• +977 9843987244
  • info@cpostnews.com
मुख्य खबर

समाज

  • ४ लाख ३५ हजार रुपैयाँसहित १६ जना जुवाडे समातिए

    काठमाडौं । महानगरीय प्रहरी प्रभाग गोंगबुले ४ लाख ३५ हजार रुपैयाँसहित १६ जुवाडेलाई पक्राउ गरेको छ । प्रभागले उनीहरुलाई दिउँसो बानियाँटारबाट पक्राउ गरेको हो । उनीहरुको साथबाट ६ बुक तास पनि बरामद भएको छ । पक्राउ परेका जुवाडेहरुलाई जुवा ऐन अन्तर्गत कारबाही गरिने प्रभागले जनाएको छ । ठूलो जुवा चलिरहेको गोप्य सूचनाको आधारमा प्रभागबाट खटिएको टोलीले जुवा अखडामा छापा मार्दा जुवाडेहरु राम बुढाथोकी, नमिर ... read more...

  • नेपाल-जापान समझदारीः नेपाली श्रमिकलाई जापानी सरह सेवासुविधा

    काठमाडौँ । निकै आकर्षक गन्तव्यका रुपमा रहेको जापानमा नेपाली कामदारलाई रोजगारीका अवसर उपलब्ध गराउन मार्ग प्रशस्त भएको छ । नेपाल सरकार र जापान सरकारका अधिकारीबीच आज भएको नेपाली श्रमिक पठाउनेसम्बन्धी ‘सहयोग समझदारी’ले जापानी कानूनबमोजिम नेपाली श्रमिकले रोजगारीको सेवा, सुविधा एवं शर्तमा जापानी नागरिक सरह समान व्यवहार प्राप्त गर्ने व्यवस्था सुनिश्चित गरेको छ । नेपाली श्रमिकले प्राप्त गर्ने ... read more...

  • हुलाकी सडक: दुई वर्षको म्याद सकियो, सडक अधुरै

    परासी । पश्चिम नवलपरासीस्थित परासी-नारायण चोक (गोपीगञ्ज) हुलाकी सडक निर्माण गर्ने सम्झौता गत फागुन १४ गते सकियो । २०७३ फागुनमा सम्झौता भई निर्माण शुरु भएको राष्ट्रिय गौरवको यो आयोजना म्याद सकिँदासम्म जम्मा ३० प्रतिशत मात्र काम भएको छ । दुई वर्षको म्याद सकिँदासमेत सडक अधुरै रहेपछि निर्माण अलपत्र पर्ने हो कि भन्ने चिन्ताले स्थानीयवासीलाई सताउन थालेको छ । नदीजन्य पदार्थको अभाव देखाउँदै निर्माण कम्पनी ... read more...

  • मलेसियामा अलपत्र नेपालीलाई स्वदेश फर्काइयो

    काठमाडौँ । मलेसियामा अलपत्र परेका नेपालीलाई सरकारी खर्चमा स्वदेश फर्काइएको छ । हवाई टिकटको खर्च व्यहोर्न नसकी घरफिर्ती केन्द्रमा अलपत्र रहेका १६ नेपालीलाई दूतावासले विभिन्न चरणमा उद्धार गरी स्वदेश फर्काएको हो । गत फागुन ३० गते जुरु घरफिर्ती केन्द्रबाट छ र बिहीबार जोहरवारु घर फिर्ती केन्द्रबाट १० जना नेपालीको उद्धार गरी नेपाल पठाइएको दूतावासले जनाएको छ । अलपत्र नेपालीको उद्धार गर्ने बहानामा पीडितको ... read more...

  • हर्षोल्लासका साथ मनाइँदै रंगहरुको पर्व फागुपूर्णिमा अर्थात होली

    काठमाडौँ । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व बुधबार हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदैछ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ । केही वर्ष अघिसम्म उपत्यकामा उत्ताउलो रुपमा मनाइने यो पर्व प्रहरीको सक्रियताका कारण पछिल्लो समय सभ्य बन्न थालेको छ । सडकमा काम विशेषले हि ... read more...

  • वेलकमले 'स्वच्छ होली, खेलौ मन खोली' भन्दै होली पर्व मनायो

    काठमाडौं । रंगहरुको पर्व फागुपूर्णिमाको पूर्वसन्ध्यामा वेलकम एडभरटाईजिङ्गले आफ्नै प्राङ्गणमा होली पर्व विशेष कार्यक्रम गरी मनाएको छ । वेलकमले आपसी एकता, सद्भाब, भाइचारा, मित्रता र प्रेमको प्रतिकको रुपमा रहेको होली पर्व आफ्नै प्राङ्गणमा धुमधामसँग मनाएको जनाएको हो । वेलकमले आफ्ना कर्मचारीहरुकाबीच आत्मियता र सद्भाबका साथ धुमधामसँग 'स्वच्छ होली, खेलौ मन खोली' भन्ने नारासहित एकआपसमा रंग लगाउँदै शुभकामन ... read more...

  • ड्रिम हाउस इन्टरनेशनल लिमिटेडको विवाद अख्तियारसम्म

    काठमाडौं । काठमाडौं क्षेत्र नम्बर–३ का सांसद कृष्ण राई अध्यक्ष रहेको ड्रिम हाउस इन्टरनेशनल लिमिटेडको विवाद अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्म पुगेको छ । उक्त पब्लिक लिमिटेड कम्पनीका असन्तुष्ट लगानीकर्ताहरुले सेयरधनीहरुबाट उठेको रकम चरम दुरुपयोग भएको भन्दै अख्तियारमा उजुरी हालेका हुन् । उजुरीमा पब्लिक लिमिटेड कम्पनीका अध्यक्ष तथा सांसदमाथि चरम आर्थिक दुरुपयोग गरेको आरोप लगाइएको छ । असन्तुष् ... read more...

  • हुम्लामा फेरी हिमपातः तापक्रम माइनसमा पुग्यो, हवाई सेवा रोकियो

    हुम्ला । दुई महिना लगातार नरोकिएको हिमपात फेरी आजदेखि हिउँ पर्न शुरु भएको छ । जिल्लामा बिहिबार रातिदेखि मौसम फेरबदल भएसँगै हिमपात शुरु भएको हो । लामो समयको हिमपातले यहाँको जनजीवन अझै कष्टकर बनाएको थियो । हिमपातसँगै जिल्लामा चिसो निकै बढेको र हावाहुरी चलिरहेको छ । हिमपात भएपछि जिल्लामा चिसो बढेको तापक्रम माइनसमा झरेको छ । हिमपात हुँदा जिल्लाको एकमात्र हवाई यातायात पनि आजदेखि ठप्प भएको छ । जिल्लाबाट ... read more...

  • अस्पताल रणभूमीमा परिणतः लाठिचार्ज र अश्रुग्याँस प्रहार

    काठमाडौं । जोरपाटी, अत्तरखेलस्थित रहेको नेपाल मेडिकल कलेज रणभूमीमा परिणत भएको छ । आलोपोटबाट अस्पतालसम्म आफैं हिँडेर आएका ४२ बर्षीय विरामी सुर्दशन फुँयालको लापरबाहीका कारण आज मृत्यु भएपछि अस्पतालमा तनाब सृजना भएको हो । आक्रोशित भिडले अस्पताललाई तोडफोड गरेका छन् । आक्रोशित स्थानिय र प्रहरीको दोहरो झडपमा दुवैतर्फका गरी एक दर्जन बढि घाइते भएका छन् । हिजो अस्पतालमा भर्ना भएका फुँयालको आज ... read more...

  • अन्तर्राष्ट्रिय नारी दिवसमा पदयात्रा

    काठमाडौँ । सञ्चारमाध्यम भित्र र सञ्चारमाध्यमार्फत सबैतिर महिला सहभागिताको महत्वलाई प्राथमिकता दिई सहभागिता बढाउन दबाब दिने उद्देश्यले पदयात्रा गरिएको छ । ‘समावेशी सञ्चारः महिलामत्रै व्यवहार’ मूल नाराका साथ फ्रिडम फोरम, नेपाल वातावरण पत्रकार समूह, नेपाल पत्रकार महासङ्घ, सञ्चारिका समूह, नेफेजलगायत विभिन्न १७ सङ्घसंस्थाको संयुक्त आयोजनामा भृकुटीमण्डपबाट शुरु भएको पदयात्रा भद्रकाली, शहीदगे ... read more...

  • १ लाख ९६ हजार रुपैयाँसहित आधा दर्जन जुवाडे महिला समातिए

    काठमाडौं । प्रायजसो जुवा अखडाबाट पुरुष जुवाडेहरु पक्राउ पर्ने गरेका छन् । तर राजधानीमा घरानियाँ र धनाड्य परिवारका महिलाहरु पनि लाखौंमा जुवा खेल्ने गरेको रहस्य त्यतिबेला सार्वजनिकि भयो, जतिबेला महानगरीय प्रहरी बृत्त बौंद्धले छापा मारेको एक जुवा अखडाबाट आधा दर्जन बढि महिलाहरु पक्राउ परे । प्रहरीले काठमाडौं महानगरपालिका वडा नम्बर-६ माँकालस्थित एक घरमा छापा मार्ने क्रममा नगद एक लाख ९६ हजार १५० रु ... read more...

  • उद्योगी शिवकुमार अग्रवालको निधन

    काठमाडौं । एमएस ग्रुपका अध्यक्ष तथा वरिष्ठ उद्योगी शिवकुमार अग्रवालको भारतको चेन्नाईमा ७६ बर्षको उमेरमा निधन भएको छ । उनको स्वास्थ्यमा समस्या देखिएपछि एक हप्ताअघि थप उपचारका लागि भारत लगिएको थियो । उद्योगी अग्रवाल लामो समयदेखि मुटु तथा मृगौला रोगबाट पिडित थिए । अग्रवालका श्रीमती र दुई छोरा तथा एक छोरी रहेका छन् । उनको पशुपति आर्यघाटमा शुक्रबार अन्त्यष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ । एमएस ग्र ... read more...

  • सांसदको उदाहरणीय कामः पुत्रको पास्नी खर्च सामाजिक संस्थालाई दान

    काठमाडौं । प्रदेश नं. ३ (क) का सांसद, समाजसेवी एबम् नेपाली काँग्रेसका युवा नेता छिरिङ दोर्जे लामा र उनकी पत्नी अनु प्रशाई लामाले आफ्नो पुत्रको अन्नप्राशन (पास्नी) गर्दा लाग्ने खर्च एक सामाजिक संस्थालाई प्रदान गरेका छन् । उनीहरुले आफ्नो पुत्रको अन्नप्राशन भोज नगरी उक्त रकम बौद्धिक अपाङ्गता भएका बालबालिकाहरुका लागि काम गर्दै आएको संस्था नयाँ जीवन नेपाललाई प्रदान गरेका हुन् । शिवरात्रीको अव ... read more...

  • नायब उपरीक्षक चन्द सम्मानित

    काठमाडौं । महानगरीय प्रहरी बृत्त बौंद्धका प्रमुख डिएसपी नरेन्द्र चन्द सम्मानित भएका छन् । समुदाय-प्रहरी साझेदारी कार्यक्रममार्फत समुदायका लागि प्रशंसनीय काम गरेको भन्दै उनलाई सम्मान गरिएको हो । त्रिज्योति मावि कपनले आयोजना गरेको वार्षिकोत्सव कार्यक्रममा महिला बालबालिका तथा जेष्ठ नागरिकमन्त्री थममाया थापाले डिएपी चन्दलाई सम्मान गरेकी हुन् । समुदाय-प्रहरी साझेदारी विस्तार तथा गठन कार्यक्रम प्रभावकार ... read more...

  • पशुपतिलगायत देशभरका शिवालयमा बिहानैदेखि भक्तजनको भीड

    काठमाडौँ । महाशिवरात्रिका अवसरमा आज बिहानैदेखि पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा पूजाआजा एवं दर्शन गर्ने भक्तजनको भीड लागेको छ । पर्वका अवसरमा बिहान ३ बजेदेखि नै पशुपतिका चारै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । बिहानैदेखि लाखौँ भक्तजन पशुपतिनाथ मन्दिरमा दर्शनका लागि लाममा बसेका छन् । आज पशुपति मूल मन्दिर प्रवेशका लागि बाहिरबाट तीन मूल मन्दिर परिसरमा प्रवेश गरेपछि पाँच लाइनको व ... read more...

  • राजकीय सम्मानका साथ अधिकारीको अन्त्येष्टि

    काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का दिवङ्गत नेता तथा पूर्वउपप्रधानमन्त्री एवं अर्थमन्त्री भरतमोहन अधिकारीको आज राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । पशुपतिस्थित आर्यघाटमा नेता अधिकारीको पार्थिव शरीरमा उनका सुपुत्रीत्रय लुना, लिमा र लिजाले संयुक्तरूपमा दागबत्ती दिएका थिए । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद् बैठकले उनको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय ग ... read more...

  • वरिष्ठ पत्रकार गौतमको निधन

    काठमाडौँ । वरिष्ठ पत्रकार मुरारीप्रसाद गौतमको निधन भएको छ । ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचाररत रहेका ६९ बर्षीय गौतमको गए राति निधन भएको हो । शनिबार दिउँसो मुटुमा समस्या आएपछि उनलाई अस्पतालमा भर्ना गरिएको थियो । रहस्य साप्ताहिकका सम्पादक रहेका गौतम लामो समयदेखि मुटुरोगबाट पीडित रहेका थिए । रहस्य साप्ताहिक विगत ४६ वर्षदेखि काठमाडौँबाट निरन्तर प्रकाशित हुँदै आइरहेको छ । गौतमको आज पशुपति आर्यघ ... read more...

  • वाह्रविसे नगरले मनायो अन्तर्राष्ट्रिय खुल्ला तथ्यांक दिवस

    वाह्रविसे । वाह्रविसे नगरपालिकाले अन्तर्राष्ट्रिय खुल्ला तथ्यांक दिवस मनाएको छ । अन्तर्राष्ट्रिय खुल्ला तथ्यांक दिवसको अवसरमा वाह्रविसे नगरपालिकाले प्रभातफेरी निकाली कार्यक्रम आयोजना गरेको छ । स्थानीय सरकारको काम कारवाहीलाई पारदर्शी बनाउन र प्रत्येक नागरिकलाई सूचनाको पहूँचमा पु¥याउन वाह्रविसे नगरले वाह्रविसे बसपार्क हुँदै खुर्सानीबारीसम्मपरिक्रमा गरेको हो । नगरले जारी गरेका नीति नियम, नगर सभाक ... read more...

  • पार्टी कार्यालयमा श्रद्धाञ्जली, आजै अन्त्येष्टि

    काठमाडौँ । उपचारका क्रममा शनिबार राति दिवङ्गत भएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवं पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारीको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को धुम्बाराहीस्थित केन्द्रीय कार्यालयमा राखिएको छ । अहिले बिहान ९ बजेदेखि मध्याह्न १२ बजेसम्म पार्टी कार्यालयमा श्रद्धाञ्जलिका लागि राखिने र त्यसपछि आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने पार्टी केन्द् ... read more...

  • पुनः वर्षा दोहोरिने: 'हिमपातले गाउँ फर्कनै पाएनन् मनाङवासी'

    काठमाडौँ । गत मङ्गलबार प्रवेश गरेको पश्चिमी वायुको प्रभाव आज सकिएपछि मौसम सफा रहेता पनि शनिबारबाट पुनः वर्षा शुरु हुनसक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शनिबार अर्कौ जलवाष्पयुक्त नयाँ प्रणाली प्रवेश हुने भएकाले वर्षाको सम्भावना रहेको मौसमविद् मीनकुमार अर्यालले बताए । उनका अनुसार आज मौसममा केही सुधार भई घाम लागे पनि भोलिदेखि फेरि प्रभावित हुनेछ । देशको अधिकांश भू–भागमा मध्यमदेख ... read more...