• +977 9843987244
  • info@cpostnews.com
मुख्य खबर

राजनीति

  • काँग्रेस 'जागरण अभियान' मा जान गच्छदारले रोकेपछि..

    काठमाडौं । तत्कालीन लोकतान्त्रिक फोरम नेपाली कांग्रेसमा समायोजन भएको दुई वर्ष भइसकेको छ । लोकतान्त्रिक फोरमलाई कांग्रेसमा समायोजन गर्न उपसभापति विमलेन्द्र निधिको संयोजकत्वमा कार्यदल बनेको छ । कार्यदलले कछुवाको गतिमा काम गर्दै आएको छ । दुई वर्षसम्म पनि लोकतान्त्रिक फोरमका नेता कार्यकर्तालाई कांग्रेसमा समायोजन गर्न नसक्दा कार्यकर्तामा निरासा छाउनु स्वभाविक हो । नेपाली कांग्रेसमा विजयकुमार गच्छदार मा ... read more...

  • बाबुरामको छेडछाडः 'घरबेटीले मेलम्ची ठेक्का पाए, अब प्रचण्डजी ढुक्क'

    काठमाडौं । करोडौं, अर्बौंको काम लिने तर कुनै काम समयमा सम्पन्न नगर्ने काम चोर ठेकेदारका रुपमा परिचित विवादास्पद निर्माण ब्यवसायी शारदाप्रसाद अधिकारीले मेलम्ची खानेपानी आयोजनाको ठेक्का पाएपछि डा. बाबुराम भट्टराईले पनि ट्वीट गरेका छन् । उनको ट्वीट भने नेकपा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' लाई लक्षित छ । डा. बाबुरामले ट्वीटमार्फत भने,'घरबेटी अधिकारीज्यूले मेलम्चीको ठेक्का पाएसँगै प्रचण्डजीलाई प ... read more...

  • नोट दिएर भोटको चलखेल, १ करोड दान कि सापटी ?

    काठमाडौं । गैरआवसीय नेपाली संघ (एनआरएनए) को नवौं निर्वाचनको तिथि मिति तोकिएको अवस्थामा अध्यक्षका प्रत्यासी कुमार पन्तले अध्यक्ष भवन भट्टको आग्रहमा संस्थालाई १ करोड रुपैयाँ दिएपछि विवाद चुलिएको छ । सामाजिक सञ्जालभर नोट दिएर भोट किन्न खोजेको भन्दै पन्तको ब्यापक आलोचना सुरु भएको छ । कतिपयले उनको अवैध क्रियाकलापमाथि रोक लगाउनुपर्ने माग गरिरहेका छन् । उता एनआरएन अध्यक्ष भट्टले भने १ करोड सहयोग गरेकोमा ... read more...

  • तरुण दलमा लफडा: अध्यक्ष बस्नेत र महासचिव शाहीबीच मतभिन्नता

    काठमाडौं । नेपाली काँग्रेसको भाृत संगठन नेपाल तरुण दलका अध्यक्ष जीतजंग बस्नेत र महासचिव भूपेन्द्रजंग शाहीबीच कार्यगत मतभिन्नता आएपछि लफडा सुरु भएको छ । विगत ३ बर्षदेखि मिलेर काम गर्दै आएको चार सदस्यीय तरुण दलमा एक्कासी अध्यक्ष बस्नेत र महासचिव शाहीबीच फुट आएको हो । तरुण दलका महासविच शाहीले भने भ्रष्टाचारका विषयमा देशब्यापी कार्यक्रम गरौं भन्दा अध्यक्ष बस्नेतले सधैं टार्दै आएकोले बाध्य भएर महासचिवक ... read more...

  • 'वीपीजस्ता महानायककै कारण कांग्रेसको इतिहास गौरवशाली छ'

    काठमाडौं । वीपी कोइरालाको १०६ औं जन्म जयन्तीको अवसर पारेर नेपाल विद्यार्थी संघले बृक्षारोपण कार्यक्रमको आयोजना गरेको छ । सो अवसरमा सुन्दरीजलस्थित रहेको वीपी संग्रहालय परिसरभित्र १०६ वटा कपुरको बृक्ष रोपिएको थियो । संग्राहलयका अध्यक्ष परशुराम पोखरेलको सभापतित्व र नेपाली काँग्रेसका युवा नेता प्रदीप पौडेलको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमलाई सम्वोधन गर्दै नेता पौडेलले भने,'वीप ... read more...

  • धेरै गुनासो र आलोचना: जिम्मेवारी हेरफेर गर्ने तयारीमा प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्का सदस्य परिवर्तनको तयारी गरेका छन् । मन्त्रीहरूसँग गरेका करार सम्झौताका आधारमा कार्यमुल्यांकन गरी मन्त्री फेर्न लागिएको हो । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्री ओलीले यस्तो संकेत देखाएका हुन् । आगामी सातासम्म कार्यप्रगतिको विवरण ल्याउनका लागि प्रधानमन्त्रीले निर्देशन दिएको स्रोतले जनायो । सरकारको काम कारबाहीको गुनासो, आलोचना ज्य ... read more...

  • 'ओली-प्रचण्ड' निकटताले पार्टीभित्रैका शत्रुलाई त्रास

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीको इपिसेन्टर (केन्द्रविन्दु) पुष्पकमल दाहाल प्रचण्ड बनेका छन् । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएको सहमतिअनुसार पार्टीको नेतृत्वको जिम्मा प्रचण्डले लिएका छन् । सरकार सञ्चालनको जिम्मा भने ओलीलाई नै छाडेर ‘आलोपालो’ को विषयलाई नउचाल्ने सहमति पनि भएको छ । पार्टीका अन्य नेताले अध्यक्ष वा प्रधानमन्त्रीको सपना देखिरहेका बेला ओली-प्रचण्डबीच यस्तो ... read more...

  • मुलुकमा ब्याप्त भ्रष्टाचार विरुद्ध भण्डाफोर अभियानमा तरुण दल

    काठमाडौं । नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरूण दलले भ्रष्टाचारविरुद्ध अभियान चलाउने घोषणा गरेको छ । तरूण दलले मुलुकमा ब्याप्त भ्रष्टाचार विरुद्ध वडादेखि केन्द्रसम्म अभियान चलाउने विज्ञप्तिमार्फत जनाएको हो । तरुण दलले ‘भ्रष्टाचारमुक्त नेपाल, सुशासनयुक्त नेपाल’ नाराका साथ अभियान केन्द्रदेखि वडासम्म चलाउन लागेको हो । महासचिव भूपेन्द्रजंग शाहीले स्थानिय निकायदेखि केन्द्रसम्म हुने भ्रष् ... read more...

  • लोहनीको दबदबा बढेपछि पार्टीबाटै निकालिए राणा पक्षका नेता

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) को १९ र २० गते सम्पन्न केन्द्रीय कार्यसमितिको बैंठकको कार्यपत्र लेखनकर्ता पुष्करकुमार अधिकारीलाई पार्टीबाटै निकालिएको छ । पार्टीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले नुवाकोटकै भएर पनि अर्का अध्यक्ष पशुपति सम्सेर राणाको नजिक भएकै कारण अधिकारीलाई निष्कासन गरेको आरोप लागेको छ । निष्कासनपछि सामाजिक सञ्जाल फेसबुकमा अधिकारीले आफू डा. लोहनीको पहिलो शिकार भए ... read more...

  • चिनियाँ विदेशमन्त्री वाङ नेपालको तीन दिने भ्रमणमा आउँदै

    काठमाडौं । चिनियाँ विदेशमन्त्री वाङ यी आज नेपालको तीन दिने भ्रमणमा आउँदैछन् । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको औपचारिक निमन्त्रणामा वाङ नेपाल आउन लागेका हुन् । उनको भ्रमण टोलीमा १९ सदस्य रहने बताइएको छ । वाङलाई परराष्ट्रसचिव शंकरदास वैरागीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्ने कार्यक्रम रहेको छ । उनको नेपाल भ्रमणलाई चिनियाँ राष्ट्रपति सी जिनफिङको सम्भावित भ्रमणको पूर्वतयारीका रूपमा ... read more...

  • 'ओली नेतृत्व सरकार आकाशे र उडन्ते गफमा ब्यस्त'

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता तथा पूर्व अर्थमन्त्री डा. रामशरण महतले वर्तमान सरकार हावादारी प्रचारमा केन्द्रित भएको आरोप लगाएका छन् । डा. महतले वर्तमान सरकारले आकाशे र उडन्ते कुरा गरेर समय व्यतित गरिरहेको आरोप लगाएका हुन् । उनले भने,‘सरकारले पानीजहाज, रेल ल्याउने लगायतका हावादारी कुरा गरिरहेको छ । कहिले १५ हजार अट्ने सम्मेलन केन्द्र बनाउँछु भन्छ, कहिले के भन्छ ? कहिल ... read more...

  • 'भातृसंस्थाहरुलाई सिमित र सुन्यमा राख्नु लाजमर्दोे विषय हो'

    काठमाडौं । नेपाली काँग्रेसले दोस्रो जनजागरण कार्य तालिका सार्वजनिक गरे लगत्तै नेपाल तरुण दलका महासचिव भूपेन्द्रजंग शाहीले भने पार्टीको उक्त कदमलाई खुलेर विरोध गरेका छन् । उनले पार्टी नेतृत्व जागरण कार्यक्रम लिएर जनतामाझ जानुअघि तरुण दल र नेविसंघजस्ता भातृ संगठनहरुलाई पूर्णता दिनुपर्ने माग गरेका छन् । उनले भने,'भातृ संस्थाको केन्द्रीय समिति विस्तारसम्म गर्न नसक्ने गैरजिम्मेवार नेतृत्वबाट पार्टी जाग ... read more...

  • 'सात शक्तिशाली सचिव जसको १८ महिनादेखि सरुवा भएन'

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गत साउनमा मन्त्रीहरूसँग एक वर्षका लागि कार्यसम्पादन सम्झौता गरे । त्यसपछि केही मन्त्रीले सचिवसँग कार्यसम्पादन सम्झौता गरे भने केही सचिवले मन्त्रीलाई नै साक्षी राखेर मातहतका निकायका प्रमुखसँग कार्यसम्पादन सम्झौता गरे । गृहसचिब प्रेमकुमार राईले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रमुखसँग गृहमन्त्री रामवहादुर थापालाई नै साक्षी राखेर कार्यसम्पादन सम्झौता गरेप ... read more...

  • मन्त्री बिनालाई झड्का: सम्झौताअघि नै नयाँ कम्पनीले माग्यो सुरक्षा

    काठमाडौं । खानेपानी तथा ढल व्यवस्थापन मन्त्री बिना मगरलाई अर्को झड्का लागेको छ । राजनीतिमा नै चुनौति बनिरहेको मेलम्ची खानेपानी आयोजनाको काम सम्पन्न हुने ‘बकम्फुस्से’ हल्ला गर्दै हिँडेकी मन्त्री मगरको निर्देशनमा इटालियन ठेकेदार कम्पनी सीएमसीसँगको सम्झौता रद्द भएको थियो । त्यसपछि काम सम्पन्न गर्न तयार भएको चिनियाँ कम्पनी सिनो हाइड्रोले सम्झौता अघि नै सुरक्षा माग गरेको छ । सीएमसीसँगको सम् ... read more...

  • तगडा भएर शुक्रबार स्वदेश फर्किँदै प्रधानमन्त्री ओली

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आयु थपेर शुक्रबार स्वदेश फिर्ता हुने बताइएको छ । उनको स्वास्थ्य अवस्थामा सुधार भएको र मिर्गौलामा देखिने समस्या समाधानको उपचार सोमबार अन्तिम दोस्रो पटक सफलताका साथ गरिएको छ । प्रधानमन्त्रीनिकट उच्च स्रोतहरूका अनुसार बुधबार अन्तिम पटक एन्डिबडी उपचार भएपछि ओली तन्दुरुस्त हुनेछन् र शुक्रबारसम्ममा स्वदेश फर्किनेछन् । उपचार प्रक्रिया सफल भएपछि ओली अहिले अझ खुशी छन ... read more...

  • श्याम परेदेशी ठगी प्रकरणः काँग्रेस नेता गगनका तीन प्रश्न

    काठमाडौं । नेपाली काँग्रेसका नेता तथा सांसद गगनकुमार थापाले श्याम परदेशी ठगी प्रकरणमा मुख खोलेका छन् । उनले सामाजिक सञ्जाल फेसबुक पेजमा लेख्दै सुदखोर श्याम परदेशी प्रकरणलाई महत्त्वका साथ प्रकाशित गर्ने सबै संचारमाध्यम र तत्काल कदम चाल्ने नेपाल प्रहरीलाई समेत नमन भनेका छन् । समाजमा रहेका यस्तो प्रवृतीलाई यसैगरी मिलेर सवैले परास्त गर्नुपर्ने उनको भनाई छ । तर यस घटनाको कारण खोज्न एेतिहासिक चेतका ... read more...

  • काउन्सिल विधेयकः के छ काँग्रेसले दर्ता गरेको २९ बुँदे संशोधनमा ?

    काठमाडौं । पत्रकारलाई जरिवाना गर्ने व्यवस्था हटाउन प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले मिडिया काउन्सिल विधेयकमा २९ बूँदे संसोधन दर्ता गरेको छ ।काँग्रेसले प्रस्तावित विधेयकमा भएका जरिवाना तथा आचारसंहिता उल्लङ्घनमा अन्य कानुन अनुसार हुने कारबाहीको व्यवस्था हटाउन माग गरेको हो । उक्त विधेयकमा पत्रकारलाई २५ हजारदेखि १० लाख रुपैयाँसम्म जरिवाना तथा आचारसंहिता उल्लङ्घनमा अन्य कानुन अनुसार कारबाही गर्न स ... read more...

  • बलियो बन्ने खेलमा 'प्रचण्ड', विरोधीलाई तनाव

    काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओली देशमा नरहेका बेला पार्टीभित्र आफू अनुकूलका निर्णय गराउन सक्रिय भएका छन् । दाहालले खुमलटारमा आफू निकटका नेताहरूको दैनिक सरह बैठक राख्न थालेका छन् । ओली समूहका नेताहरूलाई पनि दाहालले एक्लाएक्लै भेट्न थालेका छन् । त्यति मात्रै होइन, दाहालले ओलीसँग रिसाएका ... read more...

  • मन्त्री बिना मगरको मुस्कान छर्ने प्रधानमन्त्रीको त्यो भाषण

    काठमाडौं । पहिलो चरणको उपचार सकेर सिंगापुरबाट फर्किनासाथ प्रतिनिधि सभामा सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले भने,‘मेलम्ची बनाउने ठेकेदार भागेको हो, सरकार भागेको हो र ?’ बैठकमा सहभागी भएकी खानेपानी मन्त्री बिना मगरको मुहारमा मुस्कान झल्कियो । मेलम्ची समयमा नल्याएका कारणले नै विवादमा तानिएकी मन्त्री मगरका लागि ओलीको यो भाषण पार्टी र सरकारका तर्फबाट संजिवनी बुटी बनेको थियो । तर, सतहमा भन ... read more...

  • विप्लव छाडेकालाई सत्ताधारी नेकपामा 'प्रचण्ड' ले दिए उपहार

    काठमाडौं । सरकारले प्रतिबन्ध गरेको नेपाल कम्युनिस्ट पार्टी विप्लव समूह परित्याग गरी सत्ताधारी पार्टीमा आएकालाई उपहारस्वरुप केन्द्रीय सदस्य पद दिइएको छ । पहिलो पटक पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गर्दै पार्टी नेतृत्वविरुद्ध सार्वजनिक रुपमा आलोचना गर्नेलाई निर्देशनात्मक अंकुश पनि लगाएको छ । ‘पार्टीमा पद्दती र मानमर्दन गरी नेतालाई गाली गर्ने विषय मौलाएपछि त्यसलाई ... read more...