• +977 9841468702
  • info@cpostnews.com

समाज

  • रसुवागढी नाकाको पुल जोखिममा: ठुला सवारी साधनलाई रोक

    रसुवा । टिमुरे घट्टेखोला राजमार्गको पक्की पुलमा जोखिम बढेपछि ठूला सवारी साधन आवातजावतमा रोक लगाइएको छ । सीमा प्रहरी चौकी टिमुरेका प्रहरी निरीक्षक दिलीप क्षेत्रीका अनुसार टिमुरे रसुवागढी, घट्टेखोला राजमार्गको घट्टेखोलामा रहेको पक्की पुल ठाडो खोलामा भएको र खोलामा वर्षाका कारण पानीको बहाव बढ्न गई पक्की पुलको सपोट बगाइ क्षति पुर्याएकाले सडक प्राविधिकको परामर्शमा जोखिम न्यूनीकरण गर्न मालबाहक ठूला सवारी ... read more...

  • ३३ प्रतिशतले मुद्दा संख्यामा बृद्धि, जघन्य तथा ठूला अपराध कमी

    काठमाडौँ । महानगरीय प्रहरी परिसर काठमाडौँमा आर्थिक वर्ष २०७४/०७५ मा विभिन्न किसिमका अपराधका मुद्दा संख्या ३३ प्रतिशतले बृद्धि भएता पनि जघन्य तथा ठूला अपराधका मुद्दाको संख्यामा कमी आएको छ । 'आव २०७३/०७४ को तुलनामा २०७४/०७५ मा मुद्दा बढे पनि जघन्य र ठूला अपराध संख्यामा कमी आएको छ,'-परिसरका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक विश्वराज पोखरेलले भने । आव २०७३/०७४ मा चार हजार ५८२ मुद्दा दर्ता भएको थियो । ... read more...

  • साउन महिनामा मेहन्दी र हरियो चुरा लगाउने ‘क्रेज’

    धनुषा । धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगरकी मनिषा रौनियारले साउनको पहिलो दिन दुवै हातमा हरियो चुरा लगाएकी छिन् । मिथिला नपा–४ ढल्केवरकी अनु खनाल र महेन्द्रनगरकी सुशीला कार्कीले चुरासँगै हातमा मेहन्दी लगाएर सजिएका छन् । यतिबेला प्रायजसो सबै युवती र महिलाको नाडीमा काँचका हरिया चुरा सजिएको देख्न पाइन्छ । साउन लागेलगत्तै हिन्दू महिलामा छुट्टै उत्साह र उमंग छाएको छ । रातो, पहेँल ... read more...

  • उपत्यकाको फोहर अझै उठेन, दुर्गन्धित हुँदै राजधानी

    काठमाडौँ । एक महिनादेखि उठाउन रोकिएको काठमाडौँ उपत्यकाको फोहर अझै उठ्न सकेको छैन । अहिले जताततै फोहोरको डङ्गुर मात्र देखिन्छ । कालीमाटी, कलंकी, बल्खु, टेकु सीतापाइला, बालाजु चाबहिललगायत दर्जर्नौ स्थानमा लामो समयदेखि थुपारिएको फोहरको कारण शहर दुर्गन्धित बनिसकेको छ । काठमाडौँमा मात्र होइन भक्तपुर र ललितपुरको अवस्था पनि उस्तै छ । काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन गरिँदै आएको स्थान नुवाकोटस्थित सिसडो ... read more...

  • सरकार थप निरंकुश र स्वईच्छाचारी: मण्डलामा विशाल प्रर्दशन हुँदै

    काठमाडौं । जुम्लाको बुट काण्डपछि विकसित भएको अबस्था र राज्य निरंकुश तथा स्वईच्छाचारी बन्दै भएको सन्दर्भमा डा.गोविन्द केसीका सर्मथकहरुले आज राजधानीमा विशाल प्रर्दशन गर्ने तयारी गरेका छन् । डा. केसीलाई अनशन बसेकै बेला अपहरणशैलीमा जुम्लाबाट उठाएर ल्याएको तीन दिन बित्दा पनि उनको माग पुरा गर्न सरकारले चासो नदिएपछि दबाब स्वरुप उनका समर्थकहरुले आज राजधानीमा प्रदर्शन गर्ने तयारी गरेका हुन् । माइतीघर मण्डल ... read more...

  • मालपोत र भूमाफियाको मिलेमतोमा सार्वजनिक जग्गा उद्योगलाई विक्री

    नवलपरासी । पश्चिम नवलपरासीको सरावल गाउँपालिका–१ स्थित रहेको सार्वजनिक जग्गा किर्ते गरेर उद्योगलाई बिक्री गरेको खुलासा भएको छ । नक्कली कागजातका तयारी पारी खेलमैदान र मुस्लिम समुदायको शव गाड्ने स्थान (कब्रिस्थान) रहेको सार्वजनिक जग्गालाई गुल्मी जिल्ला साविकको (जयखानी गाविस–३) का दीपक सुनारले नक्कली कागजातका आधारमा ग्यास उद्योगलाई बिक्री गरेको खुलासा भएको हो । दुई बिगाहा १५ कट्ठा दुई धुर ... read more...

  • आफैँले चलाएको गोली लागेर ड्यूटीमा रहेका सैनिक घाईते

    डोल्पा । डोल्पामा एकजना नेपाली सेनाका जवान आफैले चलाएको गोली लागेर शख्त घाइते भएका छन् । बिहीबार ड्यूटीमा रहेका २२ वर्षीय ध्रुव चन्दले असावधानीवश आफैँले गोली चलाउँदा घाइते भएका हुन् । शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जको सुरक्षार्थ सुलिगाडमा रहेको ईश्वरी बक्स गुल्ममा कार्यरत सेनाका जवानले आफैले गोली चलाई घाइते भएका थिए । आफैँले हानेको गोलीले उनको चिउँडो, मुख, ओठ र नाक पूरै च्यातिएको जिल्ला अस्प ... read more...

  • पर्यटकीय स्थल छोरेपाटन क्षेत्र सिसी क्यामेराको निगरानीमा

    पोखरा । पोखराको महत्वपूर्ण पर्यटकीय स्थल छोरेपाटन क्षेत्रको शान्ति सुरक्षालाई दृष्टिगत गरी एक दर्जन सिसी क्यामेरा जडान गरिएको छ । डेभिज फल क्लबको सकृयतामा सिद्धार्थ राजमार्गको बराल फिडदेखि छोरेपाटन प्रहरी चौकी हुँदै बरको चौतारासम्म एक किलोमिटरभन्दा बढी सडक क्षेत्रमा हालै १० लाखको लागतमा क्यामेरा जडान गरिएको हो । क्लबका अध्यक्ष गोपाल बरालका अनुसार सिसी क्यामेरा जडानका लागि पोखरा महानगरपालिकाको तीन ... read more...

  • मध्यान्ह १२ बजेपछि डा. केसीको समर्थनमा उर्लिदै जनसागर

    काठमाडौं । दुई हप्तादेखि आमरण अनसनमा बसेका डा. गोविन्द केसीको समर्थनमा माइतीघरको मण्डलामा आज बृहत बृहत प्रदर्शन हुँदैछ । उता चिकित्सा क्षेत्र सुधारका लागि भन्दै १५ औं पटक अनशनमा बसेका डा. केसीको हालत दिनानुदिन नाजुक बन्दै गइरहेको छ । आम नागरिकको सहभागितामा हुन लागेको प्रर्दशनमा नागरिक समाजका अगुवाहरुको समेत उल्लेख्य उपस्थिति हुनेछ । कार्यक्रममा नेकपाका केही मेडिकल माफियाबाहेक नेता तथा कार्यकर्ताहर ... read more...

  • सल्लेडाँडामा जीप दुर्घटनाः दुई महिलासहित ३ जनाको मृत्यु

    मेलम्ची । पाँचपोखरी थाङ्पाल गाउँपालिका–४, सल्लेडाँडामा लु १ ख ९९९ नम्बरको बोलेरो जीप दुर्घटनामा परेको छ । केहीबेरअघि भएको दुर्घटनामा दुई महिलासहित तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा नौजना घाइते भएको र उनीहरुलाई स्थानीयवासीले उद्धार गरी उपचारका लागि मेलम्चीतर्फ ल्याउँदै गरेको बुझिएको छ । घटनास्थलतर्फ अहिले प्रहरी टोली पठाइएको इलाका प्रहरी कार्यालय, मेलम्चीले जनाएको छ । प्रहरीका अन ... read more...

  • माझीबस्ती निर्माणार्थ स्वेताश्री फाउण्डेसनलाई एक लाख प्रदान

    काठमाडौं । सिन्धुपाल्चोकको दोललघाटमा एकीकृत नमुना माझीबस्ती निर्माणार्थ स्वेताश्री फाउण्डेसनलाई एक लाख रुपैयाँ प्रदान गरिएको छ । उक्त रकम नाट्यकर्मी अशेष मल्ल र आमा लिला थापाको हातबाट स्वेताश्री फाउन्डेसनकी अध्यक्ष नायिका तथा समाजसेवी श्वेता खड्कालार्इ सांस्कृतिक संस्थान नाचघरमा हस्तान्तरण गरिएको हो । ०७५ असार २७ गते रङ्गकर्मी नानी थापाको जन्मदिनको सुभअवसर पारेर लोटस फोटोग्राफी विद्यालयको प्रस्तुत ... read more...

  • दनुवारले भनिन्: 'मानव बेचबिखनबिरुद्ध लड्न थप हौसला मिलेको छ'

    काठमाडौं । समाजसेवी सुनिता दनुवार अमेरिकी पुरस्कार 'ईन पर्सन रिपोर्टर्स अवार्ड' द्धारा सम्मानित भएकी छिन् । शक्ति समुहकी कार्यकारी निर्देशक सुनिता दनुवारले यो सम्मान मानव बेचबिखनबिरुद्ध काम गरेबापत पाएकी हुन् । शक्ति समूह परिवारले पत्रकार सम्मेलन गर्दै अमेरिकी सरकारको प्रतिष्ठित प्रतिष्ठान टिप हिरो–२०१८ बाट सुनिता दनुवार सम्मानित भएको मंगलबार जानकारी गराएको हो । संस्थाकी अध्यक्ष बालकुमारी रा ... read more...

  • 'जीबन यात्रा’ को लोकार्पण

    काठमाडौं । खानीविद् अरुणकुमार सुबेदीद्धारा लिखित ‘जीबन यात्रा’ को लोकार्पण भएको छ । बरिष्ठ पत्रकार एवम् घोष्टराइटिङका सम्पादक टंक पन्त, बरिष्ठ पत्रकार एवं थाहाखबर डटकमका प्रधानसम्पादक तीर्थ कोइराला, नागरिक दैनिकका सम्पादक गुणराज लुइटेल एवम् लेखक अरुणकुमार सुबेदीले संयुक्त रुपमा जीवन यात्राको लोकार्पण गरेका हुन् । जीवन यात्रामा राजनीतिक, सामाजिक, धार्मिक, सास्कृतिक, बिकास, ऐतिहासिकजस्ता ... read more...

  • महानगरपालिकामा आवश्यकभन्दा १० गुणा कम नगर प्रहरी

    ललितपुर । महानगरपालिकामा आवश्यकताभन्दा १० गुणा कम नगर प्रहरी कार्यरत छन् । महानगरपालिकामा अहिले २३ जना नगर प्रहरी कार्यरत छन् । दुई सयभन्दा बढी जनशक्ति आवश्यक रहेको नगर प्रहरी प्रमुख कदमलाल महर्जन बताए । उनी भन्छन्, 'अहिले आवश्यकताभन्दा धेरै कम जनशक्ति हुँदा हामीले भवनको सुरक्षा, दमकल सञ्चालनलगायतका अति आवश्यक काममात्रै गर्न सकेका छौं ।' स्थानीय सरकार सञ्चालन ऐनले महत्वपूर्ण जिम्मेवारी दिए पनि जनश ... read more...

  • हजारौं लिटर विषादियुक्त घरेलु मदिरा नष्ट गर्दै बौंद्ध बृत्त

    काठमाडौं । गैरकानूनी रुपमा घरेलु मदिराको उत्पादन तथा बिक्री वितरण गर्ने अखडामा प्रहरीले छापा मारेको छ । महानगरीय प्रहरी बृत्त बौद्धले नयाँबस्तीस्थित रहेका सयौं भट्टीहरुमा रहेका अवैध तथा विषादियुक्त घरलु मदिरा नष्ट गरेको हो । स्थानीय प्रशासनलाई नै चुनौती दिँदै स्थानीय, सिन्धुपाल्चोक, काभ्रेबाट आएका विपन्न परिवारले घरेलु मदिरा उत्पादन गर्दै आयआर्जन गर्ने पेशा बनाउँदै आएका थिए । उनीहरुले उत्पादन र सञ ... read more...

  • तोपेखोलामा खस्यो पहिरो: नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध

    चितवन । तोपेखोलामा खसेको पहिरोका कारण नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । अविरल वर्षाका कारण चितवनको इच्छाकामना गाउँपालिका वडा नं ६ स्थित रहेको तोपेखोलामा पहिरो गएको हो । बिहानभरि ठाउँठाउँमा खसेको पहिरोका कारण प्रभावित भएको उक्त सडकखण्डअन्तर्गतको तोपेखोलामा आज ११ः५० बजेको समयमा ठूलो पहिरो खसेर पुनः सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । पानी परिरहेको र पहिरो खस्ने क्रमसमे ... read more...

  • पनौती जात्रा: 'भैरव, भद्रकाली र इन्द्रेश्वरबीच सम्भोग गराइन्छ'

    बनेपा । काभ्रेपलाञ्चोकको पनौतीमा देवीदेवताको प्रतीकस्वरुप बनाइएको रथ जुधाएर ऐतिहासिक पनौती जात्रा विहीबार सम्पन्न भएको छ । प्रत्येक वर्ष जेठ पूर्णिमाको दिन पनौती जात्रा मूल व्यवस्थापन समितिको आयोजनामा एक साता अगाडिदेखि शुरु भएको जात्रामा यौनिकता झल्काउने गरी उन्मत्त भैरव, भद्रकाली र इन्द्रेश्वर महादेवबीच रथ जुधाएर सम्भोग गराइन्छ । ज्या पुन्ही जात्राको नाममा परिचित सो जात्रामा पनौतीको लाम्पाटीमा रह ... read more...

  • १ करोड ६६ लाख लागतमा ट्रष्टद्धारा विद्यालय भवन निर्माण

    म्याग्दी । २०७२ सालको भूकम्पले क्षतिग्रस्त शिख माध्यमिक विद्यालयलाई ब्रिटिस गोर्खा वेल्फेयर ट्रष्टले आठकोठे भवन निर्माण गरिदिएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिखमा रहेको उक्त विद्यालयको सुविधायुक्त पक्की भवन निर्माण गर्न ट्रष्टले एक करोड ६६ लाख रुपैयाँ लगानी गरेको थियो । विद्यायल भवन पुरै भूकम्प प्रतिरोधी भएको र ट्रष्टले एक कार्यक्रमबीच विद्यालयलाई भवन हस्तान्तरण गरेको विद्याल ... read more...

  • सिके राउतले ज्यादती गरेको भन्दै श्रीमतीले गरिन आयोगमा उजुरी

    काठमाडौं । ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले राष्ट्रिय मानव अधिकार आयोगका पदाधिकारीले पृथकतावादी सिके राउतलाई कार्यालयको कार्यकक्षमै भेटेको भन्दै कडा आपत्ति जनाएको छ । मोर्चाले विज्ञप्ति जारी गर्दै पृथकतावादी राउतको अपराध ढाकछोप गर्दै उनीहरुको मानव अधिकारको रक्षा गर्नुपर्ने जुन तर्क आयोगले गरेको छ, त्यो हास्यास्पद भएकाले बताएको छ । मोर्चाले राष्ट्रिय अखण्डता विरुद्ध लाग्नेका पक्षमा आफ्नो शक्ति र प ... read more...

  • एसइई परीक्षाको नतिजामा सार्थक मल्लले गरे 'नेपाल टप'

    भक्तपुर । २०७४ सालको माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) परीक्षाको नतिजामा भक्तपुरको सूर्यविनायकस्थित रहेको महेन्द्र विद्या आश्रमका छात्रले नेपाल टप गरेका छन् । उक्त विद्यालयले दावी गरेअनुसार परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले शनिबार सार्वजनिक गरेको एसइई परीक्षाको नतिजामा सार्थक मल्लले जिपिए चार ल्याएर नेपाल टप गरेका हुन् । आफ्नो विद्यालयको छात्र सार्थकले एसइईको नतिजामा जिपिए ४ ल्याएर नेपाल ... read more...