• +977 9843987244
  • info@cpostnews.com
मुख्य खबर

राजनीति

  • 'नेविसंघलाई बृद्ध संघ बनाउने चेष्टा गर्नु लोकतन्त्र उपहास'

    काठमाडौं । नेपाल विद्यार्थी संघ 'विद्यान' पक्षधर विद्यार्थीहरुले नेपाली कांग्रेस नेतृत्वबाट लोकतान्त्रिक मूल्य र मान्यतालाई ध्वस्त पारेको आरोप लगाएका छन् । उनीहरुले विधानविपरित नेविसंघ तदर्थ केन्द्रिय समिति गठन गर्ने चेष्टाप्रति गम्भिर ध्यानाकार्षण भएको जनाए । उनीहरुले पत्रकार सम्मेलन गर्दै विधानविपरित पार्टी नेतृत्वबाट नेविसंघलाई नेपाल बृद्ध संघ बनाउने चेष्टा गर्नु लोकतन्त्रको उपहास भएको पनि आरोप ... read more...

  • ‘सरकार त असफल भयो भयो, यो व्यवस्थाप्रति विश्वास टुट्ने खतरा छ’

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री रमेश लेखकले अहिले जनता पुरै निराशामा रहेको टिप्पणी गरेका छन् । उनले भने,‘सत्ताको रमाईलो पाटो हुन्छ । सत्तामा बस्दा चौतर्फी राम्रो देखिने हुन्छ । सारा कुरा राम्रो देखिने भन्ने हुन्छ । यदि त्यो साँचो भैदिएको भए पुरै नेपाल सुनैसुनको र सारा नेपाली समद्ध हुन्थे ।’ उनले यतिवेला जनता अत्यन्तै ज्यादा निराश रहेको बताए । उनल ... read more...

  • सांसद कँडेल उर्फ ‘मुन्नाबाबु’ भारतमा मोष्ट वान्टेड

    काठमाडौं । दोहोरो नागरिकता विवादमा मुछिएका कांग्रेस सांसद देवेन्द्रराज कँडेलविरुद्ध भारतमा अपहरण मुद्दा पनि चलिरहेको छ । उनीमाथि उत्तरप्रदेश, ठुटीबारीका उज्ज्वल सिंहको अपहरण गरेको आरोप छ । हिन्दुस्तान दैनिकका अनुसार चार वर्षअघि उज्ज्वल नेपाल आएका बेला कँडेलको योजनामा नवलपरासीबाट उनको अपहरण गरिएको थियो । कँडेलसहित पाँचजनाविरुद्ध उज्ज्वलकी पत्नी सुनिता सिंहले भारतीय प्रहरीको महाराजगन्ज तहसिलमा जाहेर ... read more...

  • पूर्वगृहराज्यमन्त्री तथा काँग्रेसका सांसद कँडेल नै भारतीय नागरिक

    काठमाडौं । पूर्वगृहराज्यमन्त्री तथा सांसद देवेन्द्रराज कँडेल भारतीय नागरिक पनि भएको खुलेको छ । भारतको उत्तरप्रदेशको गोरखपुरनिवासी उनी त्यहाँको एक कलेजको व्यवस्थापन समितिका अध्यक्ष पनि हुन् । उनले भारतीय नागरिककै रूपमा शपथ पनि खाएका छन् । यो विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशनमा नेपाल प्रहरीको सिआइबीले अनुसन्धान गरिरहेको छ । उत्तरप्रदेश, महाराजगन्जको ठुठीबारीस्थित राधादेवी इन्टरकलेज ... read more...

  • 'लक्की' सांसद गुरुङ रिहा, महरा र आलममाथि म्याद थप

    काडमाडौं । बालात्कार प्रयास तथा कुटपिट गरेको आरोपमा पक्राउ परेका पूर्वसभामुख एवम् सांसद कृष्णबहादुर महरा पूर्वनेकपा माओवादी (हाल नेकपाका) का प्रभावशाली नेता हुन् । महरालाई अदालतले थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश बाबुराम सुवेदीको इजलासले कात्तिक २ गतेदेखि लागूहुने गरी ५ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । अदालतले यसअघि पनि महरा ... read more...

  • जनताको मन जितेर काम गर्न सभापति देउवाको सुझाव 

    भक्तपुर । पूर्व प्रधानमन्त्री एवमं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले जनप्रतिनिधिले जनताको मन जितेर विकास, निर्माणका काम गर्नुपर्ने बताएका छन् । कांग्रेस केन्द्रीय नीति तथा अनुसन्धान प्रशिक्षण प्रतिष्ठानद्धारा भक्तपुरको बोडेमा आयोतिज दुई दिने प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उनले स्थानिय तहको सरकारले जनताको मन जितेर काम गर्न सुझाव दिएका हुन् । उनले भने, ‘मुलुकको असली मालिक जनता हु ... read more...

  • गैरआवसीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा कुमार पन्त विजयी

    काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवौं सम्मेलनबाट अध्यक्षका आफ्नो प्रत्यासी कुल आचार्यलाई हराउँदै कुमार पन्त विजयी भएका छन् । पन्तले एक हजार ९४ मत ल्याएर विजयी हुँदा अर्का अध्यक्षका प्रत्यासी आचार्यले ९ सय ५९ मत ल्याएर पराजित भए । अध्यक्षका प्रत्यासी पन्त र आचार्य निवर्तमान उपाध्यक्ष हुन् । उनीहरु क्रमशः जर्मनी र बेलायतमा रहेर आफ्नो व्यवसाय गर्दै आएका छन् । त्यसैगरी, उपाध्यक्षमा अर्जुनक ... read more...

  • 'रिक्त सभामुख पदका लागि नेपाली काँग्रेसले उम्मेदवारी दिन्छ'

    काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रभावशाली नेता तथा राष्ट्रिय सभाका संसदीय दलका नेता दिनानाथ शर्माले संघीय संसदको सभामुख आफ्नै पार्टीले दाबी गर्ने बताएका छन् । उनले भने,‘संविधानमा भएको व्यवस्था बमोजिम हामी सभामुख र उपसभामुखको निर्वाचन गर्छौं । यो ठूलो विवाद र समस्याको विषय होईन् । सकेसम्म निर्वाचन नहोस भन्ने हाम्रो चाहना छ । सत्तापक्ष र प्रतिपक्षीबीच सहमतिकै प्रयत्न ... read more...

  • 'आलोपालोको सम्भावना छैन, ५ बर्षसम्म नै ओली प्रधानमन्त्री'

    काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रभावशाली नेता तथा राष्ट्रियसभाका संसदीय दलका नेता दिनानाथ शर्माले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले नै पाँच वर्ष सरकारको नेतृत्व गर्ने स्पष्ट पारेका छन् । पार्टीभित्रैबाट आलोपालो सरकार नेतृत्वबारे बहस भैरहेको बेला नेता शर्माले पाँच वर्ष नै ओलीले सरकारको नेतृत्व गर्ने दाबी गरेका हुन् । बिहीबार नेता शर्माले आलोपालोको कुरा उठेपनि अहिले ... read more...

  • एनआरएनए नबौं निर्वाचन, 'कुरा ठूला गर्ने, काम सिन्को नभाँच्ने'

    काठमाडौं । गैरआवसीय नेपाली संघको बर्तमान नेतृत्वको कमीकमजोरीका कारण निर्वाचन स्थगित भएपछि ब्यापक आलोचना सुरु भएको छ । निर्वाचनमा भाग लिन आएका एनआरएनका प्रतिनिधिहरुले समयमै निर्वाचन हुन नसकेपछि बुधबार बेलुका निर्वाचनस्थल ह्यात होटलमा होहल्ला, कुर्सी तोडफोड र नाराबाजी गरेका थिए । प्रहरीले कडा सुरक्षा ब्यवस्था गरेता पनि बुधबार हुने भनिएको निर्वाचन कार्यतालिका अनुसार निर्वाचन हुन सकेन् । एनआरएनमा देखि ... read more...

  • सामान्य विवादमै राजपाका सांसद थुनामा, ज्यान मुद्दामा नेकपा सांसदलाई चाहिँ छुट किन ?

    काठमाडौं । बुद्ध एयरको काउण्टर तोडफोड र कर्मचारीमाथि अभद्र ब्यवहार भएको सामान्य विवादमा राष्ट्रिय जनता पार्टी (राजपा) को सांसद प्रमोदकुमार साहलाई प्रहरीले पक्राउ गरेता पनि ज्यान मार्ने मुद्दाका अभियुक्त सांसद पार्वत गुरुङलाई भने पक्राउ गरिएको छैन् । जबकी जिल्ला अदालत काठमाडौंले असोज ८ गते नै उनी विरुद्ध पक्राउ पुर्जी जारी जारी गरिसकेको थियो । प्रहरीले सांसद गुरुङलाई पक्राउ नगर्नु पछाडि उ ... read more...

  • दौडमा नेम्वाङ, गुरुङ, सापकोटा र घर्ती, को होला सभामुख ?

    काठमाडौं । रिक्त रहेको सभामुख कसलाई बनाउने भन्नेमा सत्तारूढ दल नेकपामा आन्तरिक गृहकार्य थालिएको छ । तत्कालीन सभामुख कृष्णबहादुर महराले यौन दुव्र्यवहार प्रकरणमा मुछिएपछि सभामुख पदबाट राजीनामा दिएका थिए । महराको राजीनामासँगै सभामुख पद रिक्त रहँदै छ । सभामुख र उपसभामुखमध्ये एक पद त्याग गर्नुपर्ने भएपछि नेकपाले उपसभामुखलाई राजीनामा गराएर सभामुख आफूले राख्ने गरी नयाँ सभामुखका लागि छलफल अघि सारेको हो । ... read more...

  • आलममाथि कडा कारबाहीको माग, काँग्रेस पनि अनुसन्धानको पक्षमा

    रौतहट । यतिखेर नेपाली काँग्रेसका निलम्बित सांसद मोहम्मद अफ्ताब आलमलाई गत ०६४ चैत २७ गते अर्थात पहिलो संविधानसभा निर्वाचनको ठीक एक दिनअघि रौतहटको फरहदवामा दर्जन बढीलाई ईंटा भट्टामा जिउँदै जलाएको आरोपमा प्रहरीले पक्राउ गरेको छ । उनको पक्राउसँगै रौतहटमा उनका समर्थक, नेता तथा कार्यकर्ताहरुले रिहाईको माग गर्दै टायर बालेर प्रर्दशन गरेका छन् । सर्वसाधारण नागरिकले भने उक्त प्रर्दशनलाई फिटिक्कै मन परा ... read more...

  • काँग्रेसको चियापान समारोह आज १ बजेदेखि सुरु, ५ बजेसम्म चल्ने

    काठमाडौं । नेपाली काँग्रेसले हरेक बर्ष झैं यस बर्षको कोजाग्रत पूर्णिमाका दिन आज चियापान समारोह तथा शुभकामना आदानप्रदान कार्यक्रम राखेको छ । विजयादशमी, तिहार, नेपाल संवत, छठलगायत पर्वका अवसरमा राखिएको उक्त कार्यक्रम आज दिउँसो १ देखि सुरु भई साँझ ५ बजेसम्म रहने पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । पार्टी मुख्यालयमा हुने कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता, मन्त्रिपरिषद्क ... read more...

  • मातृभूमीलाई प्राण भन्दा बढि माया गर्ने नेपाल फेरि नजरबन्दमा

    काठमाडौं । पछिल्लो समय चीनसँग निकट सम्वन्ध बनाएका ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका अध्यक्ष फणीन्द्र नेपाललाई नै प्रहरीले चिनियाँ राष्ट्रपति सी जिनपिङको स्वागत कार्यक्रममा जान रोकेको थाहा भएको छ । अध्यक्ष नेपालले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उक्त कुराको खुलुसा गरेका हुन् । उनले नेपालको दुई दिने राजकीय भ्रमणमा आइपुगेका राष्ट्रपति सीको स्वागत गर्न जान नपाएको गुनासो पोखे । उनले प्रहरीमार्फत दबाब दि ... read more...

  • नेपाल-चीन सम्बन्ध: 'सागर झैँ गहिरो र सगरमाथा जस्तै उच्च छ'

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल-चीन सम्बन्ध सागर झैँ गहिरो र सगरमाथा जस्तै उच्च रहेको बताएकी छन् । आफ्ना चिनियाँ समकक्षी सी चिनफिङको सम्मानमा आज साँझ यहाँ आयोजित राजकीय भोजमा मन्तव्य व्यक्त गर्दै उनले पञ्चशीलमा आधारित हामीबीचको न्यानो सम्बन्धलाई थप उचाइमा लैजाने प्रशस्त सम्भावना रहेको बताइन् । राष्ट्रपति भण्डारीले भनिन्,‘पारस्परिक विश्वास, सम्मान र हितमा आधारित हाम्रो स ... read more...

  • ‘चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणले नयाँ मोड लिन्छ, म उत्साहित छु’

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी नेतृ तथा पूर्व उपप्रधानमन्त्री सुजाता कोइरालाले चिनियाँ राष्ट्रपति सी जिनफिङको दुई दिने नेपाल भ्रमण भव्य सफल हुने विश्वास दिलाएकी छिन् । उनले भनिन्,‘२३ वर्षपछि चिनियाँ राष्ट्रपति नेपाल भ्रमणमा आउँदैहुनुुहुन्छ, हामी हर्षित छौं । यो सबै नेपालीहरुको लागि खुशीको कुरा हो । हामी नेपाली जनता उहाँलाई भव्य स्वागत गर्न चाहन्छौं ।’ सीको नेपाल भ्रम ... read more...

  • घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै काँग्रेस नेता तथा पूर्वमन्त्री बस्नेत

    काभ्रे । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एमव् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले ईन्द्रावती गाउँपालिका वडा नम्बर-१० स्थित तिखुमोडमा आज भएको बस दुर्घटनामा परी घाइते भएकाहरुलाई अस्पतालमै पुगेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । उक्त बस दुर्घटनामा परी धुलिखेल अस्पताल उपचारत घाइतेहरुलाई भेट्न यहाँ आएका नेता बस्नेतले उपचारत विरामी र आफन्तलाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए । सो क्रमम ... read more...

  • महरालाई नर्भिकमा भर्ना गरियो, विरामी सक्कली कि नक्कली ?

    काठमाडौं । बलात्कार गरेको अभियोगमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महरा विरामी परेपछि उपचारका लागि भन्दै अस्पताल भर्ना गरिएको छ । संसद सचिवालयमा कार्यरत महिला कर्मचारी रोशनी शाहीले बलात्कार प्रयास तथा कुटपिट गरेको अभियोग लगाएपछि महरा पक्राउ परेका थिए । पक्राउ परेका महरा महानगरीय प्रहरी बृत्त सिंहदरबारमा रहेका थिए । हिरासतमै रहेका बेला उनी विरामी परेपछि उपचारका लागि उनलाई थापाथलीस्थि ... read more...

  • एनआरएनए नवौं महाधिवेशनः फेरि मागियो दोहोरो नागरिकता

    काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अभियन्ताहरुले दोहोरो नागरिकता पाउनुपर्ने मागलाई जोडतोडका साथ उठाएका छन् । गैरआवासीय नेपालीहरुले पनि दोहोरो नागरिकता पाउनुपर्ने माग गरे । यतिखेर संघको नवौं महाधिवेशनमा भाग लिन विश्वभरिबाट उनीहरु नेपाल आएका छन् । नवौं महाधिवेशनमा अध्यक्षका लागि कुमार पन्त र कुल आचार्यको भीडन्त हुने निश्चित भैसकेको छ । नवौं महाधिवेशनमा कोषाध्यक्षका लागि उम्मेदवारी घोषणा गर ... read more...