• +977 9843987244
  • info@cpostnews.com
मुख्य खबर

समाज

  • ठेकेदार कम्पनीको लापरबाहीले सडक जाम, विरामीको बाटैमा मृत्यु

    धादिङ । रौटहतबाट उपचारका लागि राजधानी आउँदै गरेका एक विरामीको नौबिसे-नागढुङ्गा सडकखण्डमा घण्टौंसम्म परेको जामका कारण समयमै उपचार हुन नसकी मृत्यु भएको छ । मृत्यु हुनेमा मृगौला पीडित रौतहटको गरुडा-८ निवासी ३५ वर्षीय रुपलाल साह रहेका छन् । उनको पृथ्वीराजमार्गस्थित महादेवबेंसी बजारमा जाममा परेको बेला बिहान ५ बजे मृत्यु भएको आफन्तले जानकारी दिए । उक्त सडकखण्डमा शुक्रबार विहान दुई बजेदेखि जाम सुरु भएको ... read more...

  • 'विप्लव' सूमहका उपत्यका इन्चार्ज नविन नख्खु कारागार चलान

    ललितपुर । राज्य विरुद्धको अपराध, विष्फोटक पदार्थ, संगठित अपराध र ज्यान मार्ने उद्योगमा पक्राउ परेका नेपाल कम्पयूनिष्ट पार्टी (विप्लव समूह) का तत्कालिन ललितपुर जिल्ला इन्चार्ज तथा हालका उपत्यका व्यूरो इन्चार्ज हितमान भन्ने नविन विक जेल चलान भएका छन् । ललितपुरको नख्खुस्थित एनसेल कार्यालय अगाडि भएको बम बिस्फोटको घटनामा उनको संलग्नता देखिएको भन्दै ललितपुर प्रहरीले पक्राउ गरेको थियो । गत असोज ६ गते पक् ... read more...

  • कृषि विकास बैंक ह्याकिङ प्रकरण: ठेकेदार भुसाल नै समातिए

    काठमाडौं । महानगरीय प्रहरी अपराध महाशाखाले कृषि विकास बैंक ह्याकिङ प्रकरणमा स्याङ्जाका ठेकेदार रामकृष्ण भुसाललाई बिहिबार दिउँसो पक्राउ गरेको छ । उक्त प्रकरणमा पक्राउ पर्ने भुसाल प्रतिक्षा निर्माण सेवाका प्रोपाइटर रहेको महाशाखाका एसएसपी सहकुल थापाले जानकारी दिए । उक्त प्रकरणलाई नजिकबाट अनुसन्धान गरिरहेको महाशाखाले कृषि विकास बैंकबाट ह्याक भएको रकममध्ये भुसालको खातामा ६५ लाख रुपैयाँ ट्रान्सफर भएको द ... read more...

  • शुक्र अस्तमा पनि पण्डितबाजे पाठपूजामा मस्त

    काठमाडौं । प्रधानमनत्री केपी शर्मा ओलीलाई हिन्दु धर्म र दर्शनशास्त्र विपरित शुक्रअस्त भएको बेला दुई महत्वपूर्ण कार्यालय शिलान्यास गराउन सहयोग गर्ने पण्डितलाई कारबाही हुने भएको छ । साउन ४ गतेदेखि असोज १० गतेसम्म शुक्र अस्त परेको र भदौ २८ गते देखि सोह्रश्राद्ध लागेको समयमा शुभ कार्य गर्न हुँदैन । तर प्रधानमन्त्री केपी शर्मा ओलीले यही अवधिमा करिव ९ अर्ब रुपैयाँको लगानीमा सिंहदरबारस्थित पुतलीबगौंचामा ... read more...

  • उदण्ड राँगोलाई नियन्त्रणमा लिन एकाविहानै गोली प्रहार

    काठमाडौं । तपाईलाई समाचार पढ्दै अचम्म लाग्न सक्छ कि राजधानीलगायतका विभिन्न ठाउँमा गुण्डा, अपराधीलाई गोली प्रहार गर्ने प्रहरीले एउटा उदण्ड राँगोलाई नियन्त्रणमा लिन पनि गोली प्रहार गरेको छ । तराईबाट मासुका लागि राजधानी ल्याइएको एउटा राँगोले मंगलबार एकाविहानै ट्रकबाट झार्ने वित्तिकै आक्रमण गर्न सुरु गर्यो । राँगोको आक्रमणबाट चार जना घाइते भए । त्यसपछि त्यहाँबाट राँगो भागेको थियो । भागेको राँगोलाई महा ... read more...

  • सिसी क्यामराले भेट्टायो हराएको एक हजार पाउण्ड

    काठमाडौं । त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयले लण्डन जान लागेका यात्रु श्रीबाबु भट्टराईको हराएको १ हजार पाउण्ट भेट्टाएर टर्मिनल ड्युटी अधिकृत कक्ष नागरिक उड्ययन कार्यालयलाई बुझाएको छ । यात्रु भट्टराई विदेश प्रस्थान गरिसकेका कारण उक्त ब्याग नागरिक उड्ययन कार्यालयलाई बुझाएको त्रिअवि सुरक्षा कार्यालयले जनाएको छ । प्रहरीले विमानस्थलमा जडित क्यामराको माध्याममार्फत उक्त हराएको कालो रंगको ब्याग फेला पा ... read more...

  • वैदेशिक रोजगार ठगी मुद्दाका फरार विमलालाई प्रहरीले समात्यो

    काठमाडौं । बैदेशिक रोजगार ठगी मुद्दाका फरार एक जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-१० ठेगाना भएकी ४६ वर्षीय विमला थापा रहेकी छन् । उनलाई थापागाउँ बानेश्वरबाट आइतबार प्रहरीले पक्राउ गरेको हो । वैदेशिक रोजगार न्यायाधिकरणको २०७४ असार २६ गतेको फैसलाले १ वर्ष ६ महिना कैद र १ लाख ५० हजार रुपैयाँ जरिवाना ठहर भएपछि उनी फरार रहेकी थिइन । उनलाई केन्द्रीय अनुसन्धान ... read more...

  • मेलेम्चीको काम घरबेटीलाई, आयोजना प्रमुख कँडेलको सरुवा

    काठमाडौं । खानेपानी मन्त्री विना थापा मगर र मेलम्ची खानेपानी आयोजना विकास समितिका प्रमुख सूर्य कँडेलबीच बढेको विवाद अन्ततः सुरुवा भएर टुंगिएको छ । मन्त्री बिनासँग आयोजना प्रमुख कँडेलको टसल भएकै कारण उनको सरुवा गरिएको हो । कँडेललाई केही दिनअघि मात्र मन्त्रालयमा सुरुवा गरिएको छ । कँडेलको ठाउँमा मेलम्चीको पानी वितरणका पाइप बिछ्याउने जिम्मेवारी पाएका आयोजना कार्यान्वयन निर्देशनालय (पीआएडी) का प्रमुख त ... read more...

  • सूचनाको हक साताव्यापी अभियान यसरी भयो सुरु

    काठमाडौं । सूचनाको हकको अन्तर्राष्ट्रिय दिवसका सन्दर्भमा साताव्यापी नागरिक अभियान आजबाट सुरु भएको छ । यस अवसरमा नागरिक संघसंस्था तथा सूचनाको हकका अभियन्ताले सामुहिक रुपमा देशव्यापी अभियान तथा कार्यक्रम सञ्चालन गरि यो दिवस मनाउदै छन् । यसै क्रममा सूचनाको हकको लागि लामो समयदेखि अभियान चलाउँदै आएको नागरिक संस्था फ्रिडम फोरमको संयोजनमा सातैवटा प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयसंग आज स ... read more...

  • पदक गृहमै बेवारिस: डेढ सय व्यक्तिका पदक खारेज गर्दै सरकार

    काठमाडौँ । विभूषित व्यक्ति सम्पर्कमै नआएपछि सरकारले करिब डेढ सय जनालाई प्रदान गरेको मानपदवी (तक्मा) रद्द गर्ने भएको छ । पछिल्लो ९ वर्षमा प्रदान गरिएका १ सय ४२ पदक गृहमै बेवारिस छन् । सिफारिस व्यक्तिलाई मानपदवी ग्रहण गर्न पटकपटक आग्रह गरिए पनि बेवास्ता गरेको गृह मन्त्रालयले जानकारी दिएको छ । ‘विभूषण सिफारिस कार्यविधि एवं प्रदानसम्बन्धी मापदण्ड-२०७५’ अनुसार मानपदवी प्रदान गरिएको १ वर्षभि ... read more...

  • मन्दिर त सुरक्षित छैन, सिंहदरबार र बालुवाटार कसरी सुरक्षित हुन्छ?

    काठमाडौं । विश्व हिन्दु युवा संघ अन्तर्राष्ट्रिय समितिले ४८ घण्टाभित्र धार्मिक अभियन्ताहरुलाई रिहाई नगरे देशव्यापी रुपमा कडा आन्दोलन गर्ने चेतावनी दिएको छ । त्यस्तै, समितिले संविधान दिवसको अवसरमा हिजो (शुक्रबार) मा पशुपतिनाथ मन्दिर परिसरभित्र बम राखिएको घट्नाप्रतिपनि भत्र्सना गरेको छ । समितिले ईन्द्रजात्राको अवसरमा शान्तिपूर्ण रुपमा विरोध गर्दा धार्मिक अभियन्ताहरुलाई जबरजस्ती पक्राउ गरेर हिरासतमा ... read more...

  • गोरखा केन्द्रबिन्दु भएर भूकम्प

    गोरखा । गोरखा केन्द्रबिन्दु भएर आज बिहान चार रेक्टरस्केलको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार गोरखाको सिरानचोक गाउँपालिका–१ केराबारी केन्द्रबिन्दु भएर भूकम्प गएको हो । केन्द्रका भूकम्पविद् मुकुन्द भट्टराईले बिहान ६ बजेर १९ मिनेटमा भूकम्प गएको जानकारी दिएका हुन् । भूकम्पको धक्का गोरखा, धादिङ, तनहुँ र लमजुङमा महसुस गरिएको थियो । एक हप्ताको बीचमा यसअघि सुदूरपश्चिममा तीनवटा र ... read more...

  • ब्यवसायीलाई धम्क्याएर रकम असुल्ने खतिवडा समातिए

    काठमाडौं । महानगरीय प्रहरी अपराध महाशाखाबाट खटिएको टोलीले धाकधम्की दिएर रकम माग गर्ने एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-६ सरसस्वतीनगर बस्ने सिन्धुपाल्चोक मेलम्ची नगरपालिका वडा नम्बर-५, सिन्धुकोटका ३३ बर्षीय केदार खतिवडा रहेका छन् । उनलाई प्रहरीले विभिन्न ब्यापारी, ब्यवसायी तथा सर्वसाधारणलाई धम्क्याएर रकम असुली गरेको आरोपमा चुच्चेपाटीबाट बुधबार पक्राउ गरेको हो । पक्राउ ... read more...

  • १० जुवाडे १ लाख २३ हजार रुपैयाँसहित समातिए

    काठमाडौं । महानगरीय प्रहरी बृत्त बानेश्वरबाट खटिएको प्रहरीले १० जना जुवाडेलाई पक्राउ गरेको छ । प्रहरीले जुवा खालबाट दुई जना महिला र ८ जना पुरुषलाई पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका वडा नम्बर-३१ को संगमचोक स्थित फ्ल्याट भाडामा लिएर जुवा सञ्चालन भइरहेको विशेष सूचना पाएपछि बृत्तको टोली बुधबार साँझ जुवा अखडामा छापा हान्न पुगेको थियो । उक्त जुवा अखडाबाट १ लाख २३ अजार ८३५ रुपैयाँ बरामद भएको बानेश्व ... read more...

  • लौ चिनौं कालो सूचीमा पर्ने ५८ वटा ठेकेदार कम्पनी

    काठमाडौं । राजनीतिक पहुँच र कर्मचारीसँगको मिलेमतोमा वर्षौंसम्म काम नगर्ने ठेकेदार कम्पनीको संख्या सयौंं भए पनि कालो सूचीमा पाँचदर्जनलाई मात्र राखिएको छ । कानुनअनुसार समयमा काम नगर्ने ठेकेदार कम्पनी तथा सप्लायर्सलाई कालो सूचीमा राख्ने जिम्मेवारी सार्वजनिक खरिद अनुगमन कार्यालयको हो । मुलुकभरका अधिकांश आयोजना समयमा काम नभएर अलपत्र अवस्थामा छन् । 'अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत वर्ष गरेको अनुसन ... read more...

  • यौनकर्मीको अखडा बन्दै पशुपति क्षेत्र

    काठमाडौं । कलकत्ताकी सीताकुमारी दास (१८) ले पशुपति मन्दिरबारे थोरै मात्र सुनेकी थिइन्। जब उनका प्रेमी राजु सिंहले यहाँको बारेमा उनलाई बताए, सीतालाई पशुपति कहिले जाउँ जस्तो भयो। एकदिन राजुले उनलाई भागेर पशुपति जाने योजना सुनाए। पहिले यो योजना सुनेर उनलाई डर लाग्यो। पछि उनलाई लाग्यो, अर्को बाटो छैन। किनकी घरपरिवारले उनको प्रेमलाई स्वीकार गरेको थिएन। सीता मन्जुर भइन्। तीन महिनाअघि उनी राजुसँगै पशुपति ... read more...

  • कागबेनीमा रोकियो श्राद्ध तथा पितृ तर्पण, 'सुचारु नभए सशक्त आन्दोलन'

    काठमाडौं । विश्व हिन्दू युवा संघ अन्तर्राष्ट्रिय समिति र विश्व हिन्दू महासंघ उपत्यका समितिले मुस्ताङको कागबेनीमा हिन्दू धर्मविरोधी समूहले सोह्र श्राद्ध आरम्भसँगै त्यहाँ श्राद्ध तथा पितृ तर्पण कार्य गर्न नदिएको विषयमा घोर आपत्ति जनाएका छन् । पत्रकार सम्मेलन गर्दै उनीहरुले तत्काल श्राद्ध तथा पितृ तर्पण गर्ने कार्य सुचारु नगरे देशभरि सनातन धर्म संस्कृति संरक्षणको लागि आफूहरु सशक्त आन्दोलनमा उत्रिन बा ... read more...

  • सुकुम्बासी सुकुम्बासी नै: घरजग्गा भएकैलाई जग्गा वितरण गर्ने तयारी

    काठमाडौँ । सरकारले अव्यवस्थित बसोबासीका नाममा घरजग्गा भएकालाई नै जग्गा वितरण गर्ने तयारी गरेको छ । भूमिसम्बन्धी (आठौं संशोधन) विधेयक राष्ट्रिय सभाबाट जस्ताको तस्तै पारित भए अन्यत्र घरजग्गा भएका तर राजमार्ग छेउछाउ होटल, पेट्रोल पम्प, उद्योग र निजी विद्यालय सञ्चालन गर्दै आएका करिब २ लाख ५० हजार घरपरिवारले जग्गा पाउनेछन् । राष्ट्रिय सभाको विद्यायन समितिले चर्को विरोधका बीच आइतबार विधेयक पारित गरिसकेक ... read more...

  • भाइरल पर्यटन मन्त्री, क्षमा याचना र आफू राम्रो बन्न अरुमाथि दोष

    काठमाडौं । शनिबार पर्यटन मन्त्री योगेश भट्टराई कैलाली जिल्लाको टिकापुरमा आयोजना भएको डल्फीन महोत्सव कार्यक्रम सकेर बुद्ध एयरको अन्तिम उडानमार्फत धनगढीबाट काठमाडौं फर्कने कार्यक्रम थियो । तर कार्यक्रम ढिला भएका कारण मन्त्री भट्टराईले बुद्ध एयररलाई आफै अनुरोध गरेर विमान एक घण्टा होल्ड गरिदिए । त्यति गरुञ्जेल उक्त विमानमार्फत काठमाडौं जाने तयारीमा रहेका अन्य यात्रुहरु निकै आक्रोशित भइसकेका थिए । मन्त ... read more...

  • यातायातका ५ जना विचौलियाको हातमा हत्कडी

    ललितपुर । प्रहरीले एकान्तकुनास्थित यातायात कार्यालयमा विचौलियाको काम गर्ने ५ जनालाई पक्राउ गरेको छ । प्रहरीले ललितपुर महानगरपालिका-१३ एकान्तकुनास्थित रहेको यातायात कार्यालयमा विचौलियाको काम गर्ने कार्यमा संलग्न ललितपुर जावलाखेल बस्ने धादिङ घर भएका ४४ वर्षीय सुवर्ण थापासहित ५ जनालाई बिहीबार दिउँसो पक्राउ गरेको जनाएको छ । उनीहरुलाई महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । ... read more...