• +977 9843987244
  • info@cpostnews.com

समाज

  • नायब उपरीक्षक चन्द सम्मानित

    काठमाडौं । महानगरीय प्रहरी बृत्त बौंद्धका प्रमुख डिएसपी नरेन्द्र चन्द सम्मानित भएका छन् । समुदाय-प्रहरी साझेदारी कार्यक्रममार्फत समुदायका लागि प्रशंसनीय काम गरेको भन्दै उनलाई सम्मान गरिएको हो । त्रिज्योति मावि कपनले आयोजना गरेको वार्षिकोत्सव कार्यक्रममा महिला बालबालिका तथा जेष्ठ नागरिकमन्त्री थममाया थापाले डिएपी चन्दलाई सम्मान गरेकी हुन् । समुदाय-प्रहरी साझेदारी विस्तार तथा गठन कार्यक्रम प्रभावकार ... read more...

  • पशुपतिलगायत देशभरका शिवालयमा बिहानैदेखि भक्तजनको भीड

    काठमाडौँ । महाशिवरात्रिका अवसरमा आज बिहानैदेखि पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा पूजाआजा एवं दर्शन गर्ने भक्तजनको भीड लागेको छ । पर्वका अवसरमा बिहान ३ बजेदेखि नै पशुपतिका चारै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । बिहानैदेखि लाखौँ भक्तजन पशुपतिनाथ मन्दिरमा दर्शनका लागि लाममा बसेका छन् । आज पशुपति मूल मन्दिर प्रवेशका लागि बाहिरबाट तीन मूल मन्दिर परिसरमा प्रवेश गरेपछि पाँच लाइनको व ... read more...

  • राजकीय सम्मानका साथ अधिकारीको अन्त्येष्टि

    काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का दिवङ्गत नेता तथा पूर्वउपप्रधानमन्त्री एवं अर्थमन्त्री भरतमोहन अधिकारीको आज राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । पशुपतिस्थित आर्यघाटमा नेता अधिकारीको पार्थिव शरीरमा उनका सुपुत्रीत्रय लुना, लिमा र लिजाले संयुक्तरूपमा दागबत्ती दिएका थिए । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद् बैठकले उनको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय ग ... read more...

  • वरिष्ठ पत्रकार गौतमको निधन

    काठमाडौँ । वरिष्ठ पत्रकार मुरारीप्रसाद गौतमको निधन भएको छ । ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचाररत रहेका ६९ बर्षीय गौतमको गए राति निधन भएको हो । शनिबार दिउँसो मुटुमा समस्या आएपछि उनलाई अस्पतालमा भर्ना गरिएको थियो । रहस्य साप्ताहिकका सम्पादक रहेका गौतम लामो समयदेखि मुटुरोगबाट पीडित रहेका थिए । रहस्य साप्ताहिक विगत ४६ वर्षदेखि काठमाडौँबाट निरन्तर प्रकाशित हुँदै आइरहेको छ । गौतमको आज पशुपति आर्यघ ... read more...

  • वाह्रविसे नगरले मनायो अन्तर्राष्ट्रिय खुल्ला तथ्यांक दिवस

    वाह्रविसे । वाह्रविसे नगरपालिकाले अन्तर्राष्ट्रिय खुल्ला तथ्यांक दिवस मनाएको छ । अन्तर्राष्ट्रिय खुल्ला तथ्यांक दिवसको अवसरमा वाह्रविसे नगरपालिकाले प्रभातफेरी निकाली कार्यक्रम आयोजना गरेको छ । स्थानीय सरकारको काम कारवाहीलाई पारदर्शी बनाउन र प्रत्येक नागरिकलाई सूचनाको पहूँचमा पु¥याउन वाह्रविसे नगरले वाह्रविसे बसपार्क हुँदै खुर्सानीबारीसम्मपरिक्रमा गरेको हो । नगरले जारी गरेका नीति नियम, नगर सभाक ... read more...

  • पार्टी कार्यालयमा श्रद्धाञ्जली, आजै अन्त्येष्टि

    काठमाडौँ । उपचारका क्रममा शनिबार राति दिवङ्गत भएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवं पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारीको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को धुम्बाराहीस्थित केन्द्रीय कार्यालयमा राखिएको छ । अहिले बिहान ९ बजेदेखि मध्याह्न १२ बजेसम्म पार्टी कार्यालयमा श्रद्धाञ्जलिका लागि राखिने र त्यसपछि आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने पार्टी केन्द् ... read more...

  • पुनः वर्षा दोहोरिने: 'हिमपातले गाउँ फर्कनै पाएनन् मनाङवासी'

    काठमाडौँ । गत मङ्गलबार प्रवेश गरेको पश्चिमी वायुको प्रभाव आज सकिएपछि मौसम सफा रहेता पनि शनिबारबाट पुनः वर्षा शुरु हुनसक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शनिबार अर्कौ जलवाष्पयुक्त नयाँ प्रणाली प्रवेश हुने भएकाले वर्षाको सम्भावना रहेको मौसमविद् मीनकुमार अर्यालले बताए । उनका अनुसार आज मौसममा केही सुधार भई घाम लागे पनि भोलिदेखि फेरि प्रभावित हुनेछ । देशको अधिकांश भू–भागमा मध्यमदेख ... read more...

  • अधिकारीको राजकीय सम्मानका साथ अन्त्येष्टि रामघाटमा हुने

    पोखरा । हेलिकप्टर दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको श्रद्धाञ्जली कार्यक्रम पोखराको प्रदर्शनी केन्द्रमा हुने भएको छ । काठमाडौँबाट आज मध्याह्न दिवङ्गत मन्त्री अधिकारीको पार्थिव शरीर पोखराको विमानस्थलमा ल्याएपछि प्रदर्शनी केन्द्रमा राखिने गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा विकासमन्त्री रामशरण बस्नेतले जानकारी गराए । मन्त्री बस्नेतका अनुसार नेता अधि ... read more...

  • हेलिकप्टर दुर्घटनाको मुख्य कारण: 'मौसमको खराबी'

    काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीसहित सवार एयर डाइनेष्टीको हेलिकप्टर आज ताप्लेजुङको दारेभीर, सिस्ने खोलामा दुर्घटना हुनाको कारण मौसम खराबी भएको देखिएको छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीका अनुसार हेलिकप्टर दुर्घटना हुनाको प्रारम्भिक कारण मौसमको खराबीले भएको हो । मन्त्री अधिकारीसहितको टोली तेह्रथुमको चुहानडाँडा विमानस ... read more...

  • म्याग्दीमा चौँथोपटक वर्षासँगै हिमपातः चिसोले जनजीवन प्रभावित

    गलेश्वर । म्याग्दीको माथिल्लो क्षेत्रमा बुधबार बिहानैदेखि वर्षासँगै हिमपात भएको छ । वर्षा र हिमपातका कारण यहाँको जनजीवन प्रभावित बनेको छ ।जिल्लाको माथिल्लो क्षेत्रमा यस वर्ष चौंथो पटक हिमपात भएपछि हिउँदेबाली र जनजीवनमा प्रतिकूल असर परेको छ । बालीमा बढी चिसोका कारण क्षति पुगेको छ भने मानिस र पशु चौपाया जाडोका कारण कठ्याङ्ग्रिएर बस्न बाध्य भएका छन् । मङ्गलबार दिउँसो मौसम सफा भए पनि बेलुकीदेखि ग्रामी ... read more...

  • सहसचिवले कुटपिट गर्दै शक्तिको आडमा ज्यान मार्न खोजेपछि..

    काठमाडौँ । तारकेश्वर नगरपालिका वडा नम्बर-२ का क्षेत्रप्रसाद ढकालले आफुलाई आफ्नै छिमेकी तथा नेपाल सरकारका सह–सचिव रुद्रप्रसाद लामिछानेले कुटपिट गरेको आरोप लगाएका छन् । ढकालले रुदै न्याय दिन सरकारसमक्ष अपिल गरेका छन् । पीडित ढकालले रुद्रप्रसाद लामिछानेले आफुलाई पद र शक्तिको आडमा पटकपटक दुःख दिँदै आएको गुनासो पोखे । बिनाकारण सहसचिव लामिछाने आफुलाई ज्यान मार्ने योजना बनाएको पनि ढकालले आरोप लगाए ... read more...

  • कार्यालयनै रित्याएर चौताराका मेयर सुकुटे बगरमा

    सिन्पुपाल्चोक । चौतारा साँगाचोकगढी नगरपालिकाका नगरप्रमुख अमानसिं तामाङसहितको टोली कार्यालय नै रित्तो बनाएर सृुकुटे पुगेको छ । उनीहरु सुकुटे आसपास भइरहेका नदीजन्य पदार्थको अवैध उत्खनन् बारे अनुगमन गर्न सुकेटे पुगेका हुन् । नगरपालिकाको सम्पूर्ण सेवा ठप्प पारेर मेयरसहित नगरपालिकाको कर्मचारी अनुगमनमा गएपछि सेवाग्राही भने समस्यामा परेका छन् । नगरपालिकाको कार्यकारी प्रमुख इन्द्र बस्याल, योजना तथा प्रशास ... read more...

  • दुवै मिर्गौला फेल भएकी यशोदाको बाँच्ने रहर

    सिन्धुली । दुवै मिर्गौला बिग्रिएर जीवनमरणको दोसाँधमा पुगेकी सिन्धुली जिल्ला दुधौली नगरपालीका वडा नं. २ की यशोदा खड्काको उपचारका लागि सहयोग गरिदिन उनका बुबा लालबाहादुर खड्काले आग्रह गरेका छन् । दुवै मिर्गौला फेल भएर निरन्तर डाइलाइसिस गराइरहेकी सिन्धुलीको दुधौली नगरपालीका वडा नं. २ नयाँटोलकी २३ वर्षिय यशोदाको किड्नी प्रत्यारोपण गर्न आवश्यक रकम जुटाइदिन उनका बुवाले आग्रह गरेका हुन् । उनले करिव नौ महि ... read more...

  • 'निर्णय प्रक्रियामा सिमान्तकृत समूहको सहभागिता आवश्यक'

    काठमाडौँ । संविधानको मर्मअनुरुप स्थानीय तहको निर्णय प्रक्रिया र पद्धतिमा महिला तथा सिमान्तकृत समुदायको सार्थक सहभागिता अभिवृद्धि गर्न आवश्यक रहेको सो क्षेत्रका विज्ञहरुले जोड दिएका छन् । फ्रिडम फोरमले आयोजना गरेको ‘सार्वजनिक क्षेत्रको जवाफदेहीताका लागि महिला तथा सीमान्तकृत समुदायको लोकतान्त्रिक निर्णय प्रक्रियाहरूमा अर्थपूर्ण सहभागिता’ विषयक राष्ट्रिय कार्यशाला गोष्ठीमा ती क्षेत्रका वि ... read more...

  • ‘स्मार्ट’ सडक बत्ती जडान हुँदै: 'यात्रु र सवारी नभए बत्ती आफैँ निभ्ने'

    ललितपुर । ललितपुर महानगरपालिकाका मुख्य सडकमा ‘स्मार्ट’ बत्ती जडान गर्ने तयारी शुरु भएको छ । महानगरपालिका र नेपाल विद्युत् प्राधिकरणको सहकार्यमा महानगरका मुख्य सडकमा बत्ती जडान हुन लागेको हो । चालू आर्थिक वर्षभित्रमा सम्पन्न गर्ने योजनासहित ठेक्का सम्झौता भएको महानगरपालिकाका प्रवक्ता राजु महर्जनले बताए । उनका अनुसार महानगरका पाँच मुख्य सडकमा ‘स्मार्ट’ बत्ती जडान गर्न लागिएको ... read more...

  • नख्खु बम विस्फोटमा संलग्न भएको आशंकामा ६ जना समातिए

    ललितपुर । प्रहरीले ललितपुर महानगरपालिका-४ नख्खुस्थित रहेको एनसेलको कार्यालयमा बम विस्फोट गराएको आशंकामा ६ जनालाई पक्राउ गरेको छ । पक्राउ परेका ६ जना अनुसन्धानका क्रममा भएकाले थप विवरण केही पनि खुलाइएको छैन । शुक्रबार राति भएको उक्त विस्फोटमा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका थिए । बम विस्फोटमा परी गम्भीर घाइते भएका ललितपुर भैसेपाटी बस्ने लमजुङ मेलुङका ४९ वर्षीय सिंहप्रसाद गुरूङको ... read more...

  • बम बिस्फोटमा गम्भीर घाइते भएका गुरुङको मृत्यु

    ललितपुर । ललितपुरको नक्खुमा भएको बम बिस्फोटमा परी गम्भीर घाइते भएका सिंहप्रसाद गुरुङको मृत्यु भएको छ । शुक्रबार साँझ ८ बजे भएको बम बिस्फोटमा घाइते भएको गुरुङलाई उपचारका लागि तत्काल मेडिसिटी अस्पतालमा पुयाएको भएता पनि उनको उपचारका क्रममा आज मृत्यु भएको ललितपुर प्रहरीले जनाएको छ । ललितपुर प्रहरीका अनुसार घाइते प्रतिक्षा खड्का र आयुषा मानन्धरको अवस्था सामान्य रहेको छ ।  ... read more...

  • उपत्यका एक्कासी अशान्तः एनसेल टावरमा बम विष्फोट, तीन घाइते

    काठमाडौँ । ललितपुरस्थित नक्खुमा रहेको एनसेल टावरमा बम विष्फोट भएको छ । महानगरीय प्रहरी परिसर ललितपुरका अनुसार नक्खु चोकस्थित रहेको एनसेल टावरमा शुक्रबार साँझ ७ः५५ बजे अज्ञात समूहले बम विष्फोट गराएको हो । उपत्यकामा अज्ञात समूहले एक्कासी बम आतंक मच्चाउन सुरु गरेपछि विगत लामो समयदेखि शान्त रहेको उपत्यका अशान्त बनेको छ ।  उता जताततै बम भेटिएपछि सुरक्षा निकाय नै चकित परेका छन् । त्य ... read more...

  • विषादीयुक्त मदिरा उत्पादन गर्ने भट्टीहरुमा प्रहरीको छापा

    काठमाडौं । अवैध तथा विषादीयुक्त मदिरा उत्पादन गर्ने भट्टीहरुमा फेरी महानगरीय प्रहरी बृत्त बौंद्धले छापा मारेको छ । यसअघि पटकपटक छापा मारेर अवैध मदिरा उत्पादन गर्ने कच्चा पदार्थ र मदिरा नष्ट गर्दै आएको बौंद्ध बृत्तले पुनः भट्टी सञ्चालनमा आएको सूचनापछि आफ्नो क्षेत्रमा रहेका अखडाहरुमा छापा मारेको हो । बृत्तका डिएसपी नरेन्द्र चन्दको नेतृत्वमा गएको टोलीले मदिरा तयार गर्नका लागि राखिएको १६ हजार लिटर कच् ... read more...

  • यौन दुव्र्यहार गर्ने त्रिविका सहायक डिन निलम्बित

    काठमाडौँ । केन्द्रीय त्रिभुवन विश्वविद्यालयको कार्यकारी परिषद्ले शिक्षाशास्त्र सङ्कायका सहायक डिन बबुवालाल साहलाई निलम्बन गरेको छ । आज बसेको परिषद्को आकस्मिक बैठकले साहलाई निलम्बन गर्ने निर्णय गरेको रजिस्टार डिल्लीप्रसाद उप्रेतीले जानकारी दिए । उनका अनुसार त्रिविमा ट्रान्सक्रिप्ट निकाल्न आएकी एक छात्रालाई यौन दुव्र्यहार गरेको आरोपमा उनलाई प्रहरीले नियन्त्रणमा लिएपछि त्रिविको जिम्मेवारीबाट हटाइएको ... read more...