• +977 9841468702
  • info@cpostnews.com

राजनीति

  • विवेकशील साझा पार्टी काभ्रेपलाञ्चोकको संयोजकमा भूषण

    बनेपा। विवेकशील साझा पार्टी काभ्रेपलाञ्चोकको संयोजकमा भूषण श्रेष्ठलाई तोकिएको छ । पार्टीले आज यहाँ कार्यक्रम गरी जिल्ला शाखा संयोजक तोकिएको जानकारी दिएको हो । संयोजक श्रेष्ठ अटो नेपाल पत्रिकाको प्रबन्ध निर्देशकसमेत हुन् । पार्टीका केन्द्रीय सदस्य मिलन पाण्डेले देशैभरि पार्टीको ९० दिने सङ्गठन विस्तारको अभियानअन्तरगत जिल्ला संयोजक घोषणा गरिएको बताए । कार्यक्रममा संयोजक श्रेष्ठले निष्ठाको काम गर्न रा ... read more...

  • नेपाल-फ्रान्स कूटनीतिक सम्बन्धको ७० औँ बर्षः फ्रान्सेली विदेश सचिव नेपाल आउँदै

    काठमाडौँ । नेपाल र फ्रान्सबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औँ वार्षिकोत्सव मनाउने भव्य तयारी भएको छ । सोही सन्दर्भमा फ्रान्सको विदेश मन्त्रालयका सचिव मोरि मोन्टान गुर्दो नेपालको दुई दिवसीय भ्रमणमा यही पुस २५ गते राजधानी आउने भएका छन् । परराष्ट्र सचिव शङ्करदास वैरागीको निमन्त्रणामा उनका फ्रान्सेली समकक्षीबाट हुन लागेको यो भ्रमणका क्रममा सोही दिन दुई देशका विदेश सचिवको नेतृत्वमा द्विपक्षीय परामर ... read more...

  • 'मन्त्री, महाप्रबन्धक र सचिवलाई तत्काल बर्खास्त गरेर जेल हाल्नुपर्छ'

    काठमाडौं । नेपाल वायुसेवा निगमको दुईवटा वाइडबडी विमान खरिदबारे अध्ययन गर्न गठित संसदीय छानबिन उपसमितिका सदस्य प्रदीप यादवले वाईडबडी खरिद काण्डमा बहालवाला मन्त्री, सचिव र महाप्रबन्धकलाई तत्काल बर्खास्त गरी जेल हाल्नुपर्ने बताएका छन् । सांसद यादवले आफूहरुले १५ दिन लगाएर वाईडबडी खरिद प्रकरणको सत्यतथ्य बाहिर ल्याएको दाबी गरे । उनले भने,‘ठूलो मास्टर प्लान बनाएर वाईडबडी खरिदमा घोटाला भएको छ, खरिद ... read more...

  • हत्यारालाई सपथ खुवाउने तयारीप्रति नेपाल तरुण दलको आपत्ति

    काठमाडौं । टीकापुर हत्या काण्डका प्रमुख नाईके मानिएका रेशम चौधरीलाई सपथ खुवाउने तयारीप्रति नेपाल तरुण दलले विरोध जनाएको छ । तरुण दलले विज्ञप्ति निकाल्दै टीकापुर हत्या काण्डका दोषी चौधरीलाई कानुन विपरित जेलबाट निकाली सांसद पदको सपथ खुवाउने तयारी गरिएबाट नेपालको संविधान र कानुनी शासनको ठाडो उल्लंघन भएको भनिएको छ । विज्ञप्तिमा  भनिएको छ ,'यो पूर्णतया लोकतान्त्रिक मूल्य मान्यता बिपरित छ ।' ग ... read more...

  • आज मध्याह्न संसदमा सम्बोधन गर्दै प्रधानमन्त्री ओली

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको चालू तेस्रो अधिवेशनलाई आज पहिलो पटक सम्बोधन गर्ने भएका छन् । यही पुस ११ गतेबाट शुरु भएको सङ्घीय संसद्को चालू अधिवेशनमा प्रधानमन्त्री ओलीले आज मध्याह्न समसामयिक विषयमा सम्बोधन गर्ने कार्यक्रम रहेको उनका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए। सरकारको काम प्रभावकारी बनाउन संसदमा आवाज उठिरहेका बेला प्रधानमन्त्री ओलीले सम्बोधनको तयारी गरेका हुन ... read more...

  • ‘गणतन्त्र नेपालकी राष्ट्रपति पूर्वराजा ज्ञानेन्द्र भन्दा महँगी’

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का अध्यक्ष पशुपतिसमशेर राणाले राष्ट्रपति विद्यादेवी भण्डारीको विलाशीपनले मुलुकमा नयाँ प्रश्न जन्माएको बताएका छन् । उनले भने,‘गणतन्त्रकी राष्ट्रपति किन महंगी बन्दै हुनुहुन्छ ? करोडौंका गाडी चाहिने ? अर्बौको हेलिकप्टर खरिद गर्नुपर्ने ? अहिलेको विशाल शितलनिवास राष्ट्रपतिज्यूलाई सानो भयो अरे ? प्रहरी तालिम केन्द्रपनि उहाँलाई नै चाहिने भयो ... read more...

  • जापानका विदेशमन्त्री तारो कोनो नेपाल आउँदै

    काठमाडौँ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको निमन्त्रणामा जापानका विदेशमन्त्री तारो कोनो नेपालको दुई दिवसीय औपचारिक भ्रमणमा यही पुस २५ गते काठमाडौँ आउने भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारी तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग जापानी विदेशमन्त्री कोनोले बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । सोही दिन परराष्ट्रमन्त्रीले आफ्ना जापानीसमकक्षीसँग प्रति ... read more...

  • हिन्दुत्वको नारा निषेधः महासमिति सदस्यको भावना विपरित काँग्रेस

    काठमाडौं । नेपाली कांग्रेसको १० दिनसम्म राजधानीमा चलेको महासमिति बैठकमा सहभागी महाधिवेशन प्रतिनिधिहरूले संविधान परिवर्तन गरी नेपाललाई हिन्दुराज्य घोषणाको माग गरेका छन् । तर, उनीहरूको यो मुद्दालाई कांग्रेस केन्द्रीय कार्य समितिले किन महासमिति बैठकमा प्रस्तावको रुपमा छलफल चलाएन । करिव एक हजार ६ सय महाधिवेशन प्रतिनिधिमध्ये बहुसंख्यक महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर संकलन गरी महासमिति बैठकमा सभापति ... read more...

  • काँग्रेस विधानको प्रस्तावनामै पहिलोपटक सुवर्णशम्शेरको नाम

    काठमाडौँ । नेपाली काँग्रेसले पहिलोपटक आफ्नो विधानको प्रस्तावनामा संस्थापकमध्येका एक सुवर्णशम्शेर राणाको नाम राखेको छ । काठमाडौँमा जारी काँग्रेसको महासमिति बैठकमा पेश भएको विधान मस्यौदाको प्रस्तावनामा संस्थापक नेता सुवर्णको नाम थप गरिएको पार्टीको विधान संशोधन मस्यौदा समितिका सदस्य एवं दिलेन्द्रप्रसाद बडूले जानकारी दिए । प्रस्तावनामा 'नेपाली काँग्रेसका नेता सुवर्णशम्शेर राणाको नेतृत्वको सरकारले सम्प ... read more...

  • विवाद सकियोः काँग्रेस विधान मस्यौदा केन्द्रीय समितिबाट पारित

    काठमाडौँ । नेपाली काँग्रेस विधानको संशोधित मस्यौदा लामो बहस र छलफलपछि केन्द्रीय कार्यसमितिबाट पारित भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बसेको केन्द्रीय समितिको बैठकले सङ्घीय संरचनाअनुसार तयार गरिएको पार्टीको विधान मस्यौदा पारित गरेको केन्द्रीय सदस्य मीन विश्वकर्माले जानकारी दिए । बैठकले एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्री र एक कोषाध्यक्ष पदाधिकारीसहितको केन्द्रीय का ... read more...

  • काँग्रेसको चौधौं महाधिवेशन गर्न बरिष्ठ नेता पौडेलको प्रस्ताव

    काठमाडौँ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको १४ औँ महाधिवेशन विसं २०७६ फागनु ७ मा गर्न प्रस्ताव गरेका छन् । काँग्रेस केन्द्रीय कार्यसमितिको यही पुस ४ गतेको बैठकमा सभापति शेरबहादुर देउवालाई सम्बोधन गरी लिखित मन्तव्य राख्दै उनले पार्टीको जारी महासमितिको बैठकपश्चात् पार्टी सङ्गठनलाई सृदृढ र गतिशील बनाउने अभियान सञ्चालन गर्न सुझाएका हुन् । अभियानका क्रममा सदस्यता वितरण र प्रशिक् ... read more...

  • 'क्रिसमसको विदा कटौंती ३० लाख ख्रीष्टियनको भावनामाथि प्रहार'

    काठमाडौं । राष्ट्रिय ख्रीष्टियन महासंघ, नेपालले आफ्नो महान पर्व क्रिसमसको विदा कटौती गरेकोमा आपत्ति जनाउँदै सरकारको ध्यानाकर्षण गरेको छ । राष्ट्रिय ख्रीष्टियन महासंघ, नेपालले पत्रकार सम्मेलन गरेर क्रिसमसको दिन अर्थात पुस १० गते (डिसेम्बर २५) लाई सरकारी बिदा दिन सरकारसँग माग गरेको हो । महासंघका अध्यक्ष सिबि गहतराजले ३० लाख नेपाली ख्रीष्टियनहरुको भावनामाथि प्रहार हुनेगरि सरकारले बिदा कटौती गरेको आरो ... read more...

  • परिवर्तनको रक्षा गर्न काँग्रेस नेता कुइँकेलको आग्रह

    साँखु । नेपाली काँग्रेसका नेता तथा पूर्वसांसद दीपकप्रसाद कुइँकेलले आफूले महासमिति बैठकमा पेश गरेको प्रस्ताव अध्ययन गर्न सबै सदस्यलाई अनुरोध गरेका छन् । नेता कुइँकेलले जारी महासमिति बैठकमा राजनीतिक प्रस्तावमा २००७ सालदेखि २०७४ सालसम्म नेपाली काँग्रेसको नेतृत्वमा भएको परिवर्तनको अपनत्व लिँदै परिवर्तनको रक्षा गर्ने, संविधानको सफल कार्यान्वयन गराउने, राष्ट्रियता, धर्म, संस्कृति र व्यक्तिगत स्वतन्त्रता ... read more...

  • काँग्रेसमा हिन्दू राष्ट्रको एजेण्डा बलियो हुँदै, पूर्वराजालाई शुभसंकेत

    काठमाडौँ । अहिले नेपाली काँग्रेसको बहुप्रतिक्षित महासमितिको बैठक जारी छ । महासमिति बैठकका सहभागीहरुले पार्टीलाई सवलीकरण गर्न थुप्रै एजेण्डा प्रस्तुत गरेका छन् । यद्यपी काँग्रेसको यो महासमितिको बैठकले के कस्ता निर्णय पारित गर्ला ? त्यसप्रति सवैको साचो बढेको छ । आज महासमिति बैठकको चौथो दिन चलिरहेको छ । विधान मस्यौदा प्रतिवेदनमा पदाधिकारीको संख्या र चयन प्रक्रियाको विवाद पनि चलिरहेको छ । जसका कारण प् ... read more...

  • प्रचण्डले गौतमलाई कार्ड बनाएपछि ओलीलाई सकस

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठकका नेता बामदेव गौतमको लिखित प्रस्ताव परेपछि अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली सकसमा परे । गौतमको प्रस्ताव थियो-नेकपामा पुष्पकमल दाहाल प्रचण्डलाई मात्र अध्यक्षको जिम्मेवारी दिऔं । त्यसको उत्तरमा ओलीले व्यंग्यात्मक भाषण गरेका थिए,‘दुईटा प्रधानमन्त्री बनाउन नमिल्ने भएर नत्र त्यो पनि हुन्थ्यो ।’ बामदेव यसरी आक्रामक रूपमा प्रस्तुत हुनु ... read more...

  • नेपाल तरुण दलले पुस १ गतेलाई कालो दिवसका रुपमा मनाइँदै

    काठमाडौँ । प्रथम जननिर्वाचित सरकारलाई तत्कालीन शाही नेपाली सेनाको शक्तिको भरमा अपदस्थ गरिएको विरोधमा आजको दिनलाई कालो दिवसका रुपमा मनाइँदैछ । विसं २०१७ पुस १ गते पहिलो निर्वाचित प्रधानमन्त्री बिपी कोइराला लगायतका नेतालाई सेनाको बलमा बन्दी बनाई तत्कालीन राजा महेन्द्रले पञ्चायत शासन व्यवस्था शुरुवात गरेका थिए । नेपाल तरुण दलको कार्यक्रममा सहभागी भएका प्रधानमन्त्री बिपी लगायतका नेतालाई त्यहीँबाट गिरफ ... read more...

  • काँग्रेस महासमिति बैठकस्थलमै हिन्दूराष्ट्रका लागि हस्ताक्षर अभियान

    काठमाडौँ । महत्वका साथ हेरिएको नेपाली काङ्ग्रेसको महासमिति बैठक आजदेखि राजधानीमा शुरु भएको छ । बैठक उद्घाटन समारोहमा नेताहरुले अब पार्टी एक भएर अघि बढ्ने प्रतिबद्धता जनाए । सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेललगायत नेताहरुले हात समाएर एकताको सन्देश प्रस्तुत गरेका थिए । दुई नेताबीच दूरी बढेको सार्वजनिक टिप्पणी भइरहेका बेला बैठक उद्घाटन समारोहमा उपसभापति विजयकुमार गच्छदारले हात समाएर ... read more...

  • ‘सरकार धर्मको प्रचारमा मात्रै होईन, कमाउ धन्धामा पनि लागेको छ’

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री महेन्द्र यादवले वर्तमान सरकार आफैं क्रिश्चियन धर्म प्रचारमा लागेको बताएका छन् । उनले भने,‘सरकार धर्मको प्रचारमा मात्र होईन, कमाउ धन्धामा पनि लागेको छ । अहिले त ठेक्कापट्टामा पनि लागिसक्यो ।’ सरकार गठन भएको एक वर्ष भैसक्यो तर केन्द्र सरकारको कमजोरीका कारण अहिलेसम्म प्रदेश सरकारले पाउनुपर्ने ऐन तथा कानुन नपाएको उनले ... read more...

  • भारतीय नाकाबन्दीपछि बनेको ओलीको 'कद' क्रमश घट्दै

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली सरकारको काम र संगठनको कारबाहीका हिसाबमा पनि ओरालोतिर लाग्न थालेका छन् । सरकारको कामकारबाहीको असन्तुष्टि, बिरोध र असफलतासँग उनको नेतृत्वलाई दोष दिन थालिएको छ भने पार्टीभित्र बरिष्ठ नेताहरूको असन्तुष्टि उनी केन्द्रित नै रहेको छ । तत्कालिन माओवादीसँग चुनावी गठजोड र एकीकरणमा समेत ‘सरप्राइज’ दिएका ओलीलाई त्यसका मध ... read more...

  • मन्त्रालयमा ‘मगरतन्त्र’: सचिवलाई काखा, कर्मचारीलाई पाखा

    काठमाडौं । खानेपानी तथा ढल व्यवस्थापन मन्त्री बिना मगरले मन्त्रालयमा हुकुमी शासन थालेकी छन् । पूर्वमाओवादीमा हिँड्दा सैनिक हिरासतमा परेको गीत गाउने मन्त्री मगरले सैन्यतन्त्र भन्दा पनि कठोर व्यवाहार मन्त्रालयमा देखाउन थालेकी छन् । उनको एकतन्त्रीय शासनले मन्त्रालयका बरिष्ठ अधिकारीदेखि कनिष्ठ कामदारसम्म आजित भएका छन् । पति प्रकाश दाहालका कारण नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको ... read more...