• +977 9843987244
  • info@cpostnews.com
मुख्य खबर

समाज

  • ठेकेदार जिसीको ३ वटा स्काभेटरमा आगजनी

    म्याग्दी । म्याग्दीको बेनी नगरपालिका वडा नम्बर-५ स्थित बगुवखोलामा राखिएका ३ वटा स्काभेटरमा अज्ञात समूहले बुधबार राति आगजनी गरेको छ । आगजनीबाट ३ वटै स्काभेटर (जेसीभी) जलेर नष्ट भएको छ । आगजनी भएका स्काभेटर निर्माण ब्यवसायी संघ म्याग्दीका अध्यक्ष नारायण जिसीका भएको बुझिएको छ । उनको बिएन कन्ट्रक्सन रहेको छ । पीडितले उक्त आगजनी काण्डको निष्पक्ष छानविन गरेर दोषीमाथि कारबाही गर्न माग गरेका छन् । जिल्ला ... read more...

  • १० जुवाडे समातिए: लतमा २१ बर्षीय युवकदेखि ४२ बर्षीय अधवैशेसम्म

    मोरङ । हिन्दुहरुको महान चाड बडादशैं र दीपावली नजिकिएसँगै दिनप्रतिदन जुवा खेलाउने र खेल्ने पनि पक्राउ पर्न थालेका छन् । यसैबीच, जिल्ला प्रहरी कार्यालय मोरङको मातहत रहेको ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले १० जना जुवाडेलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उर्लाबारी नगरपालिका वडा नम्बर-७ का २२ बर्षीय मोहन कटुवाल, ४१ बर्षका अशोक राई, उर्लाबारी नपा-२ का ३८ बर्षीय राजु बराल भन्ने संज ... read more...

  • यौन दुर्व्यवहारको आरोपमा पूर्व सांसद घिसिङ समातिए

    ललितपुर । यौन दुर्व्यवहारको आरोपमा पूर्व सांसद नै पक्राउ परेका छन् । ललितपुरका पूर्व सांसद योगेन्द्र घिसिङले सार्वजनिक सवारीमा दुर्व्यवहार गरेको भन्दै पीडितले महानगरीय प्रहरी परिसर ललितपुरलाई जानकारी गराएको केही बेरमै उनलाई प्रहरीले पक्राउ गरेको हो । ललितपुर प्रहरीका अनुसार रत्नपार्कबाट भैसेपाटी जाने बसमा चढेका घिसिङले कलेज पढ्ने एक छात्रालाई दुर्व्यवहार गरेका थिए । छात्राले प्रतिकार गर्न खोजेपछि ... read more...

  • पत्रकार महासंघका अध्यक्ष आचार्यलाई पितृशोक

    काठमाडौं । नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यलाई पितृशोक परेको छ । क्यान्सर रोगबाट पीडित उनका पिता यामप्रसादको ६८ वर्षको उमेरमा निधन भएको हो । आचार्यका दुई छोरा र एक छोरी छन् । उनको सोमबार बिहान पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।  ... read more...

  • आजबाट राजधानीमा विद्युतीय बस सञ्चालन हुने

    काठमाडौं । निजी क्षेत्रको लगानीमा आज (सोमबार) बाट काठमाडौंमा पाँच रुटमा विद्युतीय बस सञ्चालनमा आउने भएको छ । उक्त बस सञ्चालन सुन्दर यातायात प्रालिले गर्न लागेको हो । प्राप्त जानकारी अनुसार कम्पनीले पहिलो रुटमा चक्रपथ परिक्रमा, दोस्रोमा नारायणथान-जावलाखेल-मेडिसिटी अस्पताल, तेस्रोमा गोगंबु-सामाखुसी-गौशला-कोटेश्वर हुँदै भक्तपुरको सल्लाघारीसम्म, चौथोमा ढुंगेअड्डा-कलंकी-त्रिपुरेश्वर–वीरअस्पताल-जम ... read more...

  • दुई लाख ७३ हजार रुपैयाँसहित २५ जुवाडे समातिए

    कास्की । दुई लाख ७३ हजार ४३ रुपैयाँसहित २५ जना जुवाडे पक्राउ परेका छन् । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । उनीहरु पोखरा महानगरपालिका वडा नम्बर-९ स्थित प्रगतिमार्गस्थित चन्द्रबहादुर गुरुङ र वडा नम्बर-३२ तल्लो गगनगौडास्थित जंगबहादुर पुनको घरमा सञ्चालित जुवा अखडाबाट पक्राउ परेका हुन् । प्रहरीले पक्राउ परेका जुवाडे र सञ्चालकमाथि जुवा ऐन अन्तरगत कारबाही प्रक्र ... read more...

  • चाइनिज पेस्तोल, ४ राउण्ड गोली र नक्कली सुन किन बोके नौं युवाले ?

    काठमाडौं । शनिबार राजधानीबाट दुई वटा सानो चाइनिज पेस्तोल, ४ राउण्ड गोली र एक केजी नक्कली सुनसहित पक्राउ पर्ने ९ जना रहेको बुझिएको छ । उनीहलाई महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको विशेष टोलीले बालाजुको माछापोखरीस्थित हाई रेष्टुरेन्ट एण्ड डान्स बारबाट पक्राउ गरेको थियो । पक्राउ पर्नेमा नुवाकोट तारकेश्वर गाउँपालिका-१ का रामबहादुर तामाङ, नुवाकोटकै विदुर नगरपालिका-७ का पिटर तामाङ, गोरखा अजिरकोट गाउ ... read more...

  • ‘मेरो छोराले न्याय नपाए म सर्वोच्चको गेटमा प्राण त्याग्छु’

    काठमाडौ । गत वर्ष रौतहटमा हत्या गरिएका १२ वर्षीय बालक युवराज कुमार साहका परिवारले सर्वोच्च अदालतले घट्नाका अभियुक्तलाई रिहा गर्ने फैसला गरेको भन्दै असन्तुष्टि जनाएका छन् । पत्रकार सम्मेलन गर्दै परिवारले न्यायका लागि सरकार, आम नागरिक, सर्वोच्च अदालतलगायत सबैसँग अपिल गरेको छ । उनीहरुले दोषीमाथि कानुनअनुसार हदैसम्मको कारबाहीको माग गरे । पत्रकार सम्मेलनमा बालककी आमा बबिता देवीले छोराको हत्यारालाई कारब ... read more...

  • १५ बर्षीया किशोरीमाथि एसिड प्रहार, १६ बर्षीय मियाँ समातिए

    पर्सा । केही बर्ष पहिलेको कहाली लाग्दो एसिड काण्ड सर्वसाधारणको मनमस्तिष्कबाट हट्न नपाउँदै ब्यापारिक नगरी वीरगञ्जमा फेरि अर्को काण्ड घटेको छ । जिल्ला प्रहरी कार्यालय वीरगञ्जले नौं कक्षामा अध्ययनरत एक किशोरीमाथि एसिड प्रहार गरेको अभियोगमा एक युवकलाई पक्राउ गरेपछि यो रहस्य बाहिरिएको हो । १५ बर्षीय किशोरीलाई एसिड प्रहार गर्नेमध्येका नाइके सम्साद मियाँलाई नियन्त्रणमा लिएर आवश्यक थप अनुसन्धान भइरहेको पर ... read more...

  • ग्रिनहिल सिटी हाउजिङभित्रका घर अब कति सुरक्षित ?

    काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका मूलपानीस्थित ग्रिनहिल सिटी हाउजिङले निर्माण गरिरहेको घर मंगलबार राति परेको अविरल बर्षाका कारण भत्किएपछि हाउजिङभित्र बस्नेलाई समेत त्रास उत्पन्न भएको छ । स्थानियका अनुसार त्रास उत्पन्न हुनुको मुख्य कारण हाउजिङले स्थानियसँग जग्गा लिएर प्लटिङ गर्नुअघि खोला, खोल्सा, खहरे, खाल्डाखुल्डीलाई माटोले पुरेर तयार पारेको पूर्वाधार हो । हाउजिङभित्र जग्गा किन्नेलाई कुन ठाउँ ... read more...

  • कुकुर हत्या काण्ड: स्नेहाज केयरको टोली बाटैबाट गायब, रिहाईको माग

    काठमाडौं । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख दिपनारायण रिजाल विरुद्ध किटानी जाहेरी मुद्दा दर्ता गर्ने स्नेहाज केयर र नेपाल भेटेनरी एशोसिएसनका प्रतिनिधिहरु दिक्तेलबाटै अपहरणमा परेको आशंका गरिएको छ । स्नेहाज केयरले आफ्नो फेसबुकमा पोष्ट गरेको जानकारी अनुसार मेयरका कार्यकर्ताहरुले उनीहरुको अपहरण गरेको आशंका गरिएको छ । स्नेहाज केयरले उनीहरुको रिहाईको माग गर्दै आज दिउँसो ३ बजे माइतीघरको मण्डला ... read more...

  • आँखा देख्नेको दृष्टिकोण परिवर्तन गर्न अभियान

    काठमाडौँ । सेतो छडी बोक्नेलाई ‘बिचरा’ मात्र देख्नेहरुको दृष्टिकोण परिवर्तन गर्न तथा न्यून दृष्टियुक्त व्यक्तिलाई प्रोत्साहन गर्न सामाजिक जागरणको आवश्यकता औँल्याइएको छ । ‘तपाईले देख्नुभएको विश्वलाई अनुभव गर्दा’ विषयक कार्यक्रमबाट विश्वका न्यून दृष्टियुक्त व्यक्ति र सुस्त श्रवण भएका व्यक्तिको योगदान र सफलताका कथाबारे जानकारी दिन मात्र होइन, दृष्टिकोण परिवर्तन गर्न र आँखा नदेख ... read more...

  • ‘गाई हत्याबारे अनुशन्धान भैरहेको छ, दोषीलाई कारबाही गर्छौं’

    काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले गौहत्या भएको विषयमा सरकारले अनुशन्धान गरिरहेको बताएका छन् । उनले भने,‘यो प्रकरणमा कोही कसैले अपराध गरेको प्रमाणित भए सरकारले कारबाही गर्छ । दण्डित गर्छ ।’ अहिले गाई हत्या बारेमा सामाजिक सञ्जालभर तीब्र विरोध भइरहेको छ भने गृहमन्त्रालयले विशेष चासोका साथ अनुसन्धान गरेर कारबाही गर्न निर्देशन दिइसकेको छ । अर्कोतिर नेकपाका ... read more...

  • प्रहरीले भारतीय र नेपाली डाँकाहरुको गिरोहलाई समात्यो

    बिराटनगर । प्रहरीले ३ जना भारतीय र चार जना नेपालीसहित ७ जना डाँकाहरुलाई पक्राउ परेको छ । उनीहरुले विराटनगरको विभिन्न ठाउँबाट डाँका गरेको प्रहरीको भनाई छ । उनीहरुलाई ईलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोेलीले पथरी शनिश्चरे नगरपलिका वडा नम्बर-१ बाट पक्राउ गरेको हो । प्रहरीका अनुसार उनीहरुले विराटनगरको विभिन्न ठाउँबाट २० लाख ९० हजार रुपैयाँ डकैती गरेका थिए । डाँकाहरुको साथबाट प्रहरीले एउटा भ ... read more...

  • रविलाई विमास्थलमा नौमती बाजाले स्वागत (भिडियोसहित)

    काठमाडौं । चितवनका 'धन्यावाद' सभा सकेर आज राजधानी फर्किएका पत्रकार रवि लामिछानेलाई त्रिभुवन विभानस्थल एयरपोर्टमा भब्य स्वागत गरिएको छ । बाजागाजाका साथ त्रिअवि पुगेका सर्वसाधारणले पत्रकार लामिछानेलगायतलाई नौमती बाजाले स्वागत गरेका थिए ।  जिल्ला अदालत चितवनले आइतबार आत्महत्या दुरुत्साहन मुद्दामा ५ लाख धरौटी लिएर छाडेपछि उनले हिजो आफ्ना समर्थक, शुभचिन्तक र सहयोगीलाई सोमबार चितवनमा धन्यवाद स ... read more...

  • निषेधित क्षेत्र घोषणा गर्न मागः स्वघोषित राजा र स्थायियबीच लफडा

    काठमाडौं । विश्व सम्पदा सूचीकृत बौंद्ध स्तुपा वरपर आन्दोलन, भिडभाड र कोलहाल मच्चिन थालेपछि उक्त क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गर्न सरकारसँग माग गरिएको छ । उक्त क्षेत्रलाई निषेधित बनाउने माग बौद्ध शान्ति अभिायन नेपालले राखेको हो । केही महिना यतादेखि बौद्ध स्तुपामा एकाधिकार चलाउन खोज्ने शक्ति र आफूलाई धर्मगुरु रेम्पोर्छे भएको मात्र नभई बौंद्धकै राजा भएको घमण्ड गर्ने भूपति बज्र लामाबीच विवादले उग् ... read more...

  • एनआरएनको बेइज्जत गर्ने अध्यक्षलाई पदबाट हटाउन माग

    काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएन)का अध्यक्ष भवन भट्टलाई अर्को झड्का लागेको छ । शिल्क एयरको बिमानका कर्मचारीलाई मातेर दुव्र्यवहार गर्ने उनलाई एनआरएनहरूले पदबाट हटाउन माग गर्ने भएका छन् भने सम्बन्धित बिमान कम्पनीले टिकटको रकम फिर्ता नदिने भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिंगापुर जान लागेका भट्ट र उनका सल्लाहकार सनत न्यौपानेको ‘जडिया हर्कत’ ले एनआरएनको बेइज्जत भएको ... read more...

  • ५ लाख धरौटीमा रवि लामिछाने रिहा

    चितवन । आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा पक्राउ परेका टेलिभिजन प्रस्तोता रवि लामिछाने र पत्रकार युवराज कँडेल र अस्मिता कार्कीलाई अदालतले रिहा गरेको छ । जिल्ला अदालत चितवनका न्यायाधीश हेमन्त रावलको इजलासले उक्त प्रकरणमा मुछिएका लामिछानेलाई ५ लाख, कँडेललाई ३ लाख रुपैयाँ धरौटी र अस्मिता कार्कीलाई सामान्य तारिखमा छाड्ने आदेश गरेको हो । ... read more...

  • मदिरापान गरेर अभद्र ब्यवहार गर्दा एनआरएन अध्यक्ष त्रिअविमै अलपत्र

    काठमाडौं । शनिबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिंगापुर जान लागेका गैरआवसीय नेपाली संघ (एनआरएन) का अध्यक्ष भवन भट्ट र सञ्चारकर्मी सनत न्यौपानेलाई सिल्क एयरले अभद्र ब्यवहार गरेको भन्दै ‘अफ लोड’ गरिदिएको छ । सिल्क एयरलाइन्सको फ्लाईट नम्बर एसएलके ४१३ (कल साइन एमआइ ४१३) बोइङ ७३७ बिमानमार्फत उनीहरु सिंगापुर जाँदै थिए । मदिरा पिएर आफ्नो स्वर पनि काबुमा राख्न र खुट्टा पनि राम्रर ... read more...

  • 'न्यायको आश अझै मरेको छैन, अनुसन्धानमा पूर्णरुपमा सघाउनेछु'

    काठमाडौं । न्यायिक हिरासतमा रहेका पत्रकार रवि लामिछानेले न्याय अझै नमरेको बताउँदै प्रहरी अनुसन्धानलाई आफूले सघाइरहेको बताएका छन् । उनले त्यसका लागि पूर्णरुपले सघाउने समेत बताए । उनले आफ्नो श्रीमतीको सहयोगमा एक घण्टाअघि पोष्ट भएको उनको आधिकारिक फेसबुक पेजको वालमा सम्भवतः अदालतले आईतबार प्रारम्भिक न्याय दिने आशामा उनी आशावादी रहेको समेत लेखेका छन् । १० दिनको दौरानमा न्यायका निम्ति आवाज उठाउँदै ... read more...