• +977 9843987244
  • info@cpostnews.com
मुख्य खबर

राजनीति

  • पूर्वपञ्चहरु (राप्रपा) 'एक' हुँदा पूर्वराजा ज्ञानेन्द्र न खुसी न दुःखी

    काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहलाई खुसी पार्न पूर्वपञ्चहरुले पार्टीको पुनःएकीकरण प्रक्रिया अगाडि बढाएका छन् । पूर्वराजा ज्ञानेन्द्र शाह र दरबारप्रतिको आस्था सर्वसाधारणले पुनः देखाउन थालेपछि पूर्वपञ्चहरु समेत पार्टी एकता गरेर एक हुने अभियानमा जुटेका हुन् । स्रोतका अनुसार तिहारलगत्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट तीन टुक्रा बनेको राप्रपालाई पुन एकीकरण गरी एक ढिक्का बनाइने ... read more...

  • 'भ्रष्टाचारीलाई कारबाही प्रक्रिया चलिरहेको छ, अब झनै बढ्छ'

    काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले सरकारले भ्रष्टाचारीहरुलाई कारबाही गरिरहेको बताउँदै आगामी दिनमा अझै कठोरताका साथ सरकार प्रस्तुत हुने चेतावनी दिएका छन् । उनले भने,‘भ्रष्टहरुलाई कारबाही गर्ने र जेल हाल्ने प्रक्रिया चलिरहेकै छ । देशबाट भ्रष्टाचार, तस्करी र बेथितिहरु ती अपराधहरुलाई निर्मुल गर्ने, नियन्त्रण गर्ने अभियान चलिरहेको छ । भ्रष्टाचारीहरुलाई जेल हाल्ने प्रक्रिया ... read more...

  • 'पहिलो, दोस्रो र तेस्रो आवश्यकत्ता पनि नेपालीबीच एकता हो'

    काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का शीर्ष नेता एवम् पूर्व प्रधानमन्त्री झलनाथ खनालले वर्तमान सरकारले जनताको चाहनालाई सम्बोधन गर्नको लागि पनि आफ्नो गति र वेग बढाउनुपर्ने सुझाव दिएका छन् । पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै नेता खनालले मुलुक अब विकास र समृद्धि हुने कुरामा शंका नगर्न खनालले आग्रह गरे । देउसी खेल्न पुगेका टोलीसँग कुरा गर्दै उनले भने,'विकास र समृद्धि विल्कुलै ... read more...

  • ‘ओलीजीसँग भिजन छ, देश बनाउने संकल्प छ, अब देश बन्छ’

    काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का बरिष्ठ नेता माधव कुमार नेपालले अहिले प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोज्नेबारे सोच्नै नसकिने स्पष्ट पारेका छन् । उनले भने,‘अहिले उहाँको विकल्प खोज्ने कुरा सोच्नै सकिन्न । यो सरकारले काम गरेर देखाउँछ । मैले प्रधानमन्त्रीसँग पटक–पटक कुरा गरेको छु । उहाँमा आत्मविश्वास छ । मसँग उहाँले कमिटमेन्ट गर्नुभएको छ । मैले भनेको छु, हा ... read more...

  • 'प्रधानमन्त्रीले दुई तिहाईको महत्व बुझेनन्, सरकार असफल भयो'

    काठमाडौं । नेपाली कांग्रेसका सह-महामन्त्री डा. प्रकाशशरण महतले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार पूर्ण रुपमा असफल भएको आरोप लगाएका छन् । नेता महतले वर्तमान सरकारले काम गर्नुको साटो बढि गफ गरिरहेको आरोप लगाए । उनले भने,‘गफ गरेर समृद्धि आउँछ ? समृद्धि हाँसिल गर्नको लागि त काम गर्नुपर्छ । हामी गफ होइन, काम गर्छौं ।’ वर्तमान सरकारले मुलुकमा लगानीको वातावरण बनाउन नसकेको र ... read more...

  • बर्खास्त मन्त्रीले भने, 'मुख्यमन्त्रीको सीआईएसँग साँठगाँठ छ'

    काठमाडौं । प्रदेश नम्बर ३ का भौतिक पूर्वाधार तथा विकास मन्त्रीबाट बर्खास्तमा परेका केशव स्थापितले मुख्यमन्त्री डोरमणि पौडेलको सीआईएसँग साँठगाँठ रहेको खुलसा गरेका छन् । उनले भने,‘ललितपुरको भैसेंपाटीमा उनको सयन कक्ष छ । उहाँको त्यो कार्यालय द एशिया फाउण्डेशनको फण्डिङमा फर्निसिङ गरिएको छ । त्यही भैंसेपाटीको घरमा उहाँले रसगुल्ला र रसपान गर्नुहुन्छ भन्छन् । तर, त्यो रसगुल्ला र रसपान के हो ? मलाई ... read more...

  • विद्यासुन्दरको दाबी: ‘५ वर्षमा गर्ने काम मैले डेढ वर्षमा गरिसकें’

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले केही गर्न नसकेको भन्दै चौतर्फी विरोध र आक्रोश व्यक्त भइरहेका बेला उनले मेयरमा निर्वाचित भएर काम सुरु गरेको डेढ वर्षको अवधिमा धेरै काम सम्पन्न दावी गरेका छन् । उनले भने,‘म मेयर भएको अहिले १७ महिना पूरा भएर १८ महिना लाग्यो । यो अवधिमा हामीले धेरै कुराहरु सिकेका छौं । हिजोभन्दा आज धेरै कामहरु भएका छन्, यथार्थ धरातलमा रहेर समिक्षा गर्न ... read more...

  • 'मौजुदा नियमानुसार राष्ट्र बैंक भवन निर्माणको ठेक्का पप्पुले पाउने हो'

    काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सहसचिव राजुमान मानन्धरले अबको १८ महिनाभित्र सिंहदरबारको प्रवलीकरणको काम सम्पन्न हुने बताएका छन् । उनले भने,‘सिंहदरबार अब भत्काउनुपर्दैन्, प्रवलीकरण गर्ने हो । हामी टेण्डर गरेर प्रवलीकरणको काम अघि बढाउँछौं, ढिलोमा १८ महिनामा काम सम्पन्न हुन्छ । हामीले १५ महिनामा सक्छौं भनेर अनुमान गरेका छौं, साह्रै ढिलो भयो भने पनि १८ महिनामा सम्पन्न गर्छौं ।&rsqu ... read more...

  • सुकुम्वासीको गुनासो सुन्दै सांसद

    काठमाडौँ । प्रतिनिधिसभाका सांसद महेश बस्नेत गुनासो सुन्न काठमाडौँ र भक्तपुरको सिमानामा रहेको मनोहरास्थित सुकुम्वासी बस्तीमा पुगेका छन् ।पूर्वउद्योगमन्त्री बस्नेतले गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य, आवास, खाद्य सम्प्रभुतालगायत मौलिक हक रहेको बताउँदै सुकुम्वासी, दलित, पिछडिएको वर्गलाई राज्यको मूलधारमा ल्याउन आफ्नो तर्फबाट पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । कुल ७१३ घरपरिवार रहेको उक्त बस्तीका लक्ष् ... read more...

  • विधान र उमेरहद विवाद: अन्योलमा नेविसंघको महाधिवेशन

    काठमाडौँ । नेपाली काङग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घको १२ औँ महाधिवेशन तोकिएको समयमा हुन सकेन । विसं २०७३ साउनमा सम्पन्न नेविसङ्घको ११औँ महाधिवेशनबाट निर्वाचित नेतृत्वले दुई वर्षभित्र १२औँ महाधिवेशन सम्पन्न गर्ने जिम्मेवारी पाए पनि नेविसङ्घको विधान र उमेरहद विवादका कारण तोकिएको समयमा महाधिवेशन हुन नसकेको हो । नेविसङ्घको गत भदौमा बसेको केन्द्रीय समितिको बैठकले ११औँ महाधिवेशनमा लगाइएको ३ ... read more...

  • नेपाली काँग्रेसको चियापानः सहमतीय राजनीतिमा जोड

    काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा विभिन्न दलका नेताले सहमतीय राजनीतिको आवश्यकतामा जोड दिएका छन् । काँग्रेसले विजयादशमी, दीपावली, नेपाल संवत्, छठलगायत पर्वका अवसरमा आज पार्टी केन्द्रीय कार्यालय सानेपामा चियापन कार्यक्रमको आयोजना गरेको थियो । सो अवसरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले सञ्चारकर्मीसँग क ... read more...

  • 'मिटु काण्ड' सँगै विवादमा तानिएका मन्त्री स्थापित बर्खास्त

    काठमाडौँ । 'मिटु काण्ड' मा मुछिएपछि विवादमा तानिएका प्रदेश नम्बर-३ का भौतिक पूर्वाधार तथा विकासमन्त्री केशव स्थापितलाई पदबाट बर्खास्त गरिएको छ । मुख्यमन्त्री डोरमणी पौडेलले संविधानको धारा १६९ को उपाधार २ को खण्ड (ख) अनुसार मन्त्री स्थापितलाई बर्खास्त गरी उनको मन्त्रालयको जिम्मेवारी पनि आफैँले लिएका हुन् । बर्खास्तीमा परेका मन्त्री स्थापित र मुख्यमन्त्रीबीच बुधबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकम ... read more...

  • 'चियापान तथा शुभकामना' कार्यक्रममा काँग्रेसको चुल्हे निम्तो

    काठमाडौं । नेपाली कांग्रेसले विजया दशमी, दीपावली, नेपाल संवत, छठपर्वको अवसरमा आज हुने चियापान कार्यक्रममा सवैलाई सहभागि हुन चुल्हे निम्तो दिएको छ । पार्टी मुख्यालय सानेपामा दिउँसो १ देखि साझ ५ बजेसम्म चल्ने चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा १ लाख बढिलाई निम्तो दिएको कांग्रेसले जनाएको छ । उक्त चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा राजनीतिक दलका नेताहरु, सरकारका मन्त्रीहरु, सांस ... read more...

  • 'कांग्रेसले छठलगत्तै सरकारविरुद्ध सशक्त सडक आन्दोलन गर्छ'

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सह–महामन्त्री डा. प्रकाशशरण महतले तिहार र छठलगत्तै आफ्नो पार्टीले सरकारविरुद्ध कडा आन्दोलन गर्ने घोषणा गरेका छन् । नेता महतले भने,‘ओलीजीको सरकार गठन भएपछि जनतामा ठूलो आशा थियो । तर, यसले अहिले जनताको आशालाई निराशामा परिणत गरिदिएको छ । छोटो अवधिमा नै जनता सरकारसँग निराश भएका छन् । हाम्रो पार्टीले मुलुकको पछिल्लो समग्र परिस्थितिको बारेमा ... read more...

  • अन्तर्राष्ट्रिय तामाङ परिषदको चौथो महाधिवेशन मंसिर हुने

    काठमाडौं । अन्तर्राष्ट्रिय तामाङ परिषद्ले आगामी मंसिर २८ गतेदेखि पुस १ गतेसम्म चौथो महाधिवेशन भारतको दार्जिलिङ मिरिकमा आयोजना गर्ने भएको छ । बिहीबार परिषद्ले रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गर्दै यस्तो जानकारी दिएको हो । ‘विश्वभरिका तामाङहरू एकजुट होऔं, तामाङ पहिचान र संस्कृति समृद्ध पारौं’ भन्ने नारासहित महाधिवेशन गर्न लागिएको परिषद्ले जनाएको छ । परिषद्ले जारी गरेको विज्ञप्तिमा भनिए ... read more...

  • 'जम्मु-काश्मिर समस्या समाधान जनमत संग्रहबाट हुुनुपर्छ'

    काठमाडौँ । नेपालका लागि पाकिस्तानका राजदूत मजहर जावेदले कठिन समयमा नेपालबाट प्राप्त साथ र समर्थनप्रति पाकिस्तानी सरकार एवम् जनता आभारी भएको बताएका छन् ।  पाकिस्तानी राजदूतावासमा आज ‘जम्मु–काश्मिर विवाद र मानवअधिकार उल्लङ्नका घटनामा वृद्धि’ विषयमा आयोजित प्रवचन कार्यक्रममा उनले सरकारीस्तरमा मात्र नभई जनस्तरमा पनि दुई देशबीचको सम्बन्ध सुदृढ रहेको बताए । राजदूत मजहरले भने, 'दुव ... read more...

  • सिंहदरबार पस्ने तयारी गर्दै अस्थायी, करार, ज्यालादारी कर्मचारी

    काठमाडौं । सरकारी कार्यालयमा कार्यरत अस्थायी, करार, ज्यालादारी र ठेकेदारी कर्मचारीहरुको रोजिरोटी खोसिएको भन्दै आन्दोलन चलिरहेको छ । कर्मचारीहरुले आफ्ना माग पूरा नभए सिंहदरबारमा जे पनि गर्न सकिने चेतावनी दिएका छन् । अखिल नेपाल सरकारी अस्थायी, करार तथा ज्यालादारी कर्मचारी श्रमिक संघका संयोजककुमार राउतले आफूहरुको रोजीरोटी नखोस्न सरकारलाई चेतावनी दिए । राउतले २०–२५ वर्षसम्म काम गरेका कर्मचारीलाई ... read more...

  • 'अब राज्यले विखण्डनकारीका नागरिकता खारेज गर्नुपर्छ'

    काठमाडौं । प्रमुखप्रतिपक्षीदल नेपाली कांग्रेसका नेताचन्द्र भण्डारीले विखण्डनकारी चरित्रका नागरिकको नागरिकता खारेज गर्न सरकारसँग माग गरेका छन् । नेता भण्डारीले नेपालमा अराजकता बढ्दै गएकोमा चिन्ता यक्त गर्दै राष्ट्रको हितमा आँच आउने खालका काम गर्नेहरुको नागरिकता खारेज गर्नुपर्ने बताए । भण्डारीले भने,'संसारमा यति अराजक र भ्रष्ट कहीँपनि छैन, स्वर्गलाई नर्क बनाउन खोजिएको छ ।' नेपालमा कुनै पनि नेतामा इच ... read more...

  • कतारको निमन्त्रणामा राष्ट्रपति भण्डारी कतार प्रस्थान

    काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी मित्रराष्ट्र कतारको चार दिवसीय औपचारिक भ्रमणमा आज त्यसतर्फ प्रस्थान गर्नु भएको छ । राष्ट्रपति भण्डारी कतारका अमिर शेख हमाद बीन खालिदा अल थानीको मैत्रीपूर्ण निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यसतर्फ प्रस्थान गर्नुभएको हो । राष्ट्रपतिलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपराष्ट्रपति नन्दबहादुर पुनले बिदाइ गरेका थिए । प ... read more...

  • 'हालसम्मको काम हेर्दा अब केही हुन्छ भन्ने आश मरेको छ'

    रुकुम पश्चिम । नेपाली काँग्रेसका केन्द्रीय सदस्य देवेन्द्रराज कँडेलले सरकारले जनचाहनाअनुसार काम गर्नुपर्ने बताएका छन् । नेपाल प्रेस युनियन रुकुम पश्चिमले आज सदरमुकाम मुसिकोटमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता कँडेलले वर्तमान सरकार जनताको चाहनाअनुसार अगाडि बढ्न नसकेको आरोप लगाए । दुई तिहाइको सरकार भएकाले वर्तमान सरकारबाट देशवासीले ठूलो अपेक्षा गरेकाले सरकारले उक्त अपेक्षा पूरा गर्नुपर्ने उनको भन ... read more...