• +977 9843987244
  • info@cpostnews.com
मुख्य खबर

समाज

  • नमस्ते मेहेन्दी महोत्सवः यसरी हुँदैछ श्रावण महिनाको स्वागत

    काठमाडौं । नेपाली संस्कृतिको विशिष्ट चिनारी बोकेको श्रावण महिनाको सुरुआत विशेष बनाउन ‘नमस्ते मेहेन्दी महोत्सव’ को आयोजना गरिने भएको छ । ओपन स्पेस नेटवर्कले सुनधारास्थित काठमाडौं मल र पुल्चोकस्थित लविम मलमा नमस्ते मेहेन्दी महोत्सवको आयोजना गर्न लागेको हो । आयोजक नेटवर्ककी संस्थापक फाइजा परवीनले श्रावण महिनाको सुरुवातसँगै मेहेन्दी लगाउने परम्परालाई निरन्तरता दिन र अझ परिष्कृत बनाउनका लाग ... read more...

  • मृत्यु हुनेको संख्या ६७ पुग्यो, अझै ३० जना बेपत्ता (विवरणसहित)

    काठमाडौं । अविरल बर्षाका कारण हालसम्म मर्नेको संख्या ६७ जना पुगेको छ । जसमा २६ जना महिला र ४१ जना पुरुष रहेको नेपाल प्रहरीले जनाएको छ । प्रहरीको पछिल्लो ११ः४५ बजेको तथ्यांक अनुसार बाढी-पहिरो र डुबानमा परेर ४३ जना घाइते भएका छन् भने घाइतेमध्ये २० जना महिला र २३ जना पुरुष रहेका छन् । त्यसैगरी ३० जना अझै बेपत्ता भइरहेका छन् भने बेपत्ता सूचीमा १२ जना महिला रहेको र १८ जना पुरुष रहेका छन् । मुलुकभर आएको ... read more...

  • बाढी-पहिरोमा मृत्यु हुनेको संख्या ६५ पुग्यो, अझै ३० बेपत्ता (विवरणसहित)

    काठमाडौं । मुलकभर भइरहेको अविरल बर्षाका कारण बाढी-पहिरो तथा डुबानमा परी मृत्यु हुनेको संख्या पछिल्लो तथ्यांक अनुसार ६५ पुगेको छ । नेपाल प्रहरीको केन्द्रिय कार्यालय नक्सालले सार्वजनिक गरेको पछिल्लो जानकारी अनुसार अविरल वर्षाको कारण हालसम्म बाढी, पहिरो र डुबानबाट मृत्यु हुनेको संख्या ६५ जना पुगेको छ भने मृत्यु हुनेमा महिला २४ र पुरुषको संख्या ४१ रहेको छ । त्यसैगरी, ३८ जना घाईते भएकामध्ये १७ जना ... read more...

  • ४३ जनाको मृत्युः उद्धारमा ४३ हजार सुरक्षाकर्मी, विदेशी सहयोग नलिने

    काठमाडौं । मुलुकका विभिन्न भागमा बाढीपहिरो र डुबानमा परी शनिबार साझँसम्म ज्यान गुमाउनेको संख्या ४४ पुगेको छ । शुक्रबार रातिसम्म २४ जनाको मृत्यु भएकोमा शनिबार यो संख्या बढेर ४४ पुगेको हो। हाम्रा जिल्ला समाचारदाताका अनुसार शुक्रबार काठमाडौंमा तीन, खोटाङमा तीन, काभ्रे, भोजपुर, मकवानपुर, ओखलढुंगा र झापामा दुइ-दुई, पश्चिम रुकुम, रामेछाप, इलाम, बारा, पर्सा, ललितपुर, धादिङ र सिन्धुलीमा एक-एक गरी २४ जनाको ... read more...

  • अविरल बर्षाको कारण २८ जनाको मृत्यु, पाँच दर्जन बढीको सकुशल उद्धार

    काठमाडौं । अविरल वर्षाको कारण २८ जनाको मृत्यु भएको छ भने ६४ जनाको सकुशल उद्धार गरिएको नेपाल प्रहरीले जनाएको छ । उद्धारका लागि विभिन्न ठाउँमा २७ हजार ८३० प्रहरी परिचालित गरिएको प्रहरीले जनाएको छ । अविरल वर्षाको बाढी पहिरोमा परी मृत्यु हुनेहरुको संख्या शनिबार दिउँसोसम्म २८ जना पुगेको छ । प्रहरीका अनुसार बाढी पहिरोमा परी १६ जना बेपत्ता भएका छन् भने ११ जना घाइते भएका छन् । बाढी पहिरोमा परेका काठमाडौंम ... read more...

  • मुलुकभर अविरल वर्षाको वितण्डाः १७ को मृत्यु, ७ बेपत्ता (सूचीसहित)

    काठमाडौं । केही दिन यतादेखि जारी रहेको अविरल बर्षातका कारण आज बाढी-पहिरोले मुलुकभर वितण्डा मच्चिएको छ । मनसुन सुरु भएसँगै मुलुकभर त्यसको ठूलो प्रभाव देखिएको हो । हिजोदेखि परिरहेको अविरल बर्षातका कारण मुलुकको विभिन्न ठाउँमा डुबान, बाढी, पहिरो र डेढ दर्जन बढीको मृत्यु तथा दर्जनौं बढी घाइते भएको बताइन्छ । यद्यपि आधिकारिक सूचना भने प्राप्त भइसकेको छैन । मुलुकभर भइरहेको अविरल बर्षातका कारण तराई-मधेशका ... read more...

  • विहानैदेखि अविरल बर्षा, तराईका केही जिल्ला डुबानमा, सतर्क रहन आग्रह

    काठमाडौं । आज विहानैदेखि मुलुकको अधिकांश भागमा बर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाले मुुलुकको कतिपय स्थानमा भारी बर्षा हुने, बाढी-पहिरो आउनसक्ने संभावना रहेकाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । मनसुनी न्यूनचापीय रेखा र मध्य तथा पूर्वी भागमा बनेको न्यूनचापीय क्षेत्रका कारण केही भागमा ठूलो वर्षा हुने सम्भावना देखिएको महाशाखाले जनायो । केही दिनदेखि लगातार परिरहेको बर्षातका कारण तराईका केही ... read more...

  • ब्यूरोको 'डिएसपी हुँ' भन्ने लुईटेललाई प्रहरीले नै समात्यो

    काठमाडौं । आफूलाई नेपाल प्रहरीको डिएसपी हुँ भन्दै ठगी धन्दा चलाउँदै आएका राजेन्द्रप्रसाद लुईटेललाई प्रहरीले पक्राउ गरेको छ । उनले आफू नेपाल प्रहरीको डिएसपी भएको र केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा कार्यारत रहेको भन्दै ठगी गरेको सूचना पाउने वित्तिकै महानगरीय प्रहरी बृत्त थानकोटबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो । धादिङ धुनिबेसी नगरपालिका-२ घर भइ हाल काठमाडौं नागार्जुन नगरपालिका-७ सितापाईल ... read more...

  • मनसुनको सक्रियताले बाढी-पहिरोको उच्च जोखिम, सर्तक रहन आग्रह

    काठमाडौं । दुई दिनदेखि सक्रिय लगातारको मनसुन बर्षाका कारण मुलुकका विभिन्न भागमा बाढी-पहिरो जाने खतरा बढेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार मनसुनको न्यूनचापिय रेखा नेपालतिर नै रहेको छ भने अझै केही दिनसम्म लगातार बर्षा हुनेछ । लगातार भइरहेको बर्षाका कारण बाढी-पहिरोको उच्च जोखिम रहेकाले नदी तथा खोला वरपर र जोखिम भएका क्षेत्रमा उच्च सर्तकता उपनाउन महाशाखाले अनुरोध गरेको छ । बाढी ... read more...

  • मोटरसाइकल दुर्घटनामा तीन घाइते, दुईको अवस्था चिन्ताजनक

    सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लाको बलेफी गाउँपालिकास्थित ड्यामसाइडमा मोटरसाइकल दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । मोटरसाइकलमा सवार तीनै जना गम्भीर घाइते भएपछि उनीहरुको थप उपचारका लागि काठमाडौंस्थित बीर अस्पतालमा पठाइएको छ । लामोसाँघुबाट त्रिपुरासुन्दरी गाउँपालिकाको टेकानपुर जाँदै गरेको बा ६९ प ६३३३ नम्बरको मोटरसाइकल अनियनित्रत भई नालीमा खसेको थियो । दुर्घटनामा परि त्रिपुरासुन्दरी गाउँपालि ... read more...

  • ७३ औं जन्मोत्सव नमनाई हात्तिवन रिर्सोटमा पूर्वराजा

    काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले सोमबार परेको ७३ औं जन्मोत्सव मनाएनन् । बरु उनीसहित ललितपुरस्थित हात्तिबन रिर्सोटको सुनसानमा गएर बसे । कारण हो-उनको परिवारमा परेको शोक । त्यसै कारण उनले जन्मदिन नमनाई यस पटकको शान्त, सुनसान ठाउँ हात्तिवन रिसोर्ट रोजेका हुन् । अघिल्लो बर्ष भने उनको जन्मदिन नेपालगञ्जको सोल्टी क्राउनमा मनाइएको थियो । धुमधाम र ठूलो कार्यक्रमसहित परिवारका सदस्य सहभागी भएका थिए । यस ... read more...

  • मार्मिङ खोलामा आएको बाढीले दुई जना बेपत्ता, दुई घाइतेको उद्धार

    सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकास्थित मार्मिङ खोलामा आएका विशाल बाढीले शिवश्री हाइड्रो पावरमा कार्यरत दुई कर्मचारी बेपत्ता बनाएको छ । बेपत्ता हुनेहरुमा हाइड्रोका साइट इन्चार्ज यादवप्रसाद काफ्ले र इलेक्ट्रिसियन रामअवतार चौधरी रहेका जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रवक्ता एवम् डिएसपी माधव काफ्लेले बताए । उक्त खोलामा आएको बाढीमा परेर अन्य दुई जना घाइते भएकोमा आज विहान सिम्र ... read more...

  • कपिलबस्तुका 'मोष्ट वान्टेड' नसिम राजधानीमा समातिए

    काठमाडौं । नेपाल प्रहरीको मोष्ट वान्टेड सूचीमा रहेका जघन्य अपराधका फरार अभियुक्त नसिम खानलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले कपिलबस्तु प्रहरीको सहयोगमा राजधानीबाट पक्राउ गरेको छ ।  मोष्ट वान्टेड नसिममाथि अपहरण, फिरौती र हत्याजस्ता आधा दर्जन बढी मुद्दा रहेको प्रहरीले जनाएको छ । गत ०७४ सालमा मोहम्मद रहमानको अपहरण र हत्या गरेपछि नसिम फरार भएका थिए । उनीमाथि नाबालकसहित ८ जना ... read more...

  • रत्नपार्क हिँडेको माइक्रो बाटैमा पल्टियो, ८ जना घाइते, दुई किकिस्त

    काठमाडौं । जोरपाटी, नारायणटारबाट बागमती करिडोरको बाटो हुँदै रत्नपार्क हिडेको बा १ ज ६१३३ नम्बरको निलो माइक्रो दुर्घटनामा परेको छ । उक्त माइक्रो गोठ्ठाटार जाने पुल नजिक रहेको एभरेष्ट पेट्रोल पम्प अगाडि बाटोमा पल्टिएको थियो । प्रहरीले चालक नारायण उप्रेतीलाई नियन्त्रणमा लिएको छ भने उक्त दुर्घटनामा ८ जना सामान्य घाइते र दुई जना सिकिस्त रहेको बौंद्ध प्रहरीले जनाएको छ । घाइतेहरुको चाविहिलस्थित ओम र मेडि ... read more...

  • ठग्ने अनेक कलाः ठगी आरोपमा समातिए काँग्रेसी कार्यकता ठकुल्ला

    काठमाडौं । घरजग्गा प्लटिङ गर्दै विभिन्न ब्यक्तिहरुबाट एड्भान्समा रकम बुझ्ने तर जग्गा पास चाहिँ नगरी ठग्दै हिड्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्त ठकुल्ला रहेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ । सोमबार पक्राउ परेका ठकुल्लालाई ५ दिनको म्याद थप गरी प्रहरीले अनुसन्धान थालको छ । ठकुल्लाले कागेश्वरी-मनहरास्थित पर्ने साना गाउँमा गरेको प्लटिङबाट दर्जनौंलाई ठगेका थिए । उनीबा ... read more...

  • साउदीमा रहेका चौधरीलाई बचाउन ३८ लाख १५ हजार ‘ब्लड मनी’ हस्तान्तरण

    काठमाडौं । विगत ३० महिनादेखि साउदी अरेबिया जेलमा रहेका चितवन खैरहनी नगरपालिका-१० गुठौलीका जलेश्वर चौधरीलाई बचाउन ३८ लाख १५ हजार रुपैयाँ ‘ब्लड मनी’ हस्तान्तरण गरिएको छ । उक्त रकम सामाजिक स्वयंम सेवक नेपाल (मिसन चितवन र मिसन झापा) को नेतृत्वमा संकलन गरिएको थियो । संकलित उक्त रकम चौधरीका बाबु सुकरा महतोलाई हस्तान्तरण गरिएको हो । संस्थाद्वारा संकलन गरिएको उक्त ‘ब्लड-मनी’ साउदी ... read more...

  • स्थानिय जनप्रतिनिधि नै जुवा खालबाट समातिए

    इटहरी । स्थानिय जनप्रतिनिधिसहित ५ जना जुवा अखडाबाट आज पक्राउ परेका छन् । जुवा खेलिरहेको अवस्थामा पक्राउ पर्ने जनप्रतिनिधिमा इटहरी उपमहानगरपालिका-१५ का वडाध्यक्ष श्रवणुकमार चौधरीलगायत ५ जना रहेका छन्  । सुनसरीको दुहवी-१२ स्थित गंगा चौधरीको घरमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो । अन्य पक्राउ पर्नेहरुमा मोरङको ग्रामथान गाउँपालिका-६ का रुपेशकुमार तामाङ, ग्रामथान-५ का ल ... read more...

  • एड गुरु पौडेल विशिष्ट सम्मानद्धारा सम्मानित

    काठमाडौं । चलचित्र विकास वोर्डले एड गुरु निर्मलराज पौडेललाई विज्ञापन चलचित्र निर्माण र विज्ञापनका क्षेत्रमा पुर्याएको योगदानको उच्च मूल्याकंन गर्दे विशिष्ट योगदान सम्मानबाट सम्मानित गरेको छ । चलचित्र विकास बोर्डको १९ औं बार्षिक उत्सवको अबसरमा पौडेललाई सम्मान गरिएको हो । काठमाडौमा आयोजित एक कार्यक्रममा संचार, सूचना तथा प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटा र कार्यक्रमका अध्यक्ष केशव भट्टराईले स ... read more...

  • हिमानी छोरीसँगै फर्किइन नेपाल (भिडियोसहित)

    काठमाडौं । पूर्वयुवराज्ञी एवम् हिमानी ट्रष्टकी अध्यक्ष हिमानी शाह आफ्नो छोरी पूर्णिकाको साथ आज नेपाल फर्केकी छन् । छोरी आफ्नो् साथीहरुसँग यूरोप भ्रमणमा गएको कारण उनी थाइल्याण्डमै रोकिएकी थिइन । सपरिवार थाइल्याण्ड गएका पूवराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाह भने यसअघि नै फर्केका थिए । उनीहरु आज थाइ एयरलायन्सबाट करिब १२ः४५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएका थिए । भिडियो: भिडियो प ... read more...

  • सिसडोल डम्पिङ ५ दिनदेखि बन्द, राजधानीमा दुर्गन्ध फैलिँदै

    काठमाडौं । सिसडोलबासी आन्दोलनमा उत्रिएपछि राजधानीमा थुप्रिएको फोहोरका कारण दुर्गन्ध फैलिएको छ । स्थानियले विभिन्न मागहरु राखेको केहीदिन यतादेखि फोहोर फाल्न अवरोध गरेपछि विगत ५ दिनदेखि उपत्यकाको फोहोर उठ्न सकेको छैन् । जसका कारण उपत्यकाको सडक, टोल र चोकहरुमा दुर्गन्धित फोहोर थुप्रिएको छ । साथसाथै फोहोरबाट उत्पन्न हुने संक्रमणको त्यतिकै खतरा बढेको छ । सिसडोलका स्थानियले विभिन्न माग राख्दै अवरोध पुर् ... read more...