• +977 9843987244
  • info@cpostnews.com

खेलकुद

  • राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न

    काठमाडौं । महालक्ष्मी नगरपालिकाद्वारा आयोजित विद्यालयस्तरिय प्रथम रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता समापन भएको छ । प्रतियोगितामा पवन प्रकृति प्रथम, ब्लूम नेपाल द्वितीय र शुभ तारा तृतिय भएका छन् । बिजयी विद्यार्थीहरुलाई नगर प्रमुख रामेश्वोर श्रेष्ठसहित कार्यक्रम संयोजक मीनबहादुर अछामीले पुरस्कृत गरेका थिए । ... read more...

  • भलिबल संघको केन्द्रीय उपाध्यक्षमा कुमारराज सुवेदी नियुक्त

    काठमाडौं । नेपाल भलिबल संघको केन्द्रीय उपाध्यक्षमा कुमारराज सुवेदी नियुक्त भएका छन् । संघको केन्द्रीय समितिको बैठकले सुवेदीलाई उपाध्यक्ष नियुक्त गरेको संघका अध्यक्ष मनोरञ्जन रमण शर्माले जानकारी दिए । भलिबल खेलप्रति विशेष लगाव भएका सुवेदी विद्यार्थी कालदेखि नै भलिबल खेलमा संलग्न रहेका छन् । नियुक्तिपछि सुवेदीले नेपालको माटो सुहाउँदो भलिबल खेलको विकास विस्तारका लागि दत्तचित्त भएर लाग्ने प्रतिबद्धता ... read more...

  • 'मेरो चार वर्षे कार्यकाल स्वर्ण, पुनः जिम्मेवारी पाउनेमा विश्वस्त छु'

    काठमाडौं । राष्ट्रिय खेलकूद परिषदका सदस्य सचिव केशबकुमार विष्टले निलम्बनमा परेको नेपाल क्रिकेट काउन्सिल (क्यान) लाई अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले आगामी जुलाईमा फुकुवा गर्ने दावी गरेका छन् । सदस्यसचिवका रुपमा आफ्नो चार वर्षे कार्यकालको प्रगतिविवरण बारे जानकारी दिँदै विष्टले जुलाईमा बस्ने आइसिसीको बोर्ड बैठकले क्यानको निलम्बन फुकुवा गर्ने बताए । आफ्नो कार्यकालभरी केही गर्न नसकेका विष्टल ... read more...

  • आईटीएफ एसिया यु–१२ टिम च्याम्पियनसिपमा भाग ६ खेलाडी बंगलादेश प्रस्थान

    काठमाडौं । आईटीएफ एसिया यु-१२ टिम च्याम्पियनसिपमा भाग लिन ६ खेलाडी र २ प्रशिक्षकसहित ८ सदस्यीय नेपाली लनटेनिस टोली शनिबार बंगलादेशको ढाका प्रस्थान गरेका छन् । पुरुषमा आरभसम्राट हाडा, प्रणव मानन्धर र सक्षमविक्रम शाह तथा महिलामा इभा अधिकारी, प्रशंसा मोक्तान र जेनी खड्काले नेपालको चुनौती प्रस्तुत गर्नेछन् । प्रशिक्षकमा कृष्णराज घले र आत्माराम कार्की छन् । टोलीलाई नेपाल टेनिस संघका महासचिव मनोहरदास मु ... read more...

  • एसईई खुल्ला बास्केटबल प्रतियोगिता सम्पन्न

    कास्की । पोखराको नयाँबजारस्थित गुरुकुल विद्या सदन माविमा अन्तर एसईई खुल्ला बास्केटबल प्रतियोगिता सम्पन्न भएको छ । छुट्टाछुट्टै रुपमा छात्र र छात्रातर्फ भएको प्रतियोगितामा छात्रतर्फको उपाधि कास्की बास्केटबल एकेडेमी (रातो) ले जितेको छ भने छात्रातर्फ कास्की बास्केटबल एसोसिएसन प्रथम भएको छ । छात्रतर्फको फाइनल खेलमा कास्की एकेडेमीले मनकामनालाई तथा छात्रातर्फ एलएसएसलाई पराजित गर्दै कास्की एसोसिएसनले उपा ... read more...

  • बास्केटबल प्रतियोगितामा नर्थ पोल र लुम्बिनी च्याम्पियन

    काठमाडौं । काठमाडौं नर्थ पोल र आयोजक लुम्बिनी तेश्रो लुम्बिनी थ्री बाइ थ्री बास्केटबल प्रतियोगितामा बिहीबार च्याम्पियन बनेका छन् । नर्थ पोल ब्वाइज तथा लुम्बिनी गल्र्समा पहिलो भएका हुन् । ब्वाइज फाइनलमा नर्थ पोलले डिफेन्डिङ च्याम्पियन गे्रट मायालाई १४–११ ले पराजित गर्यो । नर्थ पोलको जितमा अमन काम्वाङ लिम्बूले ६ अंक योगदान गरे । गल्र्सको उपाधि भिडन्तमा अस्मिता थापाको ८ अंक सहयोगमा लुम्बिनीले म ... read more...

  • आजदेखि तेश्रो लुम्बिनी बास्केटबल प्रतियोगिता

    काठमाडौं । लुम्बिनी एकेडेमी कलेजको आयोजनामा तेश्रो लुम्बिनी थ्री बाइ थ्री बास्केटबल प्रतियोगिता आजदेखि सुरु हुँदैछ । प्रतियोगितामा ब्वाइज र गल्र्सतर्फ समान २४–२४ टिमको सहभागिता रहने लुम्बिनी कलेजका प्रिन्सिपल रविनचन्द्र कोइरालाले मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । नकआउट आधारमा हुने प्रतियोगिताका खेलहरु चावहिलस्थित आयोजककै कोर्टमा हुनेछ । ब्वाइजमा द ग्रेट माया र गल्र्समा आयोजक लुम ... read more...

  • पदक विजेतालाई सम्मान

    काठमाडौं । लिटिल एन्जल्स स्कुल हात्तिबनले आठौं राष्ट्रिय खेलकुदमा पदक जित्ने आफ्ना विद्यार्थीहरुलाई सम्मान गरेको छ । विद्यालयका प्रधानाध्यापक मुकुन्दराज शर्माले आठौं राष्ट्रिय खेल अन्तरगत कराँतेमा स्वर्ण पदक विजेता बिपेनराज सिं, कराँतेकै कास्य पदक बिजेता सृजेश श्रेष्ठ, तेक्वान्दोमा कास्य पदक बिजेता रंजित साउदका साथै विद्यालयका कराँते प्रशिक्षक दीपक श्रेष्ठ र सहप्रशिक्षक हरिशरण खड्कालाई पनि सम्मान ... read more...

  • राखेपको आर्थिक प्रशासन प्रमुखमा पोखरेल

    काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत आर्थिक प्रशासन शाखा प्रमुखको जिम्मेवारी ऋखिराम पोखरेलले पाएका छन् । २०५३ साल असोज ४ गते राखेपमा सेवा प्रवेश गरेका पोखरेल लामो समयदेखि आर्थिक प्रशासन शाखामै कार्यरत थिए । यसअघिका प्रमुख कपिलमणि पोखरेलले उमेर हदका कारण अनिवार्य अवकास पाएपछि आर्थिक प्रशासन शाखाको पद रिक्त थियो । दुवैलाई सोमबार एक कार्यक्रमबीच आर्थिक प्रशासन शाखाका कर्मचारीलगायतले बि ... read more...

  • अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि लालिगुराँस र स्किब्सलाई

    काठमाडौं । आयोजक लालिगुराँस र स्किब्सले पाँचौं लालिगुराँस कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि आइतबार जितेका छन् । लालिगुराँस जुनियर ब्वाइज तथा स्किब्स सिनियर गल्र्सको थ्री बाइ थ्रीमा च्याम्पियन बने । जुनियर ब्वाइज फाइनलमा लालिगुराँसले सेबलाई ३४–१४ ले पराजित ग¥यो । लालिगुराँसका दीपेश क्षेत्रीले १८ अंक जोडे । गोल्डेन पिकले ओडिसीलाई १९–१६ ले हराउदै तेश्रो भयो । गोल्डेनपिकका ... read more...

  • दोश्रो राष्ट्रिय योग खेलकुद प्रतियोगिता सुरु

    काठमाडौं । नेपाल योग खेलकुद संघको आयोजनामा दोश्रो राष्ट्रिय योग खेलकुद प्रतियोगिता सुरु भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा शनिबारदेखि सुरु भएको सो प्रतियोगितामा विभिन्न १२ स्पर्धामा १ सय ८० खेलाडी सहभागी रहेका छन् । आइतबारसम्म चल्ने उक्त प्रतियोगिताको युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) ले आज उद्घाटन गरेका हुन् । ... read more...

  • जुनियर कोटेश्वर राष्ट्रिय तेक्वान्दो प्रतियोगिता सुरु

    काठमाडौं । जुनियर कोटेश्वर राष्ट्रिय तेक्वान्दो प्रतियोगिता शनिबारबाट सुरु भएको छ । आयोजक कोटेश्वर तेक्वान्दो डोजाङको आफ्नै हलमा जारी प्रतियोगिताको प्रमुख अतिथि तीन नम्बर प्रदेशका सभामुख सानुकुमार श्रेष्ठले उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा नेपाल तेक्वान्दो संघका सचिव तथा प्रबक्ता दिपक विष्ट, सहकोषाध्यक्ष सुमन घले, सदस्यहरु संगीना बैद्य, हिराबहादुर थापा, कबिराज खड्गी, नोर्बु लामा र मिन न्यौ ... read more...

  • ८ करोड ७६ लाख रुपैयाँमा निर्मित नेपाल तेक्वान्दो एकेडेमीको उद्घाटन

    काठमाडौं । सातदोबाटोमा निर्मित नेपाल तेक्वान्दो एकेडेमी भवनको बिहीबार उद्घाटन गरिएको छ । उक्त एकेडेमीको युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) ले उद्घाटन गरेका हुन् । करिब ८ करोड ७६ लाख २२ हजार ४ सय ३१ रुपैयाँ लागतमा निर्मित एकेडेमी ४ तलाको छ । एकेडेमीमा कक्षा कोठा, कार्यालय कक्ष, तालिम हल, प्रतियोगिता हल, चेन्जिङ रुम, भीआइपी प्यारापिट, साधारण प्यारापिटलगायत छन् । भीआइपी प्यारापिट ३० ... read more...

  • मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदान सञ्चालनमा

    काठमाडौं । मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदान सञ्चालनमा आएको छ । तेश्रो प्रधानमन्त्री कप एक दिवसीय पुरुष क्रिकेट प्रतियोगिता अन्तर्गत नेपाल प्रहरी र कर्णाली प्रदेशबीचको खेल भएसँगै मैदान सञ्चालनमा आएको हो । खेल सुरुआत गराउने क्रममा प्रदेश सांसद मणिराम फुँयालले म्याच कमिसनरलाई एक कार्यक्रमबीच बल हस्तान्तरण गरेका थिए । ... read more...

  • आजदेखि केभीकेएसएस बास्केटबल प्रतियोगिता

    काठमाडौं । काठमाडौं विद्या कुञ्ज माविको आयोजनामा तेश्रो केभीकेएसएस अन्तरविद्यालय बास्केटबल प्रतियोगिता आजबाट सुरु हुँदैछ । प्रतियोगितामा ब्वाइजतर्फ २५ र गल्र्समा २० टिमको सहभागिता रहने आयोजक केभीकेएसएसका प्रिन्सिपल प्रेमप्रसाद कँडेलले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । खेलहरु लिग कम नकआउट आधारमा हुनेछ । प्रतियोगितका खेलहरु टोखास्थित आयोजककै कोर्टमा हुनेछ । ब्वाइज-गल्र्स दुवैमा निम्स ड ... read more...

  • प्रधानमन्त्री 'महिला टि-२० क्रिकेट कप' कंचनपुरमा हुने

    काठमाडौं । चौथो संस्करणको प्रधानमन्त्री कप महिला टि-२० क्रिकेट प्रतियोगिता जेठ अन्तिम साता हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद (राखेप) को आयोजना र महाकाली स्पोर्टस सोसाइटीको व्यवस्थापनमा जेठ अन्तिम साता चौथो संस्करणको प्रधानमन्त्री कप ट्वान्टी-२० क्रिकेट प्रतियोगिता महेन्द्रनगरको खुलामञ्च र कभर्डहलको क्रिकेट मैदानमा हुने भएको हो । मंगलबार राजधानीको बानेश्वरमा पत्रकार सम्मेलन आयोजना गर्दै जेठ २८ ग ... read more...

  • मेलम्ची मेयरकपमा 'मानसिंह डोजो' च्याम्पियन

    सिन्धुपाल्चोक । नेपाल गोजुरियो कराते डो संघ, मेलम्ची शाखा डोजोको आयोजनामा मेलम्ची नगरपालिका मेयरकप खुला कराते प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा ९ स्वर्ण, ४ रजत र ८ काश्य पदकसहित मानसिंह डोजो पहिलो भएको छ । सात स्वर्ण, ४ रजत र ३ काश्य पदक सहित मनकामना डोजो दोश्रो तथा ६ स्वर्ण, ७ रजत र ९ काश्य पदक हित दक्षिण ढोका डोजो तेश्रो भएको छ । महिलाको जुनियर कातामा जेकेएफ गोजुकाइकी सरिता परियारले स्व ... read more...

  • १३ औं साग खेलको 'लोगो र मस्कट' सार्वजनिक

    काठमाडौं । नेपालले आयोजना गर्ने १३ औं दक्षिण एसियाली खेलकुद (साग) को लोगो र मस्कट सोमबार सार्वजनिक गरिएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्ष युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनारले सिंहदरबारस्थित खेलकुद मन्त्रालयकै सभाकक्षमा आयोजित पत्रकार सम्मेलनमा लोगो र मस्कट सार्वजनिक गरेका हुन् । संघीय सांसद एवं नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठ, खेलकुद मन्त्रालयका सचिव कृष् ... read more...

  • १३ औँ साग खेल: नेपालमै आगामी मङ्सिर १५ देखि २४ गतेसम्म हुने

    काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले १३ औँ दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) लाई लक्षित गरी खेलाडीलाई बन्द प्रशिक्षणमा राख्ने भएको छ । नेपालमा आयोजना हुने १३ औँ संस्करणको दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को तयारीका लागि हालै सम्पन्न आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई समावेश गरी बन्द प्रशिक्षणमा राख्ने निर्णय भएको राखेपले जनाएको छ । प्रत ... read more...

  • चौंथो बीएनए कप बिहिबारदेखि

    काठमाडौं । बसुन्धारा नेसनल एकेडेमी (बीएनए) को आयोजनामा चौंथो बीएनए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता भोलीदेखि सुरु हुने भएको छ । प्रतियोगितामा सिनियर ब्वाइजमा १६ तथा जुनियर ब्वाइजमा २४ गरी ४० टिमको सहभागिता रहने बीएनएका प्रिन्सिपल टंककुमार चापागाईंले बताए । बुधबार आयोजित पत्रकार सम्मेलनमा सिनियर सहभागीलाई ४ तथा जुनियरमा सहभागीलाई ८ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने प्रिन्सिपल ... read more...