• +977 9843987244
  • info@cpostnews.com
मुख्य खबर

समाज

  • आज असार १५: धान दिवस अर्थात दही-चिउरा खाने दिन

    काठमाडौं । आज असार १५ गतेका दिन नेपालभर धान दिवस मनाइँदै छ । असार पन्धलाई रोपाई जात्राका रुपमा पनि लिइन्छ । आज विभिन्न असारे लोकदोहरी, धुन र संगीतमा गीत गाउँदै हिमाल्मे खेतमा छुपछुप धान रोप्ने चलन छ । छान रोप्ने क्रममा एक अर्कालाई हिलो छ्यापेर मनोरञ्जन पनि लिने गरिन्छ । आजकै दिन दही चिउरा खाने चलन छ । जसले थकित किशानलाई शरीरमा शितलता प्राप्त भई शक्ति सञ्चय हुने विश्वास पनि गरिन्छ । यद्यपि आजको दिन ... read more...

  • सुरेशलाई बचाउन यसरी गरियो हारगुहार

    काठमाडौं । ‘सुरेश रोका बचाउँ अभियान सहयोग समिति’ ले उनको उपचारका लागि सहयोगको अपिल गरेको छ । रोल्पा परिवर्तन गाउपालिका–१ कुरेली स्थायी घर भएका १८ बर्षिय सुरेश रोका मगरक रक्तअल्पताबाट पीडित रहेका छन् । ए प्लाष्टिक एनिमिया (रक्त अल्पता) रोगबाट ग्रसित रोकामगरको बोनम्यारो ट्रान्सप्लान्टको लागि ६० देखि ७० लाख लाग्ने अनुमान गरिएको छ । उनको हाल ललितपुरस्थित् नेपाल क्यान्सर अस्पतालम ... read more...

  • नेपाललाई गर्ने वार्षिक सहयोग राशिलाई बढाउने अनकनको घोषणा

    काठमाडौं । युएसए-नेपाल कम्युनिटी आउटरिच नेटवर्क (अनकन) ले नेपालमा वार्षिक रुपमा सहयोग गर्दै आएको दश हजार अमेरिकी डलरको सहयोग राशिलाई बढाउने घोषणा गरेको छ । सन् २०१४ देखि नेपालमा शिक्षा तथा स्वास्थ्य क्षेत्रमा वार्षिक दश हजार अमेरिकी डलर बराबरको आर्थिक सहायता प्रदान गर्दै आएको अनकनले पछिल्लो समय आफ्नो सहयोगलाई बढाउने तयारी समेत गरेको अनकनका उपाध्यक्ष विलास उपाध्यायले जानकारी दिए । अनकनले काठमाडौंको ... read more...

  • 'अफवाह' फैलाइएपछि फेरी तनाबमा पारस-हिमानी

    काठमाडौं । पूर्वयुवराज पारस शाह र पूर्वयुवराज्ञी हिमानी शाह फेरी गलत समाचारको शिकार बनेका छन् । केही अनलाइनहरुले उनीहरुबीचको 'सम्वन्ध' लाई लिएर नानाथरी मनोगत विश्लेषण गर्दै समाचार प्रकाशित गरेपछि उनीहरु तनाबमा परेको स्रोतले बतायो । केही अनलाइनले केहीदिन यतादेखि लगातार शाह दम्पत्तिको सम्वन्धमा दरार आएको र 'सम्वन्ध विच्छेद' हुन लागेको भन्दै अफवाह फैलाइरहेका छन् । (यस्तै हावादारी खबरले अनेकौं अन ... read more...

  • समाज कल्याणको करोडौं सम्पत्ति, जमिन र भवनमाथि सरकारी कब्जा

    काठमाडौं । जब समाज कल्याण परिषद्को कार्यालय रहेको थियो, त्यस कार्यालयमा जाँदा पनि आनन्द आउने हरियाली बाताबरण थियो । भवनको बाहिरी भाग त्यति कलात्मक नभएता पनि भित्री भाग भने निकै कलात्मक शैलीको थियो । उक्त कार्यालयमा प्रवेश गर्ने वित्तिकै देखिने शान्त, हरियाली बाताबरण, महिला बालबालिका, गरिब, असाहयका लागि नै बनेकोजस्तो लाग्थ्यो । बाहिरी र भित्रि बाताबरणले जो कोहीलाई आकार्षित गर्न सक्थ्यो । समाज सेवा ... read more...

  • एकाविहानै बालाजुबाट समातिइन 'धर्ती माता' 

    काठमाडौं । आफूलाई धर्ती माता बताउँदै आएकी महिलाले एक युवतीलाई उपचारका नाममा दुव्र्यवहार गरेको भिडियो भाइरल भएपछि प्रहरीले उनलाई पक्राउ गरेको छ । उक्त भिडियो भाइरल भएसँगै प्रहरीलाई पक्राउ गर्न जनदबाब परेको थियो । २१ औं शताब्दीमा पनि त्यस्तो अमानविय ब्यवहार भएको भन्दै सामाजिक सञ्जालभर धर्ती मातालाई तत्काल कानुनी कठघरमा उम्भाउनुपर्ने जनदबाब परेको थियो । त्यसपछि उनलाई प्रहरीले खोजी गर्न थालेको थियो । ... read more...

  • संगीताको डबल रोल: फेक आइडीको दुरुपयोग गरेर ठगी धन्दा

    काठमाडौं । सम्पन्न परिवारको एकलौटी वारेस भन्दै ठगी गरेकी डायना रोज (सेकेन्ड) को काण्ड सार्वजनिक भएको तीन नवित्दै अर्की एक युवतीले त्यसरी नै एक युवकलाई ठगेकी छन् । महानगरीय प्रहरी अपराध महाशाखा टेकुले त्यसरी ठग्ने धन्दामा सक्रिय रहेकी संगीता भन्ने कल्पना बस्नेतलाई पक्राउ गरेको हो । २३ बर्षीया विवाहित महिला दोलखा शैलुङ गाउँपालिका वडा नम्बर–५ भइ हाल भक्तपुर बालकोटमा बसोबास गर्दै आएकी थिइन् । उन ... read more...

  • अस्ट्रेलियावासी अधिवक्ता खिलेन्द्र विरुद्ध बलात्कारको उजुरी

    काठमाडौं । अस्ट्रेलियामा वकालत गरिरहेका खिलेन्द्र तिमल्सिनाविरुद्ध काठमाडौं कालिमाटीस्थित प्रहरीको महिला सेलमा बलात्कार गरेको उजुरी दर्ता भएको छ । यो उजुरी अरु कसैले नभएर तिमल्सिनाले बिहे गरी धोका पाएकी एक युवतीले गरेकी हुन् । सिड्नी सहरमा बस्ने वकिल तिमल्सिनाले धेरैको घरबार तोडेका छन् । उनले नारा नै हुन्छ ‘गेट डिभोर्स ।’ अर्थात् सम्बन्ध विच्छेद गर । तर उनलेचाहिँ अहिलेसम्म बिहे गरेकी य ... read more...

  • टीकापुर हत्या काण्डमा नबोलेको आयोग 'नेल' को विषयमा बोल्यो

    काठमाडौं । नाबालक र आधा दर्जन बढी सुरक्षाकर्मीहरुको ज्यान लिएको टीकापुर हत्या काण्डमा अदालतबाट मुख्य दोषी ठहर भई सजाय काटिरहेका निलम्बित सांसद रेशम चौधरीलाई सहानुभूति देखाउँदै राष्ट्रिय मानव अधिकार आयोगले मुख खोलेको छ । आयोगले विज्ञप्ति जारी गर्दै अस्पतालमा उपचारत चौधरीलाई हातहतियारसहित सुरक्षाकर्मीको उपस्थितिमा नेल लगाएर भइरहेको उपचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । आयोगले अनुगमनका क्रमम ... read more...

  • डायनाको जालमा फस्दा भारतीय नागरिक श्रीपालले गुमाए २३ लाख

    काठमाडौं । एक युवती जसले आफूलाई धनाड्य बाबुकी एक्ली वारेस भनिन् जसका कारण एक जना भारतीय नागरिक श्रीपाल जैनले उनलाई 'तन मन र धन' दिएर नजिक हुन प्रयास गर्दैगर्दा उनी नराम्ररी ठगिए । एक दिन डायना सेकेन्ड भन्ने युवती जसले फेसबुकमा साथी बन्न भारतीय नागरिक श्रीपाल जैनलाई अनुरोध पठाइन । श्रीपालले पनि चिन्नु न जान्नु युवती भएकै भरमा उनलाई फेसबुकमा साथी स्विकार गरिदिए । कुराकानी चल्दै गयो । कुराकानीका क्रम ... read more...

  • सरसफाईको लागि निःशुल्क डस्विन वितरण

    काठमाडौं । ‘भोला, करेन्ट पान मसाला र रोट्रयाक्स क्लब अफ रुद्रमती’ को संयुक्त आयोजनामा डस्विन वितरण गरिएको छ । काठमाडौं उपत्यका जथाभावी फोहर भएका कारण सरसफाई गर्ने उदेश्यले सुर्ति, चुरोट, चाउचाउ, बिस्कुट लगायतका प्लास्टिकहरु हिड्ने बाटो रोडमा फाल्नेहरुको लागि डस्विन वितरण गरिएको हो । उपत्यकालाई लक्षित गरेर ‘भोला, करेन्ट पान मसाला र रोट्रयाक्स क्लब अफ रुद्रमती’ को संयुक्त आयो ... read more...

  • पत्रकार बस्नेतमाथि सांघातिक आक्रामण: दोषीलाई कारबाहीको माग

    काठमाडौं । सल्लेरीखबर डटकमका प्रवन्धक निर्देशक सुदर्शन बुढाथोकीले आफ्नो अनलाइनका सम्पादक दिनेश बस्नेतको आक्रामणमा संलग्न दोषीलाई तत्काल कारबाही गर्न माग गरेका छन् । सम्पादक बस्नेतमाथि असार ५ गते समाचार संकलनका क्रममा भत्तपुरको लोकन्थली गएका बेला आक्रमण भएको थियो । बस्नेतलाई शैलेश श्रेष्ठ र सञ्जय लामासहितका समूहले सांघातिक आक्रमण गरेको अनलाइनका निर्देशक बुढाथोकीको भनाई छ । आक्रमणबाट पत्रकार बस ... read more...

  • खलासीले चलाएको बस नाम्गेलमा दुर्घटना, एकको मृत्यु, ११ घाइते

    काठमाडौं । सुन्दरीजलबाट रत्नपार्क जाँदै गरेको बा १ ख ८७४४ नम्बरको (सिटी यातायात) बस दुर्घटनामा परेको छ । गोकर्णको नाम्गेल भन्ने ठाउँमा दुर्घटना हुँदा उक्त बस चलाइरहेका खलासी सागर कुँवरको दुर्घटनास्थलमै मृत्यु भएको हो । बर्ष २० का मृतक कुँवर सुन्दरीजल निवासी हुन् । दुर्घटनामा बसमा सवार ११ जना घाइते भएका छन् भने अन्यको अवस्था सामान्य रहेको छ । घाइतेहरुलाई उपचारका लागि तत्काल नेपाल मेडिकल कलेज अत्तरख ... read more...

  • 'सुसाइट नोट' भेटिएसँगै समता अस्पतालका सञ्चालकसहित ४ जना पक्राउ

    काठमाडौं । समता अस्पतालमा झुण्डिएको अवस्थामा फेला परेकी विमला तामाङको लासबाट भेटिएको सुसाइट नोटका कारण घटनाले रहस्यमय मोड लिएको छ । सुसाइट नोट भेटिएसँगै अस्पतालका सञ्चालक उत्तम सञ्जेलसहित चार जनालाई प्रहरीले अनुसन्धानका लागि हिरासतमा लिएको छ । पक्राउ पर्नेमा सञ्जेलकी श्रीमती कला सञ्जेल, अस्पतालको ब्यवस्थापन हेर्ने कुमार बस्ताकोटी र सरसफाई वार्ड हेर्ने तिर्थकुमारी श्रेष्ठ रहेका छन् । उनीहरुलाई अनुस ... read more...

  • अस्पतालमै झुण्डिएकी विमला मृत्युको 'राज' सुसाइट नोटमा भेटेएपछि..

    काठमाडौं । बौद्धस्थित समता अस्पतालमा झुण्डिएको अवस्थामा फेला परेको युवतीको लास र त्यसपछि भड्किएको आन्दोलनले नयाँ मोड लिएको छ । सहमतिपछि लास निकाल्ने क्रममा युवतीको पकेटबाट अस्पतालकै केही ब्यक्तिका कारण आत्महत्या गरेको भन्दै सुसाईट नोट भेटिएपछि फेरी आन्दोलन भड्किएको हो । अस्पतालका केही ब्यक्तिको नामै किटान गरेर उनीहरुकै कारण आत्महत्या गरेको भन्दै विमलाले लेखेको कागजको टुक्रा उनको पकेटमा भेटिएप ... read more...

  • विद्यार्थीको प्रश्न-दश लाख युवा डिप्रेशनको शिकार भए कस्ले जिम्मा लिन्छ ?

    काठमाडौं । लोकसेवा आयोगको स्थानीय निकायमा कर्मचारी भर्नाका लागि प्रकाशित विज्ञापन रोकिए दश लाख युवा डिप्रेशनको शिकार हुने भन्दै त्यसबाट उत्पन्न परिस्थिति भयावह हुने चेतावनी दिइएको छ । लोकसेवा तयारी विद्यार्थी संघर्ष समितिले शुक्रबार पत्रकार सम्मेलन गर्दै ८७ हजार विद्यार्थीको भविष्यमाथि खेलवाड गरिए कडा आन्दोलन गर्ने चेतावनी समेत दिएको थियो । लोकसेवा तयारी विद्यार्थी संघर्ष समितिका संयोजक मंगल थापाल ... read more...

  • बेरोजगार युवाहरुको फस्टाउँदो पकेटमारी धन्दा, युवती पनि सक्रिय

    काठमाडौं । पाठकवृन्द ! यो फोटो हेर्दा स्वास्थ्य सम्वन्धि कुनै जनचेतनामुलक कार्यक्रममा सहभागीहरुको जस्तो लाग्दा । किनकी सवैको मुखमा मास्क लगाइएको छ । तर, त्यस्तो नभई यि राजधानीमा सक्रिय रुपमा पकेटमार धन्दामा संलग्न अभियुक्तहरु हुन् । जसलाई महानगरीय प्रहरी परिसर काठमाडौंले पकेटमार विरुद्ध चलाएको विशेष अभियानमार्फत पक्राउ गरिएको हो । सो अभियानले एकैपटक ८२ जना पकेटमार पक्राउ गरी आइतबार पत्रकार सम्मेलन ... read more...

  • त्रिअविबाट चरेशसहित समातिए अमेरिकन नागरिक

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल एयरलायन्सको उडानबाट बैंकक जान लागेका एक अमेरिकन नागरिक चरेशसहित पक्राउ परेका छन् । ति अमेरिकन नागरिक  ४८०० सय ग्राम चरेशसहित पक्राउ परेको त्रिअविको प्रहरी सुरक्षा कार्यालयले जनाएको छ । उनको लगेज एक्स्रे मेशिनमा राख्दा चरेश भेटिएपछि उनलाई नियन्त्रणमा लिइएको हो । पक्राउ परेका अमेरिकन नागरिक विलियम हिरोनको थप अनुसन्धान भइरहेको प्रहरीले जन ... read more...

  • कालो पट्टीले मुख थुनेर चलचित्र समिक्षक गौतम रिहाइको माग

    काठमाडौं । चलचित्रको नकारात्मक समिक्षा गरेकै कारण समिक्षक प्रनेश गौतमलाई प्रहरीले साइबर क्राइमको अपराधमा मुद्दा चलाएको विषय एकाएक तातेको छ । अहिले चलचित्रको आचोचना गरेकै कारण गौतमा प्रहरीको खोरमा पुगेपछि यो विषयले एकाएक सडक तातिन सुरु गरेको छ । विभिन्न संघसंस्थाले समेत खुलेर विरोध गर्न सुरु भएका छन् । उता आज चलचित्र समिक्षक गौतमलाई पक्राउको विरोधमा माइतीघरस्थित मण्डलामा प्रदर्शन भएको छ । चलचित्र & ... read more...

  • बर्दघाटका एकल महिलालाई बुढानिलकण्ठ स्कुलका बिद्यार्थीको सहयोग

    काठमाडौं । बुढानिलकण्ठ स्कुलबाट माध्यमिक शिक्षा परीक्षा (एसईई) दिएर बसेका उत्साही विद्यार्थीहरुले नवलपरासीको बर्दघाटमा एकल महिलाहरुलाई आत्मनिर्भर बनाउन आर्थिक एवम् भौतिक सहयाग गरेका छन् । नवलपरासीका संविधानसभा सदस्य विक्रम खनालको उपस्थितिमा बुढानिलकण्ठ स्कुलका विद्यार्थीहरुले सो सहयोग हस्तान्तरण गरेका हुन् । उनीहरुको सानो सहयोगले निराश भएर एकल जीवन बिताइरहेका महिलाहरुलाई आत्मनिर्भर बन्न प्रेरणा मि ... read more...