• +977 9843987244
  • info@cpostnews.com
मुख्य खबर

समाज

  • शान्तिका लागि चारुमती विशेष विहारमा बुद्धपूजा

    काठमाडौँ । चारुमती बुद्धिष्ट मिसन नेपालले चाबहिलस्थित चारुमती विहारमा विशेष बुद्धपूजाका साथै प्रवचन गरेको छ । मानव कल्याणका लागि शाक्यमुनि बुद्धले दिएका अहिंसा, शान्ति, मित्रता, भ्रातृत्वको सन्देशलाई उक्त कार्यक्रममा स्मरण गरिएको छ । संयुक्त राज्य अमेरिकाको लस एञ्जेल्सबाट आउएकी ५० वर्षीया बौद्धगुरु तथालोकले बौद्ध इतिहासको लामो परम्परा बोकेको चारुमती चैत्यलाई विश्वसम्पदा सूचीमा सूचिकृत गर्नुपर्नेमा ... read more...

  • ‘हरि जीव सत्य धर्म’ का गुरुको आह्वान: ‘विश्वमा शान्ति कायम गरौं’

    काठमाडौं । संस्कृतविद् डा.रमेशचन्द्र अधिकारीले ‘हरि जीव सत्य धर्म’ का गुरु कमलप्रसाद भट्टराईको आध्यात्मिक क्षमता देखेर आफु दङ परेको बताएका छन । ‘हरी जीव सत्य धर्म’ले विश्व शान्तिका लागि विश्व महायज्ञको बारेमा जानकारी दिन आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै डा.अधिकारीले यस्तो बताएका हुन । उनले भने,‘विदेशीहरुले हाम्रो सनातन धर्ममाथि हमला गरिरहेको बेलामा गुरु भट्टराईले ... read more...

  • प्रहरी प्रभाग 'कुपण्डोल' को नवनिर्मित भवन उद्घाटन

    ललितपुर । महानगरीय प्रहरी प्रभाग कुपण्डोलको नवनिर्मित भवनको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक शैलेश थापा क्षेत्रीले उद्घाटन गरेका छन् । २०३७ सालमा अस्थायी प्रहरी विटको रुपमा स्थापना भई २०७२ सालमा महानगरीय प्रहरी प्रभागको रुपमा स्तरोन्नति भएको प्रभाग टिनको टहराबाट सेवा दिन बाध्य थियो । उक्त नवनिर्मित भवन ललितपुर महानगरपालिका वडा नं-१० कार्यालय तथा स्थानियबासीहरुको ... read more...

  • चिनियाँ पक्षले बुझायो केरुङ-काठमाडौँ रेलमार्गको प्रतिवेदन

    काठमाडौँ । चीनको नेशनल रेल्वे अथोरिटीले केरुङ काठमाडौँ रेलमार्गको प्रारम्भिक अध्ययन प्रतिवेदन नेपाल सरकारलाई आज बुझाएको छ । रेलमार्ग निर्माण सम्बन्धमा चिनियाँ प्राविधिक टोलीले तयार पारेको प्रतिवेदन प्राप्त भएपछि कुन ढाँचामा कसरी रेलमार्ग निर्माण गर्ने भन्ने विषयमा थप गृहकार्य गर्न मार्गप्रशस्त भएको छ । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका सचिव मधुसूदन अधिकारीलाई चिनियाँ नेशनल रेल्वे अथ ... read more...

  • ७६ वर्षीय वृद्धले किन गरे अस्पतालभित्रै आत्महत्या ?

    काठमाडौँ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज परिसरभित्र एक वृद्धले आत्महत्या गरेका छन् । काठमाडौँ महानगरपालिका-३ धारामार्ग बस्ने ७६ वर्षीय कृष्णबहादुर बोहराले आइतबार साँझ झुण्डिएर आत्महत्या गरेका हुन् । महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख एवं प्रहरी नायब उपरीक्षक फणीन्द्र प्रसाईले अस्पतालभित्रको गणेशमानसिंह नाक, कान, घाँटी रहेको भवन पछाडि रहेको टहरोमा झुण्डिएको अवस्थामा आइतबार ... read more...

  • बेपत्ता भएका शिवाकोटी मलेसियामै मृत फेला

    इलाम । वैदेशिक रोजगारीका क्रममा मलेसिया पुगेर बेपत्ता बनेका एक व्यक्तिको मलेसियामै मृत्यु भएको छ । तीन वर्षअघि वैदेशिक रोजगारीका लागि मलेसिया गएका यहाँस्थित सन्दकपुर गाउँपालिकाको सुलुबुङका नन्दकुमार शिवाकोटीको गत मङ्सिर १६ गते मृत्यु भएको परिवारले जनाएको छ । उनका छिमेकी नेत्र रिजालका अनुसार शिवाकोटीको मृत्यु के कारणले भयो खुलेको छैन । शिवाकोटीको शवलाई आजै थाई एयरमार्फत नेपाल ल्याइने तयारी भइरहेको ... read more...

  • प्रहरीलाई ७ लाख लुटपाट भएको सूचना दिने कामैत नै समातिए

    सिराहा । अज्ञात समूहले रकम लुटपाट गरेको भनि गलत अफवाह फैलाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीले सिरहाको धनगढीमाई नगारपालिका-१० निवासी चितकुमार कामैतलाई पक्राउ गरी कारवाही चलाएको हो । कामैतले सिरहाको गोलबजारस्थित ज्योति विकाश बैंकबाट नगद झिकेर फर्किंदै गरेको अवस्थामा धनगढीमाइ नगरपालिका-३ स्थित उग्रचण्डी पेट्रोल पम्प नजिकै लुटिएको सूचना प्रहरीलाई दिएको थिए । उनले प्रहरीलाई दिएको सू ... read more...

  • सुन तस्कर पोद्दारलाई नै विमानस्थलस्थित पार्किङको जिम्मा

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा रहेको पार्किङ्गलाई साँघुरो भएको बहानामा सुन तस्करीमा संलग्न भई हाल थुनामा रहेका व्यापारी बिमल पोद्दार सञ्चालक रहेको रसुवा केडी जेभी कम्पनीलाई पैसा समेत संकलन गर्ने गरी महाप्रबन्धक राजकुमार क्षेत्रीले पार्किङ्गको काम दिएका छन् । क्षेत्रीले पार्किङ्गबाट उठेको पैसामा समेत आफ्नो हिस्सा रहने गरी रसुवा केडीकै मातहतमा दिएको विमानस्थल स्रोतले बतायो । र ... read more...

  • पश्चिमा शक्तिको 'पृथकतावादी कार्ड' अब जेलमै थन्किने

    काठमाडौं । स्वतन्त्र मधेशको नाममा ‘मधेश राष्ट्र’ को माग गर्दै पृथकतावादी आन्दोलन चलाएका सप्तरीका सीके राउतलाई सर्वोच्च अदालतले थुनामा पठाएको छ । महानगरीय प्रहरी वृत्त दरबारमार्गमा ज्वाँईको सुविधामा बसेका उनलाई बन्दी प्रत्यक्षीकरण मात्र होइन, छाड्नका लागि नै अपिल भएको थियो ।  तर, दिपकराज जोशी र बमनकुमार श्रेष्ठको इजलासले सोमबार उनको रिट खारेज गरेपछि उनी स्वतः थुनामा जाने भएका हुन् ... read more...

  • सडक दुर्घटनामा ट्राफिक प्रहरीकै मृत्यु

    काठमाडौँ । काठमाडौँ उपत्यकामा सवारी दुर्घटनामा परी एक ट्राफिक प्रहरीकै मृत्यु भएको छ । गएराति १० बजे ललितपुरको एकान्तकुनामा बा ९४ प ६१९७ नम्बरको स्कुटर दुर्घटना हुँदा महानगरीय ट्राफिक प्रहरी वृत्त कालीमाटीमा कार्यरत प्रहरी जवान सुमनप्रसाद कँडेलको मृत्यु भएको हो । कँडेल आफैले स्कुटर चलाउँदा दुर्घटना हुन गएको थियो । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तल ... read more...

  • ४० औं हप्तामा हनुमन्ते सरसफाइ अभियानः २५ टन फोहर संकलन

    भक्तपुर । हनुमन्ते सफाइ अभियानको आज ४० औं हप्ता तथा अरनिको राजमार्ग सफाइको एकमहिने अभियान १० औंँ दिन पुगेको छ । सो क्रममा आज भएको सरसफाई अन्तर्गत भक्तपुर र सूर्यविनायक नगर क्षेत्रबाट २५ टन फोहर संकलन भएको अभियन्ताहरुले बताएका छन् । हनुमन्ते नदी सरसफार्इ अभियान सूर्यविनायक नगरपालिकाको नेतृत्वमा सञ्चालन भइरहेको छ । त्यस्तै जिल्ला प्रशासन कार्यालय भक्तपुरको नेतृत्वमा अरनिको राजमार्ग सफाइ अभियान चलिरह ... read more...

  • नेपाल-चीन जोड्ने मितेरी पुल दुई महिनाभित्र बन्ने

    चौतारा । भूकम्प र भोटेकोशी बाढीबाट क्षतिग्रस्त सिन्धुपाल्चोको तातोपानीस्थित नेपाल–चीन सीमाको मितेरी पुल निर्माण कार्य आगामी दुई महीनाभित्र सम्पन्न हुने भएको छ । चीनको खासामा बुधबार भएको द्विपक्षीय सीमा सुरक्षा बैठकमा चिनियाँ पक्षले यसबारे जानकारी गराएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीले बताए । विसं २०७२ वैशाख १२ गतेको भूकम्प र विसं २०७३ असारमा भोटेकोशी आएको बाढीबाट ... read more...

  • जिप दुर्घटना काण्डका चालक पुर्पक्षका लागि कारागार चलान

    काभ्रे । प्रहरी नायब महानिरीक्षक (डिआइजी) सुशीलकुमार भण्डारीलगायत तीन जनाको मृत्यु हुने गरी भएको दुर्घटनाका जिप चालक प्रदीप बोगटी पुर्पक्षका लागि कारागार चलान भएका छन् । मण्डनदेउपुर नगरपालिका-६ भाङ्गेटारमा गत कात्तिक १० गते भएको जित दुर्घटना छानविन गर्न बनेको समितिले उनको लापरबाही देखेपछि जित चालक बोगटीलाई २७ दिन हिरासतमा राखेको थियो । उक्त दुर्घटना छानविन गर्न जिल्ला प्रहरी कार्यालय काभ्रका प्रहर ... read more...

  • तारा एअरको टुइनेटर जहाजमा सवार यात्रुको जहाजभित्रै मृत्यु

    रारा । रारा विमानस्थलबाट नेपालगञ्जका लागि उडेको तारा एअरको टुइनेटर जहाजमा सवार एक यात्रु जहाजभित्रै मृत्यु भएको छ । आज दिउँसो १२ः३० बजे रारा विमानस्थलबाट नेपालगञ्जका लागि उडेको तारा एयरलाइन्सको 9N AET कलसाइनको उडान नं ७१६ जहाजमा मुगु जिल्ला सोरु गाँउपालिका–८ गिलाहाँ गाँउका अन्दाजी ३८ वर्षीय धिरबहादुर शाहीको मृत्यु भएको आफन्तले बताएका हुन् । यता तारा एयरलाइन्स नेपालगञ्ज स्टेशनका स्टेशन म ... read more...

  • केटी भनेपछि मरिहत्ते गर्ने सोडारी केटी काण्डैले मन्त्री न नेता !

    काठमाडौं । बालुवाटारमा साना तिना काण्डलाई नजरअन्दाज गर्ने चलन छ । त्यहाँमाथि चुनाव जितेर मन्त्री समेत भइसकेको व्यक्तिका एकाध हल्लालाई प्रधानमन्त्री केपी शर्मा ओलीले किन सुन्थे र । राजनीतिमा मिहेनत गरेको मान्छेको पद त्यसै खाने रहर उनलाई पनि कहाँ थियो र ? तर त्यसो भएन । एउटा अडियो सुनेपछि उनले एक झड्कामा उडाइदिए ७ नम्बर प्रदेशका सामाजिक विकास मन्त्रीसहित नेपाल कम्युनिस्ट पार्टीका नेता दिर्घबहादुर सो ... read more...

  • अमार्कको उपाध्यक्ष पदमा खतिवडा निर्वाचित

    काठमाडौँ । सामुदायिक रेडियो प्रसारक सङ्घका अध्यक्ष सुवास खतिवडा सामुदायिक रेडियोहरुको विश्व सङ्गठन (अमार्क) एशिया प्यासिफिकको उपाध्यक्ष पदमा निर्वाचित भएका छन् । इण्डोनेशियाको जाकार्ता शहरमा आज सम्पन्न अमार्कको चौथो सम्मेलनबाट खतिवडा सो पदमा निर्वाचित भएका हुन् । रेडियो धादिङका संस्थापक मध्येका एक नवनिर्वाचित उपाध्यक्ष खतिवडा सामुदायिक रेडियोका अभियन्ता हुन् । अध्यक्षमा भारतका रामनाथ भाट निर्वाचित ... read more...

  • यसरी मनाइयो हरिबोधनी एकादशी अर्थात तुलसीको विवाह

    काठमाडौँ । भगवान् विष्णुको प्रतिकका रुपमा तुलसीको विवाह र विशेष पूजा गरी हरिबोधनी एकादशी पर्व मनाइएको छ । प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीका दिन यो पर्व मनाउने गरिन्छ । आज तुलसीको दामोदर अर्थात् भगवान् विष्णुसँग विवाह गरेपछि चार महिना लामो व्रत उद्यापनका लागि भोलिदेखि वैदिक सनातन धर्मावलम्बीले घर घरमा हवन गर्छन् । आषाढ शुक्ल एकादशी अर्थात् हरि शयनी एकादशीका दिनमा क्षीरसागरमा सुत्नुभएका विष्णु आज ... read more...

  • दोस्तीबाट सल्केको आगो दुश्मनीमा, काँग्रेसी युवालाई कसले फसायो ?

    काठमाडौं । केहि दिन पहिले नेपाली काँग्रेस सिन्धुपाल्चोक मार्मिङका इकाई सभापति युवा नेता पासाङनोर्वु लामालाई महानगरीय प्रहरी बौंद्ध बृत्तले पक्राउ गर्यो । त्यसपछि उनलाई बिना कारण पक्राउ गरिएको भन्दै छाड्न दबाब आइरहेको छ । तर, जसले लामाविरुद्ध बृत्तमा जाहेरी दिएका हुन्, उनकै योजनामा उनलाई पक्राउ गरिएको रहस्य खुलेको छ । पासाङलाई दावा रबगेल शेर्पाले २०७४ साल साउन १६ गते आफुमाथि कुटपिट भएको भन्दै बौंद् ... read more...

  • आज राति सिंह राशिबाट उल्का वर्षा हुने

    काठमाडौँ । आज राति सिंह राशिबाट उल्का वर्षा हुने नेपाल एष्ट्रोनोमिकल सोसाइटीले जनाएको छ । आकाश मण्डलमा मध्यराति १२ बजेदेखि ३ बजेसम्म सिंह राशिबाट उल्का वर्षा भएको देख्न सकिने सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिए । १ः३० बजे सबैभन्दा धेरै उल्का वर्षा भएको स्पष्टरुपमा देखिने उनको भनाइ छ । आज ११ः४५ बजे आकाश मण्डलमा सिंह उदाउने सोसाइटीले जनाएको छ । आकाश मण्डलमा ग्रह, नक्षत्र, राशिको उल्का वर्ष ... read more...

  • हत्या कि आत्महत्या ? इन्द्रावती नदीमा मृत भेटिए वडाध्यक्ष श्रेष्ठ

    सिन्धुपाल्चोक । सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका-८ का वडाध्यक्ष धनबहादुर श्रेष्ठ मृत फेला परेका छन् । उनलाई ईन्द्रावती नदीमा डुबेको अवस्थामा फेला पारिएको हो । आज बिहान राति तीन बजे घरबाट निस्किएका श्रेष्ठले आत्महत्या गरेका हुन् वा हत्या गरिएको हो ? त्यो भने खुल्न सकेको छैन् । उनको लास बोर्डगाउँको होष्टे दोवानस्थित ५० मिटरतल खोलाको माझमा भेटिएको गाउँपालिका अध्यक्ष वंशलाल तामाङले जानकारी दिए । वि ... read more...