• +977 9843987244
  • info@cpostnews.com

समाज

  • छुट्टाछुट्टै शक्तिशाली विस्फोटमा ३ जनाको मृत्यु, विप्लव समूहमाथि शंका

    काठमाडौं । काठमाडौंको सुकेधारा र घट्टेकुलोमा भएको शक्तिशाली बिस्फोटमा तीन जनाको मृत्यु भएको छ । प्रहरीले सुकेधारा र घट्टेकुलोमा भएको विस्फोटमा तीन जनाको मृत्यु भएको जनाएको छ । सुकेधारास्थित भएको विस्फोटमा दुई जना र घट्टेकुलोमा भएको विस्फोटमा एक जनाएको मृत्यु भएको हो । सुकेधारास्थित भएको विस्फोटमा परी घाइते भएका एक जनाको भने ओम अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । विस्फोटमा नेत्रविक्रम चन्द ... read more...

  • नवलपुर देबचुलीका हावाहुरी पीडितहरुलाई चौधरी फाउण्डेसनको जस्तापाता सहयोग

    नवलपुर । चौधरी फाउण्डेशनले नवलपुर देबचुली नगरपालिकाका हावाहुरी पीडितहरुलाई एक सय बण्डल जस्तापाता सहयोग गरेको छ । नेपाली काँग्रेसका सांसद एवं चौधरी फाउण्डेशनका अध्यक्ष बिनोद चौधरीले आफ्नो जिल्लाका हावाहुरी र असिना पानीबाट पीडितहरुलाई राहत स्वरुप जस्तापाता उपलब्ध गराएका हुन् । जेठ ७ र ८ गतेको हावाहुरी तथा असिना पानीले नवलपुरका दुई सयभन्दा धेरै घरका छानो उडाएको थियो । र, घरहरूमा समेत क्षति पुर्याएको ... read more...

  • सार्वजनिक जग्गा अतिक्रमण गरेर भूमाफियाले थाले जग्गा प्लटिङ

    साँखु । काठमडौंको शंखरापुर नगरपालिकाको इन्द्रेणी र खुलालटारमा सार्वजनिक जग्गा अतिक्रमण गरेर प्लटिङ गरेको पाइएको छ । नगरपालिकाको वडा नं ९ खुलालटारमा सार्वजनिक खोल्सा रहेको स्थानमा अतिक्रमण गरी खोल्सामा हिम पाइप राखेर नीजि जग्गा प्लटिङ गरिएको छ । साँखुका स्थानीय दिलिपकुमार श्रेष्ठ भन्छन्,'यो क्षेत्रमा पहिला ठुलो खोल्सा थियो । अहिले यहाँ खोल्सामा हिम पाइप राखेर खोल्सा पुर्दै व्यक्तिले सार्वजनिक जग्गा ... read more...

  • राजधानीमा दिनदाहाडै हतियार देखाएर सुनचाँदी पसल लुटपाट

    काठमाडौं । राजधानीको जोरपाटीस्थित चोकमा रहेको भिमेश्वर सुनचाँदी गहना पसल हतियार देखाएर दिनदाहाडै लुटपाट भएको छ । उक्त गहना पसलका सञ्चालकलाई लुटेराले खुकुरी प्रहार गरी लुटपाट गरेका थिए । चार जना मंगोलियन अनुहारका युवाहरुले खुकुरी प्रहार गर्दै ८० हजार रुपैयाँ लुटेर लगेको पीडितले बताएका छन् । खुकुरी प्रहारबाट सञ्चालक बुद्धराम सुनारलाई सामान्य चोटपटक मात्र लागेको छ । घटनालगत्तै घटनास्थल पुगेको प्रहरील ... read more...

  • अल्लारे मन्त्रीको काम पनि त्यस्तै: काठमाडौं काकाकुल, कतारमा पानी !

    काठमाडौं । पारिवारिक रूपमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि नैतिक प्रश्न उठाउने कम छैनन् । आफ्ना बुहारी मध्येकी जेठी सृजना त्रिपाठीलाई भर्खर कास्कीको जिल्ला सदस्यमा मनोनयन गराउनुपूर्व कान्छी बुहारीलाई देशको महत्वपूर्ण मन्त्रालय नै जिम्मा दिए । यसै विषयमा परिवारले कुरा काट्ने भई गए । तैपनि दिएको जिम्मेवारी पनि कुशलतापूर्वक पूरा गरेको भए उनको नाक जोगिन्थ्यो । त्यसको विकल्पमा खानेपानी तथा ढ ... read more...

  • प्रहरीकै हाकिमहरुको घरमा डाँका डाल्ने यि काले

    काठमाडौं । गोली नै ठोकेर नियन्त्रणमा लिएका डकैतीमा सक्रिय विष्णु तामाङ भन्नेको रामकहानी कम रोचक छैन । प्रहरीसँग सँधै भागी हिँड्ने काले भनिने तामाङले प्रहरीकै घरमा पनि डकैती गरेका थिए । तामाङले पूर्वएआईजी जयबहादुर चन्द र पूर्व डिआईजी विश्वराज सिंह शाहीको घरमा समेत डकैती गरेका थिए । प्रहरीको खोजी सूचीमा रहेका तामाङ टोखामा रहेको सूचना पाएपछि सोमबार बिहान प्रहरीको टोलीसँग जम्काभेट भएको थियो । प्रहरीमा ... read more...

  • लुटेरा तामाङलाई नियन्त्रण लिन घुँडा मुनि गोली प्रहार

    काठमाडौं । महानगरीय प्रहरी अपराध महाशाखाले एक लुटेरालाई पक्राउ गर्न टोखामा गोली चलाएको छ । पेशेवर लुटेरा भनिएका काले उर्फ विष्णु तामाङ र महाशाखाबाट खटिएको प्रहरी टोलीबीच झडप हुने क्रममा प्रहरीमाथि नै आक्रमण हुन थालेपछि गोली प्रहार गरिएको अपराध महाशाखाले जनाएको छ । सिन्धुपाल्चोक घर भई टोखा बस्दै आएका कालेलाई नियन्त्रण लिने क्रममा प्रहरीले गोली प्रहार गर्नुपरेको महाशाखा प्रमुख एसएसपी सहकुल थापाले बत ... read more...

  • फरार भनिएका भूमाफिया गुरुङ यसरी सातदोबाटोमा झुल्किए

    काठमाडौं। बालुवाटारस्थित ललिता निवासको २९९ रोपनी ३ आना सरकारी जग्गा ब्यक्तिको नाममा पास भएको काण्डमा मुछिएका भाटभटेनी सुपरमार्केटका अध्यक्ष तथा भूमाफिया मिनबहादुर गुरुङ अहिले राजधानीमै खुलेआम हिँडिरहेका छन् । भूमाफिया गुरुङलाई ललितपुरको सातदोबाटोस्थित चेन सुपर मार्केट भाटभटेनीको १६ औं आउटलेट उद्घाटन गर्ने क्रममा देखिएको हो । भाटभटेनी ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक गुरुङले नै उक्त आउटलेटको उद ... read more...

  • आज १२ बजे नयाँबानेश्वरमा उपस्थित हुन महासंघको आह्वान

    काठमाडौं । संसदमा दर्ता भएको मिडिया काउन्सिल विधेयकले स्वतन्त्र प्रेसलाई नियन्त्रण गर्ने ठहरसहित नेपाल पत्रकार महासंघको नेतृत्वमा आन्दोलित पत्रकारहरुले आज मुलुकभर विरोध कार्यक्रम गर्दैछन् । आज मध्यान्ह १२ बजेबाट सुरु हुने आन्दोलनमा सहभागी हुन सबै संचारकर्मीहरुलाई आव्हान गरिएको छ । काठमाडौंस्थित संसद बाहिर र उपत्यका बाहिरका जिल्लाहरुमा सदरमुकाममा सञ्चार साधनसहित बृहत प्रदर्शन गर्ने कार्यक्रम र ... read more...

  • गुह्रेश्वरी-बनकाली हुँदै तिलगंगा निस्किने बाटो बन्द: सर्वसाधारण आक्रोशित

    काठमाडौं । विश्व सम्पदा सूचीमा सूचीकृत पशुपतिनाथ मन्दिर क्षेत्रमा पर्ने गुह्रेश्वरी, बनकालीहुँदै तिलगंगा निस्किने बाटोलाई यूनेस्कोले हटाउने चेतावनी दिएपछि पशुपति विकास कोषले उक्त बाटो बन्द गर्ने निर्णय गरेको छ । कोषले उक्त बाटोलाई बन्द गर्ने उदेश्यसहित वाल लगाउन गिटी, बालुवा, रोडा तथा ढुङ्गा सडकमै थुपारेको छ । मापदण्ड विपरित उक्त बाटो सञ्चालनमा ल्याएको भन्दै यूनेस्कोले असन्तुष्ट ब्यक्त गर्दै आएको ... read more...

  • 'विद्येयक पारित भए सरकारी भजन गाउने मिडिया मात्र बाँकी रहने'

    काठमाडौं । नेपाल मानव अधिकार संगठनले मिडिया काउन्सिलसम्बन्धी विद्येयक संसदबाट पारित भए नेपालको सरकारको भजन गाउने मिडिया मात्र बाँकी रहने मात्र नभई सबै मिडिया सरकार नियन्त्रित हुने दावी गरेको छ । संगठनको जारी विज्ञप्तिमा भनिएको छ,‘नेपालको संविधानको प्रस्तावनाको पाँचौ परिच्छेदमा पूर्ण प्रेस स्वतन्त्रताको प्रत्याभुत छ । संविधानको धारा १९ ले सम्पूर्ण सञ्चार क्षेत्रलाई पूर्ण अधिकार प्रदान गरेको छ ... read more...

  • 'चावहिल-बौंद्ध-जोरपाटी' सडकखण्डको काम यसरी हुँदैछ (फिटो फिचर)

    काठमाडौं । ब्यवसायी र स्थानियको आन्दोलनपछि भएको सहमति अनुसार नै ठेकेदार कम्पनीले 'चावहिल-बौंद्ध-जोरपाटी' सडकखण्डको काम धमाधम कालोपत्र गर्न थालेको छ । विगत ४ बर्षदेखि सडक हिलाम्मे र धुमाम्मे हुँदा ब्यवसायी विस्थापित मात्र नभई करोडौं डुबेको भन्दै बौंद्ध ब्यापार संघको नेतृत्वमा प्रर्दशन तथा चक्काजाम भएको थियो । त्यसपछि ठेकेदार कम्पनीले बाध्यभएर सडकको काम तत्काल थाल्ने ६ बुँदे सहमति गरेको थियो । अहिले ... read more...

  • राजधानीमै १४ बर्षीय बालिका बलात्कृत, शंकास्पद एक जना समातिए

    साँखु । राजधानीमै १४ बर्षीय एक बालिका बलात्कृत भएकी छन् । काठमाडौंको शंकरापुर नगरपालिका वडा नम्बर-१ नाङ्लेभारे बस्ने ति बालिकालाई बलात्कार गर्ने शंकास्पद एक जनालाई महानगरीय प्रभाग साँखुले २४ घण्टा नवित्दै पक्राउ गरी बौंद्ध बृत्तलाई बुझाएको छ । पक्राउ पर्नेमा बर्ष ३१ को गुञ्जबहादुर तामाङ रहेका छन् । अभियुक्त तामाङ दोषी भए-नभएको थप अनुसन्धान गर्नका लागि प्रहरीले उनको म्याद थप गर्न अदालत लग ... read more...

  • ‘प्रेस स्वतन्त्रता विरोधी’ विधेयक: आन्दोलन तुहाउन 'ललिपप' को अफर

    काठमाडौं । सरकारले ल्याउने तयारी गरेको ‘प्रेस स्वतन्त्रता विरोधी’ मिडिया काउन्सिलसम्वन्धी विधेयक फिर्ता लिन माग गर्दै नेपाल पत्रकार महासंघले आन्दोलन घोषणा गरेपछि आन्दोलन तुहाउन नेकपाका शक्तिशाली तथा विवादास्पद महासचिव विष्णु पौडेलले सञ्चारकर्मीहरुलाई 'ललिपप' को आश देखाएका छन् । उनले शनिबार साँझ विज्ञप्ति जारी गर्दै नेपाल कम्यूनिष्ट पार्टीका दुवै अध्यक्ष र सिंगो नेकपा नेपाली प्रेस जगतले ... read more...

  • निलडाम बस्नेगरि शिक्षिकाले विद्यार्थीलाई कुटपिट गरेपछि...

    काठमाडौ । राजधानीस्थित एक विद्यालयका शिक्षिकाले विद्यार्थीलाई निलडाम बस्नेगरी कुटपिट गरेको घटना सार्वजनिक भएको छ । नयाँबानेश्वर, शान्तिनगरस्थित रहेको बेबिलान नेशनल हाईस्कुलकी शिक्षिका एशिला राईले त्यसरी कुटपिट गरेकी हुन् । शिक्षिका राईले कक्षा ६ अध्ययनरत विद्यार्थी नबोम श्रेष्ठलाई निलडाम हुनेगरी कुटपिट गरेपछि त्रासका कारण छोरा विद्यालयनै जान छाडेको अभिभावक महेश श्रेष्ठले बताए । शिक्षिका राईले अन्य ... read more...

  • आन्दोलनको प्रभावः चावहिल-बौंद्ध-जोरपाटी सडकखण्डमा काम सुरु

    काठमाडौं । विगत चार बर्षदेखि हिमाम्मे र धुमाम्मे रहँदै आएको चावहिल-बौंद्ध-जोरपाटी सडकखण्डमा ठेकेदार कम्पनी यूनाईटेड विल्डर्सले हिजैदेखि कालोपत्र गर्नुपूर्वको काम थालनी गरेको छ । अहिले माटोलाई सम्माउने तथा रोलर लगाउने काम धमाधम भइरहेको छ । ब्यवसायी र स्थानियबासीको संयुक्त पहलमा विहिबार भएको आन्दोलनले उग्ररुप लिएपछि ठेकेदार कम्पनीले स्थानिय नेता, प्रहरीको रोहबरमा तत्काल काम थाल्ने भन्दै ६ बुँदे सहमत ... read more...

  • साढे तीन तोलाको सिक्री प्रहरीले नै लुटेपछि...

    काठमाडौं । विहान ८ः३० बजेदेखि चावहिल-बौंद्ध-जोरपाटी सडक कालोपत्र तत्काल हुनुपर्ने माग राखि आन्दोलन चलिरहेको थियो । मध्यान्हतिर आन्दोलनलाई प्रहरीले एक्कासी लाठिचार्ज, धरपकड र अश्रुग्याँस प्रहार गर्न थाल्यो । आन्दोलनकारी तितरबितर भए । कतिपयलाई प्रहरीले पक्राउ गर्दै भ्यानमा राखिरहेको थियो । त्यसैबेला, आन्दोलनको नेतत्व लिइरहेको संस्था बौंद्ध ब्यापार संघका सचिवलाई प्रहरीले धरपकड गर्दै भ्यानतिर लग्यो । ... read more...

  • एकाविहानै सडक बन्द, बटुवालाई सास्ती, 'तत्काल कालोपत्र गर'

    काठमाडौं । विगत ४ बर्षदेखि अलपत्र चावहिल-बौंद्ध-जोरपाटी सडकखण्ड कालोपत्र नगरेको भन्दै बौंद्ध ब्यापार संघ र स्थानियको संयुक्त आयोजनामा बौंद्ध स्तुपाको गेट अगाडि धर्ना र प्रदैशन सुरु भएको छ । विहान ८ः ३० बाट सुरु भएको धर्ना, प्रर्दशन बेलुका ५ बजेसम्म चल्ने आयोजक संस्थाका अध्यक्ष दिपक चौलागाईले बताए । बुधबार पनि स्थानिय ब्यापारी र स्थानियबासीको अगुवाईमा विहान डेढ घण्टा चक्काजाम भएको थियो । बुधबार भएक ... read more...

  • सडक कालोपत्र नभएपछि स्थानिय आन्दोलनमा, 'अनिश्चितकालिन बन्द'

    काठमाडौं । विगत ४ बर्षदेखि अलपत्र चावहिल-बौंद्ध-जोरपाटी सडकखण्ड कालोपत्र नहुुँदा मारमा परेका ब्यापारी र स्थानियबासीको अगुवाईमा विहान डेढ घण्टा चक्काजाम भएको छ । विहान ८ बजेदेखि ९ः३० बजेसम्म भएको सांकेतिक विरोध कार्यक्रमका कारण सडक अस्तव्यस्त भएको थियो । आन्दोलनमा उत्रिएका स्थानियको एउटै माग छ-'चावहिल-बौंद्ध-जोरपाटी सडकखण्ड तत्काल कालोपत्र गरी धुवा र धुलोबाट मुक्त हुनुपर्यो ।' विगत चार बर्षदेखि सडक ... read more...

  • ‘प्रधानमन्त्रीको भ्रमण दुवै देशको हितमा छ, विरोध गर्नु पूर्वाग्रही’

    काठमाडौं । पूर्वराजदुत हिरण्यलाल श्रेष्ठले भियतनाम र कम्बोडिया दुवै देशसँग नेपालको पूरानो र प्राचिन सम्बन्ध भएकोले प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमण फलदायी र सफल हुने बताएका छन् । वैशाखी–डेमा प्रधानमन्त्रीले मुख्य वक्ताको रुपमा बोल्ने कार्यक्रम रहेकोले उक्त सम्मेलनमार्फत ग्लोवल बुद्धिज्म र लुम्बिनीलाई अन्तर्राष्ट्रिय रुपमा प्रर्वद्धन गर्न पनि ‘माईल-स्टोन’ हुने श्रेष्ठको दाबी छ ... read more...