• +977 9841468702
  • info@cpostnews.com

राजनीति

  • ‘ढटुँवा कम्युनिष्ट सरकारलाई दिएको समर्थन फिर्ता लिन्छौं’

    काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालका महासचिव एवम् प्रदेशसभा सदस्य मनिष सुमनले प्रदेश नम्बर २ को फोरम नेतृत्वको सरकारबाट आफ्नो पार्टी फिर्ता हुने स्पष्ट पारेका छन् । राजधानीमा भएको एक साक्षात्कार कार्यक्रममा बोल्दै नेता सुमनले मधेश आन्दोलनको भावना विपरित उपेन्द्र यादव सरकारमा गएको आरोप लगाए । उनले नेकपा र फोरम नेपालबीच भएको दुई बुँदे सहमति सत्तामा चढ्ने सिँढीमात्रै भएको पनि बताए । उनले यही जेठ ... read more...

  • 'शक्तिशाली सरकारलाई कार्यकारी राष्ट्रपति किन चाहियो ?'

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रिय सदस्य प्रदिप पौडेलले सत्तारुढ दल नेकपाकै कारण संसद सञ्चालन नियामावली पारित हुन ढिलाई भैरहेको आरोप लगाएका छन् । बुधबार रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता पौडेलले सत्तारुढ दलकै कारण नियामावली पारित हुन नसकेको बताएका हुन् ।  पौडेलले फौजदारी अभियोग लागेका सांसदलाई निलम्बन गर्ने व्यवस्थासहित संघीय संसदको दुवै सदनमा व ... read more...

  • काँग्रेसले चुनाव हार्नुको कारण टिकट वितरणमा ‘मनि र मसल’ को प्रयोग

    काठमाडौं । नेपाल ट्रेड यूनियन कांग्रेसको छैटौं महाधिवेशनको लागि पुष्कर आचार्यले अध्यक्ष पदको लागि उम्मेदवारी घोषणा गरेका छन् । सोमबार रिपोर्टर्स क्लबमा ट्रेड यूनियन कांग्रेसले पत्रकार सम्मेलन गरेर आचार्यलाई अध्यक्षको उम्मेदवारीको रुपमा अघि सारेको हो । ‘दिगो विकासको लागि मर्यादित रोजगारी–सुदृढ लोकतन्त्र र आर्थिक समृद्धि हाम्रो जिम्मेवारी’ भन्ने मुल नाराका साथ उक्त महाधिवेशन स ... read more...

  • 'काँग्रेसको कमजोरी बाम चुनावी तालमेलको असर नबुझ्नु हो'

    काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य वालकृष्ण खाँडले चुनावी हारका अनेक कारण मध्ये तात्कालिन माओवादी केन्द्रसँग चुनावी गठबन्धन नगर्नु पनि एक कारण भएको बताएका छन् । राजधानीमा आयोजित नेपाली काँग्रेस लमजुङ–काठमाडौं सम्पर्क समितिको अधिवेशनलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो खुलासा गरेका हुन् । उनले भने,‘चुनाव पूर्व माओवादी केन्द्रका साथीहरुको आशय बाहिर आएको थियो, माओवादी केन्द्र एक् ... read more...

  • 'पृथ्वीनारायण शाहलाई सम्झिँदा पुग्छ, महेन्द्रलाई सम्झिए हुन्छ’

    काठमाडौं । राष्ट्रवादी प्रजातान्त्रीक पार्टी (क्रान्तिकारी) ले ‘प्रस्तावित’ अवधारणा पत्र सार्वजनिक गरेको छ । रिपोर्टर्स क्लब नेपालमा राष्ट्रवादी प्रजातान्त्रिक पार्टी क्रान्तिकारी) ले पत्रकार सम्मेलन गरेर आफ्नो पार्टीको अवधारणा पत्र सार्वजनिक गरेको हो । पार्टीका अध्यक्ष त्रिलोकबहादुर चन्दले संवैधानिक राजतन्त्र, बहुदलीय ब्यवस्था, वैद्धिक सनातन हिन्दुराष्ट्र कायम राख्ने उद्देश्यले नयाँ प ... read more...

  • 'अपराधीलाई न्यायको कठघारामा उभ्याइने दायित्वबाट सरकार पछि हट्दैन'

    विराटनगर । गृहमन्त्री रामबहादुर थापाले आगामी वर्ष मुलुकको आर्थिक वृद्धि दर आठ प्रतिशत पुग्ने बताएका छन् । प्रेस चौतारी र प्रेस सेन्टर मोरङद्वारा संयुक्त रुपमा आयोजित पत्रकार सम्मेलनमा उनले सरकारद्वारा गत मंगलबार प्रस्तुत बजेटले मुुुलुकमा विकास र समृद्धि कायम भई आगामी केही वर्षभित्र आर्थिक वृद्धिदर दुई अंक भन्दा बढी कायम हुने विश्वास व्यक्त गरे । गृहमन्त्री थापाले प्रधानमन्त्रीको हालैको भारत भ्रमण ... read more...

  • 'जालझेल र षड्यन्त्रबाट गरिएको एकता माओवादीको आत्मसर्मपर्ण'

    काठमान्डौं, १३ जेठ ।नेपाल कम्युष्टि पार्टी (माओवादी) ले तत्कालिन माओवादी केन्द्रका प्रचण्ड समूह र नेकपा एमालेबीच भएको पार्टी एकताप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । आईतबार रिपोटर्स क्लबमा पत्रकार सम्मेलनगर्दै नेकपा (माओवादी) ले दुई पार्टीबीचको एकताप्रति गम्भिर ध्यानाकार्षण गराएको हो । 'एकता आँफैमा गलत हैन, पार्टी एकता कुनै निश्चित सिद्धान्त र विधिको आधारमा हुने गर्छ तर यो एकताको प्रवृत्ति हेर ... read more...

  • 'जनता जान्न चाहन्छन्, लालबाबुजीले कसरी कमाउनुभयो ५५ लाख ?'

    काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सरकारको सय दिनको कामको मुल्यांकन गर्ने हो भने सुरुवाती चरणमा आफूहरु १०० मा ९० प्रतिशत सफल भएको दाबी गरेका छन् । उनले भने,‘हो, म १०० मा सय प्रतिशत त भन्दिन्, तर सरकारको डिरेक्शन अर्थात कामको सुरुवातको कुरा गर्दा हामी सयमा ९० प्रतिशत सफल भयौं, यो प्रतिशत भनेको डिस्टिंक्शन नै हो ।’ विगतका सरकारहरुले हिम्मतका साथ आफ्नो देश ... read more...

  • 'सरकारको '१००' दिन दर्जन विसंगती' (भिडियोसहित)

    काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारले सय दिन उपलब्धिविहिन भन्दै दर्जनौं कमिकमजोरी औंल्याएको छ । कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले एक भिडियो सन्देश जारी गर्दै सरकारको सय दिन सामन्य गति र दर्जन विसंगती भएको बताएका हुन् ।  उनले भने,'चुनावमा जानुअगाडि उग्र राष्ट्रवादको कुरा गर्ने पार्टी सरकारको नेतृत्व गरेपछि त्ससलाई विसर्जन गर्यो, त्यो अर्को विसंगती हो ।' काँग्रेसका प्रव ... read more...

  • सरकार सर्वसत्तावाद कायम गर्न उन्मुख छ: कमल थापा

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संविधान र प्रजातन्त्रको आवरणमा वर्तमान् सरकार सर्वसत्तावादी व्यवस्था कायम गर्न उन्मुख रहेको गम्भिर आरोप लगाएका छन् । उनले वर्तमान सरकार प्रतिपक्षी र विपक्षी दलहरुको क्रियाकलापप्रति असहिष्णु हुनु सरकार सर्वसत्तावादी व्यवस्था कायम गर्न उद्दत रहेको प्रमाण भएको जिकिर गरे । राष्ट्रियताको पक्षमा विगतमा लिएको अडान र केपी ओलीलाई जनताले मत द ... read more...

  • 'राष्ट्रपतिले सम्मानीय शब्दको प्रयोग नगरे पनि म सम्मानीय भन्दै सुरु गर्छु'

    काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले सरकारको नीति तथा कार्यक्रमका विषयमा संसदमा कडा मन्तव्य दिएका छन् । राष्ट्रपतिले 'सम्मानीय शब्द'को प्रयोग नगरेको विषयमा ब्यापक आलोचना भइरहेको बेला प्रतिपक्षी दलका नेता देउवाले आफ्नो धारणा राखेका हुन् । देउवाको ७ बुँदे मन्तव्यमा के के छ ? पूर्णपाठ पढौं । १. सबै भन्दा पहिला राष्ट्रपतिजीले सम्माननीय शव्द प्रयोग नगरेपनि म सम्मानीय सभामुख भनेर सुर ... read more...

  • 'रोगी पाईलटहरुले चलाएको थोत्रो जेट विमान दुर्घटना पर्न सक्छ'

    कालिकोट । नेपाली काँग्रेसका युवा नेता एवम् नेपाल तरुण दलका महासचिव भुपेन्द्रजंग शाहीले रोगी पार्इलटहरुले चलाएको 'थोत्रो जेट बिमान' चाडैं दुर्घटनामा पर्न सक्ने संकेत गरेका छन् । आज नेपाल विद्यार्थी संघ कालिकोटद्वारा आयोजित कार्यक्रममा बोल्दै प्रमुख अतिथि शाहीले भने,'निर्वाचनमा पराजय भोगे पनि काँग्रेस कार्यकर्ताहरुले हरेस खाएका छैनन् । कांग्रेस पार्टीको भविश्य अझै उज्ज्वल छ, पार्टीभित्र सव ... read more...

  • 'ओली नेतृत्व सरकार अधिनायकवादतर्फ लम्कियो'

    सिन्धुपाल्चोक । नेपाली काँग्रेसका नेता एवम् केन्द्रीय सदस्य डा. शेखर कोइरालाले मुलुक निरङकुशतातर्फ धकेलिएको बताएका छन् । सिन्धुपाल्चोकमा भएको एक दिने कार्यकर्ता भेलालाई सम्बोधन गर्दै डा. कोइरालाले भने, 'अहिलेको केपी ओली नेतृत्व सरकारले मुलुकमा अधिनायकवाद लाद्न खोजेको छ । ओली सरकारको राष्ट्रवाद लम्पसारवादमा विलय भइसक्यो ।’ यसअघि भारतलाई गाली गरेको नाटक गरेर जनतालाई भ्रममा पारी निर्वाचन जित्ने ... read more...

  • 'प्रचण्ड समूहको दाहसंस्कार भैसक्यो, माओवादी केन्द्र विघटन भएको छैन'

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का संयोजक गोपाल किराँतीले प्रचण्ड समूहको अन्तिम बिदाई र वैचारिक धारको दाहसंस्कार भएको घोषणा गरेका छन् । उनले एमाले र माओवादीबीचको एकता गलत भएको आरोप लगाए । रिपोटर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै किराँतीले आजको पत्रकार सम्मेलनलाई प्रचण्ड समूहको दाहसंस्कार कार्यक्रम भएको टिप्पणी गरे । पुजीवादी गणतन्त्र स्थापनासम्म आईपुग्दा सकारात्मक भूमिका खे ... read more...

  • मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गर्दै नेपाल विद्यार्थी संघ आन्दोलनमा

    काठमाडौँ । पेट्रोलियम पदार्थमा मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गर्दै नेपाल विद्यार्थी संघ आन्दोलनमा उत्रिएको छ । नेविसंघले मूल्यवृद्धि तत्काल फिर्ता हुनुपर्ने भन्दै नेपाल आयल निगमको केन्द्रीय कार्यालय घेराउ गरेको हो । बाम गठबन्धन सरकार बनेपछि मात्र आधा दर्जनपटक इन्धनका मूल्यवृद्धि भइसकेको छ । जसका कारण सर्वसाधारण जनता मारमा परेको भन्दै नेविसंघले निगमको केन्द्रिय कार्यालयमा एक घण्टे नारावाजी तथा ... read more...

  • 'कांग्रेस असल प्रतिपक्ष हो, ढुंगामुढा र हडताल गर्दैन'

    नेपालगन्ज । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रतिपक्षले आन्दोलन, हडताल गर्छ भन्ने आममान्यतामा कांग्रेस नरहेको बताएका छन् । नेपाल प्रेस युनियन, बाँकेले बिहान अयोजना गरेको पत्रकार भेटघाटमा प्रवक्ता शर्माले भने, 'रचनात्मक तथा सिर्जनात्मक भूमिका प्रतिपक्ष दलले खेल्नुपर्छ, ढुंगामुढा गर्ने, हडताल गर्ने यो असल प्रतिपक्षको गुण होइन, नेपाली कांग्रेस असल प्रतिपक्ष हो ।' 'वर्तमान सरकारको सय दि ... read more...

  • 'पुष्पलाल बाँचिरहनुभएको भए आज खुशीले नाच्नुहुन्थ्यो'

    काठमाडौँ । प्रधानमन्त्री एंव नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्टहरु फुट्न मात्र जान्दछन्, जुट्न जान्दैनन् भन्ने विषय इतिहास बनेको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टीको घोषणा समारोहलाई सम्बोधन गर्दै उनले नेपाली जनताको भावना र चाहनाअनुसार एकता प्रक्रियालाई अन्तिम रुप दिइएको भने। अध्यक्ष ओलीले एमाले र माओवादी केन्द्रबीचको एकता सामान्य प्रक्रिया नभई एकआपसमा अन्तरघुलित भएको भ ... read more...

  • यसरी हुँदैछ एमाले-माओवादी केन्द्रको 'एकता' तयारी

    काठमाडौँ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता घोषणा हुने भएको छ । आज बिहान १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने पार्टी एकता संयोजन समितिको बैठकले घोषणाको प्रक्रिया, समय र स्थान तय गर्नेछ । समितिको बैठकपछि एमाले केन्द्रीय कमिटीले त्यसलाई अनुमोदन गर्नेछ । निर्णयपछि आजै निर्वाचन आयोगमा नेपाल कम्युनिष्ट पार्टी दर्ता हुने पत्रकार सम्मेलनबाट घोषणा गरिनेछ । प्रधानमन्त्री एवं एमालेका अध्य ... read more...

  • ओली नेतृत्व सरकार 'लम्पसारवादी' भएपछि नेविसंघ आन्दोलनमा

    काठमाडौं । नेपालको भ्रमण सकेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी फिर्ता भइसक्दा पनि उनीसँगै आएको विमान र सेना नफर्केपछि विरोध प्रर्दशन भएको छ । नेपाल विद्यार्थी संघको अगुवाईमा भएको प्रदर्शनमा २४ घण्टाभित्र विमान र भारतीय सेना नफर्के नेविसंघले मुलुकभर आन्दोलनको आँधिवेरी ल्याउने सरकारलाई चेतावनी दिएको छ । नेविसंघले भारतीय सांसद कृति आजादको भनाईप्रति सरकारले तत्काल प्रतिक्रिया जनाउनु पर्नेसमेत माग रा ... read more...

  • क्रियाशील सदस्यमाथि निगरानी राख्ने तयारीमा नेपाली काँग्रेस

    चितवन । नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइरालाले काँग्रेसको क्रियाशील सदस्यतामा पुनःविचार गर्नुपर्ने समय आएको बताएका छन् । नेपाल शिक्षक संघको २९ औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले क्रियाशील सदस्य मात्रै भएर निर्वाचन नजितिने बताए । 'मेरो निर्वाचन क्षेत्रको कुनै एक वडामा एक हजार २०० क्रियाशील सदस्य छन् तर भोट जम्मा २०० खस्छ'-उनले प्रतिप्रश्न गर्दै भने, 'अब के यसरी पार्टी चल्न स ... read more...