• +977 9843987244
  • info@cpostnews.com

समाज

  • विशाल नेपाल माग्दै अभियान, 'हस्ताक्षर संयुक्त राष्ट्र संघमा पुग्छ'

    काठमाडौं । सुगौली सन्धिमा नेपालले गुमाएको 'विशाल नेपाल' को भूभाग फिर्ता माग्दै पौष २७ गते अर्थात पृथ्वी जयन्तीको अवसर पारेर ग्रेटर नेपालका लागि हस्ताक्षर अभियान सुरु भएको छ । आयोजक ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले उक्त अभियानमा मुलुक र मुलुकबाहिर बस्ने सम्पूर्ण नेपालीलाई सहभागी हुन आव्हान गरेको छ । सुगौली सन्धिमा नेपालले गुमाएको विशाल नेपाल फिर्ता लिने उदेश्यसहित थालिएको हस्ताक्षर अभियान पृथ्वी ज ... read more...

  • सञ्चारकर्मी भट्टलाई क्रिकेटरद्धारा ज्यान मार्ने धम्की

    काठमाडौं । प्राईम टाईम्स टेलिभिजनका सुदुरपश्चिम प्रदेश ब्युरो प्रमुख सुमन भट्टले आफुलाई ज्यान मार्ने धम्की आएको भन्दै सरकारसँग सुरक्षा माग गरेका छन् । उनले पत्रकार सम्मेलन गर्दै नेपालय इन्टरनेशनल ईभेन्ट म्यानेजमेन्टका प्रवन्ध निर्देशक एवम् पूर्व राष्ट्रिय क्रिकेट खेलाडी सुवास प्रधानले सामाजिक सञ्जाल फेशबुकमार्फत ज्यान मार्ने धम्की दिएको खुलसा गरेका हुन् । उनले भने,‘राष्ट्रिय टिमका कप्तान पार ... read more...

  • पौष २७ बाट 'विशाल नेपाल' हस्ताक्षर अभियान सुरु

    काठमाडौं । पछिल्लो समय सरकारनै आधुनिक नेपालका निर्माता, विशाल नेपालका महान योद्धा तथा नेतृत्वकर्ता र नेपाली सेनाका संस्थापक श्री ५ पृथ्वीनारायण शाहको अवमुल्यन गर्न लागिपरेका बेला पृथ्वी जयन्तीका अवसर पारेर ग्रेटर नेपालका लागि हस्ताक्षर अभियान हुन लागेको छ । पृथ्वीनारायण शाहले सुरु गरेको नेपाल पुनः एकीकरण अभियानलाई सार्थक बनाउने पवित्र उद्देश्यका साथ ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले पृथ्वी जय ... read more...

  • चिसोबाट बचाउन बृद्धबृद्धालाई उद्दार गर्दै संघ-संस्थामा पठाउँदै प्रहरी

    काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौं र गैरसरकारी संस्था मानव सेवा आश्रमको संयुक्त पहलमा सुरु भएको अभियानले अहिलेसम्म ९८ जनालाई सडकपेटीबाट उद्दार गरेको छ । सडकपेटीबाट उद्दार गरिएका ९८ जना अहिले सुरक्षित तथा न्यायो कपडा लगाएर विभिन्न संघ-संस्थामा बसिरहेका छन् ।  उपत्यकामा बढ्दै गएको चिसोका कारण अकालमा मृत्यु समेत हुन थालेको खबर फैलिएसँगै उद्दार कार्य सुरु भएको थियो । काठमाडौं परिसरका प्रमु ... read more...

  • पशुपतिनाथका दर्शनार्थी अब गोकर्णेश्वर मन्दिरमा पनि

    काठमाडौँ । पशुपतिनाथ मन्दिरमा पूजा एवं दर्शन गर्न आउने सबै भक्तजनलाई गोकर्णेश्वर महादेव मन्दिरमा ल्याउन गोकर्णेश्वर नगरपालिकाले विशेष कार्ययोजना ल्याउने भएको छ । पशुपतिनाथमा श्रीयन्त्रको पूजा हुन्छ भने गोकर्णेश्वर महादेव मन्दिरमा बालयन्त्रको पूजा हुन्छ । श्रीयन्त्रको पूजा एवं दर्शन गर्नेले बालयन्त्रको पनि पूजा तथा दर्शन गरेपछि मनोकाङ्क्षा पूरा हुन्छ भन्ने धार्मिक मान्यतालाई जनसमक्ष प्रचारप्रसार गर ... read more...

  • फुलबारीस्थित सञ्चालित जुवा अखडामा प्रहरीको छापा

    काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय प्रहरी बृत्त बौद्धको संयुक्त टोलीले फुलबारीस्थित लोप्साङ लामाको घरमा सञ्चालित जुवा अखडामा छापा मारेको छ । छापा मार्ने क्रममा डेढ दर्जन बढिलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । जुवा खेलिरहेको गोत्य सूचनाको आधारमा प्रहरीले त्यहाँ छापा मारेको थियो । छापा मार्ने क्रममा लाखौं रुपैयाँ समेत बरामद भएको बताइएको छ । उक्त जुवा अखडामा प्रहरीले यसअघि पनि छापा ... read more...

  • मल्लकालीन कुमारी मन्दिरलाई पूर्वावस्थामा राख्न सर्वोच्चको आदेश

    काठमाडौँ । सर्वोच्च अदालतले वसन्तपुरमा रहेको ऐतिहासिक मल्लकालीन कुमारी मन्दिरलाई पूर्वावस्थामा राख्ने व्यवस्था गरी स्थानीयलाई पूजापाठको व्यवस्था गर्न आदेश जारी गरेको छ । न्यायाधीशद्वय तेजबहादुर केसी र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले आज महर्जन बिजनेस एसोसिएट्स बनाइएको भवन हाल बेसमेन्ट भएको सो स्थानमा नरहेको मल्लकालीन कुमारीको मन्दिरलाई पूर्वावस्थामा राख्ने व्यवस्था गरी पूजापाठ गराउने व्यवस्था ... read more...

  • ‘द १०० हिरोज अफ मधेश’ कार्यक्रमको घोषणा

    काठमाडौं । मधेशबाट एक सय जना हिरोलाई सम्मान तथा अवार्ड गर्ने कार्यक्रम घोषणा भएको छ । संघीय राजधानीको थपाथली क्याम्पसमा मंगलबार एक समारोहबीच ‘द १०० हिरोज अफ मधेश’ नामक कार्यक्रमको घोषणा गरिएको हो । मधेशी पत्रकार समाजद्वारा गर्न लागिएको उक्त कार्यक्रममा मधेशका लागि योगदान दिने एक सय जना व्यक्तित्वलाई सम्मान गरिने छ । मधेशभित्रका तथा बाहिर विश्वको कुनै पनि ठाउँबाट मधेशका लागि योगदान दिने ... read more...

  • सन् २०१८: 'प्रेस स्वतन्त्रता उल्लङ्घनका घटना ६ वर्षयताकै उच्च'

    काठमाडौँ । नेपालमा प्रेस स्वतन्त्रता उल्लङ्घनका घटना विगत छ वर्षयताकै उच्च देखिएको छ । फ्रिडम फोरमले सन् २०१८ को जनवरीदेखि डिसेम्बरसम्म गरेको मिडिया अनुगमनका क्रममा प्रेस स्वतन्त्रता उल्लङ्घनका ९८ घटना हुँदा त्यसबाट २२३ भन्दा बढी पत्रकार तथा सञ्चारकर्मी प्रत्यक्ष प्रभावित भएका छन् । आज सार्वजनिक गरिएको मिडिया प्रतिवेदनअनुसार सन् २०१३ मा ५९, २०१४ मा २७, २०१५ मा ८३, २०१६ मा २५ र २०१७ मा ६७ वटा भएका ... read more...

  • जापानी दूतावासबाट ९० लाख ५० हजार आर्थिक सहयोग

    गाईघाट । नेत्रज्योति सङ्घ उदयपुर गाईघाटको निर्माण हुँदै गरेको नयाँ भवनको लागि जापानी राजदूतावासबाट ९० लाख ५० हजार आर्थिक सहयोग प्राप्त भएको छ । नेत्रज्योति सङ्घ उदयपुरका अध्यक्ष भागवत राउत र जापानी राजदूत मासामिची साइगोबीच नेत्रज्योति सङ्घ उदयपुरको निर्माण भइरहेको नयाँ भवनको लागि दूतावासको तर्फबाट आर्थिक सहयोग गर्ने पत्रमा हस्ताक्षर भएको हो । सहमतिअनुसार ८१ हजार १९२ अमेरिकन डलर अर्थात ९० लाख ५० हज ... read more...

  • 'राष्ट्र निर्माता पृथ्वीनारायण शाहलाई सराप्नेहरु अपराधी हुन्'

    काठमाडौं । राजनीतिक विश्लेषक प्रा.डा सुरेन्द्र केसीले देश गम्भिर मोडतर्फ गैरहेको भन्दै पृथ्वीनारायण शाहलाई सराप्नेहरु अपराधी भएको टिप्पणी गरेका छन् । स्वतन्त्र नागरिक समाजले पृथ्वीनारायण शाहको २९७ औं जन्मजयन्तीका अवसरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै डा.केसीले यस्तो बताएका हुन् । स्वतन्त्र नागरिक समाजका संयोजक हेमविक्रम सिलवालको अध्यक्षतामा आयोजित कार्यक्रममा बोल्दै केसीले भने,‘अहिले ... read more...

  • पर्यटकीय क्षेत्र चरिकोटमा हिमपात, चिसो बढेसँगै जनजीवन प्रभावित

    चरिकोट । दोलखाको उच्च भूभागमा हिमपात भएको छ । जिल्लाको पर्यटकीय क्षेत्र कालिञ्चोक, कुरीबजार, खरीढुङ्गा, जिरीबजार, शैलुङडाँडा, च्योर्दुङलगायत उच्च पहाडी भागमा बिहिबार हिमपात भएको हो । हिमपातसँगै वर्षा भई चिसो बढेका कारण जनजीवन प्रभावित बनेको छ । जिल्लाको उच्च भागमा बसोबास गर्दै आएका तथा भूकम्पका कारण घर क्षति भई अस्थायी बसोबास गर्दै आएकाको जनजीवन कष्टकर बनेको छ । हिमपात भएसँगै हिउँ खेल्न आन्तरिक पर ... read more...

  • पीडित परिवारले भन्यो, ‘मरेको भए लास पाउँ, जिउँदै भए भेट्न पाउँ’

    काठमाडौं । बौद्ध धर्मगुरु रामबहादुर बमजन यौन दुराचारी र हत्यारा भएको भन्दै बमजनकै आश्रमबाट बेपत्ता भएका तीन जनाको परिवारले उनीमाथि छानविन गर्न माग गरेका छन् । बमजनको आश्रमबाट बेपत्ता भएका आफ्ना परिवारका सदस्यलाई खोजी दिन ३ परिवारले पत्रकार सम्मेल गरेर सरकारलाई आग्रह गरेका हुन् । मकवानपुर र नुवाकोटबाट आएका तीन परिवारले बमजनको आश्रममा अनुसन्धान गर्न र वर्षौंदेखि बेपत्ता पारिएका आफन्त खोजी दिन सरकारल ... read more...

  • १८ घण्टासम्म हिमपात, तापक्रम माइनस २० डिग्री सेल्सियस

    मनाङ । चिसो बढेसँगै मनाङमा हिमपात शुरु भएको छ । बिहीबार दिउँसदेखि हिउँ पर्न थालेको हो । जिल्लाको माथिल्लो भेग खांसार, भीमताङ, गुवाल, मनाङगाउँलगायत ठाउँमा बाक्लो हिउँ परेको छ । अन्य भूभागमा भने पातलो परेको हिउँ परेको छ । लामो समयसम्म आकाशमा आकाश बादल लाग्नाका साथै तापक्रम पनि निकै घटेको छ । प्रमुख जिल्ला अधिकारी रुद्रनाथ देवकोटाले भने, 'बिहीबार बिहानदेखि यहाँको मौसममा खराबी देखियो । हिमालको वरिपरि ... read more...

  • भूकम्पले भत्किएका २०१ पुरातात्विक सम्पदाको पुनःनिर्माण सम्पन्न

    काठमाडौँ । भूकम्पले भत्किएकामध्ये २०१ पुरातात्विक एवं सांस्कृतिक सम्पदाको पुनःनिर्माण सम्पन्न भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएको छ । भूकम्प अतिप्रभावित १४ जिल्लामा ७५३ सम्पदामा क्षति पुगेको थियो । हाल ३०९ सम्पदाको पुनःनिर्माण भइरहेको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले जानकारी दिए । गोरखा भूकम्पको साढे तीन वर्ष बित्दासमेत २४३ सम्पदाको काम शुरु हुन सकेको छैन । रानीपोखरी र ... read more...

  • चार लाख ९७ हजार ८३५ नगदसहित सात जुवाडे समातिए

    काठमाडौँ । महानगरीय प्रहरी परिसर काठमाडौँले जुवातास खेलिरहेको अवस्थामा सात जनालाई पक्राउ गरेको छ । परिसरबाट खटिएको विशेष टोलीले काठमाडौँ महानगरपालिका–२६ ठमेलमा भोजराज सिलवालको जस्ताको टहरामा जुवातास खेलाइरहेको अवस्थामा चार लाख ९७ हजार ८३५ नगदसहित सात जनालाई पक्राउ गरेको हो । परिसरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक होवीन्द्र बोगटीले जुवातास खेलाइरहेको गोप्य सूचनाका आधारमा एक बुक ताससहित सात ... read more...

  • ठाकुर र कँडेलको छलछाम, मन्त्री बिनाको बदनाम !

    काठमाडौं । एकतर्फी रूपमा मेलम्ची खानेपानी आयोजनाको काम छाडेको भन्दै उच्च अदालत पाटनमा खानेपानी तथा ढल व्यवस्थापन मन्त्रालयले दायर गरेको मुद्दाको फैसला भोली बुधबार हुनेछ । त्यसबेलासम्मका लागि अदालतले मन्त्रालयविरुद्ध दिएको अल्पकालिन आदेशले नै निरन्तरा पाइरहेको छ । त्यो, अन्तरिम आदेश पनि हो । खासमा अर्को ठेकेदार कम्पनीलाई काम जिम्मा लगाउने र इटालियन कम्पनी सीएमसीको रकम भुक्तानी नगरिदिने मन्त्रालयका ... read more...

  • सञ्चारकर्मी मिश्रको संयोजकत्वमा ‘जनसरोकार पत्रकार समूह’ गठन

    काठमाडौं । राष्ट्रिय समाचार समिति (रासस) का उपसमाचारदाता पूर्णप्रसाद मिश्रको संयोजकत्वमा ‘जनसरोकार पत्रकारिता समूह’ गठन गरिएको छ । लोकतन्त्र, मानवअधिकार, अभिव्यक्ति स्वतन्त्रता तथा प्रेस स्वतन्त्रताको क्षेत्रका काम गर्दै आइरहेको नागरिक संस्था फ्रिडम फोरमको पहलमा उक्त समूह गठन गरिएको हो । विनाशकारी भूकम्पपछि जनसरोकारको विषयमा समाचार सङ्कलन गर्दै आएका सिन्धुपाल्चोक, नुवाकोट, सिन्धुली, ओख ... read more...

  • एकाबिहानै राजधानीमा भूकम्पको धक्का

    काठमाडौँ । सिन्धुपाल्चोक केन्द्रविन्दु बनाएर आज बिहान भूकम्प गएको छ । खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ५ बजेर ६ मिनेटमा सिन्धुपाल्चोकको सेलाङ आसपास केन्द्रविन्दु बनाएर ४।७ रेक्टर स्केलको भूकम्प गएको जनाएको हो । भूकम्पको धक्का करीब १० सेकेन्डसम्म महसुस भएको थियो । भूकम्पको धक्का काठमाडौँ उपत्यकासम्म महसुस गरिएको थियो । ... read more...

  • सात वर्षका बालक मृत फेला, मृत्यु शङ्कास्पद

    मेलम्ची । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका-११ मेलम्चीमा सात वर्षका बालक मृत फेला परेका छन् । शुक्रबार साँझ ६ः३० बजेको समयमा मेलम्ची नगरपालिकाका टङ्कप्रसाद दुलालको घरमा डेरा गरी बसेका सिन्धुली तीनपाटन गाउँपालिका-२ का दीपक मगरका छोरा उमेशको सोही घरको अर्को कोठामा बस्ने एक महिलाको बन्द कोठामा मृत भेटिएको हो । बालकको शरीरमा चोट लागेको प्रहरीले जनाएको छ । मादक पदार्थ सेवन गरी फरक–फरक नाम बताउने ... read more...