• +977 9841468702
  • info@cpostnews.com

समाज

  • गोँगबुको नयाँ बसपार्कमा पहिलो पटक अपांगमैत्री शौचालय निर्माण

    काठमाडौँ । नेपालको एकमात्र राष्ट्रिय बसपार्क गोँगबुको नयाँ बसपार्कमा अपांगमैत्री शौचालय निर्माण भएको छ । पचास वर्षका लागि नयाँ बसपार्क सञ्चालनको जिम्मा लिएको ल्होत्से बहुउद्देश्यीय प्रालिले शारीरिक रुपमा अपांग भएका यात्रुलाई लक्षित गरी शौचालय निर्माण गरेको हो । यसअघि बसपार्कभित्र अपांगमैत्री शौचालय थिएन । ल्होत्से बहुउद्देश्यीय प्रालिका महाप्रबन्धक सुनिल कुँवरले अपांगता भएका यात्रुलाई लक्षित गरेर ... read more...

  • ग्रेटर नेपालका अभियन्ता पक्राउपछि प्रहरीमाथि नै खनिए सर्वसाधारण

    काठमाडौं । ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका अध्यक्ष फणिन्द्र नेपाललाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाटै पक्राउ गरिएकोप्रति सर्वसाधारण आक्रोशित बनेका छन् । विदेशबाट स्वदेश फर्किँदै गरेका नेपाललाई विमानस्थलबाट प्रहरीले पक्राउ गरेको थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध उनले प्रदर्शन गर्न सक्ने सम्भावनालाई मध्यमनगर गर्दै प्रहरीले उनलाई पक्राउ गरेको थियो । सामाजिक सञ्जालभर एक राष्ट्रवाद ... read more...

  • छोराछोरीको प्रश्नः ‘हाम्रा बाबुको हत्यारालाई कारबाही किन भएन ?’

    काठमाडौँ । रोल्पाका बसन्त रोक्कामगर अहिले २० वर्षका भए । आफू दूधेबालक हुँदा बेपत्ता पारिएका बाबुको अवस्थाका बारेमा अहिले कसैले खोजेर सहयोग गरिदियोस् भन्दै उनी याचना गरिरहेका छन् । रोल्पा सदरमुकाम लिवाङमा भेटिएका उनले भने, 'मेरो बाबालाई अपहरण गरी बेपत्ता पारियो, पछि उहाँलाई मारियो भन्ने छ, उहाँको अवस्थाबारे कसैले खोजिदियोस्, खोजेर सहयोग गरोस् भन्ने आशा गरेको छु ।' रोल्पाका धनबहादुर रोकाया मगर रेडिय ... read more...

  • 'दुर्व्यसनी त्यागौ, सेवामुखी बनौ' भन्दै गाँजा फडानी

    भक्तपुर । 'दुर्व्यसन त्यागौ, सेवामुखी बनौ' भन्दै नवजीवन परोपकार समाजको नेतृत्वमा भक्तपुर नगरपालिका वडा नम्बर १ स्थित बिस रोपनी सार्वजनिक जग्गामा रहेको गाँजा फडानी गरिएको छ । गाँजा फडानी कार्यक्रममा श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, सामुदायिक प्रहरी कटुञ्जे, विभिन्न कलेजका विद्यार्थी र भक्तपुर जिल्ला प्रहरी कार्यालयको समेत उपस्थिति थियो । सो क्रममा भक्तपुर सल्लाघारी नगरकोट हनुमन्ते पुल सडकको पूर ... read more...

  • यता पाँच सिन्डिकेटधारी पक्राउ, उता सिन्डिकेट नगर्ने प्रतिबद्धतापछि रिहा

    काठमाडौँ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्र कर्माचार्यसहित पाँच जना व्यवसायीलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई महानगरीय प्रहरी परिसर काठमाडौंले बानेश्वरबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा महासंघका वरिष्ठ उपाध्यक्ष विजय स्वाँर, उपमहासचिव वसन्त भण्डारी, कोषाध्यक्ष किरण खड्का र अर्का एक व्यवसायी रहेको परिसरले जनाएको छ । सरकारको निर्णय विरुद्ध गएर आन्दोलन चर्काएको आरोप ... read more...

  • प्रेस स्वतन्त्रता दिवसः प्रेस स्वतन्त्रता उल्लंघन पाँच वर्षयताकै उच्च

    काठमाडौँ । यस वर्ष नेपालमा प्रेस स्वतन्त्रता उल्लंघनका घटना पछिल्लो पाँच वर्षकै उच्च देखिएको छ । मुलुकभर फ्रिडम फोरमले एक वर्ष (मे २०१७ देखि अप्रिल २०१८०) सम्म गरेको मिडिया अनुगमनपछि आज सार्वजनिक गरेको वार्षिक प्रेस स्वतन्त्रता प्रतिवेदनमा यस वर्ष प्रेस स्वतन्त्रता उल्लंघनका घटना सन् २०१३ पछिकै उच्च रहेको पाइएको छ । प्रतिवेदनअनुसार सन् २०१३ मा १३१ प्रेस स्वतन्त्रता उल्लंघनका घटना भएकामा त्यसपछिका ... read more...

  • बुद्ध जयन्तीको दिन पशुपंक्षी, जनवार र असहायलाई भोजन

    काठमाडौं । बुद्ध जयन्तीका अवसरमा नवजीवन परोपकार समाजले पशुपंक्षी, जनावर र असहाय, दीनखुःखीहरुलाई भोजन गराई पुन्य काम गरेको छ । सो अवसरमा संस्थाका सदस्यहरुले सडकपेटीमा बस्ने मानिस, गाई, कुकुर, बाँदर र परेवालाई भोजन गराएका हुन् ।  बौंद्धबाट सुरु भएको भोजन गराउने काम गौशाला हुँदै पशुपतिको बागमती किनारसम्म पुगेर सम्पन्न भएको थियो । माया, करुणा अहिंशाको मुलमन्त्र सिकाउने २५६२ औं बुद्ध जयन्तीको ... read more...

  • मुलुकभर विविध कार्यक्रमका साथ 'बुद्ध जयन्ती' धुमधाम मनाइँदै

    काठमाडौँ । ‘बुद्धम् शरणम् गच्छामि’, ‘धम्मम् शरणम् गच्छामि’ र ‘सङ्घम् शरणम् गच्छामि’ !!! प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने बुद्ध जयन्ती आज मुलुकभर विविध कार्यक्रमका साथ धुमधाम मनाइँदैछ । एशियाका तारा गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण प्राप्ति वैशाख शुक्ल पूर्णिमाकै दिन भएकाले यस दिनलाई बौद्ध धर्मावलम्बीले त्रिसंयोग दिवसका नामले मह ... read more...

  • नवजिवनको सुरुवातः 'अब सडकपेटीमा बेसहारा भएर बस्नु पर्दैन'

    काठमाडौं । नवजिवन परोपकार समाज नामक गैरसरकारी संस्थाको औपचारिक रुपमै शनिबारबाट सुरुवात भएको छ । काठमाडौं र सिन्धुपाल्चोकको सीमानामा रहेको जेपी स्मृति प्रतिष्ठानद्धारा सञ्चालित बृद्धबृद्धाहरुका लागि निर्मित भवन परिसरमा भएको एक कार्यक्रमबीच औपचारिक रुपमा संस्थाको सुरुवात भएको घोषणा गरिएको हो । पशुपंक्षी, मानव जो कोहीलाई तत्काल मानविय सहयोग पुर्याउने उदेश्यबाट खोलिएको नवजिवन परोपकार समाजले उद्घाटनका ... read more...

  • दुई वर्षभित्रै मोनोरेल निर्माण सक्ने चिनियाँ कम्पनीको प्रस्ताव

    काठमाडौँ । काठमाडौँ महानगरापालिमा मोनोरेल (सडकमाथि गुड्ने रेल) निर्माण गर्नका लागि चिनियाँ कम्पनीले प्रस्ताव पेश गरेको छ । चिनियाँ कम्पनी सीआरसीसीले काठमाडौँं उपत्यकाको चक्रपथमा दुई वर्षभित्रमा मोनोरेल निर्माण गरिसक्ने गरी प्रस्ताव ल्याएको कामपा सार्वजनिक निजी साझेदारी इकाइका प्रमुख महेश काफ्लेले जानकारी दिए । उनले भने, 'चक्रपथको २८ किलोमिटर सडकमा दुई वर्षभित्रमा मोनोरेल गुडाउने योजनासहित सीआरसीसी ... read more...

  • राक्षस अंकित प्रतिमालक्षित गरी तिर हान्ने र मार्ने तिर पर्व सकियो

    मनाङ । मनाङमा हरेक वर्ष नयाँ वर्षमा मनाङ्गेले मनाउने तिर पर्व यस वर्ष पनि धुमधामका साथ मनाएका छन् । हिमाली जिल्ला मनाङको चामे गाउँपालिकाको सदरमुकाम चामे, नासोङ गाउँपालिकाको थोंचे, निस्याङ गाउँपालिकाको मनाङ गाउँ मनाङ र नार्पाभूमि गाउँपालिकाको नारगाउँमा मेथाअर्थात् तिर पर्व धुमधामका साथ मनाइएको छ । परापूर्वकालदेखि चलिआएको यो मौलिक पर्वलाई जीवितै राख्नको लागि मनाङका स्थानीयले हरेक वर्ष नयाँपनका साथ म ... read more...

  • 'ट्याक्सी मिटरमा हिँड्न नमाने हटलाइन १०३ मा खबर गर्नुस्'

    काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकामा मिटरमा हिँड्न नमान्ने ट्याक्सी कारबाहीलाई तीव्रता दिएको छ । महाशाखाले ट्याक्सी मिटरमा हिँड्न नमानेको व्यापक जनगुनासो कार्यालयमा आएपछि अनुगमनलाई तीव्रता दिएको हो । महाशाखाका सहप्रवक्ता मुकुन्द मरासिनीले मिटरमा हिँड्न नमान्ने दैनिक ५० देखि ७० ट्याक्सीलाई कारबाही गर्ने गरिएको बताए । 'पहिले दैनिक १५/२० ट्याक्सी कारबाहीमा पर्थे, अहिले कारबाही बढेको ... read more...

  • मातातीर्थ कुण्डमा स्नान गर्नका लागि बिहानैदेखि भक्तजनको भीड

    काठमाडौँ चन्द्रागिरि नगरपालिकास्थित मातातीर्थ कुण्डमा स्नान गर्नका लागि बिहानैदेखि भक्तजनको भीड लागेको छ । प्रत्येक वर्ष वैशाख कृष्ण औँसीको दिन आमाको मुख हेर्ने दिन वा मातातीर्थ औँसीका दिन यहाँ मेला लाग्ने गर्दछ । कुण्डमा स्नान गरेपछि आफ्नो आमाको मुक्तिको कामना गर्दै तर्पण दिन्छन् ।दिवंगत माताको स्मरणमा उक्त कुण्डमा स्नान गरेर पवित्र मनका साथ तर्पण दिएपछि र पोखरीमा हेरेमा जन्म दिने माताको स्वरूपको ... read more...

  • वैशाख कृष्ण 'औँसी' अर्थात आमाको मुख हेर्ने पर्व

    काठमाडौँ । वैशाख कृष्ण औँसीका दिन मनाइने आमाको मुख हेर्ने पर्व आज जन्म दिने आमालाई मीठामीठा परिकार खान तथा राम्रा कपडा लगाउन दिएर खुशी पारी मनाइँदैछ । यस वर्षको आमाको मुख हेर्ने औँसी सोमबार परेको छ । सोमबारे औँसीमा बिहान उठेर नबोली स्नान गरेमा यो लोकमा सुख शान्ति र परलोकमा सद्गति पाइने धर्मशास्त्रका ग्रन्थमा उल्लेख गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द् ... read more...

  • नयाँ बर्षको अवसरमा यसरी गराइयो पशुपंक्षीलाई भोजन

    काठमाडौं । नयाँ बर्षको अवसर पारेर नवजीवन परोपकार समाजले नयाँ कामको थालनी सुरुवात गरेको छ । उक्त संस्थाले काठमाडौंको विभिन्न ठाउँमा पुगेर गाई, बाँदर, कुकुर, चराचुरुंगीहरुलाई भोजन गराएको छ । आपत विपतमा परेका मान्छेलाई मात्र नभई पशुपंक्षीलाई समेत तत्काल 'अन द स्पट' उद्धार र उपचार गर्ने उदेश्यसहित संस्था अगाडि बढेको संस्थाका महासचिव मात्रिका प्याकुरेलले बताए । मान्छे मान्छेबीच मानबता हराउँदै गएका ... read more...

  • नवतमधाम गोठाटारको आयोजनामा 'शताब्दी महोत्सव' हुने

    काठमाडौं । श्रीकृष्ण प्रणामी मन्दिर नवतमधामको आयोजनामा कागेश्वरी मनहरा नगरपालिका वडा नम्बर-८ गोठाटारमा बैशाख ७ देखि १३ गतेसम्म महामती प्राणनाथ प्राकट्य चतुर्थ शताब्दी महोत्सव हुन लागेको छ । सो महोत्सवबारे जानकारी दिन आयोजकले आयोजना गरेको उपत्यका ब्यापी र्यालीमा हजारौं मोटर साइकलले काठमाडौं, भक्तपुर र ललितपुरका विभिन्न ठाउँमा परिक्रमा गर्यो । परिक्रमाको क्रममा 'हिन्दु धर्म संकृति जोगाऔं, ... read more...

  • जर्नेलको जुवा अड्डामा कसले मार्ने छापा ?

    काठमाडौं । विगत केही वर्षदेखि राजधानीका क्यासिनोमा नेपाली प्रवेशलाई कडाई गरिएपछि क्यासिनो शैलीमा जुवा खेलाउनेको समूह राजधानीमा सक्रिय हुँदै आएको छ । क्यासिनोमा नेपाली जुवाडेको प्रवेशमा प्रहरी आक्रमक भएकै कारण क्यासिनोकै शैलीमा घर-घरमा मिनी क्यासिनो अर्थात अवैध जुवा अखडाहरू सञ्चालन गर्ने समूह सक्रिय भएका हुन् । क्यासिनो कै सुबिधासहित यस्ता मिनी क्यासिनो अहिले उपत्यककामा पाँच दर्जनका हाराहारीमा ... read more...

  • सचेतना अभियानः जबर्जस्ती करणीका मुद्दा बृद्धि हुनुका ६ कारण

    सर्लाही । जिला प्रहरी कार्यालय सर्लाहीको आयोजनामा मंगलबार 'जबर्जस्ती करणी तथा जबर्जस्ती करणी उधोग अपराध न्यूनिकरण' विषयक सरोकारवालाहरुसँग अन्तरक्रिया कार्यक्रम भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि एवं जिल्ला अदालत सर्लाहीका प्रमुख न्यायाधीश राजेश काफ्लेले भने, 'महिला हिंसा न्यूनिकरणको लागि सचेतना अभियान चलाउन आवश्यक छ । जबर्जस्ती करणी जघन्य अपराध भएकोले यसबाट क ... read more...

  • बैतडीका ४२ वडा सचिवविहीन भएपछि सेवाग्राहीलाई समस्या

    बैतडी । स्थानीय तहको निर्वाचन भएको नौ महिना पूरा भइसक्दासमेत स्थानीय तहमा कर्मचारी अभावमा सेवा प्रभावित हुने गरेको छ । सिंहदरबारको सेवा गाउँघरमै पाउने आश गरेका नागरिकले पहिला गाउँमा सजिलै पाउने सेवा पाउनसमेत असजिलो सहसुस गर्न थालेका छन् । बैतडीका ८४ वडामध्ये ४२ वडा सचिवविहीन रहेका छन् । जिल्लाको शिवनाथ गाउँपालिकाका छवटै वडामा सचिव नभएको शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउदले बताए । उनले भने & ... read more...

  • शोकमा बेलीगाउँ: गाउँ पुरुषविहीन भएपछि मलामी जान महिला बाध्य

    म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–२ रुमको बेली गाउँमा कसैको मृत्यु भयो भने मलामी जानका लागि महिलाको लर्को लाग्ने गरेको छ । गाउँका प्रायः सबै घरका युवा वैदेशिक रोजगारीका लागि विदेश गएपछि मगर र दलित समुदायको बाहुल्यता रहेको बेली गाउँ युवाविहीन छ । गाउँमा रहेका केही पुरुष पनि दैनिक ज्याला मजदुरीका लागि अन्यत्रै हिँडेपछि गाउँमा वृद्धवृद्धा र महिला मात्र रहेका स्थानीय शिक्षक लालबहादुर रोकाल ... read more...