• +977 9843987244
  • info@cpostnews.com
मुख्य खबर

समाज

  • सिन्धुपाल्चोक इन्चार्ज विप्लव नेता श्रेष्ठको हातमा हत्कडी

    सिन्धुपाल्चोक । नेपाल कम्यूनिष्ट पार्टी विल्लव समूहका सिन्धुपाल्चोक जिल्ला ईन्चार्ज गोपाल श्रेष्ठ 'प्रयास' पक्राउ परेका छन् । उनलाई विहान १०ः३० बजेतिर महानगरीय प्रहरी परिसर भक्तपुरको सहयोगमा सादा जिल्ला प्रहरी कार्याललय सिन्धुपाल्चोकबाट पोशाकमा खटिएको प्रहरीले सल्लाघारीबाट पक्राउ गरेको हो । भक्तपुरबाट पक्राउ परेका 'प्रयास' लाई सिन्धुपाल्चोक ल्याइएको छ । जिल्ला प्रहरी कार्यालयका सिन्धुपाल्चोकका प्र ... read more...

  • पशुपतिनाथ, हिस्सी हिमानी, मख्ख पूर्णिका (भिडियोसहित)

    काठमाडौं । दरबारकी ग्ल्यामर हुन् पूर्वयुवराज्ञी हिमानी शाह । समाजसेवादेखि अनेक काममा सक्रिय भएकी उनी सर्वसाधारणसँग नजिकबाट जोडिन थालेकी छन् । आइतबारमात्र हिमानी ट्रष्टमा दैवी प्रकोप उद्दार कोष खडा गरेको घोषणा गरेकी उनी सोमबार पशुपतिनाथ मन्दिरमा ‘हिस्सी’ परेर हात जोड्दै सर्वसाधारणसामु प्रस्तुत भइन् । पूर्वयुवराज्ञी हिमानी शाहले साउने सोमबार तथा नागपञ्चमी अवसर पारेर पशुपतिनाथको ... read more...

  • अटोमा गाँजा तस्करीः १४ किलो ९०० सय ग्राम गाँजासहित ३ जना समातिए

    हेटौडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले आगूऔषध गाँजा १४ किलो ९०० सय ग्रामसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुर मनहरि गाउँपालिका वडा नम्बर ८ देउकोट बसोबास गर्ने १९ बर्षीय जिवन मोक्तान, पर्सा जिल्ला वीरगञ्ज महानगरपालिका वडा नम्बर १०, रानिघाट बस्ने बर्ष २४ को राजेश पटेल र सोही ठाउँ बस्ने मुन्ना अन्सार रहीका छन् । उक्त लागूऔषध गाँजा उनीहरुले ना १ ह ९७४६ नम्बरको अटोमा राखेर लग्दै ग ... read more...

  • पुस्तक विक्रीबाट कोषलाई २७ लाख, ७७ हजार ५ सय रुपैयाँ आम्दानी !

    काठमाडौं । हिमानी कोषका संरक्षक पूर्वराजा ज्ञानेन्द्र शाहले हिमानी कोषलाई ५ सयप्रति आफ्नो 'सन्देश संग्रह' उपलब्ध गराएका थिए । जुन आइतबार हिमानी कोषको कार्यालय बालुवाटारबाट विमोचन भयो । उक्त सन्देश संग्रहको मुल्य असमान्य छ । तर, कोषले सामाजिक कामका लागि उक्त रकम खर्चिने बताएकाले मुल्य जति असामान्य भएता पनि कामको उदेश्य बुझेपछि जो कोहीलाई सामान्य लाग्न सक्छ । ०५८ सालदेखि ०७६ सालसम्म आइपुग्दा मु ... read more...

  • सुखवती स्टोरको अभियान: ‘माया बाडौं, खुशी बढाऔँ’

    काठमाडौं किताब, कपडा, खेलौना, फर्निचर, विद्युतीयलगायत घर कार्यालयमा काम नलाग्ने अवस्थामा पुगेका सामग्रीको व्यवस्थापन तपाइँ कसरी गर्नुहुन्छ ? फोहोर सरह फयाक्ने वा पुनः प्रयोग गर्ने ? तपाइँको पुरानो सामान अरुको लागि नयाँ हुन सक्छ भन्दै सुखवती स्टोर नामक संस्थाले त्यस्ता सामग्रीको मर्मत, सुधार र प्रशोधन गरी पुनः प्रयोगयोग्य बनाउने गरेको छ । यसले प्रशोधित सामान न्यून मूल्यमा पाउने, फोहोर व्यवस्थापन र ... read more...

  • २ लाख रुपैयाँ लुटपाट काण्डमा संलग्न तिमिल्सिना समातिए

    भक्तपुर । लुटपाटमा संलग्न सिन्धुपाल्चोक घर भई थानकोट बस्ने २९ बर्षीय पदम तिमिल्सिनालाई प्रहरीले पक्राउ गरेको छ । उनलाई प्रहरीले शनिबार बिहान पक्राउ गरेको हो । चाँगुनारायण नगरपालिका-२ दुवाकोट हनुमन्ते पुलमा गत ०७५ असोज २४ गते नगद २ लाख रुपैयाँ र मोबाइल लुटपाट भएको काण्ठमा संलग्न देखिएपछि महानगरीय प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले मध्यपुर ठिमी नगरपालिका-१ मनोहरा नरेफाँटबाट तिमिल्सिनालाई पक्राउ गर ... read more...

  • आफ्नै अपहरण भएको हल्ला चलाउने प्रहरीको फन्दामा

    पर्सा । आफू अपहरण परेको नाटक गरेर हल्ला फैलाउने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । विरगञ्ज विन्दवासिनी गाउँपालिका वडा नम्बर ४ मघुवन बस्ने बर्ष २३ का उपनेश चौरसियाले आफू अपहरण परेको हल्ला साथीमार्फत फैलाएका थिए । जबकि उनी आफै मोटरसाइकल चलाएर भारतको रक्सौल पुगरे होटलमा बसिरहेका थिए । सोही क्रममा रक्सौलस्थित श्याम ईन्टरनेशनल होटलको कोठा नं. ५ मा बसेर अर्को साथी सनुप दास तत्वालाई बोलाए । योजना मुताब ... read more...

  • बल लिन गएका १३ बर्षीय बालक सुनकोशीमा बेपत्ता

    सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको खाडिचौरस्थित बालशिक्षा माध्यामिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत एक विद्यार्थी सुनकोशीमा बेपत्ता भएका छन् ।बलेफी गाउँपालिका-७ पुरानोगाँउ बस्ने हरिप्रसाद नेपालका १३ वर्षिय छोरा विजय नेपाल सुनकोशीमा बेपत्ता भएका हुन् । उनी बिद्यालय प्राङ्गण फुटबल खेलिरहेका थिए । बल खेल्ने क्रममा विद्यालयसँगै रहेको सुनकोशी नदीमा बल परेपछि उनी लिन पुगेका थिए । न बल फिर्ता भयो नता बल लिन ... read more...

  • मेलम्ची वडा नम्बर १० को कार्यालयमा आगजनी, कागजात जलेर खरानी

    सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका वडा नम्बर-१० को कार्यालयमा गए राति अज्ञात समूहले आगजनी गरेको छ । आगलागीबाट वडा कार्यालयको सम्पूर्ण कागजात जलेर नष्ट भएको छ । आगजनीबाट कार्यालयको कुर्सी, टेबुल, दराजलगायतका सामाग्री पनि जलेर नष्ट भएको छ ।  वडा कार्यालयको ढोकामा लगाएको ताल्चा काटिएको अबस्थामा फेला परेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले कार्यालयमा आगजनी भएको पुष्टि ... read more...

  • दुई लाख ९३ हजार रुपैयाँसहित कौडा खेलिरहेका ११ जुवाडे समातिए

    चितवन । प्रहरीले अवैध रुपमा बारामासे जुवा कौडा खेल्ने ११ जना जुवाडेलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा शैलेन्द्र श्रेष्ठ, राजु थापा, गोविन्द श्रेष्ठ, रविकुमार गुप्ता, पदम लामा, शालिकराम रेग्मी, विरबहादुर लामा, कृष्ण प्रसाद तिमिल्सिना, मन्दिप धरेल, कुमार गुरुङ र मनिलाल गौतम रहेका छन् । कौडा खेलिरहेको विशेष सूचनाको आधारमा ३ नम्बर प्रदेश प्रहरी कार्यालय हेटौडाका प्रहरी निरीक्षक चरित्रविक्रम कार्की र ... read more...

  • 'क्लब डेभाजू' का सञ्चालक मनोज श्रेष्ठ पक्राउ

    काठमाडौं । राजधानीको मुटु मानिएको दरबारमार्गस्थित रहेको क्लब डेजाभू एण्ड लाउन्ज बारका अध्यक्ष मनोज श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । ठगी मुद्दामा फरार रहेका श्रेष्ठलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको हो । फरार रहेका श्रेष्ठ हङकङबाट नेपाल आइरहेका थिए । श्रेष्ठविरुद्ध गत ०७५ पुस १३ गते महानगरीय प्रहरी परिसर काठमाडौंमा बैंकिङ कसुरको मुद्दा दर्ता भएको थियो । उनले क्लब डेभाजू निर् ... read more...

  • आफ्नै प्रेमिकाको हत्या गर्ने 'पागलप्रेमी' राजेश १२ बर्षपछि समातिए

    काठमाडौं । हत्या गरेर फरार रहेका एक ब्यक्तिलाई १२ बर्षपछि प्रहरीले पक्राउ गरेको छ । कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त राजेश लामालाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो । ३७ बर्षीय लामा ललितपुर महानगरपालिका-२ सानेपा डेरा गरी बस्दै आएका थिए भने उनको स्थायी घर काभ्रे रोशी गाउँपालिका-३ हो । उनले गत ०६४ पुस २७ गते ललितपुर महानगरपालिका-१५ इमाडोल बस्ने मकवानपुर फापरबारी घर भएकी २२ वर्षीया तारा भन्ने सुन ... read more...

  • ३ केजी अवैध लागूऔषध गाँजा छाडेर भाग्ने श्रेष्ठ समातिए

    काठमाडौं । लागूऔषधसहित पक्राउ गर्ने क्रममा फरार भएका अभियुक्तलाई प्रहरीले पुन पक्राउ गरेको छ । काठमाडौं बौद्ध बस्ने नुवाकोट तारकेश्वर गाउँपालिका, ९ घर भएका २३ वर्षीय कृष्ण श्रेष्ठलाई पुनः शुक्रबार विहान पक्राउ गरिएको हो । उनलाई महानगरीय प्रहरी वृत्त कमलपोखरीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको थियो । उनी काठमाडौं महानगरपालिका, ९ गौशाला बसपार्कस्थित जनकपुर गेष्ट हाउसबाट साउन ५ गते करिब ३ केजी अवैध ... read more...

  • स्थानियसँग रकम माग गर्ने ५ जना समातिए

    भक्तपुर । महानगरीय प्रहरी परिसर भक्तपुरले स्थानियसँग रकम माग गर्ने पाँच जनालाई पक्राउ गरेको छ । प्रहरीले भक्तपुर नगरपालिका-१० कमलविनायकका स्थानियसँग रकम माग गर्ने चागुँनारायण नगरपालिका-४ पिखेल बस्ने २८ वर्षीय सुनिल कार्कीलगायत ५ जनालाई बुधबार साँझ पक्राउ गरेको हो । उनीहरुलाई महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको र सो सम्वन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । ... read more...

  • पाण्डे परिवारले सम्पत्ति हत्याएपछि पीडित महिला रुँदै मिडियामा

    काठमाडौं । काठमाडौं-१६ निवासी गणेशराज पाण्डेका छोरा प्रशन्नराज पाण्डेले सुनियोजित ढंगबाट आफ्नो सम्पत्ति जालझेल गरेर हत्याएको एक महिलाले आरोप लगाएकी छन् । झापा गरामुनी-८ स्थायी घर भएकी र हाल काठमाडौं वडा नम्बर १६, पकनाजोलकी निवासी पद्मा संग्रौलाले बुधबार पत्रकार सम्मेलन गर्दै उक्त खुलसा गरेकी हुन् । पीडित संग्रौलाले आफूमाथि पाण्डे परिवारले षड्यन्त्र, जालझेल र अन्याय गरेको भन्दै अदालतमा विचाराधिन रह ... read more...

  • पूर्वसभासद् चौधरी पुत्र बिमललाई ठग्न पनि छुट !

    काठमाडौं । ठगी गरी जम्मा पारेको पैसामा पूर्व सभासदका छोराले रजगज गरिरहेका छन् । राजनीतिक पहुँचका नाममा उनले एउटा सप्लायर्स कम्पनीलाई डुबाउने नियत नै राखेका छन् । मण्डिखाटारमा रहेको क्वालिटी सप्लायर्स प्रालिको ८२ लाख रकम ठगी संविधानसभाकी पूर्वसभासद रामकुमारी दुलारी चौधरीका छोरा बिमल चौधरी मस्ती गरिरहेका छन् । परिवारका सदस्यले उनी सम्पर्कमा आउने बताइरहे पनि उनको ठगी धन्दा अति नै भएको छ । कम्पनीसँग क ... read more...

  • जापान सरकारको नेपाललाई ६३ करोड ९९ लाख अनुदान सहयोग

    काठमाडौं । जापान सरकारले विद्यालय क्षेत्र सुधार कार्यक्रम तथा मानव संशोधन विकास परियोजना कार्यान्वयन गर्न नेपाल सरकारलाई ६३ करोड ९९ लाख अनुदान प्रदान गर्ने भएको छ । अनुदान सहायतासम्बन्धी सम्झौतापत्रमा अर्थ मन्त्रालयमा सोमबारआयोजित कार्यक्रमममा नेपालका लागि जापानका राजदूत मासामिची साइगो र अर्थ सचिव राजन खनालले हस्ताक्षर गरे । सोमबार नै ती सम्झौता कार्यान्वयन गर्नेसम्बन्धी अर्को सम्झौतापत्रमा जापानी ... read more...

  • जुवा अखडामा छापा: १ लाख ५६ हजार रुपैयाँसहित ९ जना जुवाडे पक्राउ

    काठमाडौं । महानगरीय प्रहरी बृत्त बौंद्धले महाँकाल पानीट्याँकी नजिक एक घरबाट ९ जना जुवाडेलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ३ जना पुरुष र ६ जना महिला जुवाडे रहेका छन् । कान्छीमाया शेर्पाले सञ्चालन गरेको उक्त जुवा अखडाबाट पक्राउ पर्नेमा जुवा अखडा सञ्चालक उनीसहित भेषकुमार मगर, जंगबहादुर लामा, पेम्बा शेर्पा, कान्दी शेर्पा, डोल्मा शेर्पा, लमु शेर्पा, योक शेर्पा र जीतमाया शेर्पा रहेका छन् ।  स्रोत ... read more...

  • बुद्धमूर्ति तोडफोडको चौतर्फी विरोध; कसले गर्यो तोडफोड ?

    काठमाडौं । बुद्ध जन्मभूमि नेपालमा बुद्धकै मूर्ति तोडफोड भएको घटना सार्वजनिक भएलगत्तै विभिन्न क्षेत्रका समुदाय, राजनीतिक दल र सर्वसाधारणले खुलेर विरोध गरेका छन् । सर्वसाधारणले बुद्धमूर्ति फोड्नेलाई तत्काल कानुनी कठघरामा उम्भाउनुपर्ने बताइरहेका छन् भने सामाजिक सञ्जालभर तोडफोडको ब्यापाक विरोध भइरहेको छ । तिलोत्तमा नगरपालिकाले सिद्धार्थ राजमार्गको बीच भाग (डिभाइडर) मा राखेको बुद्धमूर्ति तोडफोड भए ... read more...

  • ८० लाख रुपैयाँ ठगी: सामान पठाउँछु भन्दै पैसा लिने तर नपठाउने तीन समातिए

    काठमाडौं । सामाजिक सञ्जालमार्फत ८० लाख रुपैयाँ भन्दा बढी ठग्ने तीन जनालाई महानगरीय प्रहरी अपराध महाशाखा टेकुले पक्राउ गरेको छ । उनीहरुले सस्तो मूल्यमा विभिन्न विद्युतीय सामान पठाइदिने भन्दै सामान नपठाई ठगी गर्ने गरेको प्रहरीको दावी छ । विभिन्न विद्युतीय सामान अनलाइनमार्फत पठाउने विज्ञापन गरी उनीहरुले रकम उठाउने तर सामान नपठाएको पीडितले उजुरी दिएपछि महाशाखाको टोली उनीहरुलाई पक्राउ गर्न सक्रिय भएको ... read more...