• +977 9841468702
  • info@cpostnews.com

समाज

  • मठमन्दिरलाई 'पापको भारी' बोकाउने थलो बनाईंदै

    गोरखा । २१ औं शताब्दीमा पनि हिन्दुधर्म र संस्कृतिमा रहेको विकृति र कुसंस्कृती हट्नुको सट्टा अझै मौलाइरहेको  छ । नेपालको चर्चित पर्यटकीय एवं धार्मिकस्थल मनकामना मन्दिरमा पन्छिको बलिप्रथा रोकेको ५-६ बर्ष भइसक्यो । तर धर्मको नाममा भाकल गर्ने र पशुपन्छिको बलि दिनेप्रथा भने अझै नरोकिएको मन्दिरका पुजारीले बताएका छन् । मनकामना मन्दिरका पुजारीले भने, 'परेवालाई बलि दिनुको सट्टा मन्दिर परिसरमा उडा ... read more...

  • जोड्दा जोड्दै यसरी भाँचियो लार्चाको पुल

    सिन्धुपाल्चोक । तातोपानी फुल्पिङकट्टी जोड्ने लार्चाको निर्माणधिन बेलीब्रिज पुल भाँचिएको छ । दिउँसो दुई बजे बेलीब्रिजलाई जोड्ने क्रममा भाँचिएको हो । पुल भाचिँदा अहिले बाटो अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख मोहनप्रसाद पोख्रेलले जानकारी दिएका छन् । पोख्रेलका अनुसार अहिले पुल भाँचिएर बाटो अवरुद्ध भएपनि केहि समयपछि खुलाइने जानकारी दिए । गत साउनमा आएको भोटेकोसी बाढी र पहिरोबाट पुलमा क्षत ... read more...

  • अचानक आएको खुसी, 'टिन पाते विद्यायल' को अब भवन बन्ने

    सिन्धुली । सिन्धुलीको घ्याङलेक गाउँपालिका वडा नम्बर-५ बगरटोलस्थित रहेको माटेखानी बालज्योती प्राथमिक विद्यायलको भवन निर्माण हुने भएको छ । 'टिनको टहरा, चिसो ढुंगामाथि बसेर कापीमा भविश्य कोर्दै स-साना नानीहरु' भन्दै केही सञ्चारमाध्याममा खबर सार्वजनिक भएपछि सहयोगी हातहरु भेटिएका हुन् ।  सो खबर सार्वजनिक भएपछि एकाएक सामाजिक सञ्जाल फेसबुकमा पनि फैलियो । उक्त खबरले सामाजिक अभियन्ता दुर्गानाथ दाहालला ... read more...

  • चावहिल-जोरपाटी-साँखु सडकखण्ड बनेन, अब ठेकेदारलाई 'कालोमसो'

    काठमाडौं । चावहिल-जोरपाटी-साँखु सडकखण्डको कालोपत्र गर्ने काम अगाडि नबढ्दा सर्वसाधारणले भने ठूलो सास्ती व्यहोनु परिरहेको छ । दुई बर्ष बढिदेखि सडक धुलाम्मे, हिलाम्मे र खाल्टाखुल्टीका कारण दैनिक १५ मिनेट मात्र लाग्ने बाटो जामका कारण करिब दुई घण्टा लम्बिने गरेको छ । पटक-पटक सर्वसाधारण, स्थानीय बुद्धिजीवी, राजनीतिक दलका प्रतिनिधि, सडक विभाग र मन्त्रालयका प्रतिनिधिबीच सडकको कालोपत्र छिटोभन्दा छिटो सम्पन ... read more...

  • आज महाशिवरात्रि पर्व, आराध्यदेव शिवको पूजाराधना गरी मनाइँदै

    काठमाडौँ । आज मुलुकभर महाशिवरात्रि पर्व आराध्यदेव शिवको पूजाराधना गरी मनाइँदैछ । फागुनकृष्ण चतुर्दशीका दिन मनाइने यो पर्व वैदिक सनातन हिन्दू धर्मावलम्बीहरुले बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गएर श्रद्धाभक्तिपूर्वक पूजाराधना गरेर मनाउँछन् । शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका र ... read more...

  • जन्मोत्सव मनाउने नयाँ तरिका: एक दिने स्वास्थ्य शिविर

    काभ्रे । सामाजिक अभियन्ता दुर्गानाथ दाहालले आफ्नो जन्म दिनको अवसर पारेर एक दिने स्वास्थ्य शिविर कार्यक्रम आयोजना गरेका छन् । अभियन्ता दाहालले आफ्नो जन्मदिन अर्थात शनिबारको दिन आफ्नै गाउँ काभ्रेको नालामा भूकम्प पीडितहरुका लागि स्वास्थ्य शिविर राखेका हुन् । उक्त शिविर सञ्चालनका लागि थापाथलीस्थित रहेको नर्भिक अस्पतालको चिकित्सकीय टोली र अस्पतालकै निर्देशक मेघा चौधरी शाक्यको पहलमा निशुल्क औषधी उपलब्ध ... read more...

  • ‘पहिलो महिला शेर्पा पत्रकार सगरमाथा आरोहण २०१८’ को तयारीमा डोमा

    काठमाडौँ । पर्यतीय पर्यटनको प्रवद्र्धन र नव आगन्तुक पत्रकार महिलालाई हौसला दिने उद्देश्यका साथ पत्रकार डोमा शेर्पाले आगामी चैतमा सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने घोषणा गरेकी छन् । पत्रकार सम्मेलन गर्दै उनले ‘पहिलो महिला शेर्पा पत्रकार सगरमाथा आरोहण २०१८’ को तयारीका लागि गत मंसिर २५ गते सोलुखुम्बुमा रहेको छ हजार १८९ मिटर उचाइको आइसल्याण्ड पिकमा सफल आरोहण गरेको जानकारी दिइन् । उनले भनिन ... read more...

  • स्वास्थ्यकर्मीले दिए चेपाङलाई न्यानो कपडा

    हेटौंडा । मकवापुरको पश्चिमी राक्सिराङका बिपन्न चेपाङहरुलाई स्वास्थ्यर्कीहरुले न्यानो कपडा बितरण गरेका छन् । राक्सिराङ ९ स्थित खैराङ स्वास्थ्य चौकीमा कार्यरत स्वाथ्यकर्मीहरुले ५ वर्ष मुनिका एकसय ४० जना बिपन्न चेपाङ बालवालिका तथा गरिब र असायह चेपाङहरुलाई न्यानो कपडा र ब्याङ्केट बितरण गरेका हुन् । स्वाथ्य चौकीका अहेब सन्तोष श्रेष्ठ र बिएनएमटी नेपालमा कार्यरत सिएचएस दिपेश थापाको पहलमा कपडा बितरण गरिएक ... read more...

  • यसरी पक्राउ परे ग्रिन भ्यालीका प्रिन्सिपल थापासहित ७ जना जुवाडे

    भक्तपुर । महानगरिय प्रहरी परिसर भक्तपुरले ६ जना जुवाडेलाई पक्राउ गरेको छ । जुवा खालबाट पक्राउ पर्नेमा ग्रिन भ्याली सेकेण्डरी स्कुलका प्रिन्सिपल पनि रहेको प्रहरीले जनाएको छ । प्रहरीले उनीहरुलाई शुक्रबार जुवा खेलिरहेको समयमा चाँगुनारायण नगरपालिका वडा नम्बर-६ स्थित सानुभाई श्रेष्ठको घरमा छापा मारी पक्राउ गरेको थियो । पक्राउ पर्नेमा चाँगुनारायण नगरपालिका वडा नम्बर-८ सुडालका प्रिन्सिपल समेत रहेका बिक्र ... read more...

  • दिगो विकास र लक्ष्यहरु सम्वन्धि एकदिने सम्मेलन सम्पन्न

    काठमाडौं । दिगो विकास र लक्ष्यसहित (२०१६–२०३०) अन्तर्राष्ट्रिय सिकाइ र भोगाइ सम्वन्धि एकदिने सम्मेलन सम्पन्न भएको छ । सो सम्मेलन मध्यपश्चिमाञ्चल विश्वविद्यालय, अन्तर्राष्ट्रिय साझेदारी र विकास कार्यक्रम (एमआइसीडी), ईन्टरनेशनल स्कुल अफ एड्भान्स स्टडिज (आइसास), कोअपरेशन एण्ड डेभलवमेन्ट नेटवर्क (सिडिएन) लगायतका विभिन्न संघ संस्थाहरुको संयुक्त आयोजनामा गरिएको थियो ।  सम्मेलनमा नेपाल राष्ट्र ... read more...

  • मनाङको प्रत्येक गाउँमा एउटा पानीघट्ट: 'मोटर पुग्यो तर मिल छैन'

    मनाङ । मनाङवासी अझै परम्परागत पानी घट्टमा कुटनीपिसनी गरेर जीविकोपार्जन गर्न बाध्य छन् । जिल्लाका अधिकांश वस्तीमा बिजुली बत्ती, मोटर बाटोको सुविधा पुगे पनि दैनिक जीवनको लागि अति आवश्यक पर्ने कुटानीपिसनी आधुनिक मिल भने छैन । यस जिल्लामा धान खेती भने हुँदैन । यस जिल्लाको मुख्य बाली फापर गहुँ, करु र आलु हुन् । उत्पादन भएका अन्नबालीलाई पिस्नको लागि खोला किनारमा पानी घट्ट बनाएर पिस्दै गुजारा चलाएका छन् ... read more...

  • बुधबार खग्रास चन्द्रग्रहण, १५२ वर्षपछिको दुर्लभ खगोलीय घटना

    काठमाडौँ । माघ शुक्ल पूर्णिमाका दिन बुधबार बेलुकी खग्रास चन्द्रग्रहण लाग्ने भएको छ । यही माघ १७ गते बेलुकी ५ बजेर ५५ मिनेटमा चन्द्रमा उदाउने र बेलुकी ६ बजेर ३६ मिनेटमा इशान कोणबाट ग्रहणले छुने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । ग्रहणको मध्यकाल ७ बजेर १७ मिनेटमा हुनेछ । आठ बजेर ५७ मिनेटमा पश्चिमबाट ग्रहणको मोक्षकाल हुने अर्थात् ग्रहण सकिने समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दए ... read more...

  • 'जाडोमा न्यानो' नारासहित मुसहरबस्तीमा राहत वितरण

    सर्लाही । ७ बर्षअघि स्थापित भएको यूएन पार्क समूह, लायन्स क्लब अफ काठमाडौं सम्बृद्धि, लियो क्लब अफ काठमाडौं सम्वृद्धि अन्तरगत सम्बृद्धि मेगा कलेज च्याप्टरको संयुक्त आयोजनामा ‘जाडोमा न्यानो’ नारासहित सर्लाहीको मुसहरबस्तीमा राहत सामाग्री वितरण गरिएको छ । सो राहत सामाग्री सर्लाहीको ईश्वरपुरबेला उच्च माध्यामिक विद्यालयमा अध्ययनरत पिछडिएका विद्यार्थीहरुलाई वितरण गरिएको हो । एकदमै पिछडिएको सर ... read more...

  • हिमपातले राजमार्ग अवरुद्ध, नून र बालुवाको प्रयोग गरी हिउँ हटाउँदै

    हेटौँडा । त्रिभुवन राजपथको दामन र सिमञ्ज्याङमा दिउँसो पानीसँगै बाक्लो हिमपात हुँदा राजमार्ग अवरुद्ध भएको छ । अहिले पनि सो स्थानमा हिउँ परिरहेको र अहिले बाटोमा दुई फिट हिउँ जमेकाले हेटौंडाबाट काठमाडौ आउँदै गरेका र काठमाडौँबाट हेटौँडा जाँदै गरेका सवारीसाधन दामन र सिमभञ्ज्याङमै रोकिएको इलाका प्रहरी कार्यालय पालुङले जनाएको छ । यसैबीच, राजमार्गमा रहेको हिउँ हटाउन हेटौँडाबाट प्रविधिज्ञसहित नून र बालुवा ... read more...

  • अब सुरक्षित महानगरः १६ स्थानमा सिसी क्यामेरा जडान

    काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नं १० का विभिन्न स्थानमा आजदेखि सिसी क्यामेरा प्रयोगमा ल्याइएको छ । एक कार्यक्रमकाबीच कामपाका प्रमुख विद्यासुन्दर शाक्यले शुभारम्भ गरेका हुन् । वडा कार्यालय रहेको स्थानको एक किलोमिटर वरपर १६ स्थानमा क्यामेरा जडान गरिएको हो । कामपाको वडा नं १० मैतीदेवी सेतोपुलदेखि शङ्खमुलसम्मलाई लिइन्छ भने वडा कार्यालय रत्नराज्य विद्यालय नजिक रहेको छ । सो अवसरमा कामपाका प्रमुख श ... read more...

  • श्रीपञ्चमी मनाइँदै: सरस्वतीलाई एक दर्जन बढि नामले यसरी पुकारिन्छ

    काठमाडौँ । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी आज देशभर मनाइँदैछ । वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या, बुद्धि बढ्ने विश्वास रहेको छ । आज देशभरका सरस्वती मन्दिरमा पूजा आराधना गर्न श्रद्धालुको भीड लाग्छ । विद्यालय नपठाइएका साना बालबालिकालाई आजकै दिनदेखि अक्षरारम्भ गराउने चलन छ । आजका दिन लेखपढ गर्न सिकाए राम्रो विद्या आ ... read more...

  • बारा औधापुरका शीतलहर पीडितलाई न्यानो कपडा

    बारा । बाराको कलैया उपमहानगरपालिका–२ स्थित औधापुरका शीतलहरपीडितलाई शनिबार न्यानो कपडा वितरण गरिएको छ । सो वितरण श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, वसन्त चौधरी फाउण्डेशन  र दीनानाथ स्मृति प्रतिष्ठान काभ्रेपलाञ्चोकले गरेको हो । शनिबार परिषद्का अध्यक्ष मातृका प्याकुरेल, प्रतिष्ठानका अध्यक्ष दुर्गानाथ दाहाललगायतको टोलीले औधापुर पुगेर त्यहाँका अतिविपन्न अपाङ्गतायुक्त, वृद्धवृद्धा र एक ... read more...

  • यसरी भयो ‘आमाछोरी बुटिक’ को सुरुवात

    काठमाडौं । हाँस्यकलाकार मनोज गजुरेलसँग भखैरै डिभोर्स गरेकी मिना ढकालले ‘आमाछोरी बुटिक’ खोलेकी छन् । काठमाडौंको मध्यबानेश्वरमा खोलिएको ‘आमाछोरी बुटिक’ को सञ्चारकर्मी अनिता विन्दु र गायिका कमल वलीले संयुक्त रुपमा शुक्रबार उद्घाटन गरेका हुन् । ‘मन्त्र दिव्य स्क्वायर’ पहिलो तलामा रहेको उक्त बुटिकले ग्राहकको चाहना अनुसार नयाँ नयाँ डिजाइनका फेशन उपलब्ध गराउने जनाएको छ ... read more...

  • बौद्धस्तुपाबाट चर्चित पर्यटकीय स्थल नमोबुद्धसम्म सिधा बस सेवा

    काठमाडौं । आन्तरिक पर्यटनलाई बृद्धि गर्ने उदेश्यले पहिलो पटक राजधानीको बौंद्धदेखि काभ्रेको पर्यटकीय क्षेत्र नमोबुद्धसम्म सिधा बस सेवा सञ्चालनमा आएको छ । उक्त बस सेवा आज नेपाली कांग्रेसका युवा नेता एवं काभ्रे क्षेत्र नम्बर-१ प्रदेश सभा 'ख' का उम्मेदवार गणेश लामाले उद्घाटन गरेका हुन् । उक्त बस सेवा उद्घाटन गर्दै नेता लामाले बौंद्धबाट उक्त बस सेवा सञ्चालन गर्दा आन्तरिक पर्यटनमा मात्र टेवा नपुगि ... read more...

  • लालपूर्जा नेपालीको हातमा, रातारात जमिन पुग्यो भारतमा

    बीरगंज । बीरगंज छपकैयास्थित नेपाल-भारतको सिमानमा सिमा स्तम्भ निर्माण गर्ने क्रममा नेपालको ५० बीघा जमिन भारतमा पारेपछि त्यसको ब्यापक विरोध भइरहेको छ । उता आफ्नो जमिन भारतमा परेको भन्दा पनि मुलुकको सिमा खुम्चिएकोमा छपकैयाबासीको बढि चिन्ता छ । तर, नालायक सरकारका कारण नेपालीले आफ्नै आंखाको सामान्ने राताराता ५० बीघा जमिन गुमाउनु परेको छ । आंखै अगाडि जंगे पिलर र सहायक पिलर सार्दा पनि नेपाल सरकार चुप लाग ... read more...