• +977 9841468702
  • info@cpostnews.com

समाज

  • नेपाली महिलाहरूले गर्ने कठीन ब्रतको पर्व 'श्रीस्वस्थानी' प्रारम्भ

    काठमाडौँ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म विधिपूर्वक गरिने स्वस्थानी व्रत आजदेखि शुरु भएको छ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी व्रत र माघ स्नान गरिन्छ । पौष शुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर यसको शुरुवात हुन्छ । बिहान माघ स्नान गरी मध्याह्नकालमा महादेवको पूजा गरिन्छ । बेलुकी स्कन्द पुराणको केदार खण्डअन्तर्गत माघ म ... read more...

  • सिंचाई र खानेपानीको सुविधापछि फेरियो आदमारबासीको दैनिकी

    मकवानपुर । हेटौंडा बजारबाट करिब ८ किमी उत्तरमा रहेर पनि बिकट मानिएको भिमफेदी गाउँपालिका–१ स्थित आदमारबासीले वर्षौपछि खानेपानी र सिंचाईको सुविधा पाएका छन् । गाउँबाट करिब आधा घण्टाको पैदल दुरीमा रहेको मुहानबाट गाउँले आफैले पाईप बिच्छ्याएर पानी ल्याएका हुन् । तर पाईप पुुरानो हुँदै गएपछि ठाउँ ठाउँमा फुटेका कारण गाउँका सबै ठाउँमा पानी नपुग्ने समस्या थियो । महिला बालवालिका तथा बातावरण सुधार केन्द् ... read more...

  • सार्वजनिक निकायलाई पारदर्शी र जवाफदेही बनाउन 'आरटिआइ नेपाल' एप

    काठमाडौँ । फ्रिडम फोरमले सूचनाको हकसम्बन्धी जानकारी दिने मोबाइल एप सार्वजनिक गरेको छ । सूचनाको हक, अधिकार र प्रयोग सम्वन्धि जानकारी दिने उदेश्यले सार्वजनिक गरिएको यो नै पहिलो एप हो । फ्रिडम फोरमले विहिबारदेखि उक्त एप एन्ड्रोइड भर्सनमा सार्वजनिक गरेको छ । एप एन्ड्रोएड मोबाइलकर्ताहरूले प्ले स्टोरबाट आरटिआइ नेपाल टाइप गरी डाउनलोड गर्न सकिने छ । एपले सूचनाको हकका सैद्धान्तिक र व्यावहारिक पक्षबारे एथेष ... read more...

  • विश्व शान्ति पूजा (मोन्लम) बोधगयामा सारिएपछि यसरी भयो विरोध

    काठमाडौं । बुद्ध जन्मस्थल नेपालको लुम्बिनी बिगत २५ वर्षदेखि निरन्तर हुँदै आएको विश्व शान्ति पूजा (मोन्लम) बोधगयामा सारिएपछि ‘लुम्बिनी कपिलवस्तु दिवश’ अभियानले त्यसको विरोध गरेको छ । अभियानका विश्व संयोजक रामकुमार श्रेष्ठले विज्ञप्ति जारी गर्दै विश्व शान्ति पूजा बोधगयामा सारिएकोमा खेद प्रकट गरेका छन् । विज्ञप्तिमा भनिएको छ–‘मोन्लम विगत २५ बर्षदेखि संसारभरका बौद्ध धर्मालम्बीक ... read more...

  • शीतलहरका कारण पश्चिम तराईको जनजीवन कष्टकर बन्दै

    नेपालगञ्ज । शीतलहर तथा बाक्लो कुहिरोका कारण पश्चिम तराईका जिल्लाको जनजीवन कष्टकर बन्दै गएको छ । तीन दिनदेखि एक्कासी चिसो बढ्नुका साथै शीतलहर र बाक्लो कुहिरोले आकाश छोप्नेक्रम नरोकिएपछि तराईका जिल्लामा घाम पनि मधुरो लाग्ने गरेको छ । चिसोसँगै बहने सिरोटोले पनि यस क्षेत्रका नागरिकमध्ये कमजोर घरसंरचना भएका परिवार अधिक प्रभावित भएको पाइएको छ । अत्यधिक चिसोका कारण अत्यावश्यक कामबाहेक नागरिक घरदेखि बाहिर ... read more...

  • एक करोड लगानीमा गुम्बा डाँडामा बुद्धको मुर्ति

    हेटौंडा । मकवानपुरको पर्यटकीय स्थल हेटौंडा–१८ स्थित गुम्बा डाँडामा बुद्धको प्रतिमा स्थापना गरिने भएको छ । पर्यटकीय क्षेत्रको रुपमा विकास हुन थालेपछि बिरुवा डाँडाबाट गुम्बाडाँडा नाम रहन गए पनि गुम्बा सम्बन्धि पहिचान नभएकाले पूर्ण कदको बुद्धको मुर्ती स्थापना गर्न पहल गरिएको हो । गुम्बा डाँडामा आयोजित विशेष कार्यक्रममा काठमाडौंस्थित बिभिन्न लायन्स क्लवका सदस्यहरुले मुर्ति निर्माणमा सहयोग गर्ने ... read more...

  • सांसदसँग बिजुली माग: ‘म मर्नुभन्दा पहिला नै गाउँमा बिजुली ल्याईदिनु है’

    बेतिनी । पूर्वी मकवानपुरको बाग्मती गाउँपालिका ९ स्थित बेतिनीका स्थानीयले नवनिर्वाचित सांसदहरुसँग बिजुली माग गरेका छन् । प्रतिनिधि सभा मकवानपुर १ का सांसद कृष्ण दाहाल र १ (क) का प्रदेश सभा सांसद प्रेमबहादुर पुलामीसँग उनीहरुले छिट्टै ने गाउँमा विजुली बाल्ने ब्यवस्था गरिदिन माग गरेका हुन् । मकवानपुरको शदरमुकाम हेटौंडाबाट करिब ७५ किमी पूर्व बाग्मती गाउँपालिका ९ बेतिनीको अधेँरी, स्यलथुम, रामेछाप, लेते, ... read more...

  • यौनिक अल्पसंख्यकलाई कानुनी संरक्षणको आवश्यकता छ: अन्सारी

    काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको समस्या राज्यले नै बुझ्न नसकेको आरोप लगाएको छ । नील हिरा समाजको काठमाडौंमा सुरु भएको दुईदिने एलविटी सम्मेलनमा आयोगकी प्रवक्ता मोहना अन्सारीले परिवार, समाज र राज्यले यौनिक अल्पसंख्यकलाई बुझ्न नसकेको वताएकी हुन् । 'मान्छे भनेको मानव हो', उनले भनिन्, 'मानव भएर जन्मेपछि फरक गर्नुपर्ने, थिचोमिचो गर्नुपर्ने ठाउँ नै छैन् ।' प्रवक् ... read more...

  • विश्वसम्पदा सूचीकृत 'हनुमानढोका दरबार' पार्किङमा परिणत

    काठमाडौँ । सवारी साधन प्रवेश निषेध गरिएको वसन्तपुर–हनुमानढोका दरबार क्षेत्र सवारी साधनको अनियन्त्रित पार्किङस्थलमा परिणत हुन थालेको छ । सन् १९७९ मा विश्वसम्पदा सूचीमा सूचीकृत भएको संवेदनशील हनुमानढोका दरबार क्षेत्रमा सरकारले सवारी प्रवेश निषेध गरे पनि आजभोलि खुलेआम सवारी साधन प्रवेश हुने गरेका छन् । वसन्तपुर दरबार परिसरमा राशन, पानी, सामानका सवारी साधन लैजानका लागि सरकारले बेलुका ८ देखि बिहा ... read more...

  • मध्ये तराईमा शीतलहरले जनजीवन कष्ठकर, हवाई सेवा प्रभावित

    कलैया । बारासहित मध्ये तराईका जिल्लाहरुमा जारी शीतलहर शुरुभएसंगै एक्कासी बढेको चिसोका कारण स्थानीयबासीको दैनिकी कष्ठकर बनेको हो । गत शुक्रवारदेखि शुरु भएको शीतलहरले बारासहित मध्ये तराईका पर्सा, रौतहट, सर्लाही लगातयतका जिल्लाहरुको जनजिवन कष्ठकर बनाएको छ । शनिवारको तुलनामा आईतवार वढि चिसो महशुस गरिएको सर्वसाधारणहरुले बताएका छन् । बाराको सदरमुकाम कलैया, जितपुरसिमरा, कोल्हवी, निजगढ, सिम्रौनगढ, बरियारप ... read more...

  • पूर्व प्रधानमन्त्री भट्टराईको 'हेलो सरकार' अब कल सेन्टर परिणत

    काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गतको हेलो सरकारले कल सेन्टर शुरु गरेको छ । यही मंसिर २८ गतेदेखि सर्वसाधारणका गुनासोलाई व्यवस्थित तरिकाले सम्बोधन गर्न कल सेन्टर शुरु गरिएको हेलो सरकारका अधिकृत रामचन्द्र कोइरालाले जानकारी दिए । हेलो सरकारले कागजविहीन बनाई र तत्काल सर्वसाधारणको गुनासो सम्बन्धित निकायमा पु¥याई सम्बोधन गर्नका लागि कल सेन्टर शुरु गरिएको उनले बताए । सर्वसाधार ... read more...

  • यस कारण कपिलवस्तुलाई प्रदेशको राजधानी बनाइनुपर्छ

    कपिलवस्तु । प्रदेशको राजधानी कपिलवस्तु बनाउन यहाँबाट नवनिर्वाचित प्रतिनिधिसभाका सांसद तथा प्रदेशसभाका विधायकले माग गरेका छन् । तौलिहवामा राखिएको एक सम्मान तथा स्वागत कार्यक्रममा सांसद तथा विधायकले हरेक दृष्टिले प्रदेशको राजधानी कपिलवस्तु नै उपयुक्त हुने भन्दै राजधानी बनाउन जोडदार माग गरेका हुन् । भगवान् गौतम बुद्धका पिता शुद्धोधनको राजधानी तिलौराकोट रहेको र बुद्धसँग सम्बन्धित सयबढी पुरातात्विकस्थल ... read more...

  • नौ अर्बमा सडक स्तरोन्नति, गल्छी–त्रिशूली सडक दैनिक ८ घण्टा बन्द

    नुवाकोट । गल्छी–त्रिशूली–मैलुङ सडक योजनाको कामलाई तीव्रता दिन शनिबारदेखि गल्छी–त्रिशूली सडकखण्ड गल्छीदेखि पीपलटारसम्मको खण्डमा दैनिक आठ घण्टा सडक बन्द हुने भएको छ । गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक योजनाले सडक स्तरोन्नतिको कामलाई तीव्रता दिँदैछ । प्रअिजको अध्यक्षतामा विहान बसेको सरोकार भएकाहरुको बैठकले उक्त सडक तीन महिनाका लागि आंशिक बन्द गर ... read more...

  • यस कारण समाचार स्रोतका रुपमा महिलाको सहभागिता न्युन

    काठमाडौँ । छापा, अनलाइन र विद्युतीय सञ्चारमाध्याममा महिलालाई समाचार स्रोतको रुपमा न्युन प्रयोग हुने गरेको तथ्य फेला परेको छ । सरोकारवालाहरुले भने महिलालाई समाचार स्रोतका रुपमा प्रयोग बढाउनुपर्ने आवश्यकता औँल्याइएका छन् । फ्रिडम फोरमले आयोजना गरेको ‘छापा माध्यममा महिला उपस्थिति’ विषयक अन्तरक्रियामा नेपाली सञ्चारमाध्यममा महिला उपस्थिति पनि बढाउनुपर्नेमा जोड दिइएको थियो । कार्यक्रममा सूचन ... read more...

  • महावीर पुनलाई ‘रोटरी सर्भिस अवार्ड’

    बुटवल । रोटरी क्लब अफ बुटवलले स्थापना गरेको दुई लाख राशिको पुरस्कार म्याग्दीका महावीर पुनलाई प्रदान गरिने भएको छ । अनुसन्धान क्षेत्रमा महत्वपूर्ण योगदान गरेबापत पुनलाई नगद दुई लाख राशिसहितको ‘रोटरी सर्भिस अवार्ड –२०१७’ प्रदान गर्न लागिएको क्लबका पूर्व अध्यक्ष अजयमान श्रेष्ठले जानकारी दिए । क्लबको रजत जयन्तीको अवसरमा मंसिर २८ गते बुटवलमा आयोजना गर्न लागिएको कार्यक्रममा रोटरी इन्टर ... read more...

  • क्षेत्र नं. १ मा रवीन्द्र मिश्र हार्नु पछाडिका ५ कारण

    काठमाडौँ । विवेकशील साझा पार्टीका संयोजक एवं काठमाडौँ क्षेत्र नं १ का उम्मेदवार रवीन्द्र मिश्रले पार्टी निर्माण प्रक्रियाको चार महिनामै प्राप्त गरेको मतले उत्साह पैदा गरेको बताएका छन् । उनले आफुले सम्मानजनक मत पाएको भन्दै समानुपातिकतर्फ पार्टीले सोचेभन्दा बढी मत ल्याउने अपेक्षा व्यक्त गरे । क्षेत्र नं. १ मा ८१९ मत अन्तरमा विजयी नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहलाई बधाई दिँदै आफूलाई मत दिने मतद ... read more...

  • शव बोकेरै मतदान गर्न केन्द्रमा पुगे मलामी

    पाल्पा । पाल्पा जिल्लाको रिब्दीकोट गाउँपालिका–७, मैनादीको हर्केडाँडाकी एक महिलाको मृत्यु भएपछि शव बोकेरै मतदान केन्द्रमा मलामी मतदान गर्न पुगेका छन् । हर्केडाँडाकी १०१ वर्षीया लिलाकुमारी गैरेको आज बिहान मृत्यु भएपछि मलामी शव बोकेर नै मतदान केन्द्रमा पुगेर मृतकका छोरा युद्धराज गैरेले बतासे मतदान केन्द्रमा मतदान गरेका छन् । उनीलगायत १६ जना मलामीले बतासे मतदान केन्द्रबाट मतदान गरेका हुन् । रिब् ... read more...

  • मुलुकभर कडा सुरक्षाबीच शान्तिपूर्ण बाताबरणमा मतदान हुंदै

    काठमाडौँ । प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका लागि भएको दोस्रो चरणको निर्वाचनको मतदान प्रक्रिया विहान ७ बजेदेखि सुरु भएको छ । दोस्रो चरणमा मुुलुुकका ४५ जिल्लामा निर्वाचनको मतदान प्रक्रिया भइरहेको छ । विहान ७ बजेदेखि मतदान सुरु भएता पनि कतिपय स्थानमा मतदाता बडो उत्साहितका साथ ६ बजेदेखि नै मतदान गर्न लाइनमा बसेका थिए भने चिसोका कारण कतिपय स्थानमा मतदान प्रक्रिया ढिला सुरु भएको थियो । ४५ जिल्लामा भइर ... read more...

  • 'म आफैँ अफिस जाने-आउने व्यस्त समयमा सडकमा खटिरहेको छु'

    काठमाडौँ । पर्याप्त जनशक्ति अभावका कारण काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापनमा समस्या देखिएको छ । यही मंसिर २१ गतेको निर्वाचनका लागि महानगरीय ट्राफिक प्रहरी महाशाखाअन्तर्गत कार्यरत अधिकृतदेखि जवानसम्म खटिएपछि व्यवस्थापनमा समस्या देखिएको हो । प्रहरी प्रधान कार्यालयले निर्वाचनको सुरक्षाका लागि ट्राफिक प्रहरीहरुलाई महाशाखा काठमाडौँ, भक्तपुर, ललितपुर, महोत्तरी, धनुषा, रुपन्देही, नवलपरासी र काभ्रेपलाञ ... read more...

  • विश्व एड्स दिवशका दिन विद्यार्थीको शान्ति र्याली

    काठमाडौं । केयू सिटि कलेजको साइन्स क्लबले विश्व एड्स दिवशको अवसरमा शान्ति र्याली आयोजना गरेको छ । उक्त शान्ति र्याली कार्यक्रममा कक्षा ६ देखि १२ सम्मका विद्यार्थीहरुले सहभागिता जनाएका थिए । एड्स बारे जनचेतना फैलाउने उदेश्यका साथ आयोजना गरिएको उक्त र्याली र सचेतना अभियानका कारण कपन क्षेत्रमा निकै राम्रो सन्देश गएको स्थानीयले बताएका छन् । र्यालीका ५ सय भन्दा बढि विद्यार्थीहरुको सहभागिता थियो । सूचना ... read more...