• +977 9843987244
  • info@cpostnews.com
मुख्य खबर

समाज

  • एक लाख सात हजार नगदसहित ९ जुवाडे पक्राउ

    काठमाडौँ । नेपाल प्रहरीले रु एक लाख सात हजार ५१० नगदसहित नौ जुवाडेलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग स्वीचाटारबाट खटिएको प्रहरी टोलीले नागार्जुन नगरपालिका-९ स्वीचाटारस्थित सीताराम बुढाथोकीको घरमा जुवा खेलिरहेको अवस्थामा बुधबार राति पक्राउ गरेको हो । पक्राउ परेकासँग प्रहरीले तास र नगद बरामद गरेको छ । पक्राउ परेकासँग आवश्यक अनुसन्धान भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । रासस ... read more...

  • मोटरसाइकल चोरी गर्ने गिरोहका ११ सदस्य कीर्तिपुर प्रहरीको फन्दामा

    काठमाडौं । नेपाल प्रहरीले राजधानीका विभिन्न स्थानबाट मोटरसाइकल चोरी गर्ने ११ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त कीर्तिपुरले चन्द्रागिरि, नागार्जुन, कीर्तिपुरलगायतका विभिन्न स्थानबाट हराएका नौ वटा मोटरसाइकलसहित ११ जनालाई पक्राउ गरेको हो । वृत्तका प्रमुख, प्रहरी नायब उपरीक्षक छेदुलाल कामतीले एकान्त स्थानबाट मोटरसाइकल चोरी गर्ने गिरोहलाई पक्राउ गरिएको जानकारी दिए । पक्राउ पर्नेमा कीर्तिपुर ... read more...

  • २ लाख ७ हजार रूपियाँसहित ७ जुवाडे समातिए

    भक्तपुर । महानगरीय प्रहरी प्रभाग दधिकोटबाट खटिएको प्रहरीले ७ जना जुवाडेलाई पक्राउ गरेको छ ।  पक्राउ परेका जुवाडेहरुको साथबाट प्रहरीले २ लाख ७ हजार ८ सय ८५ रूपियाँ र एक बुक तास समेत बरामद गरेको जनाएको छ । प्रहरीले भक्तपुर सूर्यविनायक नगरपालिका ४ दधिकोट सिम्लेस्थित पासाङ तामाङको जस्ताको टहरामा जुवातास खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो । पासाङ तामाङसहित ७ जना जुवाडे पक्राउ परेको र उनी ... read more...

  • तराईका अधिकांश भूभागमा हुस्यु र हुहिरो

    काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पश्चिम तराईका एक दुई स्थानहरुमा शितलहरुको अवस्था देखिएको छ । तराईका अधिकांश भूभागमा हुस्सु र कुहिरोले ढाकेको छ । पहाडी भूभागमा भने र्आंशिक बदली हुने संभावना बढि रहेको छ । साथै तराईका भूभागमाम राम्रोसँग घाम नलाग्ने भएकाल चिसोबाट बच्ने उपाहरु अपनाउन मौसम विभागले आग्रह .गरेको छ ।  ... read more...

  • 'सिन्धुपाल्चोकको बस दुर्घटना सडकको कारण होईन'

    काठमाडौं । सडक विभागका महानिर्देशक केशब शर्माले सडक दुर्घटना न्यूनिकरणको लागि सरोकारवाला सबै पक्षबीच समन्वय र सामूहिक प्रयास हुुनुपर्नेमा जोड दिएका छन् । पछिल्लो समय ठूलो मानवीय क्षतिसहितका सडक दुर्घटना बढेपछि राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधामन्त्री केपी शर्मा ओलीबाट पनि चासो भएको सुनाउँदै आफूहरु सबै सम्बन्धित निकायबाट सुझाव दिएको सुनाए । महानिर्देशक शर्माले सडक दुर्घटनाका कारण धेरै रहेको सुन ... read more...

  • नौमती बाजा बजाउने महिला समूहको ऐतिहासिक सशक्तिकरण अभियान

    काठमाडौ । महिलाहरुको एउटा समूहले नौमती बाजामार्फत् समाजमा महिला सशक्तिकरण र सचेतनाको अभियानलाई गति दिएका छन् । उनीहरुले परम्परागत पञ्चेबाजा संरक्षण र संवद्र्धन गर्दै सामाजिक परिवर्तनको अभियान चलाएका हुन् । पत्रकार सम्मेलन गर्दै महिला नौमतीबाजा समूहले महिलालाई वाद्यवाधनमा सक्रिय बनाएर सामाजिक परिवर्तनको अभियान चलाएको जानकारी गराएको छ । समुहकी अध्यक्ष जानुका पौडेलले यो समुहका महिलाले देशमा पहिलो पटक ... read more...

  • काँग्रेसका इमान्दार नेता तथा पूर्वसांसद ढुंगेलको निधन

    भक्तपुर । नेपाली काँग्रेस पार्टीका नेता तथा सांसद रामेश्वर ढुंगेलको निधन भएको छ । उनी दोस्रो संविधानसभाको निर्वाचनमा भक्तपुरबाट निर्वाचित भएका थिए । उनको महाराजगञ्जस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको थियो । उपचारकै क्रममा उनको मंगलबार निधन भएको हो । उनी नेपाली काँग्रेसमा निष्ठावान तथा इमान्दार नेताका रुपमा परिचित थिए । नेपाली काँग्रेले उनके निधनबाट पार्टीलाई अपुरणीय क्षति पुगेको भन्दै श्रद्धाञ्जल ... read more...

  • पश्चिमाञ्चलबाट फर्केका पूर्वराजाको बुधबारदेखि पूर्वाञ्चल भ्रमण

    काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह बुधबार पूर्वाञ्चल भ्रमणमा निस्कन लागेको छन् । पश्चिमाञ्चल भ्रमणबाट फर्किएका उनी करिब ३ सातापछि पूर्वाञ्चल भ्रमणमा निस्कन लागेका हुन् । पूर्वराजासँगै पूर्वरानी कोमल र उनका निजी सचिव सागर तिमिल्सिना पनि उनको साथ जाने बुझिएको छ । एक महिना लामो बसाइका क्रममा विभिन्न मठ मन्दिरको दर्जन तथा पूजाआजा गर्ने कार्यक्रम रहेको छ । बुधबार ११ बजे बुद्ध एयरको जहाजबाट उनी भ ... read more...

  • 'अन्य महिला भन्दा अपाङ्गता भएका महिलामाथिको यौन हिंसा डरलाग्दो'

    काठमाडौं । अपाङ्गता भएका नागरिकमाथि हुने यौन तथा लैङ्गिक हिंसा बारेको अध्ययन प्रतिवेदन सार्वजनिक गरिएको छ । राष्ट्रिय सभाका सांसद रामनारायण विडारीले एक समारोहबीच सोमबार उक्त प्रतिवेदन सार्वजनिक गरेका हुन् । प्रतिवेदन पाँच महिना लामो अनुसन्धानपछि तयार पारिएको अनुसन्धाता डा. विरेन्द्रराज पोखरेलले बताए । सो प्रतिवदेनमा अपाङ्गता भएका महिलामाथिको यौन हिंसा अन्य महिला भन्दा चार गुणा बढी हुने तथ्य सार्बज ... read more...

  • ७ बुँदे घोषणापत्र जारी गर्दै सकियो सञ्जालको साधारण सभा

    काठमाडौं । महिला मानव अधिकार रक्षकहरुको राष्ट्रिय संजालको १६ औँ परामर्श गोष्ठी तथा १२ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभामा ७ वटै प्रदेशबाट १५० भन्दा बढी महिला मानव अधिकार रक्षकहरुको उपस्थिथि रहेको थियो । सभामा महिलाको श्रमसँग सम्बन्धित प्रमुख सवाल, चुनौती र महिलाको श्रम मर्यादित हुने वातावरण तयारीका लागि आवश्यक रणनीति तथा कार्यहरुका बारेमा परामर्श तथा छलफल भएको थियो । उक्त परामर्शबाट आएका ... read more...

  • सुनकोशी-७ स्थित पाँच किलो घुम्तीमा दुर्घटना, एक दर्जन बढिको मृत्यु

    सिन्धुपाल्चोक । दोलखाको कालिञ्चोकबाट भक्तपुर जाँदै गरेको यात्रुबाहक बस आज बिहान दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । बा २ ख ४४६८ नम्बरको उक्त बस सिन्धुपाल्चोकको सुनकोशी-७ स्थित पाँच किलो घुम्तीमा दुर्घटना भएको हो । उक्त ब्रेक फेल भएपछि सडकबाट करिब २ सय मिटर तल बस खसेको थियो । कालिञ्चोक तीर्थ यात्रा गराएर फर्किदै गरेको उक्त रिजर्भ गाडीका यात्रुहरु भक्तपुर आइरहेका थिए । घ ... read more...

  • १६ औं राष्ट्रिय ज्यापु दिवस समापन, दर्जन बढि सम्मानित

    ललितपुर । १६ औं राष्ट्रिय ज्यापु दिवस सम्पन्न भएको छ । प्रमुख अतिथि उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वार पोखरलको आथित्यमा सम्पन्न भएको उक्त कार्यक्रममा ज्यापु दिवस तथा तथा यःमरी पुन्ही पर्वको उपलक्ष्यमा भएको कार्यक्रममा कवि, गीतकार, गायक, चित्रकार तथा कलाकार सुरेन्द्र महर्जन (अंमर) लाई सम्मान गरिएको थियो । मंगल सिंहको सभापतित्वमा सम्पन्न कार्यक्रम उपत्काकाको विभिन्न भाग परिक्रम गर्दै बसन्तपुरम ... read more...

  • तस्करीमा परेका बालबालिकालाई ‘जीन्दगीको उडान’ सर्कस देखाइने

    काठमाडौं । बालबालिकाको हितमा सक्रिय रहँदै आएको संस्था ‘राउन्ड टेबल नेपाल’ ले सर्कसको आयोजना गर्ने भएको छ । पत्रकार सम्मेलन गरी राउन्ड टेबलले बाल्यावस्थामा तस्करीमा परी उद्धार भई फर्किएकाहरुको संस्था ‘सर्कस काठमाडौं’ सँगको समन्वयमा आउँदो शनिबार ‘जीन्दगीको उडान’ नाम दिइएको सर्कस देखाउने जानकारी गराएको छ । कार्यक्रम २८ मंसिरको अपरान्ह साढे तीन देखि साढे पाँच बजेसम् ... read more...

  • नेपालको नतिजाबाट पूर्वराजा ज्ञानेन्द्र पनि गदगद्

    काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र विरविक्रम शाहले पनि १३ औं दक्षिण एशियाली खेलकुद (साग) मा ल्याएको नेपालले नतिजाप्रति खुसी प्रकट गरेका छन् । उनले सम्पन्न सागमा सहभागि सार्क राष्ट्रका प्रतिनिधि खेलाडी एवम् विभिन्न स्पर्धामा प्रथम, द्धितिय र तृतीय भई स्वर्ण, रजत र कास्य पदक विजेताहरुलाई बधाई तथा शुभकामना समेत प्रकट गरेका छन् । नेपालले १३ औं एशियाली खेलकुद (साग) मा ५१ स्वर्ण, ६० रजत र ९५ कास्य गरी कुल ... read more...

  • पत्रकार पिट्ने डिएसपी राठौरलाई तत्काल कारबाही गर्न माग

    काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) को समाचार संकलन गर्न पुगेका नागरिक दैनिक तथा नेपाल खेलकुद पत्रकार मञ्चका सदस्य सुमन चापागाईमाथि कुटपिट गर्ने डिएसपी सन्तोषसिंह राठौरलाई कारबाहीको मञ्चले माग गरेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को मुख्य प्रवेशद्वार नजिकै तस्बिर लिने क्रममा रहेका पत्रकार चापागाईलाई डिएसपी राठौरलगायतको समूहले अपशब्द प्रयोग गर्दै जथाभावी बुट प्रहार गरेका थिए । एक जनाल ... read more...

  • लेकाली बस्तीका आपाङ्ग र असाहायले पाए न्यायो कपडा

    सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको हिमाली बस्तीका आपाङ्ग, असाहाय र गरिब परिवारले जाडोमा न्यानो कपडा पाएका छन् । भोटेकोसी गाउँपालिका-१ लिस्तिका ७० जना आपाङ्ग तथा असाहयले जाडोका लागि न्यायो कपडा अर्थात कम्बल पाएका हुन् । वडा कार्यालयले सबै समुदायमा गएर आपाङ्गको तथ्याङ्क संकलन गरी जाडोको लाागि कम्बल वितरण गरिएको जनाएको छ । वडा कार्यालय १ ले सोमबार न्यायो कपडा वितरण गरेको हो । वडा कार्यालयले गरेको कम्बल ... read more...

  • हिलाम्मे-धुलाम्मे सडक विस्तार योजनाः सरकार मुद्दैमुद्दाको घेरामा

    काठमाडौं । सडक विस्तारका क्रममा स्थानीय नागरिकले विभिन्न माग राख्दै लगातार अवरोध गर्ने र अदालतमा मुद्दा दिने कार्य जारी राखेपछि सरकारले अडान छाडेको छ । स्थानीयको अवरोधकै कारण सडक विस्तारका लागि ठेक्का सम्झौता भएको चार वर्ष बिते पनि प्रगति नभएपछि सरकार लचिलो बनेको हो । आयोजनाका इन्जिनियर विश्वविजयलाल श्रेष्ठले सडक विस्तारमा अवरोध जारी रहेको र ठेक्काको म्यादसमेत गुज्रँदै जाँदा समस्या हुने भएकाले विस ... read more...

  • स्कुले एक बालिकालाई ट्रकले किचेपछि कोहलपुर तनावग्रस्त

    बाँके । बिहान करिब १० बजेको समयमा बाँकेको कोहलपुर नेपालगञ्ज खडकखण्डमा ट्रकले एक विद्यार्थीलाई किचेपछि कोहलपुर पुरै तनाबग्रस्त बनेको छ । कोहलपुरमा रहेको त्रिभुवन माध्यामिक विद्यालयमा अध्ययनरत कक्षा ७ की प्रकृति चन्दलाई २ ख ९४५९ नम्बरको ट्रकले किचेको हो । उक्त घटनालगत्तै आक्रोशित विद्यार्थी स्थानियहरुले उक्त ट्रकको तोडफोड तथा आगजनी गरेका हुन् । ट्रक चालकलाई भने प्रहरीले बचाएको छ । आक्रोशित भिडलाई नि ... read more...

  • ‘भारतको भूमि चाहिएको छैन र हाम्रो भूमि एक इन्च पनि छाड्दैनौँ’

    काठमाडौं । नेकपा नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले भारतले अतिक्रमण गरेको भूमि कुनै पनि हालतमा फिर्ता लिएरै छाड्ने बताएका छन् । बुधबार इलामको सूर्योदय नगरपालिकास्थित फिक्कलमा पाँचदिने सूर्योदय महोत्सवको समापन कार्यक्रममा बोल्दै खनालले यस्तो बताएका हुन् । अतिक्रमित भूमिबारे नेपालमा ऐतिहासिक एकता कायम भएको भन्दै खनालले नेपालीहरूबीचको एकता नै समस्या समाधानको ग्यारेन्टी भएको बताए । ‘ज ... read more...

  • मालपोत कार्यालय परिसरबाटै समातिए नासु मिश्र र सहयोगी गौतम

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट खटिएको टोलीले मालपोत कार्यालय भक्तपुरमा कार्यरत नायब सुब्बा नारायणराज मिश्र र कार्यालय सहयोगी भाईकाजी गौतमलाई रंगेहात घुस रकमसहित पक्राउ गरेको छ । सेवाग्राहीको मोही लागत कट्टा गर्ने भन्दै मिश्रले कार्यालय सहयोगी गौतममार्फत ४० हजार घुस मागेका थिए । उक्त सूचना पाएसँगै उनलाई अख्तियारबाट खटिएको टोलीले मंगलबार उनीहरु दुवैलाई घुस लिइसकेको अवस्थामा कार्यालय ... read more...