• +977 9841468702
  • info@cpostnews.com

खेलकुद

  • विश्वकप क्रिकेट छनोट प्रतियोगिता नेपालले सिङ्गापुरलाई हरायो

    काठमाडौँ, २ साउन । उन्नाइस वर्षमुनि (यु १९) विश्वकप एसियाली छनोट क्रिकेट प्रतियोगिताअन्तर्गत भएको पहिलो खेलमा नेपालले आयोजक सिङ्गापुरलाई चार विकेटले पराजित गर्दै सफल सुरुवात गरेको छ । सिङ्गापुरस्थित सिङ्गापुर क्रिकेट क्लब, पादाङ स्टेडियममा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको घरेलु टोली सिङ्गापुरले २९ ओभरमा ७३ रन जोड्दै अल आउट भयो । चौहत्तर रनको झिनो लक्ष्य पछ््याएको नेपालले १७ दशमलव ३ ओभरमा ६ वि ... read more...

  • जापानी राजदूतबाट २० लाख मूल्य बराबरका खेलकुद सामग्री वितरण

    काठमाडौँ, २९ असार । नेपालका लागि जापानी राजदूत माससी ओगावाले २० लाख मूल्य बराबरका स्की खेलसम्बन्धी विभिन्न सामग्री हस्ताणतरण गरेका छन् । राजदूत ओगावाले उक्त खेलकुद सामाग्री नेपाल स्की एसोसिएसनलाई हस्ताणतरण गरेका हुन् । स्की एसोसिएसन जापानबाट उपलब्ध भएका बाह्र जोर स्कि, छ जोर जुत्ता, र छ वटा ज्याकेट राजदूत माससीले नेपाल स्की एसोसिएसनका अध्यक्ष जीवनराम श्रेष्ठलाई जापानी ... read more...

  • १३ औं सागको उद्घाटन वा समापनमध्ये एक पोखरामा गर्न प्रस्ताव

    पोखरा, २८ असार । तेह्रौं दक्षिण एशियाली खेलकुदका पांच खेल पर्यटकीय नगरी पोखरामा हुने हुने भएको छ । साग खेल तयारीका लागि पोखरा आएको पूर्वाधार निर्माण समितिको टोलीसंग बसेको बैठकले सो जानकारी दिएको हो । पोखरा रंगशाला खेलकुद पूर्वाधार निर्माण समितिका सचिव रिमबहादुर रानाभाटले पोखरामा प्रस्ताव गरिएका पांच खेलमा भलिबल, ह्याण्डबल, महिला फुटबल, आर्चरी र ट्रायथोलन भएको बताए । बैठकमा कास्की जिल्लाका विभिन्न ... read more...

  • नेपाल-बङ्गलादेशबीच भएको मैत्रीपूर्ण खेलमा नेपाल विजयी

    काठमाडौँ, २७ असार । तेइस वर्षमुनि (यु–२३) को मैत्रीपूर्ण फुटबल खेलमा नेपालले बङ्गलादेशलाई पराजित गरेको छ । सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ एन्फा खेल मैदानमा भएको खेलमा नेपालले बङ्गलादेशको तेइस वर्षमुनिको टोलीलाई शुन्यका विरुद्ध एक गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । नेपालको जितमा विमल घर्तीमगर नायक बने । उनले खेलको पहिलो हाफको १९ औँ मिनेटमा अन्जन विष्टले दिएको पासलाई सदुपयोग गर्दै ग ... read more...

  • खेलकुदको राजधानी बन्दै पर्यटकीय नगरी पोखरा !

    पोखरा, २० असार । चर्चित पर्यटकीय नगरी पोखरा अब खेलकुदको राजधानी बन्ने भएको छ । खुलकुदको राधाधानी बन्ने योजना मुताविक बजेट विनियोजन भएपछि यो संभव हुने भएको हो । नेपाल खेलकुद पत्रकार मञ्च कास्कीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्ने क्रममा युवा तथा खेलकुद मन्त्रालयका सचिव महेशप्रसाद दाहालले पोखरालाई खेलकुदको राजधानी बनाउने गरी बजेट विनियोजन भएको बताए । उनले भने,‘खेलकुदका पूर्वाधार न ... read more...

  • ‘सुपर बक्सिङ लिग’ प्रतियागीतमा भाग लिन जांदै नेपाली ३ बक्सर

    काठमाडौं, १८ असार । भारतमा हुन लागिरहेको अन्तर्राष्ट्रिय प्रतियोगीतामा भाग लिन नेपाली तीन बक्सर भारत जाने भएका छन् । ‘सुपर बक्सिङ लिग’ प्रतियोगीतामा भाग लिन बक्सरहरु ‘म्याक्स’ मनोहर बस्नेत, कृष्टिना सुनार र सुलभ मगर भारत जान लागेका हुन् । प्रतियोगीता भारतको नयां दिल्लीस्थित सिरीफोर्ट स्टेडियममा अगामी असार २३ देखि २८ गतेसम्म हुंदैछ । लामो समयदेखि नेपालमा बक्सिङ खेल फस्ट ... read more...

  • २१ सदस्यीय तेक्वान्दो टोली दक्षिण कोरिया जाने

    काठमाडौं, ६ असार । अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न २१ सदस्यीय नेपाली तेक्वान्दो टोली बुधबार दक्षिण कोरिया बुधबार प्रस्तान गर्दैछ । २१ सदस्यीय नेपाली तेक्वान्दो टोली तीन छुट्टाछुट्टै अन्तर्राष्ट्रिय प्रतियोगिता जान लागेको हो । पहिलो टोली असार १० देखि १६ गतेसम्म मुजुमा हुने विश्व तेक्वान्दो च्याम्पियनसिपमा सहभागिता हुने छ । त्यसमा १० खेलाडीले विभिन्न तौलसमूहमा नेपालको चुनौती प् ... read more...

  • यू-१९ विश्वकप छनोटमा १८ खेलाडी छानिए (सूचीसहित)

    काठमाडौँ, ५ असार । उन्नाइस वर्षमुनिको आइसिसी विश्वकप क्रिकेट छनोटअन्तर्गत सिङ्गापुरमा हुने खेलका लागि १८ सदस्यीय खेलाडी छनौट भएका छन् । गत सोमबारदेखि शनिबारसम्म कीर्तिपुर मैदानमा भएको सुपर लिगको आधारमा खेलाडी छनोट गरिएको हो । आइसिसी एसियाका चिफ डेभलपमेन्ट अफिसर वेनकटपथी राजु, नेपाली क्रिकेट टोलीका मुख्य प्रशिक्षक जगत टमाटाका साथै उन्नाइस वर्षमुनिका राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक विनोद दास ... read more...

  • भारतको लज्जास्पद हार, पाकिस्तान बन्यो च्याम्पियन

    काठमाडौं, ४ असार ।२०१७ आइसीसी च्याम्पियन्स प्रतियोगिता खेलमा भारतको लज्जास्पद हार भएको छ । ३३९ रनको बिशाल लक्ष्य पछ्याएको भारत पाकिस्तानसामू निरिह सावित भयो । भारतले १८० रनको फराकिलो अन्तरसहित लज्जास्पद पराजय बेहोरेको छ । ३०.३ ओभरमा अल आउट हुँदै भारतले सबै विकेट गुमाएर १५८ रन मात्र बनाउन सफल भयो । पाकिस्तानले जित हासिल गरेपछि भारतीय मिडिया भारतीय क्रिकेटर विरुद्ध खनिएका छन ... read more...

  • ह्याम्स अस्पतालद्वारा खेलाडीलाई निःशुल्क सेवा

    काठमाडौँ, १ असार । राष्ट्रिय पौडी खेलाडी तथा ओलम्पियन शिरिष गुरुङद्वारा स्थापित शिरिष फाउन्डेशनको सहयोगमा ह्याम्स अस्पतालले खेलाडीलाई निःशुल्क सेवा सुविधा प्रदान गर्ने भएको छ । नक्सालस्थित क्राउन प्लाजा होटलमा आयोजित एक कार्यक्रममा फाउन्डेशनका अध्यक्ष शिरिष गुरुङ र ह्याम्स अस्पतालका निर्देशक भक्तप्रह्लाद पाण्डेले एक वर्षका लागि अस्पतालले प्रदान गर्ने सेवा सुविधा निःशुल्क उपलब्ध गराउने सम्झौता पत्र ... read more...

  • बराबरीमा टुङ्गियो नेपाल यमनको खेल

    काठमाडौँ, ३० जेठ । संयुक्त अरब इमिरेट्समा सन् २०१९ मा हुने एएफसी एसियन कप छनोटअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले यमनसँग गोलरहित बराबरी खेल्दै अङ्क बाँडेको छ । हल्चोकस्थित सशस्त्र प्रहरी बल ९एपिएफ०को मैदानमा आज भएको खेलमा दुवै टोलीले गोलरहित बराबरी खेल्दै अङ्क बाँडेका हुन् । यस खेलसँगै नेपालले एक अङ्क जोडेको छ । यसअघि गत चैत महिनामा फिलिपिन्सिमा भएको समूह चरणको पहिलो खेलमा नेपाल फिलिपिन्ससँग ४&nda ... read more...

  • अस्ट्रेलियामा जुडो खेलाडी बमले ल्याए स्वर्णपदक

    काठमाडौँ, २९ जेठ । अस्ट्रेलियामा बस्दै आएका जुडो खेलाडी मोहन बमले अस्ट्रेलियाको गोल्डकोस्टमा भएको ४२ औँ अस्ट्रेलिया राष्ट्रिय जुडो प्रतियोगितामा स्वर्णपदक हासिल गरेका छन् । सोमबार सम्पन्न तीनदिने प्रतियोगिताको पुरुष नागे नो कातामा मोहनले स्वर्णपदक हात पारेका हुन् । उनले अस्ट्रेलियाकै एडमन्ड युनसँग मिलेर स्वर्ण जितेका हुन् । पाँच जोडी सहभागी उक्त स्पर्धामा उनीहरुले सर्वाधिक ८१ प्रतिशत अङ्क ल्य ... read more...

  • एसियन कपमा नेपाल र यमन भिड्दै

    काठमाडौँ, २९ जेठ । संयुक्त अरब इमिरेट्स (युएई) मा सन् २०१९ मा हुने एएफसी एसियन कप छनोट प्रतियोगिता अन्तर्गत भोलि हुने यमनविरुद्धको खेलमा नेपाली टोली तयार रहेको नेपालका मुख्य प्रशिक्षक योतुकु कोजीले बताएका छन् । उनले यमनविरुद्धको खेलमा नेपाली टोली समेत सार्वजनिक गरेका छन् । उनले २३ सदस्यीय नेपाली टोलीको घोषणा गरेका हुन् । टोलीको गोलकिपरमा विकेश कुथु, किरणकुमार लिम्बू र एलन न्यौपाने छ ... read more...

  • नेपाल पुलिस क्लब फाइनलमा

    काठमाडौँ, २२ जेठ । नेपाल पुलिस क्लबले सशस्त्र प्रहरी बल एपिएफलाई पराजित गर्दै प्रधानमन्त्री कप क्रिकेट प्रतियागिताको फाइनलमा प्रवेश गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको सेमिफाइनल खेल वर्षाले प्रभावित भएपछि डकवर्थ लेविस नियमका आधारमा नेपाल पुलिस क्लबले एफिएफलाई ३४ रनले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । टस हारेर पहिले ब्याटिङको निम्तो पाएका पुलिस क्लबले निर्धारित ५० ओभरमा ९ विके ... read more...

  • रियल म्याड्रिडलाई प्रतिष्ठित च्याम्पियन्स लिगको उपाधि

    काठमाडौं, २१ जेठ । युरोपको प्रतिष्ठित च्याम्पियन्स लिगको उपाधि रियल म्याड्रिडले जितेको छ । क्रिस्टियानो रोनाल्डोको २ गोलको सहयोगले इटालियन क्लब युभेन्ट्सलाई ४–१ ले पराजित गर्दै रियल म्याड्रिडले च्याम्पियन्स लिगको उपाधि जितेको हो । आइतबार बिहान सम्पन्न फाइनल खेलमा रोनाल्डोले २० र ६४ मिनेटमा गोल गरेका थिए । पहिलो हाफको खेललाई १–१ गोलको बराबरीमा राखेको युभेन् ... read more...

  • प्राथमिकतामा अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान निर्माण

    काठमाडौ, १५ जेठ । सरकारले आव २०७४/७५ मा युवा तथा खेलकुद क्षेत्रको विकासका लागि दुई अर्ब २४ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । उपप्रधान एवम् अर्थमन्त्री कृष्णबहादुर महराले व्यवस्थापिका–संसद्मा आर्थिक वर्ष २०७४/७५ का लागि गरिएको बजेट भाषणमा काठमाडौाको मूलपानीमा रहेको अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान निर्माण कार्यलाई प्राथमिकताका साथ अघि बढाउने उल्लेख गरेका छन् । देशका विभिन्न आठ स्थानमा न ... read more...

  • सुमन र निरकलाले पाए ‘एभरेस्ट म्याराथन’ को उपाधि

    सोलुखुम्बु, १५ जेठ । ‘एभरेस्ट म्याराथन’ २०१७ को पुरुषतर्फको उपाधि सोलुखुम्बु गुदेलका सुमन कुलुङ र महिलातर्फको उपाधि सोलुखुम्बुकै निरकला राईले हात पारेका छन् । ‘एभरेस्ट म्याराथन’ विश्वकै सर्वाधिक उचाइमा हुने प्रतियोगगिता हो । सो प्रतियोगितामा सगरमाथा आधार शिविरदेखि नाम्चेसम्मको ४२ किमी दूरी सुमनले तीन घन्टा ४३ मिनेट ५७ सेकेन्डमा र निरकलाले चार घन्टा ५१ मिनेट ३३ सेकेन्डमा पार ... read more...

  • एक दिवसीय क्रिकेटमा आर्मीले पुलिसलाई हरायो

    काठमाडौ, १४ जेठ । एक दिवसीय प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबलाई पराजित गर्दै विजयी भएको छ । कीर्तिपुरस्थित त्रिवी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा आर्मीले पुलिसमाथि सात विकेटको जित हासिल गर्दै समूह ‘बी’ को विजेताको रूपमा सेमिफाइनलमा प्रवेश गर्न सफल भयो । सोही समूहको उपविजेता बन्दै पुलिस पनि सेमिफाइनलमा प्रवेश गरेको छ । आर्मीले जारी ... read more...

  • भलिबल अब ‘राष्ट्रिय खेल’, खेल क्षेत्र उत्साहित

    काठमाडौ, ११ जेठ । मन्त्रिपरिषद्को सोमबारको बैठकले भलिबल खेललाई नेपालको राष्ट्रिय खेलको मान्यता दिने निर्णय गरेसागै नेपाली खेल क्षेत्रमा त्यसले नयाा तरङ्ग उत्पन्न गरेको छ । करिब तीन वर्षको मेहनत र प्रयासमा भलिबलले अन्य दुई चर्चित खेल फुटबल र क्रिकेट तथा यससघि राष्ट्रिय खेल भनिादै आइएको डण्डी बियोलाई पछि पार्दै राष्ट्रिय खेलको मान्यता पाउन सफल भएको हो । लामो समयको अध्ययन एवम् विश्लेषणपछि युवा तथा खे ... read more...

  • बुधबारदेखि अन्तर्राष्ट्रिय कराते प्रतियोगिता

    काठमाडौं, ५ जेठ । नेपाल सोतोकान कराते सङ्घ (एनएसकेए) को आयोजनामा दसौ एनएसकेए अन्तर्राष्ट्रिय कराते प्रतियोगिता आगामी बुधबारदेखि हुने भएको छ । प्रतियोगितामा नेपालसहित भारत, बङ्गलादेश, पाकिस्तान, श्रीलङ्का, संयुक्त अरब इमिरेट्स, इन्डोनेसिया र मलेसियाको सहभागिता निश्चित भइसकेको आयोजक सङ्घका महासचिव एवम् प्रमुख प्रशिक्षक श्याम शेर्पाले जानकारी दिएका छन् । पुरुष र महिला गरी करिब एक हजार खेलाडीको सहभागि ... read more...