• +977 9841468702
  • info@cpostnews.com

राजनीति

  • जनताको आवश्यकतालाई सम्बोधन गर्नुहोस्:नेता सिंह

    काठमाडौँ, १२ असार । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले स्थानीय सरकार स्थायी सरकार भएकाले स्थानीय जनताको भावनालाई समेटेर काम गर्न जनप्रतिनिधिलाई आग्रह गरेका छन् । काँग्रेस चन्द्रागिरि नगरपालिका र काँग्रेस काठमाडौँ क्षेत्र नं ९ ले आज संयुक्तरुपमा आयोजना गरेको नवनिर्वाचित जनप्रतिनिधिलाई ‘बधाई तथा सम्मान एवम् वनभोज’ कार्यक्रममा नेता सिंहले सो बताएका हुन् । 'विकास निर्माणका क ... read more...

  • निर्वाचन शान्तिपूर्णरुपमा सम्पन्न हुनेमा विश्वस्त छु: गृहमन्त्री

    दाङ, ११ असार । गृहमन्त्री जनार्दन शर्माले दोश्रो चरणअन्तर्गत यही असार १४ गते हुने स्थानीय तहको निर्वाचनमा ढुक्क भएर निर्वाचनमा सहभागी हुन अपिल गरेका छन् । गृहमन्त्री शर्माले दोश्रो चरणअन्तर्गत निर्वाचन शान्तिपूर्णरुपमा सम्पन्न हुनेमा विश्वस्त रहेको भन्दै उनले भने,'शान्तिसुरक्षाको प्रत्याभूति सरकारले दिन्छ, यसमा तपाईहरु ढुक्क हुनुहोस् र चुनावमा निर्भिक भएर सहभागी हुनुह ... read more...

  • दोस्रो चरणको निर्वाचनमा एमाले अझ बढी स्थानमा विजयी हुन्छ: अध्यक्ष ओली

    मोरङ, १० असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनमा एमालेको विजयलाई कसैले रोक्न नसक्ने बताएका छन् । एमाले मोरङको उर्लाबारी नगरकमिटीले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै पहिलोचरणको भन्दा दोस्रो चरणको निर्वाचनमा एमाले अझ बढी स्थानमा विजयी हुने उनले दावी गरेका हुन् ।  एमालेले राष्ट्रिय स्वाभिमानका लागि राष्ट्रिय झन्डा प्रयोग गरेको भन्दै राष्ट्रिय झन्डा च्यातिदा च ... read more...

  • महामन्त्री शाहीलाई सभापति देउवाले दिए यस्तो निर्देशन

    काठमाडौं, ८ असार । प्रधानमन्त्री एवं नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले नेपाल तरुण दललाई निर्वाचनमा होमिन निर्देशन दिएका छन् । प्रधानमन्त्री एवं काँग्रेस सभापति देउवा र नेपाल तरुण दलका महामन्त्री भूपेन्द्रजंग शाहीबीच भएको विशेष भेटघाटमा यस्तो निर्देशन दिएका हुन् । भेटमा निर्वाचनमा युवाहरुको ठूलो भुमिका हुने भन्दै यो ऐतिहासिक जिम्मेवारीलाई तरुण दलले सक्रियतापूर्वक निर्वाह गर्नुपर्ने सभापति दे ... read more...

  • स्थानीय प्रतिनिधिले काम गर्ने बेला छ:प्रचण्ड

    बाँके, ८ असार । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले जनयुद्ध ताका सहिद, बेपत्ता तथा घाइते भएका योद्धा परिवारका लागि जनही पाँच लाख रकम निकासा गरेको बताएका छन् । ‘प्रचण्ड’ले सो रकम चुनावलगत्तै वितरण गर्ने बताएका हुन् । माओवादी केन्द्रले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उनले भने,'जनताको सेवकका रुपमा स्थानीय प्रतिनिधिले काम गर्ने ... read more...

  • चिनियाँ प्रतिनिधिमण्डल स्वदेश प्रस्थान

    काठमाडौँ, ८ असार । नेपाल–चीन संयुक्त परामर्श संयन्त्रको ११ औँ बैठकमा भाग लिने सिलसिलामा यहाँ रहेको चीनको परराष्ट्र मन्त्रालयका सचिव कुङ सेन यु नेतृत्वको पाँच सदस्यीय प्रतिनिधिमण्डल बिहान स्वदेश प्रस्थान गर्‍यो । प्रधानमन्त्री शेरबहादुर देउवा र उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री कृष्णबहादुर महरासँग चिनियाँ प्रतिनिधिमण्डलले बुधबार अपराह्न बेग्लाबेग्लै शिष्टाचार भेट गरेको थियो । साथै, चि ... read more...

  • 'अबको निर्वाचनमा नेपाली कांग्रेस पहिलो पार्टी बन्छ'

    धनकुटा, ७ असार  । नेपाल तरुण दलका महामन्त्री भुपेन्द्रजंग शाहीले दोस्रो चरणको निर्वाचनमा नेपाली कांग्रेसलाई कुनै पनि ताकतले हराउने नसक्ने बताएका छन् । उनले भने,'दोस्रो चरणको चुनावमा कांग्रेसलाई बिजयी हुन्छ । जुनसुकै ताकत लागेपनि स्थानिय तहको दोस्रो निर्वाचनमा नेपाली कांग्रेस पहिलो पार्टी बन्छ । मतदाताले भोट दिन खुट्टा कमाउनु भएन ।' मुलुकलाई सम्बृद्धिको बाटोमा डोर्‍याउन कांग ... read more...

  • यस्ता निर्णय भए नेपाल–चीन परामर्श बैठकमा

    काठमाडौँ, ६ असार ।  नेपाल–चीन परामर्श परामर्श संयन्त्रको एघारौँ बैठक सम्पन्न भएको छ । बैठकमा भूकम्पका कारण अवरुद्ध तातोपानी नाका शीघ्र सञ्चालन गर्न नेपाल र चीनले सहकार्य गर्ने सहमति बनेको छ । नाका शीघ्र सञ्चालन गर्न दुवै मुलुकले मिलेर काम गर्ने भएका छन् । बैठकमा नेपाल–चीन सम्बन्धका राजनीतिक, आर्थिक, जनस्तरको सम्बन्धलगायत समग्र पक्षमा विस्तृत छलफल भएको थियो ।  नेपाल& ... read more...

  • दुःखद् घटनापछि आयोगले संयमता अपनाउन अनुरोध गर्‍यो

    काठमाडौँ, ५ असार । निर्वाचन आयोगले सामाजिक सद्भाव राखी शान्तिपूर्ण तरिकाबाट राजनीतिक गतिविधि सञ्चालन गर्न सबै राजनीतिक दल, उम्मेदवार र मतदातालाई अपिल गरेको छ । दोस्रो चरणको निर्वाचनको प्रचारप्रसारका क्रममा बाजुरालगायत जिल्लामा राजनीतिक दलका उम्मेदवार र कार्यकर्ताबीच झपड भई दुःखद् घटना भएपछि आयोगले निर्वाचनसँग सम्बन्धित गतिविधि सञ्चालन गर्दा संयमता अपनाउन अनुरोध गरेको हो । आयोगले यही असार १४ गते हु ... read more...

  • भारतीय पत्रकारको टोलीलाई नेपालमा स्वागत

    काठमाडौँ, ५ असार । भारतीय क्रियाशील पत्रकार महासङ्घका अध्यक्ष के विक्रम रोयको नेतृत्वमा नेपाल भ्रमणमा रहेका १२५ सदसीय पत्रकार टोलीलाई स्वागत गरिएको छ । परराष्ट्र मन्त्रालय, नेपाल पत्रकार महासङ्घ, सूचना विभाग र नेपाल पर्यटन बोर्ड लगायतले सो टोलीलाई स्वागत गरेका हुन् । टोलीमा केही श्रीलङ्काका पत्रकारसमेत छन् । ‘विश्वनाथबाट पशुपति’ नाम दिएर वाराणसीबाट यात्रामा निस्केको सो टोली भैरहवाबाट न ... read more...

  • चुनाव सार्नुपर्ने कारण थिएन, मधेसी नेताका अघि सरकार लाचार

    इलाम, ५ असार । नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले असार १४ गते हुन गइरहेको दोस्रो चरणको निर्वाचनलाई कुनै पनि शक्तिले रोक्न नसक्ने बबताएका छन् । इलाम सदरमुकाममा सञ्चारकर्मीसँग कुराकानी गर्दै नेता खनालले सरकारको लाचारीपनले गर्दा चुनाव सरेको उल्लेख गरे ।  उनले भने, निर्वाचन सार्नुपर्ने कुनै कारण थिएन । मधेसका दुई चार जना नेताको अघि सरकारले लाचारीपन देखायो ।' पूर्वप्रम ख ... read more...

  • मुलुकलाई सम्बृद्धिको बाटोमा डोर्‍याउन कांग्रेसले जित्नुपर्छ: नेता शाही

    काठ्माण्डौ । नेपाल तरुण दलका महामन्त्री भुपेन्द्रजंग शाही चुनावी प्रसारका लागि देश दौडाहामा होमिएका छन् । झण्डै दुई दशकपछि भएको स्थानिय तहको निर्बाचनमा नेपाली कांग्रेसका उम्मेद्वारहरुलाई बिजयी गर्ने अभियानमा शाही देश दौडाहामा होमिएका हुन् । नेपाली कांग्रेस कालिकोटका माहासमिति सदस्य समेत रहेका शाही चुनावी प्रचार प्रसार अन्तरर्गत पूर्वी नेपालका बिभिन्न जिल्लाहरुमा रहेका छन् । मुलुकलाई सम्ब ... read more...

  • माओवादी केन्द्र र समाजवादीबीच तालमेल

    विराटनगर, ४ असार । नेकपा माओवादी केन्द्र र सङ्घीय समाजवादी फोरम नेपालले मोरङको विराटनगर महानगरपालिकासहित चारवटा स्थानीय तहको निर्वाचनमा तालमेल गरेको छ । ती दुई पार्टीले संयुक्त पत्रकार सम्मेलन गरी प्रमुख र उपप्रमुख पदमा तालमेल गरिएको र अन्य पदमा आ–आफ्नै तरिकाले निर्वाचनमा सहभागी हुने जानकारी गराएको छ । सोअनुसार विराटनगर महानगरको प्रमुख पदमा सङ्घीय समाजवादी फोरम नेपालका उम्मेदवार उमेश यादवलाई ... read more...

  • विकास तथा समृद्धि गर्न काँग्रेस नेतृत्वको आवश्यकता: डा महत

    पाँचथर, ३ असार । नेपाली काँग्रेसका नेता डा रामशरण महतले गरिब विपन्न जनताको जीवनस्तर उकास्न र मुलकको विकास तथा समृद्धि गर्न स्थानीय तहमा पनि काँग्रेस नेतृत्वको आवश्यकता रहेको बताएका छन् । पाँचथर र इलामको सिमानास्थित राँके बजारमा आज नेपाली काँग्रेसले आयोजना गरेको चुनावी सभामा उहाँले काँग्रेसका उम्मेदवारले मात्रै मुलुकको विकास र समृद्धि गर्न सक्ने भएकाले आसन्न स्थानीय तहको निर्वाचनमा पाटीका उम्मेदवार ... read more...

  • राजपाको निर्वाचनमा सहभागी नहुने निर्णय

    काठमाडौँ, २ असार । राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा सहभागी नहुने भएको छ । राजपाको बैठकले जारी आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिने र निर्वाचनमा सहभागी नहुने निर्णय गरेको हो । बैठकले राजपासँग सरकारले गरेको सम्झौता विपरीत एकतर्फी निर्वाचनको कार्यक्रम घोषणा गरेको निर्णयलाई अमान्य ठहर गरेको छ । साथै आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिने निर्णय गरेको अध्यक्ष मण् ... read more...

  • यस कारण हटायो आयोगले २ नम्बर प्रदेशमा आचारसंहिता

    काठमाडौँ, २ असार । निर्वाचन आयोगले २ नम्बर प्रदेशमा लगाइएको आचारसंहिता अब कायम नरहने नरहने जनाएको छ । सरकारले २ नम्बर प्रदेशको निर्वाचन सार्ने निर्णय गरेपछि यसअघि त्यस प्रदेशमा लगाइएको आचारसंहिता पालना गर्न नपर्ने बताएको हो । सरकारले विहिबार २ नम्बर प्रदेशको निर्वाचन आगमाी असोज २ गते गर्ने निर्णय गरेको थियो । आयोगले यो निर्णयले दुरगामी असर पर्ने वा ... read more...

  • निर्वाचन सार्ने निर्णयले मुलुकलाई दूरगामी असर गर्छ: पोखरेल

    काठमाडौँ, २ असार । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले २ नं प्रदेशको निर्वाचन तेस्रो चरणमा गर्ने सरकारको निर्णयले लोकतान्त्रिक अभ्यासमा मुलुकमा दूरगामी असर पर्ने बताएका छन् । प्रेस चौतारी नेपालले आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा नेता पोखरेलले संविधान र लोकतन्त्रको मर्मविपरीत सरकारले सो निर्णय गरेको आरोप लगाउँदै त्यसको विरोधमा जनस्तरमा झन्डाफोर गरिने गर्ने बताए ।  उनले एमालेले सं ... read more...

  • बिखण्डनकारी तत्वहरुको मनोबल बढ्यो, राष्ट्रिय एकता कमजोर भयो: एमाले

    काठमाडौं, १ असार । सरकारले २ नम्बर प्रदेशमा स्थानीय तहको निर्वाचन आगामी असोज २ गते अर्थात तेस्रो चरणमा गर्ने निर्णय गरेपछि त्यसको चौतर्फी आलोचना भएको छ । सत्ता पक्ष र विपक्षी नेताहरुले नै त्यसको खुलेर विरोध गरेका हुन् । त्यतिमात्र नभई सामाजिक सञ्जालभर प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्व सरकारले नालायक र गैरजिम्मेवार निर्णय गरेको भन्दै व्यापक आक्रोश र आलोचना दुवै भइरहेको छ । मन्त्रिपरिषद्को निर्ण ... read more...

  • 'राजपाको के माग हो भन्नेबारे अझैसम्म पनि स्पष्ट हुन सकिएको छैन'

    काठमाडौ, ३१ जेठ । नेकपा (एमाले) का नेता रघुवीर महासेठले राष्ट्रिय जनता पार्टीले राखेका जायज माग सम्बोधन गर्न एमाले तयार रहेको बताएका छन् । एक साक्षात्कारमा उनले देश टुक्र्याउने वा विखण्डन गर्ने खालका मागबाहेक मधेसी जनता र मधेसको हितमा हुने जुनसुकै माग मान्न एमाले तयार रहेको बताएका हुन् । 'राजपाको के माग हो भन्नेबारे अझैसम्म पनि स्पष्ट हुन सकिएको छैन' भन्दै राजपा विभिन्न बहाना बनाई निर्वा ... read more...

  • कडा  सुरक्षा व्यवस्था मिलाउनुस्:प्रमुख निर्वाचन आयुक्त यादव

    काठमाडौँ, ३१ जेठ । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले स्थानीय तहको निर्वाचनमा मनोनयन पत्र दर्तालगायत कार्यका लागि भरपर्दो सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिएका छन् । निर्वाचन भाड्ने तत्व सक्रिय भएको देखेपछि उनले यो निर्देशन दिएका हुन । राष्टिय जनता पार्टी र  नेत्र विक्रम चन्द नेतृत्व (विप्लव) माओवादी निर्वाचन भाड्ने र हुन नदिने भन्दै आन्दोलनमा रहेकै बेला प् ... read more...