• +977 9843987244
  • info@cpostnews.com
मुख्य खबर

राजनीति

  • 'सात शक्तिशाली सचिव जसको १८ महिनादेखि सरुवा भएन'

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गत साउनमा मन्त्रीहरूसँग एक वर्षका लागि कार्यसम्पादन सम्झौता गरे । त्यसपछि केही मन्त्रीले सचिवसँग कार्यसम्पादन सम्झौता गरे भने केही सचिवले मन्त्रीलाई नै साक्षी राखेर मातहतका निकायका प्रमुखसँग कार्यसम्पादन सम्झौता गरे । गृहसचिब प्रेमकुमार राईले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रमुखसँग गृहमन्त्री रामवहादुर थापालाई नै साक्षी राखेर कार्यसम्पादन सम्झौता गरेप ... read more...

  • मन्त्री बिनालाई झड्का: सम्झौताअघि नै नयाँ कम्पनीले माग्यो सुरक्षा

    काठमाडौं । खानेपानी तथा ढल व्यवस्थापन मन्त्री बिना मगरलाई अर्को झड्का लागेको छ । राजनीतिमा नै चुनौति बनिरहेको मेलम्ची खानेपानी आयोजनाको काम सम्पन्न हुने ‘बकम्फुस्से’ हल्ला गर्दै हिँडेकी मन्त्री मगरको निर्देशनमा इटालियन ठेकेदार कम्पनी सीएमसीसँगको सम्झौता रद्द भएको थियो । त्यसपछि काम सम्पन्न गर्न तयार भएको चिनियाँ कम्पनी सिनो हाइड्रोले सम्झौता अघि नै सुरक्षा माग गरेको छ । सीएमसीसँगको सम् ... read more...

  • तगडा भएर शुक्रबार स्वदेश फर्किँदै प्रधानमन्त्री ओली

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आयु थपेर शुक्रबार स्वदेश फिर्ता हुने बताइएको छ । उनको स्वास्थ्य अवस्थामा सुधार भएको र मिर्गौलामा देखिने समस्या समाधानको उपचार सोमबार अन्तिम दोस्रो पटक सफलताका साथ गरिएको छ । प्रधानमन्त्रीनिकट उच्च स्रोतहरूका अनुसार बुधबार अन्तिम पटक एन्डिबडी उपचार भएपछि ओली तन्दुरुस्त हुनेछन् र शुक्रबारसम्ममा स्वदेश फर्किनेछन् । उपचार प्रक्रिया सफल भएपछि ओली अहिले अझ खुशी छन ... read more...

  • श्याम परेदेशी ठगी प्रकरणः काँग्रेस नेता गगनका तीन प्रश्न

    काठमाडौं । नेपाली काँग्रेसका नेता तथा सांसद गगनकुमार थापाले श्याम परदेशी ठगी प्रकरणमा मुख खोलेका छन् । उनले सामाजिक सञ्जाल फेसबुक पेजमा लेख्दै सुदखोर श्याम परदेशी प्रकरणलाई महत्त्वका साथ प्रकाशित गर्ने सबै संचारमाध्यम र तत्काल कदम चाल्ने नेपाल प्रहरीलाई समेत नमन भनेका छन् । समाजमा रहेका यस्तो प्रवृतीलाई यसैगरी मिलेर सवैले परास्त गर्नुपर्ने उनको भनाई छ । तर यस घटनाको कारण खोज्न एेतिहासिक चेतका ... read more...

  • काउन्सिल विधेयकः के छ काँग्रेसले दर्ता गरेको २९ बुँदे संशोधनमा ?

    काठमाडौं । पत्रकारलाई जरिवाना गर्ने व्यवस्था हटाउन प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले मिडिया काउन्सिल विधेयकमा २९ बूँदे संसोधन दर्ता गरेको छ ।काँग्रेसले प्रस्तावित विधेयकमा भएका जरिवाना तथा आचारसंहिता उल्लङ्घनमा अन्य कानुन अनुसार हुने कारबाहीको व्यवस्था हटाउन माग गरेको हो । उक्त विधेयकमा पत्रकारलाई २५ हजारदेखि १० लाख रुपैयाँसम्म जरिवाना तथा आचारसंहिता उल्लङ्घनमा अन्य कानुन अनुसार कारबाही गर्न स ... read more...

  • बलियो बन्ने खेलमा 'प्रचण्ड', विरोधीलाई तनाव

    काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओली देशमा नरहेका बेला पार्टीभित्र आफू अनुकूलका निर्णय गराउन सक्रिय भएका छन् । दाहालले खुमलटारमा आफू निकटका नेताहरूको दैनिक सरह बैठक राख्न थालेका छन् । ओली समूहका नेताहरूलाई पनि दाहालले एक्लाएक्लै भेट्न थालेका छन् । त्यति मात्रै होइन, दाहालले ओलीसँग रिसाएका ... read more...

  • मन्त्री बिना मगरको मुस्कान छर्ने प्रधानमन्त्रीको त्यो भाषण

    काठमाडौं । पहिलो चरणको उपचार सकेर सिंगापुरबाट फर्किनासाथ प्रतिनिधि सभामा सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले भने,‘मेलम्ची बनाउने ठेकेदार भागेको हो, सरकार भागेको हो र ?’ बैठकमा सहभागी भएकी खानेपानी मन्त्री बिना मगरको मुहारमा मुस्कान झल्कियो । मेलम्ची समयमा नल्याएका कारणले नै विवादमा तानिएकी मन्त्री मगरका लागि ओलीको यो भाषण पार्टी र सरकारका तर्फबाट संजिवनी बुटी बनेको थियो । तर, सतहमा भन ... read more...

  • विप्लव छाडेकालाई सत्ताधारी नेकपामा 'प्रचण्ड' ले दिए उपहार

    काठमाडौं । सरकारले प्रतिबन्ध गरेको नेपाल कम्युनिस्ट पार्टी विप्लव समूह परित्याग गरी सत्ताधारी पार्टीमा आएकालाई उपहारस्वरुप केन्द्रीय सदस्य पद दिइएको छ । पहिलो पटक पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गर्दै पार्टी नेतृत्वविरुद्ध सार्वजनिक रुपमा आलोचना गर्नेलाई निर्देशनात्मक अंकुश पनि लगाएको छ । ‘पार्टीमा पद्दती र मानमर्दन गरी नेतालाई गाली गर्ने विषय मौलाएपछि त्यसलाई ... read more...

  • कांग्रेसमा गुट-उपगुटको लडाईं तीब्र: आफ्नो पोजिसन सुधार्दै देउवा

    काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको विवाद तथा प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको खिचातानीले अर्को पटक सत्तामा जाने सोच बोकेर बसेका नेपाली कांग्रेसका नेताहरूको घैंटोमा घाम लाग्न थालेको छ । सभापति शेरबहादुर देउवाको कमीकमजोरीका कारण गत निर्वाचनमा कांग्रेसले हार व्यहोर्नु परेको थियो । त्यो हारको घाउ सेलाउन नपाउँदै कांग्रेसभित्र गुट ... read more...

  • 'धर्मनिरपेक्ष र हिन्दुराज्यको बहानामा राजसंस्था फर्काउने खेल हुँदैछ'

    काठमाडौं । राष्ट्रिय जनमोर्चाले २०६२-०६३ सालको संयुक्त जनआन्दोलनका मुख्य उपलब्धि गणतन्त्र, राष्ट्रियता र धर्मनिरपेक्षताविरुद्ध गम्भिर खतरा उत्पन्न भएको औंल्याएको छ । वर्तमान सरकारप्रतिको असन्तोषका कारण पनि गणतन्त्रप्रति विरोध बढेर जाने सम्भावना रहेको उसको ठम्याई छ ।  पार्टीको साउन ३१ र ३२ गते बसेको केन्द्रिय कार्यसमिति बैठकले देशको राजनीतिक परिस्थिति र पार्टीको संगठनात्मक स्थितिकोबारेमा मूल्य ... read more...

  • कालो झण्डा देखाउँछु भन्ने मोर्चा अध्यक्ष नेपाल घरमै नजरबन्दमा

    काठमाडौं । ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका अध्यक्ष फणीन्द्र नेपालले भारतीय विदेशमन्त्री एस जयशङ्करलाई आज एयरपोर्टको मुल ढोकामा बसेर कालो झन्डा देखाउने तयारी गरेका थिए । तर दुर्भाग्य प्रहरीले उनलाई आज उनको निवासमै नजरबन्दमा राखेपछि कार्यक्रम सफल हुन सकेन । नेपालको दुई दिने भ्रमणमा आएका भारतीय विदेशमन्त्री जयशङ्कर विरुद्ध मोर्चाले कालो झन्डा देखाउने पूर्वघोषित कार्यक्रम तय गरेको भएता पनि अध्यक्ष न ... read more...

  • किन आए भारतीय विदेशमन्त्री एस जयशंकर नेपालमा ?

    काठमाडौं । भारतीय विदेशमन्त्री एस जयशंकर नेपालको राजधानी काठमाडौं आइपुगेका छन् । उनलाई परराष्ट्र सचिव शंकरदास बैरागीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका छन् । उनी बुधबारदेखि काठमाडौंमा शुरु हुन लागेको मन्त्रीस्तरीय नेपाल भारत संयुक्त आयोगको बैठकमा सहभागी हुन नेपाल आएका हुन् । उनको विरोधमा प्रदर्शनका तयारी गरेको सूचना पाएपछि सरकारले उच्च सुरक्षा सतर्कता अपनाएको थियो । उनलको सुरक्षाक ... read more...

  • जयशंकरलाई कालो झण्डाले स्वागत गरिन्छ: 'नेपालको दुश्मननै भारत'

    काठमाडौं । भारतले नेपालको ब्यवस्था नै परिवर्तन गर्न चलखेल सुरु गरेको छ । दुई महिनाको अवधिमा अनगिन्ति भारतीय सत्तापक्षका प्रभावशाली नेताले नेपालको भ्रमण गरिरहेका छन् भने उनीहरुले हिन्दूराष्ट्र र राजतन्त्रको पुर्नस्थानाका लागि खुलेर समर्थन जनाइरहेका बेला आज भारतीय विदेशीमन्त्री एस जयशंकर ११ः १५ बजे नेपाल आइरहेका छन् । उनी नेपाल आउने निश्चित भएसँगै ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले भने आज कालो झण्डाल ... read more...

  • यसरी थेचारिए नेता नेपाल: ओली हावी, मौका खोज्दै प्रचण्ड

    काठमाडौं । एकता घोषणाका बेला चीन भ्रमणमा रहेका नेता झलनाथ खनाललाई छिर्कनी हानेर नेकपा वरियताको तेस्रो नम्बरमा उक्लिएका माधवकुमार नेपाललाई अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले उठ्नै नसक्ने गरी थेचारि दिएका छन् । एकीकरण भएको १५ महिना नलाग्दै नेपाललाई वरियताको चौथो नम्बरमा पु¥याइएको छ । त्यसबेला वरियतामा आफूमाथि झेल भएको भन्ने खनाल भने हर्षित छन् । पूर्वएमालेका बरिष ... read more...

  • चितवनमा भइरहेको प्रदर्शनलाई चितवन नेकपा-काँग्रेसले के भने ?

    चितवन । शालिकराम पुडासैनी मृत्यु प्रकरणमा मुछिएपछि पक्राउ परेका न्यूज २४ का पत्रकार रवि लामिछानेलगायत पक्राउका विषयमा नेपाली काँग्रेस चितवनले मुख खोलेको छ । नेपाली काँग्रेस चितवनले आज प्रेस विज्ञप्ति जारी गर्दै निर्दोष नपरुन्, दोषी नछुटुन् भन्दै विज्ञप्ति जारी गरेको हो । सभापति जीतनारायण श्रेष्ठ र सचिव उत्तम जोशीद्धारा जारी विज्ञप्तिमा जिल्लामा उत्पन्न असहज परिस्थितिप्रति गम्भीर ध्यानकर्षण भएको जन ... read more...

  • राजारामको गाइजात्रा झटारो: 'राजाले देश बेचेको ईतिहास छैन'

    काठमाडौं । गाईजात्रा पर्वको अवसरमा आयोजित कार्यक्रममा ख्यातिप्राप्त हाँस्य कलाकारहरुले देशको पछिल्लो घटना र सन्दर्भलाई लिएर झटोरो हानेका छन् । गाइजात्रा विशेष साक्षात्कारमा सहभागी भई उनीहरुले नेतादेखि कर्मचारीसम्मलाई व्यङ्ग्यमार्फत् झटारो हानेका हुन् । हास्यकलाकारहरुले नेताका व्यवहार, शैली र प्रवृतिलाई आफ्नो व्यङग्यका निसाना बनाएका छन् । देशमा ब्याप्त भ्रष्टाचार, बलात्कार, ठगी र समाजिक संजालमामाथि ... read more...

  • अन्ततः स्कुल विभागको जिम्मेवारी ईश्वर पोखरेलले पाए

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले अन्ततः स्कुल विभागको जिम्मेवारी ईश्वर पोखरेललाई दिएको छ । यसअघि बोलाइएका अधिकांश सचिवालय बैठकहरुमा स्कुल विभाग कसलाई दिने भन्ने विषयमा मतभेद र बहस हुँदै आएको थियो । यसअघिको बैठकमा नेकपा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले ईश्वर पोखरेल र पुष्पकमल दाहाल 'प्रचण्ड' ले नारायणकाजी श्रेष्ठलाई नै स्कुल विभाग प्रमुख बनाउनुपर्ने अडान राख्द ... read more...

  • समायोजन किचलोः नेकपामा कसले पिउला ‘कालकूट’ विष ?

    काठमाडौं । एकीकरणको अन्तिम विन्दुमा पुगेको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीभित्र फेरि सैद्धान्तिक, वैचारिक र सांगठनिक जिम्मेवारी बाँडफाँटमा किचलो देखिन थालेको छ । त्यतिमात्र होइन, दुई केन्द्र रहेको बालुवाटार र खुमलटारबीचको टकराव सतहमा पनि देखा पर्न थालेको छ । प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली उपचारका लागि सिंगापुरबाट फर्किनु अघिल्लो दिन आइतबार त्यहाँभित्रको किचलो सतहमा देखा परेको हो । ओलीनि ... read more...

  • ८ दिनपछि अस्पतालबाट घर फर्किए काँग्रेस नेता सिंह

    काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह ८ दिनपछि अस्पतालबाट घर फर्किएका छन् । ८ दिनअघि मेडिसिटी अस्पतालमा भर्ना भएका नेता सिंहको स्वास्थ्यमा सुधार आएपछि सोमबार अस्पतालले डिस्चार्ज गरिदिएको हो । नेता सिंहलाई हाइ सुगर, उच्च ज्वरो र पिसाबमा संक्रमण देखिएको थियो । त्यसपछि उनलाई तत्काल उपचारका लागि मेडिसिटी अस्पताल पुर्याइएको थियो । उनको उपचारमा संलग्न चिकित्सकले उनलाई केही दिन अझै आराम गर्न स ... read more...

  • नेविसंघको पहलपछि त्रिविका महंगा कोर्समा पनि छात्रवृत्ति अनिवार्य

    काठमाडौं । त्रिभुवन विश्वविद्यालयले त्रिवि अन्तर्गत डिन कार्यालयबाट सम्बन्धन लिएर शैक्षिक कार्यक्रम सञ्चालन गरेका कलेजमा पनि पूर्ण छात्रवृत्ति अनिवार्य गर्ने भएको छ । नेपाल विद्यार्थी संघका निवर्तमान महामन्त्री कुन्दनराज काफ्लेको नेतृत्वमा त्रिवि नेतृत्वसंग भएको वार्तापश्चात त्रिविले आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरुमा १० प्रतिशत विद्यार्थीलाई अनिवार्य रुपमा दिदैं आएको निशुल्क छात्रवृत्ति अब ... read more...