसका नेता एवम् केन्द्रीय सदस्य डा. शेखर कोइरालाले मुलुक निरङकुशतातर्फ धकेलिएको बताएका छन् । सिन्धुपाल्चोकमा भएको एक दिने कार्यकर्ता भेलालाई सम्बोधन गर्दै डा. कोइरालाले भने, 'अहिलेको केपी ओली नेतृत्व सरकारले मुलुकमा अधिनायकवाद लाद्न खोजेको छ । ओली सरकारको राष्ट्रवाद लम्पसारवादमा विलय भइसक्यो ।’ यसअघि भारतलाई गाली गरेको नाटक गरेर जनतालाई भ्रममा पारी निर्वाचन जित्ने ... read more...

  • 'प्रचण्ड समूहको दाहसंस्कार भैसक्यो, माओवादी केन्द्र विघटन भएको छैन'

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का संयोजक गोपाल किराँतीले प्रचण्ड समूहको अन्तिम बिदाई र वैचारिक धारको दाहसंस्कार भएको घोषणा गरेका छन् । उनले एमाले र माओवादीबीचको एकता गलत भएको आरोप लगाए । रिपोटर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै किराँतीले आजको पत्रकार सम्मेलनलाई प्रचण्ड समूहको दाहसंस्कार कार्यक्रम भएको टिप्पणी गरे । पुजीवादी गणतन्त्र स्थापनासम्म आईपुग्दा सकारात्मक भूमिका खे ... read more...

  • मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गर्दै नेपाल विद्यार्थी संघ आन्दोलनमा

    काठमाडौँ । पेट्रोलियम पदार्थमा मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गर्दै नेपाल विद्यार्थी संघ आन्दोलनमा उत्रिएको छ । नेविसंघले मूल्यवृद्धि तत्काल फिर्ता हुनुपर्ने भन्दै नेपाल आयल निगमको केन्द्रीय कार्यालय घेराउ गरेको हो । बाम गठबन्धन सरकार बनेपछि मात्र आधा दर्जनपटक इन्धनका मूल्यवृद्धि भइसकेको छ । जसका कारण सर्वसाधारण जनता मारमा परेको भन्दै नेविसंघले निगमको केन्द्रिय कार्यालयमा एक घण्टे नारावाजी तथा ... read more...

  • 'कांग्रेस असल प्रतिपक्ष हो, ढुंगामुढा र हडताल गर्दैन'

    नेपालगन्ज । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रतिपक्षले आन्दोलन, हडताल गर्छ भन्ने आममान्यतामा कांग्रेस नरहेको बताएका छन् । नेपाल प्रेस युनियन, बाँकेले बिहान अयोजना गरेको पत्रकार भेटघाटमा प्रवक्ता शर्माले भने, 'रचनात्मक तथा सिर्जनात्मक भूमिका प्रतिपक्ष दलले खेल्नुपर्छ, ढुंगामुढा गर्ने, हडताल गर्ने यो असल प्रतिपक्षको गुण होइन, नेपाली कांग्रेस असल प्रतिपक्ष हो ।' 'वर्तमान सरकारको सय दि ... read more...

  • 'पुष्पलाल बाँचिरहनुभएको भए आज खुशीले नाच्नुहुन्थ्यो'

    काठमाडौँ । प्रधानमन्त्री एंव नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्टहरु फुट्न मात्र जान्दछन्, जुट्न जान्दैनन् भन्ने विषय इतिहास बनेको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टीको घोषणा समारोहलाई सम्बोधन गर्दै उनले नेपाली जनताको भावना र चाहनाअनुसार एकता प्रक्रियालाई अन्तिम रुप दिइएको भने। अध्यक्ष ओलीले एमाले र माओवादी केन्द्रबीचको एकता सामान्य प्रक्रिया नभई एकआपसमा अन्तरघुलित भएको भ ... read more...

  • यसरी हुँदैछ एमाले-माओवादी केन्द्रको 'एकता' तयारी

    काठमाडौँ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता घोषणा हुने भएको छ । आज बिहान १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने पार्टी एकता संयोजन समितिको बैठकले घोषणाको प्रक्रिया, समय र स्थान तय गर्नेछ । समितिको बैठकपछि एमाले केन्द्रीय कमिटीले त्यसलाई अनुमोदन गर्नेछ । निर्णयपछि आजै निर्वाचन आयोगमा नेपाल कम्युनिष्ट पार्टी दर्ता हुने पत्रकार सम्मेलनबाट घोषणा गरिनेछ । प्रधानमन्त्री एवं एमालेका अध्य ... read more...

  • ओली नेतृत्व सरकार 'लम्पसारवादी' भएपछि नेविसंघ आन्दोलनमा

    काठमाडौं । नेपालको भ्रमण सकेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी फिर्ता भइसक्दा पनि उनीसँगै आएको विमान र सेना नफर्केपछि विरोध प्रर्दशन भएको छ । नेपाल विद्यार्थी संघको अगुवाईमा भएको प्रदर्शनमा २४ घण्टाभित्र विमान र भारतीय सेना नफर्के नेविसंघले मुलुकभर आन्दोलनको आँधिवेरी ल्याउने सरकारलाई चेतावनी दिएको छ । नेविसंघले भारतीय सांसद कृति आजादको भनाईप्रति सरकारले तत्काल प्रतिक्रिया जनाउनु पर्नेसमेत माग रा ... read more...

  • क्रियाशील सदस्यमाथि निगरानी राख्ने तयारीमा नेपाली काँग्रेस

    चितवन । नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइरालाले काँग्रेसको क्रियाशील सदस्यतामा पुनःविचार गर्नुपर्ने समय आएको बताएका छन् । नेपाल शिक्षक संघको २९ औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले क्रियाशील सदस्य मात्रै भएर निर्वाचन नजितिने बताए । 'मेरो निर्वाचन क्षेत्रको कुनै एक वडामा एक हजार २०० क्रियाशील सदस्य छन् तर भोट जम्मा २०० खस्छ'-उनले प्रतिप्रश्न गर्दै भने, 'अब के यसरी पार्टी चल्न स ... read more...

  • 'भारतमा गाभिनुपर्छ जनकपुर' भन्ने आजादलाई कारवाहीको माग

    काठमाडौं । नेपालको पवित्रुभुमि जनकपुरलाई भारतमा गाभिनुपर्छ भन्ने भारतीय सांसद कृति आजादलाई कडा भन्दा कडा कारवाहीको माग उठेको छ । उनको सो भनाईसँगै आमनेपालीमा निकै आक्रोश बढेको छ । सोही सन्दर्भमा नेपाल तरुण दलका महासचिव भूपेन्द्रजंग शाहीले एक व्यक्तब्य निकाल्दै उनको भनाईप्रति कडा भत्र्सना तथा आलोचना गरेका छन् । महासचिव शाहीले विज्ञप्तिमा भनेका छन्, 'नेपालको राष्ट्रिय अखण्डतामाथि विदेशीले धावा बोल्दा ... read more...

  • मोदीको 'जनकपुर भ्रमण' पूर्वसन्धामा अनिष्ठको संकेत, जनकपुर जलमग्न

    धनुषा । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आउन मात्र दुई दिन बाँकी रहँदा प्रकृतिले समेत साथ छाडेको छ । गए राति आएको ठूलो हावाहुरी र बर्षाका कारण भारतीय प्रधानमन्त्री मोदीको आसन्न जनकपुरधाम भ्रमणका लागि तयार पारिएको स्वागतद्धार र अभिनन्दन स्थलमा ठूलो क्षति पुगेको छ । नेपाललाई नाकाबन्दी गरेर सास्ती दिएको अनुभव गरेका जनकपुरवासीले भने मोदी जनकपुर आउनुपूर्व भएको क्षतिलाई जोडेर अनिष्ठको संकेत भन्न थालेक ... read more...

  • छवि सुधार्दै गरेका पूर्वयुवराज पारस हिमानीसँगै देखिन थाले

    काठमाडौं । यसै साता लाजिम्पाटको त्रिसरा रेष्टुरेन्टमा शाही परिवारको डिनर थियो । डिनरको आकर्षण शाही परिवार भन्दा पनि पूर्वयुवराज पारस शाह र पूर्वयुवराज्ञी हिमानी शाहको प्रवेशसँगै हुनु बन्यो । खासगरी दुवैबीचको सम्बन्ध सुमधुर नरहेको बताइएका बेला यो जोडी आकर्षकणको कारण बनेको थियो । सँगै छिरे पनि डिनर अवधिभर बोलचाल पनि नगरी, सँगै पनि नबसी फर्केका दम्पत्तिको सम्बन्ध किन अझै चिसो छ ?  स्रोत भन्छ, &l ... read more...

  • उपसभापतिमा निधि र महामन्त्रीमा खड्का मनोनीत, पौडेल असन्तुष्ट

    काठमाडौँ । नेपाली काँग्रेसको उपसभापतिमा विमलेन्द्र निधि, महामन्त्रीमा पूर्णबहादुर खड्का र सहमहामन्त्रीमा डा प्रकाशशरण महत मनोनीत भएका छन् ।  काँग्रेसका निर्वाचित पदाधिकारी एवं सदस्यको बसेको बैठकमा पार्टी सभापति शेरबहादुर देउवाले उनीहरुको नाम प्रस्ताव गरेपछि बैठकले अनुमोदन गरेको केन्द्रीय सदस्य मीन विश्वकर्माले जानकारी दिए । बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले उक्त निर्णयप्रति असहमति जना ... read more...

  • यातायात नचलाउने व्यवसायीलाई कारबाही गर्न गृहमन्त्रीको निर्देशन

    काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले यातायात सञ्चालन नगर्ने यातायात समितिलाई कारबाही गर्न निर्देशन दिएका छन् । गृहमन्त्री थापाले अत्यावश्यक सेवा ऐन २०१४ बमोजिम यातायात समिति र व्यवसायीलाई कारबाही गर्न देशभरका प्रमुख जिल्ला अधिकारीलाई आज निर्देशन दिएका हुन् । उनले आवश्यक परे यातायात समितिका पदाधिकारीलाई समेत कारबाहीको दायरामा ल्याउन निर्देशन दिएका छन् । आवश्यकतानुसार यातायात स ... read more...

  • सर्वहारावादी कम्युनिष्टको एकता अपरिहार्य : दाहाल

    काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश स्थिरता र समृद्धिको बाटोमा अग्रसर रहेको अहिलेको सन्दर्भमा सर्वहारावादी कम्युनिष्टको एकता अपरिहार्य आवश्यकता बनेको बताएका छन् । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा एक शुभकामना सन्देश दिँदै अध्यक्ष दाहालले अग्रगामी कम्युनिष्टबीचको ध्रुवीकरणले मात्र मुक्तिकामी श्रमिक वर्गको हक र अधिकारको सुनिश्चितता गर्न सकिने बताए ... read more...

  • 'दुई कोरिया मिल्नुको विकल्प छैन, अब भाइ–भाइको सम्बन्ध स्थापित हुनुपर्छ'

    रुकुम । नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले विश्वभर देखिएको त्रासपूर्ण वातावरण हटेको बताएका छन् । उत्तर कोरियाका नेता किम जोङ उन र दक्षिण कोरियाका राष्ट्रपति मून जे इनको भेटवार्तापछि यो संभव भएको नेता नेपालले बताएका हुन् । दुई नेताबीचको भेटवार्तासम्बन्धी पहिलोपटक प्रतिक्रिया दिँदै उनले दुवै देशबीच सम्बन्ध सुधारसँगै शान्ति र समृद्धिको मार्गचित्र तयार भएको प्रतिक ... read more...

  • तरुण दल एक ढिक्का: ७ वटै प्रदेशमा 'प्रदेशस्तरीय प्रशिक्षण' सकियो

    काठमाडौं । नेपाल विद्यार्थी संघको अध्यक्ष नैनसिंह महरको कार्यशैली तानाशाही भएको भन्दै विरोध भइरहेका बेला नेपाली काँग्रेसकै भातृ संगठन नेपाल तरुण दलले भने सातै प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण सकेको छ । तरुण दलको प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम गत चैत्र २५ गते झापाको बिर्तामोडबाट सुरु भई बैशाख १३ गते धनगढीमा पुगेर समापन भएको छ । प्रशिक्षण कार्यक्रममा निकै उत्साहकजनक सहभागीता थियो भने काँग्रेसलाई बल ... read more...

  • धरहरा जतिसक्दो चाँडो निर्माण हुन्छ: प्रम ओली

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले धरहरा निर्माणलाई सक्दो चाँडो अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् । विसं २०७२ को वैशाख १२ गते गएको भूकम्पबाट पीडितको स्मृतिमा काठमाडौँ महानगरपालिकाद्वारा सुन्धारास्थित भत्किएको धरहराको प्रांगणमा आयोजित ‘मै बनाउँछु मेरो धरहरा’ कार्यक्रममा प्रधानमन्त्री ओलीले भूकम्पका कारण मृत्यु हुनेप्रति श्रद्धाञ्जलि अर्पण गर्दै सो कुरा बताएका हुन् ... read more...