• +977 9841468702
  • info@cpostnews.com

राजनीति

  • निर्वाचन गराउन आयोग प्रतिबद्ध : प्रमुख आयुक्त

    काठमाडौ, ११ जेठ । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले ४६१ स्थानीय तहमा जेठ ३१ गते दोस्रो चरणको निर्वाचन गराउन आयोग प्रतिबद्ध रहेको बताएका छन् । उनले सो संकल्प पूरा गर्न आयोग दृढ भएर अघि बढिरहेको स्थानीय तहको पहिलो चरणको वैशाख ३१ गते भएको निर्वाचनमा खटिएका अनुगमन टोली प्रमुख र सुक्ष्म अनुगमनकर्तासागको छलफल सो कुरा बताएका हुन् । उनले भने,‘कहीाकतै दुविधा र भ्रममा नपरी जेठ ३१ गते तय भए ... read more...

  • निर्वाचन सुरक्षाका लागि नेपाली सेनाको गस्ती

    इनरुवा, ११ जेठ । सुनसरीको सीमावर्ती क्षेत्र देवानगन्ज गाउँपालिकाको कप्तानगन्जमा चुनावी सुरक्षाका लागि नेपाली सेनाको टोली खटाइएको छ ।आगामी जेठ ३१ गते हुन लागेको दोश्रो चरणको स्थानीय तहको निर्वाचनलाई दृष्टिगत गरेर सुरक्षाका लागि नेपाली सेनाको एउटा समूह त्यहाँ राखिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुलीले जानकारी दिएका छन्  । प्रजिअ पराजुलीका अनुसार चुनावी सुरक्षाका लागि पूर् ... read more...

  • संवोधनपछि प्रधानमन्त्री दाहाल दिए राजीनामा

    काठमाडौँ, १० जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो १० महिने कार्यकालको प्रगति र आफू नेतृत्वको सरकारले देश र जनताका पक्षमा गरेका कामबारे देशवासीको नाममा संवोधन गरेका छन् । नेपाली जनतालाई व्यवस्थापिका–संसद्बाट विशेष सम्बोधन गर्ने योजना हिजो सदन सञ्चालन हुन नसकेपछि बुधबार प्रधानमन्त्री कार्यालयबाटै ‘प्रचण्ड’ ले सम्बोधन गरेका हुन् । सम्बोधनक ... read more...

  • माग पूरा नभएसम्म संसद बैठक चल्न नदिने एमालेको अडान

    काठमाडौं, १० जेठ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले व्यवस्थापिका–संसद् बैठक अवरुद्ध पार्ने बताएपछि बुधबारको संसद् बैठक स्थगित भएको छ । एमालेले आफ्ना माग पूरा नभएसम्म संसद अवरुद्ध पार्ने बताएपछि सूचना टाँस गरी स्थगित गरिएको हो । एमालले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध महाअभियोग फिर्ता लिनुपर्ने अडान कायमै राखेको छ भने संविधान विपरीत स्थानीय तहको संख्या बढाएपछि संसद् बैठक अवरुद्ध पार् ... read more...

  • ललितपुर महानगरमा महर्जन विजयी

    ललितपुर, १० जेठ । ललितपुर महानगरपालिकामा प्रमुख र उपप्रमुख दुवै पदमा नेपाली काँग्रेसका उम्मेदबारले विजय हासिल गरेका छन् । नेपाली काँग्रेसका नगरप्रमुख पदका उम्मेदवार चिरीबाबु महर्जन २४ हजार ६४२ मतका साथ प्रमुख पदमा विजयी भएको मुख्य निर्वाचन अधिकृत बालकृष्ण दवाडीले जानकारी दिए । महर्जनले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका हरिकृष्ण ब्यञ्जनकारलाई ३२६ मत अन्तरले विजय हासिल गरेका हुन् । प्रमु ... read more...

  • काठमाडौं महानगरपालिकामा विद्यासुन्दरको अग्रता यथावत

    काठमाडौं, ९ जेठ । काठमाडौं महानगरपालिकाको पछिल्लो मत परिणामअनुसार नेकपा एमालेको अग्रता कायमै रहेको छ । एक लाख २४ हजार ४५७ मत गणना हुँदा एमालेका तर्फबाट प्रमुखका उम्मेदवार विद्यासुन्दर शाक्यले ४१ हजार ११५ मत प्राप्त गरेका छन् भने नेपाली काँग्रेसका राजुराज जोशीको २९ हजार २३० मत प्राप्त भएको छ । त्यसैगरी, विवेकशील पार्टीका उम्मेदवार रञ्जु दर्शनाले १५ हजार १७२ मत र साझा पार्टीका किशोर थापाको ११ ह ... read more...

  • सत्ता परिवर्तनको हतार नगर्न अध्यक्ष ओलीको आग्रह

    काठमाडौँ, ९ जेठ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दोस्रो चरणको स्थानीय तहको निर्वाचन नभएसम्म सत्ता परिवर्तनको हतार नगर्न सत्तागठबन्धन दललाई आग्रह गरेका छन् । उनले निर्वाचन गराउने, नीति कार्यक्रम र बजेट ल्याउने कामहरु छाडेर नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रलाई सरकार लिन र छाड्न देखिएको हतारोले निर्वाचन प्रभावित हुन सक्नेतर्फ गम्भीर हुन आग्रह गरे । उनले भने, 'मैले दुवै दलका प्रमुखलाई कम ... read more...

  • जनताको घरआँगनमा अधिकार पुर्‍याउन सक्नु निर्वाचनको सफलता'

    काठमाडौ, ८ जेठ । नेकपा माओवादी केन्द्रको बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सिंहदरबारमा केन्द्रित अधिकार जनताको घरआागनमा पुर्‍याउन सक्नु नै निर्वाचनको सफलता भएको बताएका छन् । प्रधानमन्त्री दाहालले स्थानीय तहलाई बलियो बनाउन निर्वाचन सम्पन्न गर्नु नै माओवादीको जित भएको समेत बताए । माओवादी मुख्यालयमा भएको बैठकमा पहिलो चरण अन्तर्गत सम्पन्न निर्वाच ... read more...

  • दलहरूबीच सहमति नहुँदा मतगणना हुन सकेन

    पोखरा, ८ जेठ । निर्वाचन आयोगले पोखरा लेखनाथ महानगरपालिकाको रोकिएको मतगणना अघि बढाउन आइतबार निर्देशन दिए पनि दलहरूबीच सहमति नहुँदा अझैसम्म मतगणना कार्य सुरु हुन सकेको छैन । मतगणनाका क्रममा शनिबार पोखरा लेखनाथ महानगरको १७ नम्बर वडाका केही मतपत्रमा स्वस्तिक छापको आकार ठूलो भएको भेटिएपछि विवादका कारण रोकिएको मतगणना सुचारु गर्न आइतबार विभिन्न चरणमा सर्वदलीय बैठक राखिए पनि दलहरूबीच सहमति नजुटेको हो । सर ... read more...

  • दलहरुबीच विवाद भएपछि रोकियो मतगणना

    भक्तपुर, ७ जेठ । चाँगुनारायण नगरपालिकामा दलहरुबीच विवाद हुँदा आइतबार पनि मतगणना हुन सकेन । मतगणना सुरु गर्न आज सर्वपक्षीय बैठक बसेपनि नेपाली काँग्रेस र एमालेको विवादका कारण दुई दिनदेखि रोकिएको मतगणना सुरु हुन नसकेको हो । सर्वपक्षीय छलफलमा सहभागी भक्तपुरका प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले दलहरुबीच सहमति हुन नसकेपछि निर्वाचन आयोगलाई समस्याका बारेमा लेखी पठाउने र आयोगको निर्देशनअनुसार अघि बढ ... read more...

  • ‘संविधान सशोधन होइन, कार्यान्वयनतर्फ लागौं’

    विराटनगर, जेष्ठ ६ । नेकपा एमालेका बरिष्ठ नेता झलनाथ खनालले संविधान संशोधन भन्दा कार्यान्वयनतर्फ सरकार र दलहरुबीच कुराकानी अगाडि बढ्नुपर्ने बताएका छन् । बरिष्ठ नेता खनालले विराटनगरमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा सरकार र दलहरुबीच छलफल गरी समस्याको समाधान निकाल्नु पर्ने धारणा व्यक्त गरेका हुन् । उनले संविधान संशोधन संघीय संसदले गर्ने भनेर संविधानमा उल्लेख गरिएको भन्दै मुलुकमा अहिले ‘व्यवस् ... read more...

  • 'बाँकी निर्वाचन सम्पन्न गर्न दलहरुबीच एकता र सहकार्य आवश्यक'

    काठमाडौं, ५ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्पूर्ण राजनीतिक दल मिलेर बाँकी निर्वाचन सम्पन्न गर्नुपर्ने बताएका छन् । उनले निर्वाचनका लागि बाताबरण तयार बनाउन पनि सवै दललाई आग्रह गरेका छन् । आज प्रचण्डको आब्हानमा प्रधानमन्त्री निवासमा बसेको प्रमुख सात राजनीतिक दलको बैठकमा उनले सो आग्रह गरेका हुन् । उनले निर्वाचन संविधान कार्यान्वयनको पहिलो खुट्किला भएकाले सवै मिलेर निर्वा ... read more...

  • नागार्जुन र गोकर्णेश्वर नगरपालिकामा कांग्रेस विजयी

    काठमाडौं, ५ जेठ । काठमाडौंको नागार्जुन नगरपालिका र गोकर्णेश्वर नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेस विजयी भएको छ । नागार्जुन नगरपालिकाको प्रमुखमा मोहनबहादुर बस्नेत र गोकर्णेश्वर नगरपालिकको प्रमुखमा सन्तोष चालिसे विजयी भएका हुन् । बस्नेतले छ हजार ९६१ मत प्राप्त गरी विजयी भएको हुन् भने उनको प्रतिद्वन्द्वी नेकपा (एमाले) का कृष्णहरि खत्रीले छ हजार ७ सय २६ मत प्राप्त गरेका थिए । यसैगरी, उपप्रमुखमा एमाल ... read more...

  • पाठक र तामाङलाई 'सहिद घोषणा', परिवारलाई दश लाख

    काठमाडौँ, ४ जेठ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद्को बैठकले यही वैशाख ३१ गते सम्पन्न स्थानीय तहको निर्वाचनमा गोली प्रहारबाट मारिएका काभ्रे नमोबुद्ध नगरपालिकाका नवराज पाठक र निर्वाचनका क्रममा झडपमा मारिएका दोलखाका कुलबहादुर तामाङलाई सहिद घोषणा गर्ने निर्णय गरेको छ । साथै सरकारले क्षतिपूर्ति स्वरूप परिवारलाई जनही १० लाख उपलब्ध गराउने निर्णय गरेको छ । सर ... read more...

  • गाउँपालिका अध्यक्षमा महिला विजयी

    नवलपरासी, ३ जेठ । नवलपरासीको हुप्सेकोट गाउँपालिकाको अध्यक्ष पदमा स्थानीय तहको निर्वाचनमा सम्भवतः नेपालमा पहिलो पटक महिला उम्मेदवार विजयी बनेकी छिन् । नेपाली काँग्रेसको तर्फबाट उम्मेदवार बन्नुभएकी लक्ष्मी पाण्डेले कुल चार हजार ५९२ मत प्राप्त गरी विजयी बबनेकी हुन् । उनकी निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार मेघबहादुर पुलामीले चार हजार ३५८ मत प्राप्त गरेका थिए । त्यसैगरी, उपाध्यक्षमा एमालेका ... read more...

  • यस्तो छ दलगत आधारमा अहिलेसम्मको परिणाम

    चितवन, २ जेठ । भरतपुर महानगरपालिकाको प्रमुख पदमा नेकपा (एमाले) का देवीप्रसाद ज्ञवालीको अग्रता कायमै छ । उनले १ हजार ३ सय ७३ मत प्राप्त गरेका छन् । माओवादी केन्द्रकी रेणु दाहालले ९ सय ८७ र राप्रपाका बद्री तिमिल्सिनाले ९० मत प्राप्त गरेका छन् । उपप्रमुखमा नेपाली कााग्रेसकी पार्वती शाहले एक हजार १ सय ८७ मत पाएकी छिन् भने एमालेकी दिव्य शर्मा आचार्यले एक हजार १ सय ८ मत प्राप्त गरेकी छिन् । राप्रपाकी रि ... read more...

  • कांग्रेस महानगरमा फेरी कांग्रेस अगाडि

    काठमाडौ, २ जेठ । जारी मत गणना अनुसार काठमाडौा महानगरपालिकाको प्रमुखमा अहिले नेपाली कााग्रेसका उम्मेदवार राजुराज जोशीले अग्रता लिएका छन् । महानगरको जारी वडा नं. १ को मतगणनामा कुल एक हजार २ सय ३० मध्ये जोशीले ३ सय ५६, नेकपा (एमाले)का विद्यासुन्दर शाक्यले २ सय ९८ र विकेकशील पार्टीका रञ्जु दर्शनाले १४८ मत प्राप्त गरेका छन् । साझा पार्टीका किशोर थापाको १ सय ९८ र नेकपा (माओवादी केन्द्र) का सर्वाेत्तम डङ ... read more...

  • सडक र रेल सञ्जाल जोड्न नेपालको चीनसमक्ष प्रस्ताव

    काठमाडौँ, १ जेठ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले सडक र रेल सञ्जालले नेपालको सीमासम्म जोड्न चीनका यातायात मन्त्रीसमक्ष प्रस्ताव गरेका छन् । चीन भ्रमणमा रहेका मन्त्री लेखकले चीनका यातायात मन्त्री लि जियाओ पेङसँगको भेटवार्तामा यस्तो प्रस्ताव राखेका हुन् । भेटका अवसरमा चिनियाँ मन्त्री पेङले ओबिओआर वन बेल्ट वन रोडमा हस्ताक्षरपछि नेपालको आर्थिक विकासमा नयाँ सुरुवात बताएका थिए । ... read more...

  • उल्लासमय निर्वाचनमा सयौं जेष्ठ नागरिकको सहभागिता

    काठमाडौं, ३१ बैशाख । स्थानीय तहको निर्वाचनमा बुढाबुढी, अशक्त, अपाङ्ग, दृष्टिविहिन, विरामीले मात्र नभई एक सय भन्दा बढि बर्ष नाघेका मुुलुककै जेष्ठ नागरिकहरु निर्वाचनमा सहभागिता भए । संघीय गणतान्त्रिक नेपालको पहिलो स्थानीय निर्वाचन त्यसैपनि महत्वपूर्ण र ऐतिहासिक छ । मुलुकको विभिन्न संघहरुमा बसोबास गर्ने जेष्ठ नागरिकहरुको निर्वाचनमा सहभागिताले निर्वाचनको थप रौनक बढेको थियो । दुई दशकपछि भएको निर्वाचनमा ... read more...

  • पाठकको ज्यान लिने गोली कसको ?

    काभ्रे, ३१ बैशाख । स्थानीय तहको निर्वाचनको पूर्व सन्ध्यामा गस्तीमा रहेको सशस्त्र प्रहरीले गोली हान्दा एक स्थानीयको मृत्यु भएको छ । नमोबुद्ध नगरपालिका वडा नम्बर ४ चिमोरिया टोलस्थित स्थायी बसोबास गर्ने नवराज पाठकको गोली लागि घटनास्थलमै मृत्यु भएको हो । स्थानीयका अनुसार चौरमा बसेर फोनबाट कुरा गरिरहेका बेला सशस्त्र प्रहरीले एक्कासी गोली हानेको हो । सशस्त्र प्रहरीले भने उक्त आरोप सरासर झुट भएको बताएको ... read more...