• +977 9843987244
  • info@cpostnews.com

राजनीति

  • सर्वहारावादी कम्युनिष्टको एकता अपरिहार्य : दाहाल

    काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश स्थिरता र समृद्धिको बाटोमा अग्रसर रहेको अहिलेको सन्दर्भमा सर्वहारावादी कम्युनिष्टको एकता अपरिहार्य आवश्यकता बनेको बताएका छन् । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा एक शुभकामना सन्देश दिँदै अध्यक्ष दाहालले अग्रगामी कम्युनिष्टबीचको ध्रुवीकरणले मात्र मुक्तिकामी श्रमिक वर्गको हक र अधिकारको सुनिश्चितता गर्न सकिने बताए ... read more...

  • 'दुई कोरिया मिल्नुको विकल्प छैन, अब भाइ–भाइको सम्बन्ध स्थापित हुनुपर्छ'

    रुकुम । नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले विश्वभर देखिएको त्रासपूर्ण वातावरण हटेको बताएका छन् । उत्तर कोरियाका नेता किम जोङ उन र दक्षिण कोरियाका राष्ट्रपति मून जे इनको भेटवार्तापछि यो संभव भएको नेता नेपालले बताएका हुन् । दुई नेताबीचको भेटवार्तासम्बन्धी पहिलोपटक प्रतिक्रिया दिँदै उनले दुवै देशबीच सम्बन्ध सुधारसँगै शान्ति र समृद्धिको मार्गचित्र तयार भएको प्रतिक ... read more...

  • तरुण दल एक ढिक्का: ७ वटै प्रदेशमा 'प्रदेशस्तरीय प्रशिक्षण' सकियो

    काठमाडौं । नेपाल विद्यार्थी संघको अध्यक्ष नैनसिंह महरको कार्यशैली तानाशाही भएको भन्दै विरोध भइरहेका बेला नेपाली काँग्रेसकै भातृ संगठन नेपाल तरुण दलले भने सातै प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण सकेको छ । तरुण दलको प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम गत चैत्र २५ गते झापाको बिर्तामोडबाट सुरु भई बैशाख १३ गते धनगढीमा पुगेर समापन भएको छ । प्रशिक्षण कार्यक्रममा निकै उत्साहकजनक सहभागीता थियो भने काँग्रेसलाई बल ... read more...

  • धरहरा जतिसक्दो चाँडो निर्माण हुन्छ: प्रम ओली

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले धरहरा निर्माणलाई सक्दो चाँडो अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् । विसं २०७२ को वैशाख १२ गते गएको भूकम्पबाट पीडितको स्मृतिमा काठमाडौँ महानगरपालिकाद्वारा सुन्धारास्थित भत्किएको धरहराको प्रांगणमा आयोजित ‘मै बनाउँछु मेरो धरहरा’ कार्यक्रममा प्रधानमन्त्री ओलीले भूकम्पका कारण मृत्यु हुनेप्रति श्रद्धाञ्जलि अर्पण गर्दै सो कुरा बताएका हुन् ... read more...

  • भाउजूका टिकेलाई ५ भाईको उजुरी

    काठमाडौं । टिका लगाएर भ्रातृ संगठन नेपाल विद्यार्थी संघको अध्यक्ष बनेका नैनसिंह महर विरूद्ध उनका ५ उपाध्यक्षले पार्टीका सभापति शेरबहादुर देउवालाई उजुर गरेपछि विवाद चुलिएको छ । यद्यपि, उक्त उजुरी कार्यान्वयन नहुनेमा महर ढुक्क छन् । किनभने सभापति पत्नी आरजु राणाको बलमा उनी संगठनको अध्यक्ष बनेका थिए । कांग्रेस केन्द्रीय समितिको बैठकमा सभापति देउवाको पनि तिव्र आलोचना भइरहेको छ । एकढिक्का बनाएर पार्टी ... read more...

  • प्रहरीले नै महिलामाथि एसिड प्रहार गरेपछि गृहमन्त्री आक्रोशित

    चितवन । जिल्ला प्रहरी ट्राफिक कार्यालयका प्रहरी नायब निरीक्षक रामचन्द्र खनियाँका प्रहरीलाई रक्षक नै भक्षक भन्दै तीब्र आलोचना भएको छ । प्रहरी नायब निरीक्षक खनियाँले सोमबार भरतपुरस्थित त्रिचोक नजिकै एसिड प्रहार गरी सोही ठाउँमा डेरा गरी बस्दै आएकी कल्पना श्रेष्ठलाई घाइते बनाएका थिए । घाईते श्रेष्ठको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले नै महिलामाथि एसिड प्रहार गरी सख्त घाईते बनाएको खबर छिनभरमै ... read more...

  • 'पार्टी एकता नभए आर्यघाटमा जाने बेला मलामी पनि नपाउने'

    काठमाडौं । पटक पटक फुट्दै-जुट्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टी पुन: एक हुने भएको छ । पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको विशेष पहलमा पार्टी एकता प्रक्रिया तिब्र गतिमा अघि बढेको हो । पूर्व प्रधानमन्त्री चन्दले टुक्रिएका सवै दलका नेता तथा कार्यकर्ताहरुलाई भेटेर पार्टीलाई एक बनाउन पहल र आव्हान गरिरहेका छन् । स्रोतका अनुसार अगामी जेठ १५ गते तीन वटै दललाई मिलाएर एउटै दल बनाइने छ । रापप्रा पा ... read more...

  • तानाशाही निर्णय फिर्ता नलिए नेविसंघ सशक्त आन्दोलनमा उत्रने

    काठमाडौं । उपत्यकाको ७ स्थानमा मात्रै प्रदर्शन गर्न पाउने तानाशाही निर्णयको नेपाल विद्यार्थी संघले विरोध जनाएको छ । नेपाल विद्यार्थी संघले राजधानीका जुनसुकै स्थानमा मात्र नभई मुलुकको जुनसुकै स्थानमा शान्तिपूर्ण विरोध प्रदर्शन गर्न पाउनु संवैधानिक अधिकार भएको भन्दै काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सिडिओ) लाई ज्ञापनपत्र बुझाएको हो । नेविसंघका महामन्त्री कुन्दनराज काफ्लेको नेतृत्व टोलीले सिडिओ केदार ... read more...

  • 'पन्ध्र दिनभित्र सबै राजमार्ग मर्मत नभए कारवाही'

    पर्सा । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले वैशाख १५ गतेभित्र देशभरिकै राजमार्ग र सहायक राजमार्गको मर्मतसम्भार पूरा गरिने बताएका छन् । मन्त्री महासेठले सडक विस्तारले नै समृद्ध राष्ट्र बनाउने र गुणस्तरीय सडकले विकासलाई गति दिने भएकाले आउँदो १५ दिनभित्र देशभरिकै राजमार्ग तथा सहायक राजमार्गको मर्मत पूरा गर्न सम्बन्धित कार्यालयलाई जिम्मा लगाइएको बताए । आवाज एफएफको दोस्रो वार्षिकोत्सव सम ... read more...

  • प्रधानमन्त्री ओलीबाट द्रुत गतिले विकासको मार्ग अगाडि बढाउन आह्वान

    मुगु । प्रधानमन्त्री केपी शर्मा ओलीले एकताबद्ध भई नेपाललाई विकासको मार्गमा द्रुत गतिले अगाडि बढाउन सबैलाई आह्वान गरेका छन् । नयाँ वर्षका अवसरमा नेपालको ठूलो र मनमोहक रारा ताल रारा किनारबाट बिहान देशवासीलाई सम्बोधन गर्दै उनले मुलुकमा क्रियाशील सबै राजनीतिक दललाई लोकतन्त्रको संस्थागत विकास, राष्ट्रिय हित र समृद्धिका बृहत्तर विषयमा समझदारीका साथ अगाडि बढ्न पनि आग्रह गरे । उनले आजैदेखि प्रारम्भ भएको व ... read more...

  • नेपाल तरुण जाग्दा पार्टीलाई बल पुगेको छः महामन्त्री

    विरगञ्ज । नेपाल तरुण दलले थालेको प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम दुई नम्बर प्रदेशमा हिजो उद्घाटन भएको छ । कार्यक्रमको उद्घाटन नेपाली कांग्रेसका महामन्त्री डा. शंसाङ्क कोइरालाले गरेका थिए । उनले कार्यक्रम उद्घाटन गर्दै भने, 'तरुण दलले सातै प्रदेशमा गर्न लागेको प्रशिक्षण कार्यक्रमले नेपाली कांग्रेस पार्टी थप बल थपिने छ । तरुण दल यसरी नै जुर्मुराउँदा कांग्रेस मजबुद बन्छ । यसका लागि म तरुण दलको खुलेर ... read more...

  • नेतृत्व परिवर्तन नभएसम्म काँग्रेसले गति लिँदैन: कोइराला

    चितवन । नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले नेतृत्व परिवर्तन नभएसम्म पार्टीले गति लिन नसक्ने बताएका छन् । पत्रकारहरुसँग कुराकानी गर्दै उनले पार्टी संगठन चलायमान हुन नसक्दा ध्वस्त बनेको बताए । कोइरालाले दुई महिनामा गर्नुपर्ने काम दुई वर्षमा पनि हुन नसकेको बताउँदै भने, 'दुई वर्ष पुग्यो पदाधिकारीको पनि नियुक्ति हुन सकेको छैन ।' सभापति देउवाप्रति कडा प्रतिक्रिया दिँदै उनले भने, 'पार्टी हारेको होइ ... read more...

  • प्रहरी महानिरीक्षकको नियुक्ति नियमसंगत र वैज्ञानिक हुने: गृहमन्त्री

    चितवन । गृहमन्त्री रामबहादुर थापाले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको माओवादीले गरिरहेका क्रियाकलापलाई अतिवादी भएको बताएका छन् । गृहमन्त्री थापाले त्यसका विरुद्ध सरकार कडा भएर लाग्ने चेतावनी दिए । प्रेस सेन्टर र प्रेस चौतारीले संयुक्त रुपमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने,'विप्लवका क्रियाकलाप राजनीतिक नभइ ध्वंसात्मक छ । शान्ति, स्थायित्वको विरुद्ध अतिवादी अराजकतातिर लैजान खोजिदैछ त्यो सर ... read more...

  • आशंका र दुविदाबीच प्रधानमन्त्री ओली भारतको भ्रमणमा

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली ५४ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मित्रराष्ट्र भारतको राजकीय भ्रमणमा आज प्रस्थान गरेका छन् । प्रधानमन्त्रीमा निर्वाचित भएको ५० दिनपछि प्रधानमन्त्री ओलीको पहिलो विदेश भ्रमण भारतका लागि भएको हो । यसअघि मित्रराष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा आज चैत २३ गतेदेखि २५ गतेसम्म भ्रमणका लागि मिति तय भएको थियो । प्रधानमन्त्री ओली नेपाल वाय ... read more...

  • नगर कार्यालयमा तालाबन्दी, गल्ती ढाकछोप गर्न वडाध्यक्ष अनशनमा

    सर्लाही । बलरा नगरपालिकाका ५ जना वडा अध्यक्षहरुले नगरपालिकामा तालाबन्दी गर्दै रिले अनशनमा बसेपछि उनीहरुको कडा आलोचना भएको छ । नगरपालिकाकाको कार्यालय तालाबन्दी गर्दै रिले अनशनमा बस्ने ५ वटै वडा अध्यक्षहरु नेपाली कांग्रेस निकटका हुन् । नगरप्रमुख अभयकुमार सिंहका अनुसार सर्लाहीको सेर्वाछन्की टोलदेखि छतौनासम्मको ९ किमी हुलाकी सडक निर्माण कार्यमा उनका आफ्नै भार्इ पंकजकुमार सिंहको सवैभन्दा बढि जग्गा पर्न ... read more...

  • निर्वाचनमा गरेका प्रतिबद्धता पुरा गर्दै नेविसंघ

    सिन्धुपाल्चोक । नेपाल विद्यार्थी संघले स्ववियु निर्वाचनमा जनाएको प्रतिबद्धता कार्यान्वयन गर्न अग्रसरता देखाएको छ । सिन्धुपाल्चोक बाह्रविसेस्थित अरनिको क्याम्पसमा निर्वाचन ताका गरेको प्रतिबद्धतालाई पुरा गर्न नेविसंघ प्रतिबद्ध रहेको अरनिको क्याम्पसका स्ववियु सभापति हेमन्त श्रेष्ठले बताए । उनले भने, ‘हामीले निर्वाचनको समयमा गरेका प्रतिबद्धता व्यवहारमै कार्यान्वयनमा ल्याएका छौँ । विपन्न र आर्थिक ... read more...

  • नेता लोहनीलाई अर्को झड्का, सहमहामन्त्रीले नै छोडे पार्टी

    काठमाडौं । डा. प्रकाशचन्द्र लोहनी नेतृत्वको एकीकृत राप्रपा राष्ट्रवादीका सहमहामन्त्री नवराज दाहालले शुक्रवार आफ्नो पदवाट राजिनामा दिएको घोषणा गरेका छन् । पार्टी स्थापनाकालदेखि नै राप्रपामा आवद्व रहेका दाहालले स्वतन्त्र वस्ने निर्णय गर्दै राजिनामा गरेका हुन । पार्टीे नेतृत्ववाट पार्टीले अंगालेको विचार स्थापित हुन नसक्ने ठहरका साथ आफुले पार्टी त्याग गरेको नेता दाहालले बताए । पार्टीमा दलाल प्रवृति हा ... read more...

  • नेता खुमबहादुर खड्काको निधन

    काठमाडौँ । नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री खुमबहादुर खड्काको ६७ वर्षका उमेरमा निधन भएको छ । उपचारमा रहेका नेता खड्काको आज अपराह्न ५ः१५ बजे निधन भएको काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । नेता खड्का मिर्गौला र छातीको संक्रमणबाट केही वर्षदेखि पीडित थिए । ... read more...

  • तरुण प्रशिक्षणले काँग्रेसमा नयाँ उर्जा थप्छः महासचिव शाही

    काठमाडौं । नेपाल तरुण दलका महासचिव भुपेन्द्रजंग शाहीले यही चैत्र २५ गते झापादेखि बैशाख १६ गते डडेल्धुरासम्म तरुण दलले सातै प्रदेशमा गर्न लागेको प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमले तरुण दल र नेपाली काँग्रेसलाई नयाँ उर्जा दिने बताएका छन् । महासचिव शाहीले तरुण दल अब संगठन निर्माणमा सशक्त ढङ्गले अगाडि बढ्न लागेको जानकारी गराए । तरुण दलले गत फागुन २२, २३ र २४ गते नगरकोटमा जिल्ला अध्यक्षहरुको राष्ट्रिय भ ... read more...

  • घरभाडा सुविधा नलिने घोषणासँगै राज्यमन्त्रीको प्रशंसा

    भक्तपुर । सञ्चार, सूचना तथा प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले राज्यबाट घरभाडाको सुविधा नलिने घोषणा गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै निवासमा क्वार्टर राख्न दिएपछि राज्मन्त्री बाँस्कोटा चैते दशैं अर्थात रामनवमीको दिन बालकोट सरेका हुन् । बाँस्कोटाले प्रधानमन्त्रीको सरकारी सम्पत्ति सदुपयोगको सिद्धान्त अनुसार राज्यको खर्च कटौती गर्न आफुले घरभाडा नलिने नीति लिएको र त्यसका लागि ... read more...