• +977 9843987244
  • info@cpostnews.com

खेलकुद

  • एएफसी यू-२३ छनोट खेलको तालिका सार्वजनिक, नेपालको पहिलो खेल ओमनसँग

    काठमाडौँ । थाइल्याण्डमा सन् २०२० मा आयोजना हुने एएफसी यू–२३ च्याम्पियनशिप फुटबलका लागि छनोट चरणको पहिलो खेलमा नेपालले ओमानको सामना गर्ने भएको छ । एशियन फुटबल फेडेरेसन (एएफसी) ले गएराति सार्वजनिक गरेको खेलतालिका अनुसार समूह ‘ए’मा परेको नेपालले पहिलो खेल ओमानसँग खेल्ने भएको हो । कतारमा हुने छनोटको पहिलो खेलमा नेपालले ओमानसँग आगामी मार्च २२ पहिलो खेल खेल्नेछ । छनोटको कठिन समूहमा परे ... read more...

  • थाइल्याण्डसँग ७० रनले पराजित भएपछि नेपाल उपविजेतामै सीमित

    काठमाडौँ । नेपाललाई ७० रनले पराजित गर्दै आयोजक राष्ट्र थाइल्याण्डले थाइल्याण्ड टि–२० स्म्यास क्रिकेटको उपाधि जित्न सफल भएको छ । टेर्ड थाई मैदानमा आज भएको फाइनल खेलमा १२२ रनको विजयी लक्ष्य पच्छ्याउने क्रममा नेपालले ५१ रनमै सम्पूर्ण विकेट गुमाउन पुग्यो । नेपालको शुरुवात राम्रो हुन सकेन । ओपनर काजल श्रेष्ठ रन आउट हुँदै पहिलो ओभरमा एक रन बनाएर आउट भइन् भने लगत्तै दोस्रो ओभरमा इन्दु बर्मा खाता नख ... read more...

  • इन्डोनेसियालाई ९२ रनले पराजित गर्दै नेपाल फाइनलमा

    काठमाडौं । थाइल्याण्डमा जारी 'महिला टि-२० स्म्यास-२०१९' क्रिकेट प्रतियोगितामा आज भएको सेमिफाइनल खेलमा नेपालले इन्डोनेसियालाई ९२ रनले पराजित गर्दै फाइनलको यात्रा तय गरेको छ । बैंककको ट्रेडथाइ क्रिकेट मैदानमा भएको उक्त प्रतियोगितामा नेपालले अहिलेसम्म कुनै हार ब्यहोर्नु परेको छैन । उपाधिका लागि नेपालले आइतबार अब आयोजक राष्ट्र थाइलैण्डसँग भिड्ने भएको छ । त्यसैगरी, आजै भएको अर्को सेमिफाइनल खेलमा आयोजक ... read more...

  • तेक्वान्दो प्रशिक्षक गुरुङद्वारा खेल सामग्री सहयोग

    काठमाडौँ । तेक्वान्दो प्रशिक्षक गणेश गुरुङले नेपाल तेक्वान्दो सङ्घ प्रदेश नं-३ लाई तेक्वान्दो खेल सामग्री सहयोग गरेका छन् । गुरुङले हङकङबाट पठाएको सामग्री उनका प्रतिनिधि मनोज खड्गीले प्रदान गरेका हुन् । हङकङमा बसोबास गर्दै आएका प्रशिक्षक गुरुङले उपलब्ध गराएका चेस्ट कभर, ग्लोभ्सलगायतका खेल सागम्री प्रदेशअन्तर्गत रहेका जिल्लालाई प्रदान गरिने नेपाल तेक्वान्दो सङ्घ प्रदेश नं-३ का संयोजक केशव पुरीले जा ... read more...

  • पारा भारोत्तोलनमा रजनीलाई स्वर्ण

    काठमाडौँ । पारा राष्ट्रिय खेलकुद च्याम्पियनशिप अन्तर्गत राष्ट्रिय पारा भारोत्तोलन प्रतियोगिताको महिला ५५ केजीमा रजनी राईले आज स्वर्ण पदक जितेकी छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजना तथा राष्ट्रिय पारा भारोत्तोलन खेलकुद सङ्घ नेपालको व्यवस्थापनमा भएको उक्त प्रतियोगितामा रजनीले ४० केजी भार वहन गरिन् । अनु राई (३५ केजी) तथा हेमकुमारी राई (३० केजी) क्रमशः दोस्रो र तेस्रो भए । महिला ५५ केजीमाथ ... read more...

  • ४४ किमी दूरीको 'अल्ट्रा म्याराथन' माघ १६ गते हुने

    दमौली । खेलकूदको माध्यमबाट पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित तनहुँको व्यास नगरपालिकाले दोस्रो व्यास नगर अल्ट्रा म्याराथन आयोजना गर्ने भएको छ । शहीद दिवसको अवसर पारेर व्यास नगरपालिकाले माघ १६ गते दोस्रो व्यास नगर अल्ट्रा म्याराथन आयोजना गर्न लागेको हो । व्यास नगरपालिका-५ मानहुँबाट शुरु हुने म्याराथन व्यास नगरपालिका-८ पुलिमराङसम्म ४४ किमी दूरीको रहनेछ । म्या राथन मानहुँकोट सिद्ध मार्ग हुँदै अलैचे ... read more...

  • बिपिएलमा आज दोस्रो खेल खेल्दै नेपाली युवा बलर लामिछाने

    ढाका । नेपाली युवा बलर सन्दीप लामिछानेले आज बङ्गलादेश प्रिमियर लिग (बिपिएल) मा दोस्रो खेल खेल्दैछन् । लामिछाने रहेको सिलेट सिक्सर्स क्लबले अहिले मध्याह्न चितागोङ भीकिङससँग प्रतिस्पर्धा गर्दैछ । पहिलो खेलमा उत्कृष्ट बलिङ गर्दै दुई विकेट लिए पनि सन्दीपको टोली पराजित भएको थियो । पहिलो खेलमा पराजित सन्दीपको टोली पहिलो जित निकाल्ने लक्ष्यसहित मैदान उत्रनेछ । सिक्सर्स पहिलो खेलमा कोमीला भिक्टोरियन्ससँग ... read more...

  • पोर्सिजा जाकर्ता क्लबद्धारा रोहित चन्दसँगको सम्झौता थप

    काठमाडौँ । इन्डोनेसियाको फुटबल लिग च्याम्पियन पोर्सिजा जाकर्ता क्लबले नेपालका मिडफिल्डर रोहित चन्दसँगको सम्झौता थप गरेको छ । रोहितको सो क्लबसँगको सम्झौता २०१८ डिसेम्मरसम्म थियो । रोहितले इन्डोनेसियाको फुटबल लिगमा त्यहाँको पेर्सिजा जाकर्ता क्लबबाट खेल्दै लिग उपाधि जिताउनुका साथै प्रतियोगिताकै उत्कृष्ट खेलाडीको उपाधि जित्न सफल भएका थिए । पोर्सिजाका व्यवस्थापकले विज्ञप्ति जारी गर्दै रोहितसँगको सम्झौत ... read more...

  • आठौँ पटक लिग च्याम्पियन मनाङको जाँदाजाँदै शंकास्पद हार

    काठमाडौँ । मनाङ मस्र्याङ्दी क्लबले शहीद स्मारक ‘ए’ डिभिजन लिगको उपाधि आठौँ पटक उपाधि उचालेको छ । यसअघि मनाङले २०४२–४३, २०४३–२०४४, २०४६, २०५७, २०६०, २०६२ र २०७० सालमा उपाधि उचालेको थियो । मनाङले लिगका १३ मध्ये १२ खेल जित्दै लिग उपाधि जितेको हो । आफ्ना बलिया प्रतिस्पर्धीहरुलाई पन्छाउँदै आएको मनाङले लिगको अन्तिम खेलमा भने निकै कमजोर मानिएको फ्रेन्ड्स क्लबसँग पराजित भयो । जुन ख ... read more...

  • स्वर्ण पदक विजेता महर्जन सम्मानित

    काठमाडौँ । नेपाल खेलाडी तथा प्रशिक्षक सङ्घले विश्व शारीरिक सुगठनका स्वर्ण पदक विजेता महेश्वर महर्जनलाई सम्मान गरेको छ । उनलाई सङ्घले ५० हजार रुपैयाँसहित सम्मानित गरेको हो । सोही अवसरमा संयुक्त अरब इमिरेट्स (युएइ) जुनियर इन्टरनेशनल सिरिजको पुरुष एकलतर्फ स्वर्ण पदक विजेता प्रिन्स दाहाल, फुटबल रेफ्री विना श्रेष्ठ र एभरेष्ट मार्सल आर्ट क्लबका प्रमुख प्रशिक्षक रवि शाहीलाई समेत सम्मानित गरिएको थियो । उन ... read more...

  • ‘ए’ डिभिजन लिगः त्रिभुवन आर्मी क्लब 'चौथो'

    काठमाडौँ । शहीद स्मारक ‘ए’ डिभिजन लिगमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले चौथो स्थानमा रहँदै लिगको अन्त्य गरेको छ । हल्चोकस्थित मैदानमा भएको लिगको अन्तिम खेलमा मछिन्द्र क्लबलाई ३–० गोल अन्तरले पराजित गर्दै आर्मीले चौथो स्थान पक्का गरेको हो । आर्मीका लागि कप्तान भरत खवासले दुई तथा टङ्क बस्नेतले एक गोल गरे । मछिन्द्रवरुद्धको खेलमा २९ औँ मिनेटमा टङ्कले गोल गर्दै आर्मीलाई अग्रता दिल ... read more...

  • प्रथम एभरेष्ट राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपः त्रिभुवन आर्मी क्लब च्याम्पियन

    काठमाडौँ । प्रथम एभरेष्ट राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा त्रिभुवन आर्मी क्लब च्याम्पियन भएको छ । ललितपुरको भैँसेपाटीमा आज सम्पन्न च्याम्पियनसिपमा १९ स्वर्ण, १८ रजत र १० कास्यका साथ आर्मी च्याम्पियन बनेको हो । च्याम्पियनसिपमा सितापाइला तेक्वान्दो डोजाङ दोस्रो भयो । सितापाइलाले १९ स्वर्ण, पाँच रजत र सात कास्य जित्यो । यसैगरी तेस्रो भएको कोटेश्वर डोजाङले पाँच स्वर्ण र चार रजत प्राप्त गर्यो । च्य ... read more...

  • पूर्वाधार निर्माणको कारण देखाउँदै आठौँ राष्ट्रिय खेलकूद सार्ने तयारी

    काठमाडौँ । प्रदेश नं ५ मा हुने आठौँ राष्ट्रिय खेलकूदका लागि गठित आठौँ राष्ट्रिय खेलकूद कार्यकारी समितिको तेस्रो बैठकले जिल्लालाई छनोट तथा खेल सामग्रीका लागि निकासा गरेको रकम र जिल्ला कोटा अनुमोदन गर्ने निर्णय गरेको छ । राखेपका सदस्य-सचिव एवं कार्यकारी समितिका अध्यक्ष केशवकुमार विष्टको अध्यक्षतामा लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा बुधबार बसेको बैठकले प्रतियोगिताको मिति बोर्ड बैठकम ... read more...

  • सन्दीप अष्ट्रेलियाबाटै बिपिएल खेल्न बङ्गलादेश प्रस्थान

    काठमाडौँ । नेपाली राष्ट्रिय टोलीका युवा बलर सन्दीप लामिछाने बङ्गलादेश प्रिमियर लिग (बिपिएल) क्रिकेट खेल्न आज बिहान बङ्गलादेश पुगेका छन् ।अष्ट्रेलियामा जारी ‘बिग बास लिग’ खेलेर सन्दीप अष्ट्रेलियाबाटै बङ्गलादेश प्रस्थान गरेका हुन् । सन्दीपले सामाजिक सञ्जाल ट्वीटरमार्फत आफू बङ्गलादेश प्रस्थान गरेको बताएका छन् । अष्ट्रेलियामा मेलबर्न स्टार्स क्लबबाट त्यहाँको लिग खेलिरहेका सन्दीपले लगातार च ... read more...

  • ‘नेपाल सुपर लिग’ फुटबल प्रतियोगिताको तयारीमा एन्फा

    काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले ‘नेपाल सुपर लिग’ फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । पत्रकार सम्मेलनमा एन्फाले नेपाल स्पोर्ट्स एण्ड इभेन्ट्स म्यानेजमेन्टको व्यवस्थापनमा आयोजना गर्ने ‘सुपर लिग’ प्रादेशिक अवधारणाका आधारमा सो प्रतियोगिता हुने जानकारी दिएको हो । प्रतियोगितामा सात प्रदेशले प्रतिस्पर्धा गर्नेछन् । लिगका लागि एन्फाले हाल रहेको १४ ‘ए’ डि ... read more...

  • आर्मी १२ खेलबाट २२ अङ्क बनाउँदै तालिकाको चौथो स्थानमा

    काठमाडौँ । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आज भएको खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लब र जावलाखेलले बराबरी खेलका छन् । हल्चोकस्थित सशस्त्र प्रहरीको खेल मैदानमा भएको खेलमा आर्मी र जावलाखेलले गोलरहित बराबरीमा खेल्दै एक-एक अङ्क बाँडेका हुन् । दुवै टोलीले पाएको मौकालाई सदुपयोग गर्न नसक्दा बाराबरीमै चित्त बुझाए । बराबरीसँगै आर्मीले १२ खेलबाट २२ अङ्क बनाउँदै तातिकाको चौथो स्थानम ... read more...

  • 'माल्दिभ्समा उत्कृष्ट गोलकिपरको पुरस्कार' चेम्जोङलाई

    काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोलीका गोलकिपर किरणकुमार चेम्जोङले माल्दिभ्समा उत्कृष्ट गोलकिपरको पुरस्कार जित्न सफल भएका छन् । माल्दिभ्सको टिसी स्पोटर्स क्लबलाई राष्ट्रिय लिग फुटबल जिताउन महत्वपूर्ण भूमिका निर्वाह गरेका कारण चेम्जोङले उक्त अवार्ड जित्न सफल भएको त्यहाँको फुटबल महासङ्घले जनाएको छ । तीन साताअघि माल्दिभ्स फुटबल डट कम र फुटबल एशोसिएशन अफ माल्दिभ्सले संयुक्तरुपमा किरणलाई उत्कृष्ट गोल ... read more...

  • अठार वर्षे सन्दीपको यात्रा: क्याम्पाचौरदेखि मेलबर्नसम्म

    काठमाडौँ । दुई वर्षअघि अष्ट्रेलियाली क्रिकेट खेलाडी माइकल क्लार्कसँगै उभिएर नेपाली युवा बलर सन्दीप लामिछानेले भनेका थिए, ‘बिग ब्यास खेल्ने सपना देखेको छु ।' अहिले तीनै १८ वर्षे सन्दीपले अष्ट्रलियाको ‘बिग ब्यास’ लिगमा मेलबर्न स्टार्सबाट खेल्दै नेपालबाट बिग ब्यास लिगमा खेल्ने पहिलो खेलाडी बनेर इतिहास रचेका मात्र छैनन, डेब्यू खेलमै सनसनी मच्चाएका छन् । उनले पहिलो खेलमा दुई तथा दोस्र ... read more...

  • अनियमितताको आरोपः 'आरोप लगाएर मात्र हुन्न, प्रमाणित गर्नुपर्छ'

    काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को निर्वाचन भई गत वैशाखमा नयाँ कार्यसमिति बन्यो । उक्त निर्वाचनबाट कर्माछिरिङ शेर्पा अध्यक्ष चुनिए । सो निर्वाचनमा व्यापक आर्थिक अनियमितता भएको दाबी गर्दै एन्फाका पूर्ववरिष्ठ उपाध्यक्ष मणि कुँवरले पत्रकार सम्मेलन नै गरे । उक्त पत्रकार सम्मेलन गरेको केही महिना वित्न नपाउँदै फेरी चारवटा जिल्ला फुटबल सङ्घले निर्वाचनका बेला भ्रष्टाचार र आर्थिक अनियमितता भएको आर ... read more...

  • ‘ए’ डिभिजन लिग:'सङ्कटालाई जिते दुई खेलअगावै मनाङले उपाधि जित्ने'

    काठमाडौँ । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत ११ औँ चरणको खेल आजदेखि हुुँदैछ । चार दिनको विश्रामपछि ११ औँ चरणका खेल आजदेखि हुन लागेका हुन् । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का अनुसार बुधबार तीन तथा बिहीबार र शुक्रबार दुई–दुई खेल हुनेछन् । आज पहिलो खेल ब्रिगेड ब्वाइज क्लब र हिमालयन शेर्पाबीच तथा अर्को खेल जावलाखेल युथ क्लब र मछिन्द्र क्बलबीच हुनेछ । दुवै खेल एन्फा ... read more...