• +977 9841468702
  • info@cpostnews.com

समाज

  • १८ घण्टासम्म हिमपात, तापक्रम माइनस २० डिग्री सेल्सियस

    मनाङ । चिसो बढेसँगै मनाङमा हिमपात शुरु भएको छ । बिहीबार दिउँसदेखि हिउँ पर्न थालेको हो । जिल्लाको माथिल्लो भेग खांसार, भीमताङ, गुवाल, मनाङगाउँलगायत ठाउँमा बाक्लो हिउँ परेको छ । अन्य भूभागमा भने पातलो परेको हिउँ परेको छ । लामो समयसम्म आकाशमा आकाश बादल लाग्नाका साथै तापक्रम पनि निकै घटेको छ । प्रमुख जिल्ला अधिकारी रुद्रनाथ देवकोटाले भने, 'बिहीबार बिहानदेखि यहाँको मौसममा खराबी देखियो । हिमालको वरिपरि ... read more...

  • भूकम्पले भत्किएका २०१ पुरातात्विक सम्पदाको पुनःनिर्माण सम्पन्न

    काठमाडौँ । भूकम्पले भत्किएकामध्ये २०१ पुरातात्विक एवं सांस्कृतिक सम्पदाको पुनःनिर्माण सम्पन्न भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएको छ । भूकम्प अतिप्रभावित १४ जिल्लामा ७५३ सम्पदामा क्षति पुगेको थियो । हाल ३०९ सम्पदाको पुनःनिर्माण भइरहेको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले जानकारी दिए । गोरखा भूकम्पको साढे तीन वर्ष बित्दासमेत २४३ सम्पदाको काम शुरु हुन सकेको छैन । रानीपोखरी र ... read more...

  • चार लाख ९७ हजार ८३५ नगदसहित सात जुवाडे समातिए

    काठमाडौँ । महानगरीय प्रहरी परिसर काठमाडौँले जुवातास खेलिरहेको अवस्थामा सात जनालाई पक्राउ गरेको छ । परिसरबाट खटिएको विशेष टोलीले काठमाडौँ महानगरपालिका–२६ ठमेलमा भोजराज सिलवालको जस्ताको टहरामा जुवातास खेलाइरहेको अवस्थामा चार लाख ९७ हजार ८३५ नगदसहित सात जनालाई पक्राउ गरेको हो । परिसरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक होवीन्द्र बोगटीले जुवातास खेलाइरहेको गोप्य सूचनाका आधारमा एक बुक ताससहित सात ... read more...

  • ठाकुर र कँडेलको छलछाम, मन्त्री बिनाको बदनाम !

    काठमाडौं । एकतर्फी रूपमा मेलम्ची खानेपानी आयोजनाको काम छाडेको भन्दै उच्च अदालत पाटनमा खानेपानी तथा ढल व्यवस्थापन मन्त्रालयले दायर गरेको मुद्दाको फैसला भोली बुधबार हुनेछ । त्यसबेलासम्मका लागि अदालतले मन्त्रालयविरुद्ध दिएको अल्पकालिन आदेशले नै निरन्तरा पाइरहेको छ । त्यो, अन्तरिम आदेश पनि हो । खासमा अर्को ठेकेदार कम्पनीलाई काम जिम्मा लगाउने र इटालियन कम्पनी सीएमसीको रकम भुक्तानी नगरिदिने मन्त्रालयका ... read more...

  • सञ्चारकर्मी मिश्रको संयोजकत्वमा ‘जनसरोकार पत्रकार समूह’ गठन

    काठमाडौं । राष्ट्रिय समाचार समिति (रासस) का उपसमाचारदाता पूर्णप्रसाद मिश्रको संयोजकत्वमा ‘जनसरोकार पत्रकारिता समूह’ गठन गरिएको छ । लोकतन्त्र, मानवअधिकार, अभिव्यक्ति स्वतन्त्रता तथा प्रेस स्वतन्त्रताको क्षेत्रका काम गर्दै आइरहेको नागरिक संस्था फ्रिडम फोरमको पहलमा उक्त समूह गठन गरिएको हो । विनाशकारी भूकम्पपछि जनसरोकारको विषयमा समाचार सङ्कलन गर्दै आएका सिन्धुपाल्चोक, नुवाकोट, सिन्धुली, ओख ... read more...

  • एकाबिहानै राजधानीमा भूकम्पको धक्का

    काठमाडौँ । सिन्धुपाल्चोक केन्द्रविन्दु बनाएर आज बिहान भूकम्प गएको छ । खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ५ बजेर ६ मिनेटमा सिन्धुपाल्चोकको सेलाङ आसपास केन्द्रविन्दु बनाएर ४।७ रेक्टर स्केलको भूकम्प गएको जनाएको हो । भूकम्पको धक्का करीब १० सेकेन्डसम्म महसुस भएको थियो । भूकम्पको धक्का काठमाडौँ उपत्यकासम्म महसुस गरिएको थियो । ... read more...

  • सात वर्षका बालक मृत फेला, मृत्यु शङ्कास्पद

    मेलम्ची । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका-११ मेलम्चीमा सात वर्षका बालक मृत फेला परेका छन् । शुक्रबार साँझ ६ः३० बजेको समयमा मेलम्ची नगरपालिकाका टङ्कप्रसाद दुलालको घरमा डेरा गरी बसेका सिन्धुली तीनपाटन गाउँपालिका-२ का दीपक मगरका छोरा उमेशको सोही घरको अर्को कोठामा बस्ने एक महिलाको बन्द कोठामा मृत भेटिएको हो । बालकको शरीरमा चोट लागेको प्रहरीले जनाएको छ । मादक पदार्थ सेवन गरी फरक–फरक नाम बताउने ... read more...

  • ट्याक्सीको वैज्ञानिक भाडा दर तोक्न चालकहरुको माग

    काठमाडौं उपत्यका संयुक्त ट्याक्सी चालक व्यवस्थापन समितिले वैज्ञानिक भाडा समायोजन दर तोक्न सरकारसँग माग गरेको छ । समितिले पत्रकार सम्मेलन गरेर मिटर समायोजन-२०६९ लाई परिमार्जित गरेर वैज्ञानिकरुपमा भाडादर कायम गर्न सरकारसँग माग गरेको हो । सो अवसरमा ट्याक्सी चालक पूर्ण तामाङले सरकारसँग आफूहरुले वैज्ञानिक भाडादर कायम गर्न माग गरेको बताउँदै अन्तर्राष्ट्रिय अभ्यासलाई पनि सरकारले पालना गरोस् भन्ने आफूहरुक ... read more...

  • हाकिमको नाम बेचेर लेनदेनका मुद्दा मात्र हेर्ने प्रहरी

    काठमाडौं । महानगरीय प्रहरी अपराध महाशाखा टेकुले प्रहरी नायब निरीक्षक (सई) गणेश महरालाई बौद्ध बृत्तमा चोरी, डकैती, लुटपाटलगायतको घटनामाथि छानविन र कारबाही गर्न भन्दै पठाएको थियो । तर महाशाखाका प्रमुख एसएसपी धिरजप्रताव सिंहको मान्छे हुँ भन्दै आफुमातहतलाई पनि काम गर्न नदिने र आफु पनि काम नगर्ने सई महराको बानीका कारण उनीमातहत बसेका प्रहरी आजित भएका छन् । यद्यपी उनी कसका मान्छे हुन् ? उन ... read more...

  • नक्कली लेफ्टिनेन्ट पूर्व राज्यमन्त्री भगवतीका लागि गलपासो !

    काठमाडौं । नेपाली कांग्रेसका उप सभापति विजयकुमार गच्छादारले चुनावमा जित निकालेको सुनसरी-३ की कडा स्पर्धी हुन् तत्कालिन एमालेकी भगवती चौधरी । चौधरी एक समय राज्यमन्त्री पनि भएकी थिइन् । अहिले उनै चौधरीको टाउको दुखाई बनेका छन् नक्कली लेफ्टिनेन्ट जो चुनाव प्रचारका बेला ‘मम्मी’ भन्दै बुर्कुसी मार्ने गर्थे । नेपाली सेनाले रेकी गरी नक्कली लेफ्टिनेन्ट पक्राउ गरी प्रहरीलाई बुझाएपछि उनका बारेमा ... read more...

  • कतार च्यारिटीको सहयोगमा बिपन्न परिवारलाई पसल

    काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपाका वरिष्ट नेता माधबकुमार नेपालले मुस्लिम समुदायको शिक्षालाई आधुनिक शिक्षासंग जोड्ने प्रयास भईरहेको बताएका छन् । कतार च्यारिटीले बिपन्न परिवारहरुलाई पसल खोलिदिएर उनीहरुलाई साँचो हस्तान्तरण गर्ने अवसरमा बोल्दै नेता नेपालले यस्तो बताएका हुन् । मुस्लिम समुदायलाई आधुनिक शिक्षासंग जोड्ने प्रयासलाई सफल बनाउने उदेश्यले आफुले रौतहट र महोत्तरीमा ४ जना बालबालिकालाई बिद ... read more...

  • शान्तिका लागि चारुमती विशेष विहारमा बुद्धपूजा

    काठमाडौँ । चारुमती बुद्धिष्ट मिसन नेपालले चाबहिलस्थित चारुमती विहारमा विशेष बुद्धपूजाका साथै प्रवचन गरेको छ । मानव कल्याणका लागि शाक्यमुनि बुद्धले दिएका अहिंसा, शान्ति, मित्रता, भ्रातृत्वको सन्देशलाई उक्त कार्यक्रममा स्मरण गरिएको छ । संयुक्त राज्य अमेरिकाको लस एञ्जेल्सबाट आउएकी ५० वर्षीया बौद्धगुरु तथालोकले बौद्ध इतिहासको लामो परम्परा बोकेको चारुमती चैत्यलाई विश्वसम्पदा सूचीमा सूचिकृत गर्नुपर्नेमा ... read more...

  • ‘हरि जीव सत्य धर्म’ का गुरुको आह्वान: ‘विश्वमा शान्ति कायम गरौं’

    काठमाडौं । संस्कृतविद् डा.रमेशचन्द्र अधिकारीले ‘हरि जीव सत्य धर्म’ का गुरु कमलप्रसाद भट्टराईको आध्यात्मिक क्षमता देखेर आफु दङ परेको बताएका छन । ‘हरी जीव सत्य धर्म’ले विश्व शान्तिका लागि विश्व महायज्ञको बारेमा जानकारी दिन आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै डा.अधिकारीले यस्तो बताएका हुन । उनले भने,‘विदेशीहरुले हाम्रो सनातन धर्ममाथि हमला गरिरहेको बेलामा गुरु भट्टराईले ... read more...

  • प्रहरी प्रभाग 'कुपण्डोल' को नवनिर्मित भवन उद्घाटन

    ललितपुर । महानगरीय प्रहरी प्रभाग कुपण्डोलको नवनिर्मित भवनको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक शैलेश थापा क्षेत्रीले उद्घाटन गरेका छन् । २०३७ सालमा अस्थायी प्रहरी विटको रुपमा स्थापना भई २०७२ सालमा महानगरीय प्रहरी प्रभागको रुपमा स्तरोन्नति भएको प्रभाग टिनको टहराबाट सेवा दिन बाध्य थियो । उक्त नवनिर्मित भवन ललितपुर महानगरपालिका वडा नं-१० कार्यालय तथा स्थानियबासीहरुको ... read more...

  • चिनियाँ पक्षले बुझायो केरुङ-काठमाडौँ रेलमार्गको प्रतिवेदन

    काठमाडौँ । चीनको नेशनल रेल्वे अथोरिटीले केरुङ काठमाडौँ रेलमार्गको प्रारम्भिक अध्ययन प्रतिवेदन नेपाल सरकारलाई आज बुझाएको छ । रेलमार्ग निर्माण सम्बन्धमा चिनियाँ प्राविधिक टोलीले तयार पारेको प्रतिवेदन प्राप्त भएपछि कुन ढाँचामा कसरी रेलमार्ग निर्माण गर्ने भन्ने विषयमा थप गृहकार्य गर्न मार्गप्रशस्त भएको छ । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका सचिव मधुसूदन अधिकारीलाई चिनियाँ नेशनल रेल्वे अथ ... read more...

  • ७६ वर्षीय वृद्धले किन गरे अस्पतालभित्रै आत्महत्या ?

    काठमाडौँ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज परिसरभित्र एक वृद्धले आत्महत्या गरेका छन् । काठमाडौँ महानगरपालिका-३ धारामार्ग बस्ने ७६ वर्षीय कृष्णबहादुर बोहराले आइतबार साँझ झुण्डिएर आत्महत्या गरेका हुन् । महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख एवं प्रहरी नायब उपरीक्षक फणीन्द्र प्रसाईले अस्पतालभित्रको गणेशमानसिंह नाक, कान, घाँटी रहेको भवन पछाडि रहेको टहरोमा झुण्डिएको अवस्थामा आइतबार ... read more...

  • बेपत्ता भएका शिवाकोटी मलेसियामै मृत फेला

    इलाम । वैदेशिक रोजगारीका क्रममा मलेसिया पुगेर बेपत्ता बनेका एक व्यक्तिको मलेसियामै मृत्यु भएको छ । तीन वर्षअघि वैदेशिक रोजगारीका लागि मलेसिया गएका यहाँस्थित सन्दकपुर गाउँपालिकाको सुलुबुङका नन्दकुमार शिवाकोटीको गत मङ्सिर १६ गते मृत्यु भएको परिवारले जनाएको छ । उनका छिमेकी नेत्र रिजालका अनुसार शिवाकोटीको मृत्यु के कारणले भयो खुलेको छैन । शिवाकोटीको शवलाई आजै थाई एयरमार्फत नेपाल ल्याइने तयारी भइरहेको ... read more...

  • प्रहरीलाई ७ लाख लुटपाट भएको सूचना दिने कामैत नै समातिए

    सिराहा । अज्ञात समूहले रकम लुटपाट गरेको भनि गलत अफवाह फैलाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीले सिरहाको धनगढीमाई नगारपालिका-१० निवासी चितकुमार कामैतलाई पक्राउ गरी कारवाही चलाएको हो । कामैतले सिरहाको गोलबजारस्थित ज्योति विकाश बैंकबाट नगद झिकेर फर्किंदै गरेको अवस्थामा धनगढीमाइ नगरपालिका-३ स्थित उग्रचण्डी पेट्रोल पम्प नजिकै लुटिएको सूचना प्रहरीलाई दिएको थिए । उनले प्रहरीलाई दिएको सू ... read more...

  • सुन तस्कर पोद्दारलाई नै विमानस्थलस्थित पार्किङको जिम्मा

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा रहेको पार्किङ्गलाई साँघुरो भएको बहानामा सुन तस्करीमा संलग्न भई हाल थुनामा रहेका व्यापारी बिमल पोद्दार सञ्चालक रहेको रसुवा केडी जेभी कम्पनीलाई पैसा समेत संकलन गर्ने गरी महाप्रबन्धक राजकुमार क्षेत्रीले पार्किङ्गको काम दिएका छन् । क्षेत्रीले पार्किङ्गबाट उठेको पैसामा समेत आफ्नो हिस्सा रहने गरी रसुवा केडीकै मातहतमा दिएको विमानस्थल स्रोतले बतायो । र ... read more...

  • पश्चिमा शक्तिको 'पृथकतावादी कार्ड' अब जेलमै थन्किने

    काठमाडौं । स्वतन्त्र मधेशको नाममा ‘मधेश राष्ट्र’ को माग गर्दै पृथकतावादी आन्दोलन चलाएका सप्तरीका सीके राउतलाई सर्वोच्च अदालतले थुनामा पठाएको छ । महानगरीय प्रहरी वृत्त दरबारमार्गमा ज्वाँईको सुविधामा बसेका उनलाई बन्दी प्रत्यक्षीकरण मात्र होइन, छाड्नका लागि नै अपिल भएको थियो ।  तर, दिपकराज जोशी र बमनकुमार श्रेष्ठको इजलासले सोमबार उनको रिट खारेज गरेपछि उनी स्वतः थुनामा जाने भएका हुन् ... read more...