• +977 9843987244
  • info@cpostnews.com

खेलकुद

  • बूढासुब्बा गोल्डकप आजदेखि शुरु

    धरान । मोफसलको उत्कृष्ट फुटबल प्रतियोगिता बूढासुब्बा रेडबुल गोल्डकपको २१औँ संस्करण आजदेखि धरान-१६ स्थित क्षेत्रीय रङ्गशालामा शुरु हुने भएको छ । प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक धरान फुटबल क्लबका अध्यक्ष किशोर राईले जानकारी दिए । रङ्गशालाको भौतिक पूर्वाधार पूरा गरी सिङ्गारिएको छ । गत साउन पहिलो साता नै मैदानमा घाँस रोपिएको थियो । उक्त घाँसमा अहिले पानी लगाएर हरियो बनाइएको छ । जिल्ला खेल ... read more...

  • आजदेखि ‘बि’ डिभिजन लिग: मौसमले साथ देला त ?

    काठमाडौँ । आजबाट शुरु हुने शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबल प्रतियोगिता मौसमका कारण प्रभावित हुने संभावना बढेको छ । पश्चिमी वायुको न्यून चापीय प्रणालीका कारण बिहीबारदेखि मुलुकभर शुरु भएको वर्षा र हिमपात आज पनि जारी रहने मौसम पूर्वानुमान महाशाखाले जनाएका कारण खेल प्रभावित हुने संभावना बढेको हो । प्रतियोगिता आजबाट एन्फा कम्प्लेक्स मैदान सातदोबोटोमा शुरु हुँदैछ । एन्फाका अनुसार प्रतियोगि ... read more...

  • 'निलम्बन फुकुवा भएसँगै सवै खेलाडीले पारिश्रमिक पाउँछन्'

    काठमाडौं । युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले छिटै नेपाल क्रिकेट परिषद् (क्यान) माथि लगाएको निलम्बन फुकुवा गर्ने खुलसा गरेका छन् । राजधानीमा भएको एक कार्यक्रममा बोल्दै मन्त्री विश्वकर्माले सो कुराको खुलसा गरेका हुन् । उनले आइसिसीले दिएको रोडम्याप अनुसार नै क्यानको ५ सदस्यीय तदर्थ समिति गठन गरेर नयाँ नेतृत्वका लागि चुनावको तयारी भइरहेको दावी ग ... read more...

  • दुवै सिरिज विजेता नेपाली क्रिकेट टोलीलाई भब्य स्वागत

    काठमाडौँ । संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको एकदिवसीय र टी-२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिज जितेर स्वदेश फर्किएको राष्ट्रिय क्रिकेट टोलीको भब्य स्वागत गरिएको छ । ऐतिहासिक सिरिज विजेता टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रियसभाका अध्यक्ष गणेश तिम्सिना, युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्मा, राष्ट्रिय खेलकूद परिषद्का सदस्य सचिव केशवकुमार विष्ट, उपाध्यक्ष पीताम्बर तिम्सिनालगा ... read more...

  • टी-२० क्रिकेट सिरिज जित्दै नेपालद्धारा इतिहास कायम

    काठमाडौँ । संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको टी–२० क्रिकेट सिरिज २–१ ले जित्दै नेपालले इतिहास कायम गरेको छ । युएईविरुद्धको आज अन्तिम खेलमा नेपालले १४ रनको जित निकाल्दै सिरिज आफ्नो पक्षमा पारेको हो । दुबईस्थित आइसिसी ग्लोबल क्रिकेट एकेडेमीको मैदानमा टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित १० ओभरमा आठ विकेट गुमाउँदै १०४ रन बनाएको थियो । वर्षाका कारण खेल १० ओभरमा झारिएको थियो । एकसय ... read more...

  • तेस्रो टी-२० खेल वर्षाका कारण खेल १० ओभरमा झारियो

    काठमाडौँ । घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई) विरुद्ध अन्तिम तथा तेस्रो टी-२० खेल १० ओभरमा झारिएको छ । वर्षा भएपछि निर्धारित समयमा खेल हुन नसकेपछि खेल १० ओभरमा झारिएको हो । १० ओभरको खेलमा नेपालले टस हारेर ब्याटिङ शुरु गरेको छ । दुबईस्थित आइसिसी ग्लोबल क्रिकेट एकेडेमीको मैदानमा युएईले टस जितेर बलिङ गर्ने निर्णय गरेपछि नेपालले पहिले ब्याटिङ शुरु गरेको हो । वर्षा र हावाहुरीले गर्दा नेपाल र युएईबी ... read more...

  • दोस्रो टी-२० क्रिकेटः नेपाल चार विकेटले विजयी

    काठमाडौँ । घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको दोस्रो टी-२० क्रिकेटमा नेपाल चार विकेटले विजयी भएको छ । दुबईस्थित आइसिसी ग्लोबल क्रिकेट एकेडेमीको मैदानमा टस जितेर युएइले ब्याटिङ रोजेको थियो । युएईले १९ दशमलव दुई ओभरमा सवै विकेट गुमाई १०७ रन बनाएको थियो । नेपालले १०८ रनको लक्ष्य १९ दशमलव तीन ओभरमै ६ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले विजयी रन बटुलेका थिए । अन्तिम ... read more...

  • शृङ्खला जोगाउन नेपालले जित्नै पर्ने दबाब: 'गर या मर अवस्थामा यूएई'

    काठमाडौँ । संयुक्त अरब इमिरेट्स ९युएई० भ्रमणमा रहेको नेपाललाई आज हुने घरेलु टोलीविरुद्धको दोस्रो टी–२० क्रिकेट जित्नै पर्ने दबाब रहेको छ । तीन खेलको टी–२० शृङ्खलाअन्तर्गत नेपालले बिहीबार भएको पहिलो खेल गुमाइसकेको छ । नेपाललाई शृङ्खला आफ्नो पक्षमा पार्न आजको दोस्रो खेल जित्नै पर्ने दबाब छ । आजको खेल जित्नसके नेपालले शृङ्खला जित्ने सम्भावना कायम रहनेछ भने युएईले जिते एक खेलअगावै शृङ्खला ... read more...

  • 'नेपालले एक दिवसीय शृङ्खला नै जितिसक्यो, अब पूर्वाधारको खाँचो छ'

    काठमाडौँ । नेपाली क्रिकेटले नेतृत्वविहीन तीन वर्षमा ऐतिहासिक फड्को मार्न सफल भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) निलम्बनमा परेको तीन वर्ष भइसक्यो । तर, यस बीचमा राष्ट्रिय टोलीले दुईवटा ऐतिहासिक सफलता मात्रै हात पारेको छैन, वर्षौँदेखिको विश्व क्रिकेटमा एकछत्र राज गरेका भारतीय र पाकिस्तानी खेलाडीले राखेको विश्व कीर्तिमानसमेत नेपाली खेलाडीले तोड्न भ्याइसकेका छन् । साधारणसभा तथा नयाँ नेतृत्व चयनको विष ... read more...

  • एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिज जित्दै इतिहास कायम

    काठमाडौं । नेपालले पहिलो पटक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिज जित्दै इतिहास कायम गर्न सफल भएको छ । घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको तीन खेलको एकदिवसीय क्रिकेट सिरिज जित्दै नेपालले ऐतिहासिक सफलता प्राप्त गरेको हो । दुबईस्थित आइसिसी क्रिकेट एकेडेमीमा आज भएको तेस्रो तथा अन्तिम एकदिवसीयमा युएईलाई चार विकेटले हराउँदै नेपालले पहिलो पटक एकदिवसीय क्रिकेट सिरिज जितेको हो । तीन खेलको स ... read more...

  • एक दिवसीय क्रिकेट: नेपाललाई इतिहास कायम गर्ने मौका

    काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) बाट चार वर्षका लागि एक दिवसीय मान्यता पाएको नेपालका लागि आज एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा इतिहास कायम गर्ने मौका छ । गत वर्ष एक दिवसीय अन्तर्राष्टिय मान्यता पाएपछिको दोस्रो एक दिवसीय शृङ्खला खेलिरहेको नेपालका लागि पहिलो पटक एक दिवसीय शृङ्खला जित्ने अवसर मिलेको हो । संयुक्त अरब इमिरेट्स (युएई) मा रहेको नेपालले आज घरेलु टोलीसँग तेस्रो एक दिवसी ... read more...

  • अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताका लागि महिला फुटबल टोली घोषणा

    काठमाडौँ । निरु थापाको कप्तानीमा २३ सदस्यीय राष्ट्रिय महिला फुटबल टोलीको घोषणा गरिएको छ । भारतको उडिसा राज्यमा हुने अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताका लागि आज २३ सदस्यीय महिला फुटबल टोलीको घोषणा गरिएको हो । गोलकिपरमा अञ्जना रानामगर, उषा नाथ र एञ्जिला सुब्बा, डिफेन्डरमा हीरा भुजेल, गीता राना, पुनम मगर, अमृता जैसी, कविता धिमाल, सुनिता चौधरी, पूजा राना र मनमाया लिम्बु, मिडफिल्डरमा विमला चौधरी, अनिता ... read more...

  • एएफसी यू-२३ छनोट खेलको तालिका सार्वजनिक, नेपालको पहिलो खेल ओमनसँग

    काठमाडौँ । थाइल्याण्डमा सन् २०२० मा आयोजना हुने एएफसी यू–२३ च्याम्पियनशिप फुटबलका लागि छनोट चरणको पहिलो खेलमा नेपालले ओमानको सामना गर्ने भएको छ । एशियन फुटबल फेडेरेसन (एएफसी) ले गएराति सार्वजनिक गरेको खेलतालिका अनुसार समूह ‘ए’मा परेको नेपालले पहिलो खेल ओमानसँग खेल्ने भएको हो । कतारमा हुने छनोटको पहिलो खेलमा नेपालले ओमानसँग आगामी मार्च २२ पहिलो खेल खेल्नेछ । छनोटको कठिन समूहमा परे ... read more...

  • थाइल्याण्डसँग ७० रनले पराजित भएपछि नेपाल उपविजेतामै सीमित

    काठमाडौँ । नेपाललाई ७० रनले पराजित गर्दै आयोजक राष्ट्र थाइल्याण्डले थाइल्याण्ड टि–२० स्म्यास क्रिकेटको उपाधि जित्न सफल भएको छ । टेर्ड थाई मैदानमा आज भएको फाइनल खेलमा १२२ रनको विजयी लक्ष्य पच्छ्याउने क्रममा नेपालले ५१ रनमै सम्पूर्ण विकेट गुमाउन पुग्यो । नेपालको शुरुवात राम्रो हुन सकेन । ओपनर काजल श्रेष्ठ रन आउट हुँदै पहिलो ओभरमा एक रन बनाएर आउट भइन् भने लगत्तै दोस्रो ओभरमा इन्दु बर्मा खाता नख ... read more...

  • इन्डोनेसियालाई ९२ रनले पराजित गर्दै नेपाल फाइनलमा

    काठमाडौं । थाइल्याण्डमा जारी 'महिला टि-२० स्म्यास-२०१९' क्रिकेट प्रतियोगितामा आज भएको सेमिफाइनल खेलमा नेपालले इन्डोनेसियालाई ९२ रनले पराजित गर्दै फाइनलको यात्रा तय गरेको छ । बैंककको ट्रेडथाइ क्रिकेट मैदानमा भएको उक्त प्रतियोगितामा नेपालले अहिलेसम्म कुनै हार ब्यहोर्नु परेको छैन । उपाधिका लागि नेपालले आइतबार अब आयोजक राष्ट्र थाइलैण्डसँग भिड्ने भएको छ । त्यसैगरी, आजै भएको अर्को सेमिफाइनल खेलमा आयोजक ... read more...

  • तेक्वान्दो प्रशिक्षक गुरुङद्वारा खेल सामग्री सहयोग

    काठमाडौँ । तेक्वान्दो प्रशिक्षक गणेश गुरुङले नेपाल तेक्वान्दो सङ्घ प्रदेश नं-३ लाई तेक्वान्दो खेल सामग्री सहयोग गरेका छन् । गुरुङले हङकङबाट पठाएको सामग्री उनका प्रतिनिधि मनोज खड्गीले प्रदान गरेका हुन् । हङकङमा बसोबास गर्दै आएका प्रशिक्षक गुरुङले उपलब्ध गराएका चेस्ट कभर, ग्लोभ्सलगायतका खेल सागम्री प्रदेशअन्तर्गत रहेका जिल्लालाई प्रदान गरिने नेपाल तेक्वान्दो सङ्घ प्रदेश नं-३ का संयोजक केशव पुरीले जा ... read more...

  • पारा भारोत्तोलनमा रजनीलाई स्वर्ण

    काठमाडौँ । पारा राष्ट्रिय खेलकुद च्याम्पियनशिप अन्तर्गत राष्ट्रिय पारा भारोत्तोलन प्रतियोगिताको महिला ५५ केजीमा रजनी राईले आज स्वर्ण पदक जितेकी छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजना तथा राष्ट्रिय पारा भारोत्तोलन खेलकुद सङ्घ नेपालको व्यवस्थापनमा भएको उक्त प्रतियोगितामा रजनीले ४० केजी भार वहन गरिन् । अनु राई (३५ केजी) तथा हेमकुमारी राई (३० केजी) क्रमशः दोस्रो र तेस्रो भए । महिला ५५ केजीमाथ ... read more...

  • ४४ किमी दूरीको 'अल्ट्रा म्याराथन' माघ १६ गते हुने

    दमौली । खेलकूदको माध्यमबाट पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित तनहुँको व्यास नगरपालिकाले दोस्रो व्यास नगर अल्ट्रा म्याराथन आयोजना गर्ने भएको छ । शहीद दिवसको अवसर पारेर व्यास नगरपालिकाले माघ १६ गते दोस्रो व्यास नगर अल्ट्रा म्याराथन आयोजना गर्न लागेको हो । व्यास नगरपालिका-५ मानहुँबाट शुरु हुने म्याराथन व्यास नगरपालिका-८ पुलिमराङसम्म ४४ किमी दूरीको रहनेछ । म्या राथन मानहुँकोट सिद्ध मार्ग हुँदै अलैचे ... read more...

  • बिपिएलमा आज दोस्रो खेल खेल्दै नेपाली युवा बलर लामिछाने

    ढाका । नेपाली युवा बलर सन्दीप लामिछानेले आज बङ्गलादेश प्रिमियर लिग (बिपिएल) मा दोस्रो खेल खेल्दैछन् । लामिछाने रहेको सिलेट सिक्सर्स क्लबले अहिले मध्याह्न चितागोङ भीकिङससँग प्रतिस्पर्धा गर्दैछ । पहिलो खेलमा उत्कृष्ट बलिङ गर्दै दुई विकेट लिए पनि सन्दीपको टोली पराजित भएको थियो । पहिलो खेलमा पराजित सन्दीपको टोली पहिलो जित निकाल्ने लक्ष्यसहित मैदान उत्रनेछ । सिक्सर्स पहिलो खेलमा कोमीला भिक्टोरियन्ससँग ... read more...

  • पोर्सिजा जाकर्ता क्लबद्धारा रोहित चन्दसँगको सम्झौता थप

    काठमाडौँ । इन्डोनेसियाको फुटबल लिग च्याम्पियन पोर्सिजा जाकर्ता क्लबले नेपालका मिडफिल्डर रोहित चन्दसँगको सम्झौता थप गरेको छ । रोहितको सो क्लबसँगको सम्झौता २०१८ डिसेम्मरसम्म थियो । रोहितले इन्डोनेसियाको फुटबल लिगमा त्यहाँको पेर्सिजा जाकर्ता क्लबबाट खेल्दै लिग उपाधि जिताउनुका साथै प्रतियोगिताकै उत्कृष्ट खेलाडीको उपाधि जित्न सफल भएका थिए । पोर्सिजाका व्यवस्थापकले विज्ञप्ति जारी गर्दै रोहितसँगको सम्झौत ... read more...