• +977 9843987244
  • info@cpostnews.com
मुख्य खबर

समाज

  • गुडीरहेको गाडी टुसालमा दुर्घटना, डेढ दर्जन घाइते, अवस्था सामान्य

    काठमाडौं । सडकमा गुडीरहेको गाडी एक्कासी दुर्घटनामा परेको छ । दुर्घटनामा डेढ दर्जन घाइते भएका छन् भने घाइतेहरुको अवस्था सामान्य रहेको छ । घाइतेहरुलाई चावहिलस्थित मेडिकेयर, ओम र बौंद्धस्थित स्तुपा अस्पतालमा उपचार गर्न लगिएको छ । सामान्य घाइते भने आफ्नो गन्तव्यमा फर्किसकका छन् । दुर्घटनाको मुख्य कारण सडकमा रहेको खाल्डाखुल्डीमा गाडी परेर अनियन्त्रित भई दुर्घटना भएको बताइएको छ । अनिन्त्रित भई दुर् ... read more...

  • खुलामञ्च काण्डमा मुछिएका ठेकेदार भेटवालको सिटी मार्केटमा असुली

    काठमाडौं । खुलामञ्च कब्जा गरेर सटर बनाएर भाडामा लगाएपछि विवादमा तानिएका ठेकेदार मनोज भेटवालको अर्को काण्ड पनि बाहिरिएको छ । उनले नेपाली कांग्रेसका नेता एवम् तत्कालीन उपप्रधान तथा स्थानीय विकासमन्त्री प्रकाशमान सिंहलाई प्रलोभनमा पारेर रत्नपार्क अर्थात पुरानो बसपार्क छेउमा सिटीमार्केटमा रहेका सटरहरूबाट भाडा मनपरी रुपमा असुल्दै आएका छन् । भेटवालले रत्नपार्कमा रहेको सिटी मार्केटका ५०-६० सटरहरू सस्तोमा ... read more...

  • सन्दर्भ विश्व प्रेस स्वतन्त्रता दिवस: नेपाली मिडियाका लागि प्रतिकूल वर्ष

    काठमाडौँ । विगत एक वर्ष (सन् २०१८ मे देखि २०१९ अप्रिलसम्म) मा प्रेस स्वतन्त्रता उल्लङ्घनका घटनामा निकै बढोत्तरी पाइएको छ । विश्व प्रेस स्वतन्त्रता दिवसका सन्दर्भमा फ्रिडम फोरमले तयार पारेकोे वार्षिक मिडिया प्रतिवेदनअनुुसार एक वर्ष (मे २०१८ देखि अप्रिल २०१९ सम्म १०४ वटा प्रेस स्वतन्त्रता उल्लङ्घनका घटनाहरू घट्दा १५८ पत्रकारहरू प्रत्यक्ष प्रभावित भएका छन् । मिडिया प्रतिवेदनअनुसार यो सङ्ख्या अघि ... read more...

  • २४ घण्टा पनि टिकेन पाइलट विजय लामामाथिको निलम्बन

    काठमाडौं । नागरिक उड्डयन प्राधिकरणले पाइलट क्याप्टेन विजय लामामाथि गरेको निलम्बन २४ घण्टा पनि टिक्न सकेन । नेपाल एयरलाइन्सका पाइलट क्याप्टेन लामालाई निलम्बन गरिएको खबर सार्वजनिक भएसँगै सरकारको तीब्र आलोचना गर्दै स्वतन्त्र रुपमा नागरिकले चर्को विरोध गरेसँगै बाध्य भएर प्राधिकरणले निलम्बन फुकुवा गरेको हो । लामालाई प्रवक्ताको जिम्मेवारीमा रहँदा उनले दिएको अन्तवार्ता विवादास्पद भन्दै नागरिक उड्डयन प्रा ... read more...

  • पूनर्निर्माणका सबै काम समयमै सम्पन्न हुन्छ: भुषाल

    काठमाडौ । राष्ट्रिय पूनर्निर्माण प्राधिकरणका पूर्व सिईओ युवराज भुषालले प्राधिकरणको कार्यकालभित्रै पूनर्निर्माणका सबै काम सम्पन्न हुने स्पष्ट पारेका छन् । चौथो भुकम्प स्मृति दिवसका अवसरमा आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै भुषालले यस्तो बताएका हुन् । उनले भने,‘प्राधिकरणले लक्ष्यअनुसार काम गरिरहेको छ ।' अध्यादेश आउँदा प्राधिकरण राम्रो संस्था थियो । ठूलो सिंहजस्तो, तर ऐन आउँदा प्राधिकरणलाई ... read more...

  • सूचनाको हकसम्बन्धी विधेयक फिर्ता लिन माग

    काठमाडौँ । प्रदेश नंं ३ का प्रदेशसभा सदस्यहरूले हालै प्रदेशसभामा टेबुल भएको प्रदेश सूचनाको हकसम्बन्धी विधेयक प्रदेशसभाबाट सरकारले फिर्ता गर्नुपर्ने माग गरेका छन् । नेपालको संविधान २०७२, अन्तर्राष्टिय अभ्यास तथा सूचनाको हकसम्बन्धी ऐन २०६४ को प्रतिकूल हुने गरी विधेयक टेबल भएको भन्दै उनीहरुले तत्काल विधेयक फिर्ता लिनुपर्ने बताए । उनीहरुले विज्ञ समूहको परामर्शमा नयाँ विधेयक तयार गर्नुपर्नेमा जोड दिए । ... read more...

  • राजधानीमा भिआइपी लुटेरा सक्रियः स्पोर्टेज जिपमा बसेर लुटपाट

    काठमाडौं । महानगरीय प्रहरी अपराध महाशाखाले भीआइपी गाडिमा बसेर लुटपाट गर्दै हिड्ने नवराज तामाङ, दिपेश भन्ने सन्तबहादुर तामाङ र विक्रम श्रेष्ठलाई पक्राउ गरेको छ । गत चैत २६ गते दिँउसो खुकुरी देखाई काठमाडौंको रानीबारीस्थित लालेन्द्र शेरचनको घरमा लुटपाट गर्ने समूहका नाइकेलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुले शेरचन, उनकी श्रीमती भानुदेवी र घरमा काम गर्ने महिला मिठु थकालीलाई हात खुट्टामा जुटको डोरीले ... read more...

  • ‘कांग्रेसको जागरण अभियानमा एक अर्कालाई खुईल्याउने काम हुनेछ’

    काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य एवम् पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले यही बैशाख ९ गते पार्टीको तल्लो तहको एकता सम्पन्न हुने घोषणा गरेका छन् । उनले भने,‘एकता प्रक्रिया अलिकति ढिला भएकै हो । ढिला हुनुपनि स्वभाविक नै हो । दुई ठूला भिन्न भिन्न पार्टी मिल्ने कुरा सजिलो थिएन् । हामीले एकताको अत्यधिक काम पूरा गरिसकेका छौं । अब जनवर्गीय र स्थानीय ... read more...

  • पत्रकार श्रेष्ठको निधन

    काठमाडौं । सञ्चारउद्यमी तथा नेपाल समाचारपत्र दैनिकका प्रधान सम्पादक पुष्करलाल श्रेष्ठको निधन भएको छ । लामो समयदेखि बिरामी रहेका श्रेष्ठको उपचारका क्रममा मृत्यु भएको हो । नर्भिक अस्पतालमा थापाथलीमा उपचारकै क्रममा बुधबार ६० वर्षको उमेरमा श्रेष्ठको निधन भएको हो । दिउँसो ३ बजे आजै पशुपति आर्यघाटमा उनको अन्त्येष्टी गरिने पारिवारिक स्रोतले जनाएको छ । ... read more...

  • नयाँ बर्षको पहिलो दिनमै समिट एयरको दुर्घटनाः ३ जनाको मृत्यु

    सोलुखुम्बु । नयाँ बर्षकै पहिलो दिन सोलुखुम्बुस्थित लुक्ला विमानस्थलमा समिट एयरको विमान रनवेबाट टेकअफ गर्दा दुर्घटनामा परेको छ । बिहान अन्दाजी ९ः३० बजेको समयमा समिट एयरको विमान रनवेबाट टेकअफ गर्ने क्रममा पार्क गरी राखेको मनाङ एयरको हेलिकप्टरसँग ठोकिन पुग्दा उक्त दुर्घटना भएको थियो । दुर्घटनामा परी पर्यटक प्रहरी लुक्लामा कार्यरय प्रहरी सहायक निरीक्षक रामबहादुर खड्का र समिट एयरको कोपाइलट एस ढुंगानाको ... read more...

  • आपत्तीजनक अवस्थामा भेटिए बाल यौन दुराचारी फ्रान्सेली नागरिक

    काठमाडौं । नेपालमा बाल यौन दुराचारीको संख्या दिनानुदिन बढ्न थालेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले विशेष सूचनाको आधारमा बाल यौन दुराचारी फ्रान्सेली नागरिकलाई पक्राउ गरेको हो । ब्यूरोले ६९ बर्षीय फ्रान्सेली नागरिक जर्जलाई काठमाडौं महानगरपालिका-१७ ठमेलको भगवतीस्थानमा रहेको एक होटलबाट पक्राउ गरेको हो । नेपाली बालकहरुलाई ललाईफकाई विभिन्न प्रलोभनमा पारी बालयौन दुरूपयोग तथा अप् ... read more...

  • रक्त क्यान्सर पीडित पाँच वर्षीय छोरी बचाउन सहयोगको याचना

    काठमाडौं । रक्त क्यान्सरबाट पीडित बालिका उर्वसी केसीको खर्च अभावमा उपचारमा समस्या भएको छ । दोलखा चरिकोट गाँउपालिका-५ घर भई हाल काठमाडौं मनमैजुमा बसोवास गरिरहेकी पाँच वर्षीय बालिकाको उपचारमा लाग्ने खर्चको जोहो नहुँदा समस्या भएको परिवारले जनाएको छ । बिरामीका आफन्तले हालसम्म ३ लाख खर्च भईसकेको र आफुहरुसंग बाँकी खर्च गर्न सक्ने अवस्था नभएको जनाए । उनीहरुले छोरीको उपचारमा सहयोग गरिदिन आग्रह गरे । हाल क ... read more...

  • टोखा विस्का नख अर्थात बिस्केट जात्राको सम्पूर्ण तयारी पूरा

    काठमाडौं । आगामी बैशाख १ गतेदेखि बैशाख ४ गतेसम्म मनाउने टोखा विस्का नखः (बिस्केट जात्रा) को तयारी पूरा भएको छ । टोखा विस्केट जात्रा मुल व्यवस्थापन समितिले बैशाख १ गतेदेखि बैशाख ४ गतेसम्म चल्ने जात्राको सम्पूर्ण तयारी पूरा भएको जनाएको हो । जात्राको बारेमा प्रचार–प्रसार गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै टोखा नगरपालिकाकी उप-प्रमुख ज्ञानमाया डंगोलले ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको जात्रा ... read more...

  • पूर्वसीडिओको कर्तुत: बाहलवाला हुँदा अतिचार, पूर्व भएपछि अत्याचार !

    काठमाडौं । नेपालको निजामति कर्मचारी कतिसम्म भ्रष्ट हुन्छन् भन्ने विषय खुला किताब जस्तो छ । केहीबाहेक प्राय उच्च ओहदामा पुगेका व्यक्तिको भ्रष्टाचारलिलाको रेकर्ड अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेका कारबाहीको तथ्यांकले नै पुष्टि गर्छ । बाहलवाला हुँदा अतिचार गरी अकुत सम्पत्ति कुम्ल्याएका कतिपय अधिकारी भने पूर्व भएपछि अत्याचारमा उत्रिने उदाहरण पनि कम छैनन् । त्यसमध्येका एक हुन् पूर्वप्रमुख जिल्ला ... read more...

  • सरकारी जग्गा मिचेर यसरी बनाइयो भाटभटेनी र एनआरएन भवन

    काठमाडौं । मुआब्जा दिएर सरकारले अधिग्रहण गरेको बालुवाटारस्थित ललितानिवासले चर्चेको जग्गामा भाटभटेनी सुपरमार्केट र गैरआवासीय नेपाली संघ (एनआरएनए) का भौतिक संरचना निर्माण गरिएको तथ्य खुलेको छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोग र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो स्रोतका अनुसार डिल्लीबजार मालपोत कार्यालयका कर्मचारीसँग मिलेर ललितानिवासका तत्कालीन भोगाधिकारीले भूमाफिया र व्यापारीलाई अनधिकृत रूप ... read more...

  • 'नागरिकता विद्येयक राष्ट्रघाती छ, तत्काल खारेज गर्नुपर्छ'

    काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीले संसदमा प्रस्तुत नागरिकता विद्येयक तत्काल खारेज नगरे राष्ट्रियतानै खतरामा पर्ने स्पष्ट पारेका छन् । अध्यक्ष केसीले सदनमा प्रस्तुत उक्त विद्येयक तत्काल खारेज नगरे नेपालको अस्तित्व नै समाप्त हुने खतरा औंल्याए । उनले भने,‘नागरिकता विद्येयक सदनमा छलफलकै क्रममा छ, तर मन्त्रिपरिषदको बैठकले देशैभरिका जिल्ला प्रशासन ... read more...

  • अब सगरमाथालगायत अन्य हिमाली क्षेत्रका फोहर ब्यवस्थापन हुने

    काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथा तथा अन्य हिमाली क्षेत्रको आरोहरणका क्रममा जम्मा भएको फोहरको ब्यवस्थापन हुने भएको छ । 'पृथ्वीमा जीवन रक्षाका लागि हिँउ बचाँउ' भन्ने मुल नाराका साथ हिमाली क्षेत्रको फोहर व्यवस्थापन गर्न क्रियाशिल संस्था ग्लोवल कन्र्सन सेन्टर अफ् नेपाल र मठमन्दिर, टोल तथा नदीलगायत विभिन्न सामाजिक काममा क्रियाशिल संस्था एड्मायर नेपालबीच उक्त काम गर्न सम्झौता पत्रमा हस्ताक्षर भए ... read more...

  • बारा-पर्साको घटनाप्रति पूर्वराजाद्धारा दुःख व्यक्त

    काठमाडौं । आइतबार साँझ आएको हावाहुरीबाट बारा र पर्सा जिल्लामा गरी २७ जनाको ज्यान गएको तथा ६०० भन्दा बढी घाइते भएको खबर सार्वजनिक भएपछि पूर्वराजा ज्ञानेन्द्र शाहले दुःख प्रकट गरेका छन् । विज्ञप्ति जारी गर्दै उनले उक्त घटनामा परी घाईते हुनेहरुका लागि शीध्र स्वास्थलाभको कामना पनि गरेका छन् । पूर्वराजाको सचिवालयबाट जारी विज्ञप्तिमा भनिएको छ,'बारा र पर्सा जिल्लामा चैत्र १७ गते आईतबार साँझ आएको हाव ... read more...

  • ठेकेदारले ढुवानी नगर्दा हिमाली गाउँपालिकामा खाद्य सङ्कट

    बाजुरा । बाजुरामा समयमै ठेकेदारले चामल ढुवानी नगर्दा खाद्य सङ्कट भएको छ । जिल्लाको हिमाली गाउँपालिकामा खाद्य सङ्कट भएको हो । ठेकेदारले चामल ढुवानी गर्न असोजमा सम्झौता गरेको भए पनि अहिलेसम्म गाउँपालिकाको कवाडी डिपोमा चामल ढुवानी भएको छैन । चामल ढुवानी नहुँदा गाउँपालिकामा चरम खाद्य सङ्कट भएको वडा नं ५ का अध्यक्ष अम्मलाल कार्कीले बताए । हिमाली-३ विच्छँया चन्द्रबहादुर बुढथापाले भने, 'गाउँबाट चामल किन् ... read more...

  • गैरआवसीय नेपालीलाई सम्मान गर्दै त्रिअविमा एनआरएन डेस्क सञ्चालन

    काठमाडौं । नेपाल सरकारले पहिलो पटक सम्मान स्वरुप गैरआवासीय नेपालीहरुको सहायताका लागि एनआरएन डेस्क सञ्चालनमा ल्याएको छ । नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल त्रिअविमा विहिबारदेखि उक्त डेस्क सञ्चालनमा आएको हो । सरकारले विश्वभर छरिएर रहेका गैरआवासीय नेपालीलाई स्वदेश आउँदा तथा विदेश जाँदा सहज होस भन्ने उदेश्यका साथ उक्त डेस्क स्थापना भएको हो । विगत लामो समयदेखि गैरआवासीय नेपाली संघले सरकार ... read more...