• +977 9843987244
  • info@cpostnews.com

समाज

  • पूर्वसीडिओको कर्तुत: बाहलवाला हुँदा अतिचार, पूर्व भएपछि अत्याचार !

    काठमाडौं । नेपालको निजामति कर्मचारी कतिसम्म भ्रष्ट हुन्छन् भन्ने विषय खुला किताब जस्तो छ । केहीबाहेक प्राय उच्च ओहदामा पुगेका व्यक्तिको भ्रष्टाचारलिलाको रेकर्ड अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेका कारबाहीको तथ्यांकले नै पुष्टि गर्छ । बाहलवाला हुँदा अतिचार गरी अकुत सम्पत्ति कुम्ल्याएका कतिपय अधिकारी भने पूर्व भएपछि अत्याचारमा उत्रिने उदाहरण पनि कम छैनन् । त्यसमध्येका एक हुन् पूर्वप्रमुख जिल्ला ... read more...

  • सरकारी जग्गा मिचेर यसरी बनाइयो भाटभटेनी र एनआरएन भवन

    काठमाडौं । मुआब्जा दिएर सरकारले अधिग्रहण गरेको बालुवाटारस्थित ललितानिवासले चर्चेको जग्गामा भाटभटेनी सुपरमार्केट र गैरआवासीय नेपाली संघ (एनआरएनए) का भौतिक संरचना निर्माण गरिएको तथ्य खुलेको छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोग र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो स्रोतका अनुसार डिल्लीबजार मालपोत कार्यालयका कर्मचारीसँग मिलेर ललितानिवासका तत्कालीन भोगाधिकारीले भूमाफिया र व्यापारीलाई अनधिकृत रूप ... read more...

  • 'नागरिकता विद्येयक राष्ट्रघाती छ, तत्काल खारेज गर्नुपर्छ'

    काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीले संसदमा प्रस्तुत नागरिकता विद्येयक तत्काल खारेज नगरे राष्ट्रियतानै खतरामा पर्ने स्पष्ट पारेका छन् । अध्यक्ष केसीले सदनमा प्रस्तुत उक्त विद्येयक तत्काल खारेज नगरे नेपालको अस्तित्व नै समाप्त हुने खतरा औंल्याए । उनले भने,‘नागरिकता विद्येयक सदनमा छलफलकै क्रममा छ, तर मन्त्रिपरिषदको बैठकले देशैभरिका जिल्ला प्रशासन ... read more...

  • अब सगरमाथालगायत अन्य हिमाली क्षेत्रका फोहर ब्यवस्थापन हुने

    काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथा तथा अन्य हिमाली क्षेत्रको आरोहरणका क्रममा जम्मा भएको फोहरको ब्यवस्थापन हुने भएको छ । 'पृथ्वीमा जीवन रक्षाका लागि हिँउ बचाँउ' भन्ने मुल नाराका साथ हिमाली क्षेत्रको फोहर व्यवस्थापन गर्न क्रियाशिल संस्था ग्लोवल कन्र्सन सेन्टर अफ् नेपाल र मठमन्दिर, टोल तथा नदीलगायत विभिन्न सामाजिक काममा क्रियाशिल संस्था एड्मायर नेपालबीच उक्त काम गर्न सम्झौता पत्रमा हस्ताक्षर भए ... read more...

  • बारा-पर्साको घटनाप्रति पूर्वराजाद्धारा दुःख व्यक्त

    काठमाडौं । आइतबार साँझ आएको हावाहुरीबाट बारा र पर्सा जिल्लामा गरी २७ जनाको ज्यान गएको तथा ६०० भन्दा बढी घाइते भएको खबर सार्वजनिक भएपछि पूर्वराजा ज्ञानेन्द्र शाहले दुःख प्रकट गरेका छन् । विज्ञप्ति जारी गर्दै उनले उक्त घटनामा परी घाईते हुनेहरुका लागि शीध्र स्वास्थलाभको कामना पनि गरेका छन् । पूर्वराजाको सचिवालयबाट जारी विज्ञप्तिमा भनिएको छ,'बारा र पर्सा जिल्लामा चैत्र १७ गते आईतबार साँझ आएको हाव ... read more...

  • ठेकेदारले ढुवानी नगर्दा हिमाली गाउँपालिकामा खाद्य सङ्कट

    बाजुरा । बाजुरामा समयमै ठेकेदारले चामल ढुवानी नगर्दा खाद्य सङ्कट भएको छ । जिल्लाको हिमाली गाउँपालिकामा खाद्य सङ्कट भएको हो । ठेकेदारले चामल ढुवानी गर्न असोजमा सम्झौता गरेको भए पनि अहिलेसम्म गाउँपालिकाको कवाडी डिपोमा चामल ढुवानी भएको छैन । चामल ढुवानी नहुँदा गाउँपालिकामा चरम खाद्य सङ्कट भएको वडा नं ५ का अध्यक्ष अम्मलाल कार्कीले बताए । हिमाली-३ विच्छँया चन्द्रबहादुर बुढथापाले भने, 'गाउँबाट चामल किन् ... read more...

  • गैरआवसीय नेपालीलाई सम्मान गर्दै त्रिअविमा एनआरएन डेस्क सञ्चालन

    काठमाडौं । नेपाल सरकारले पहिलो पटक सम्मान स्वरुप गैरआवासीय नेपालीहरुको सहायताका लागि एनआरएन डेस्क सञ्चालनमा ल्याएको छ । नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल त्रिअविमा विहिबारदेखि उक्त डेस्क सञ्चालनमा आएको हो । सरकारले विश्वभर छरिएर रहेका गैरआवासीय नेपालीलाई स्वदेश आउँदा तथा विदेश जाँदा सहज होस भन्ने उदेश्यका साथ उक्त डेस्क स्थापना भएको हो । विगत लामो समयदेखि गैरआवासीय नेपाली संघले सरकार ... read more...

  • ४ लाख ३५ हजार रुपैयाँसहित १६ जना जुवाडे समातिए

    काठमाडौं । महानगरीय प्रहरी प्रभाग गोंगबुले ४ लाख ३५ हजार रुपैयाँसहित १६ जुवाडेलाई पक्राउ गरेको छ । प्रभागले उनीहरुलाई दिउँसो बानियाँटारबाट पक्राउ गरेको हो । उनीहरुको साथबाट ६ बुक तास पनि बरामद भएको छ । पक्राउ परेका जुवाडेहरुलाई जुवा ऐन अन्तर्गत कारबाही गरिने प्रभागले जनाएको छ । ठूलो जुवा चलिरहेको गोप्य सूचनाको आधारमा प्रभागबाट खटिएको टोलीले जुवा अखडामा छापा मार्दा जुवाडेहरु राम बुढाथोकी, नमिर ... read more...

  • नेपाल-जापान समझदारीः नेपाली श्रमिकलाई जापानी सरह सेवासुविधा

    काठमाडौँ । निकै आकर्षक गन्तव्यका रुपमा रहेको जापानमा नेपाली कामदारलाई रोजगारीका अवसर उपलब्ध गराउन मार्ग प्रशस्त भएको छ । नेपाल सरकार र जापान सरकारका अधिकारीबीच आज भएको नेपाली श्रमिक पठाउनेसम्बन्धी ‘सहयोग समझदारी’ले जापानी कानूनबमोजिम नेपाली श्रमिकले रोजगारीको सेवा, सुविधा एवं शर्तमा जापानी नागरिक सरह समान व्यवहार प्राप्त गर्ने व्यवस्था सुनिश्चित गरेको छ । नेपाली श्रमिकले प्राप्त गर्ने ... read more...

  • हुलाकी सडक: दुई वर्षको म्याद सकियो, सडक अधुरै

    परासी । पश्चिम नवलपरासीस्थित परासी-नारायण चोक (गोपीगञ्ज) हुलाकी सडक निर्माण गर्ने सम्झौता गत फागुन १४ गते सकियो । २०७३ फागुनमा सम्झौता भई निर्माण शुरु भएको राष्ट्रिय गौरवको यो आयोजना म्याद सकिँदासम्म जम्मा ३० प्रतिशत मात्र काम भएको छ । दुई वर्षको म्याद सकिँदासमेत सडक अधुरै रहेपछि निर्माण अलपत्र पर्ने हो कि भन्ने चिन्ताले स्थानीयवासीलाई सताउन थालेको छ । नदीजन्य पदार्थको अभाव देखाउँदै निर्माण कम्पनी ... read more...

  • मलेसियामा अलपत्र नेपालीलाई स्वदेश फर्काइयो

    काठमाडौँ । मलेसियामा अलपत्र परेका नेपालीलाई सरकारी खर्चमा स्वदेश फर्काइएको छ । हवाई टिकटको खर्च व्यहोर्न नसकी घरफिर्ती केन्द्रमा अलपत्र रहेका १६ नेपालीलाई दूतावासले विभिन्न चरणमा उद्धार गरी स्वदेश फर्काएको हो । गत फागुन ३० गते जुरु घरफिर्ती केन्द्रबाट छ र बिहीबार जोहरवारु घर फिर्ती केन्द्रबाट १० जना नेपालीको उद्धार गरी नेपाल पठाइएको दूतावासले जनाएको छ । अलपत्र नेपालीको उद्धार गर्ने बहानामा पीडितको ... read more...

  • हर्षोल्लासका साथ मनाइँदै रंगहरुको पर्व फागुपूर्णिमा अर्थात होली

    काठमाडौँ । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व बुधबार हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदैछ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ । केही वर्ष अघिसम्म उपत्यकामा उत्ताउलो रुपमा मनाइने यो पर्व प्रहरीको सक्रियताका कारण पछिल्लो समय सभ्य बन्न थालेको छ । सडकमा काम विशेषले हि ... read more...

  • वेलकमले 'स्वच्छ होली, खेलौ मन खोली' भन्दै होली पर्व मनायो

    काठमाडौं । रंगहरुको पर्व फागुपूर्णिमाको पूर्वसन्ध्यामा वेलकम एडभरटाईजिङ्गले आफ्नै प्राङ्गणमा होली पर्व विशेष कार्यक्रम गरी मनाएको छ । वेलकमले आपसी एकता, सद्भाब, भाइचारा, मित्रता र प्रेमको प्रतिकको रुपमा रहेको होली पर्व आफ्नै प्राङ्गणमा धुमधामसँग मनाएको जनाएको हो । वेलकमले आफ्ना कर्मचारीहरुकाबीच आत्मियता र सद्भाबका साथ धुमधामसँग 'स्वच्छ होली, खेलौ मन खोली' भन्ने नारासहित एकआपसमा रंग लगाउँदै शुभकामन ... read more...

  • ड्रिम हाउस इन्टरनेशनल लिमिटेडको विवाद अख्तियारसम्म

    काठमाडौं । काठमाडौं क्षेत्र नम्बर–३ का सांसद कृष्ण राई अध्यक्ष रहेको ड्रिम हाउस इन्टरनेशनल लिमिटेडको विवाद अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्म पुगेको छ । उक्त पब्लिक लिमिटेड कम्पनीका असन्तुष्ट लगानीकर्ताहरुले सेयरधनीहरुबाट उठेको रकम चरम दुरुपयोग भएको भन्दै अख्तियारमा उजुरी हालेका हुन् । उजुरीमा पब्लिक लिमिटेड कम्पनीका अध्यक्ष तथा सांसदमाथि चरम आर्थिक दुरुपयोग गरेको आरोप लगाइएको छ । असन्तुष् ... read more...

  • हुम्लामा फेरी हिमपातः तापक्रम माइनसमा पुग्यो, हवाई सेवा रोकियो

    हुम्ला । दुई महिना लगातार नरोकिएको हिमपात फेरी आजदेखि हिउँ पर्न शुरु भएको छ । जिल्लामा बिहिबार रातिदेखि मौसम फेरबदल भएसँगै हिमपात शुरु भएको हो । लामो समयको हिमपातले यहाँको जनजीवन अझै कष्टकर बनाएको थियो । हिमपातसँगै जिल्लामा चिसो निकै बढेको र हावाहुरी चलिरहेको छ । हिमपात भएपछि जिल्लामा चिसो बढेको तापक्रम माइनसमा झरेको छ । हिमपात हुँदा जिल्लाको एकमात्र हवाई यातायात पनि आजदेखि ठप्प भएको छ । जिल्लाबाट ... read more...

  • अस्पताल रणभूमीमा परिणतः लाठिचार्ज र अश्रुग्याँस प्रहार

    काठमाडौं । जोरपाटी, अत्तरखेलस्थित रहेको नेपाल मेडिकल कलेज रणभूमीमा परिणत भएको छ । आलोपोटबाट अस्पतालसम्म आफैं हिँडेर आएका ४२ बर्षीय विरामी सुर्दशन फुँयालको लापरबाहीका कारण आज मृत्यु भएपछि अस्पतालमा तनाब सृजना भएको हो । आक्रोशित भिडले अस्पताललाई तोडफोड गरेका छन् । आक्रोशित स्थानिय र प्रहरीको दोहरो झडपमा दुवैतर्फका गरी एक दर्जन बढि घाइते भएका छन् । हिजो अस्पतालमा भर्ना भएका फुँयालको आज ... read more...

  • अन्तर्राष्ट्रिय नारी दिवसमा पदयात्रा

    काठमाडौँ । सञ्चारमाध्यम भित्र र सञ्चारमाध्यमार्फत सबैतिर महिला सहभागिताको महत्वलाई प्राथमिकता दिई सहभागिता बढाउन दबाब दिने उद्देश्यले पदयात्रा गरिएको छ । ‘समावेशी सञ्चारः महिलामत्रै व्यवहार’ मूल नाराका साथ फ्रिडम फोरम, नेपाल वातावरण पत्रकार समूह, नेपाल पत्रकार महासङ्घ, सञ्चारिका समूह, नेफेजलगायत विभिन्न १७ सङ्घसंस्थाको संयुक्त आयोजनामा भृकुटीमण्डपबाट शुरु भएको पदयात्रा भद्रकाली, शहीदगे ... read more...

  • १ लाख ९६ हजार रुपैयाँसहित आधा दर्जन जुवाडे महिला समातिए

    काठमाडौं । प्रायजसो जुवा अखडाबाट पुरुष जुवाडेहरु पक्राउ पर्ने गरेका छन् । तर राजधानीमा घरानियाँ र धनाड्य परिवारका महिलाहरु पनि लाखौंमा जुवा खेल्ने गरेको रहस्य त्यतिबेला सार्वजनिकि भयो, जतिबेला महानगरीय प्रहरी बृत्त बौंद्धले छापा मारेको एक जुवा अखडाबाट आधा दर्जन बढि महिलाहरु पक्राउ परे । प्रहरीले काठमाडौं महानगरपालिका वडा नम्बर-६ माँकालस्थित एक घरमा छापा मार्ने क्रममा नगद एक लाख ९६ हजार १५० रु ... read more...

  • उद्योगी शिवकुमार अग्रवालको निधन

    काठमाडौं । एमएस ग्रुपका अध्यक्ष तथा वरिष्ठ उद्योगी शिवकुमार अग्रवालको भारतको चेन्नाईमा ७६ बर्षको उमेरमा निधन भएको छ । उनको स्वास्थ्यमा समस्या देखिएपछि एक हप्ताअघि थप उपचारका लागि भारत लगिएको थियो । उद्योगी अग्रवाल लामो समयदेखि मुटु तथा मृगौला रोगबाट पिडित थिए । अग्रवालका श्रीमती र दुई छोरा तथा एक छोरी रहेका छन् । उनको पशुपति आर्यघाटमा शुक्रबार अन्त्यष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ । एमएस ग्र ... read more...

  • सांसदको उदाहरणीय कामः पुत्रको पास्नी खर्च सामाजिक संस्थालाई दान

    काठमाडौं । प्रदेश नं. ३ (क) का सांसद, समाजसेवी एबम् नेपाली काँग्रेसका युवा नेता छिरिङ दोर्जे लामा र उनकी पत्नी अनु प्रशाई लामाले आफ्नो पुत्रको अन्नप्राशन (पास्नी) गर्दा लाग्ने खर्च एक सामाजिक संस्थालाई प्रदान गरेका छन् । उनीहरुले आफ्नो पुत्रको अन्नप्राशन भोज नगरी उक्त रकम बौद्धिक अपाङ्गता भएका बालबालिकाहरुका लागि काम गर्दै आएको संस्था नयाँ जीवन नेपाललाई प्रदान गरेका हुन् । शिवरात्रीको अव ... read more...