• +977 9841468702
  • info@cpostnews.com

सुरक्षा

  • यस्ता छन् प्रतिस्पर्धी: भावी आइजीपी खनाल, खरेल या कार्की ?

    काठमाडौं । मुलुकमा प्रजातन्त्र आयो । मुुलुक अहिले लोकतन्त्र, गणतन्त्र हुंदै संघीय गणतन्त्र नेपाल भइसकेको छ । तर, नेपाल प्रहरी आमजनताको प्रहरी हुनै सकेको छैन । त्यसको एक मात्र कारण हो-नेपाल प्रहरीलाई राजनीतिक स्वार्थ अनुसार प्रत्येक ९/९ महिनामा गृहमन्त्री र सरकार नेतृत्व लिने पार्टीले कठपुतली बनाउनु । दोस्रो कारण-नेपाल प्रहरीका क्षमतावान, योग्य र नेतृत्व लिन सक्ने प्रहरीका बरिष्ठहरु नै स्वार्थ अनुक ... read more...

  • दरबन्दी थप भएको ३ दिनमै सशस्त्रमा बढुवाका लागि सूचना

    काठमाडौं । काम चलाउ प्रधानमन्त्री शेरबहादुर देउवाको ठाडो आदेशमा सशस्त्र प्रहरीमा ५ जना एआईजीको दरबन्दी थप गरिएसंगै बढुवाका लागि सूचना प्रकाशित गर्दै प्रक्रिया अगाडि बढाइएको छ । प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) पदमा बढुवाका लागि भन्दै मंगलबार गृहमन्त्रालय अन्तरगत बढुवा समितिको सचिवालयले सूचना प्रकाशित गरेको हो । बढुवा समितिका सदस्य सचिव सशस्त्रका महानिरीक्षक सिंहबहादुर श्रेष्ठद्धारा हस्ताक् ... read more...

  • सरकारले हचुवाका भरमा दरबन्दी थपेपछि व्यापक असन्तुष्टि

    काठमाडौं । विभिन्न नियुक्ती, बढुवा र सरुवा गरेको भन्दै दलहरुले विरोध गरिरहेका बेला सरकारले नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागमा दरबन्दी थप गर्ने निर्णय गरेको छ । अहिले भइरहेका डीआईजी र एआईजीहरु नै जिम्मेवारविहिन अबस्थामा रहेका बेला हचुवाका भरमा दरबन्दी थपिएपछि सुरक्षा निकायमै त्यसको व्यापक असन्तुष्टि देखिएको छ । स्रोतका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाको ठाडो प्रस्तावमा स ... read more...

  • भ्रष्टाचारको फाइल लुकाउन अर्यालको लुसुलुसु अख्तियारका दूतसंग भेट

    काठमाडौं । भ्रष्टाचार आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा खेपिरहेका नेपाल प्रहरीका पूर्व महानिरीक्षक (आईजीपी) उपेन्द्रकान्त अर्यालले प्रमुख आयुक्त दिप बस्नेतका प्रेस संयोजकलाई भेटेर सेटिङ मिलाएको खुलासा भएको छ । अख्तियार स्रोतका अनुसार पुस २४ गते दिउसो अर्यालले प्रेस संयोजक भवानी सुवेदीसँग नक्सालको एक रेष्टुरेन्टमा गोप्य भेटवार्ता गरेका हुन् । जसलाई लिएर अख्तियारभित्र विरोध शुरु भइसके ... read more...

  • ४०० वर्ष पुराना मन्दिरको सक्कली शिला चोरेर नक्कली फिर्ता

    लमजुङ । बेंसीशहरको मध्यभागमा रहेको लक्ष्मीनारायण मन्दिरभित्रको सक्कली शिला चोरेर नक्कली फिर्ता भएको छ । मन्दिरभित्र रहेका ४०० वर्ष पुराना शालिग्रामका शिला एक महिनाअघि हराएको थियो । बेंसीशहर नगरपालिका वडा नं ८ मा रहेको नारायण मन्दिरभित्रको शालिग्रामका शिला एक महिनाअघि नै चोरी भएको भए पनि पछिमात्रै चर्चामा आएको हो । गत मंसिर २२ गते शिला हराएको र तत्काल मन्दिर व्यवस्थापन समितिलाई जानकारी गराएको मन्दि ... read more...

  • पत्रकारलाई पक्राउ पुर्जी: सूचनाको गोप्य स्रोत खुलाउन प्रहरीको माग

    काठमाडौँ । महानगरीय प्रहरी परिसर काठमाडौंले विवादास्पद डीआईजी बढुवा प्रकरणबारे समाचार प्रकाशित गरिएको सम्वन्धमा तीन जना पत्रकारलाई उपस्थित हुन पुर्जी काटेको छ । प्रहरीले सुशासन अनलाइन, शुभदिन र मूलधारन्युज अनलाइनका ‘सम्पादकलाई तुरुन्त परिसरमा उपस्थित गराउन भन्दै पत्र काटेको हो । उनीहरुले डीआईजी बढुवा प्रकरणबारे विवादास्पद कार्यसम्पादन मूल्यांकनको समाचार प्रकाशित गरेको प्र ... read more...

  • फर्निचर व्यवसायी पौडेलको हत्या, पुन समुहमाथि आशंका

    बुटवल । अज्ञात समूहको गोली प्रहारबाट रुपन्देहीको देवदह नगरपालिका भेकाबारका फर्निचर व्यवसायी बसन्त पौडेल उर्फ बलुको मृत्यु भएको छ । गोली प्रहारबाट घाइते पौडेलेको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । भैरहवा, बुटवल, रुपन्देहीलगायतका जिल्लाहरुमा आतंक मच्चाइरहेको आपराधिक मनोज पुनको समूहले गोली हानेको प्रहरीले आशंका गरेको छ । मृतक पौडेल नेकपा एमालेका कार्यकर्ता भएको बुझिएको छ । गोली लाग्ने वित ... read more...

  • पशुचौपाया तस्करबाट खुलेआम घुमुवा प्रहरीको असुली

    हेटौँडा । प्रहरी संरक्षणमा २ र ३ नम्बर प्रदेशका केही जिल्लामा पशुचौपायाको खुलेआम तस्करी भइरहेको छ । तस्करीमा संलग्न तस्करहरूबाट प्रहरीका घुमुवाहरूले खुलेआम रकम असुल्ने काम गरिरहेका छन् । बाराको मुसहर्वा नाकाबाट ठूलो संख्यामा भारतबाट भैँसी नेपालतर्फ तस्करी हुने गर्दछ । भैँसीहरू नेपाल भित्र्याउने काम पशुचौपायाको तस्करीमा संलग्न सलाउद्दीन र थारु नामले चिनिने दुई व्यक्तिले गर्दै आइरहेका छन् । उनीहरुले ... read more...

  • फोर्स कमाण्डर सम्हाल्न सुडान जाँदै सहायकरथी दाहाल

    काठमाडौँ । नेपाली सेनाका प्रवक्ता सहायकरथी नैनराज दाहाल संयुक्त राष्ट्रसंघीय शान्ति मिसनअन्तर्गत दक्षिण सुडानमा पश्चिम क्षेत्र फोर्स कमाण्डरको जिम्मेवारी सम्हाल्न केही दिनमै त्यसतर्फ जाने भएका छन् । नेपाली सेनाका उच्च अधिकृतबाट यस किसिमको शान्ति मिसनको फोर्स कमाण्डरको जिम्मेवारी पाउनु नेपाल र नेपाली सेनाका लागि गौरवको विषय भएको सेनाले जनाएको छ । सहायकरथी दाहालले एक वर्षका लागि सो जिम्मेवारी पाएका ... read more...

  • यसरी खुल्दैछ यथार्थ: किर्ते काण्डका महानायक पूर्व आईजीपी अर्याल

    काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) नियुक्ति प्रकरणको कार्यसम्पादन मूल्यांकन फारम ९कासमू० किर्ते सम्बन्धमा प्रहरीले अनुसन्धान अघि बढाएको छ । सर्वोच्च अदालतले आईजीपीसम्बन्धी फैसलाको पूर्णपाठ सार्वजनिक गरेसँगै फरकफरक कासमू पेश भएकोमा अनुसन्धान गरी दोषीउपर कारबाही गर्न आदेश दिएपछि प्रहरीले यस विषयमा अनुसन्धान सुरू गरेको हो । तत्कालीन आईजीपी उपेन्द्रकान्त अर्यालको पदावधि सकिनुअघि नै नयाँ आई ... read more...

  • सिडियोलाई विप्लवको चिन्ता, आन्दोलन फिर्ता नलिएसम्म सुरक्षा खतरा

    कालिकोट । म्यादी प्रहरीको गोली हानी हत्या गरिएपछि कालिकोटमा भड्किएको आन्दोलनका कारण जिल्ला प्रशासन कार्यालय कालिकोटले पुनः १० बजेबाट कफ्र्यु लगाएको छ । आन्दोलनमा घुसपेट भएको अनमान गरेका कारण अर्को सुचना नभएसम्म भन्दै कफ्र्यु लगाएको हो । प्रमुख जिल्ला अधिकारी बद्रिनाथ गैरेले सरकारले घटनाको छानविन समिति गठन, मृतकका परिवारलाई लाख राहत दिने निर्णय, घाईतेको उपचारको जिम्मा लिएर धेरै माग पूरा गरिसकेकाले ... read more...

  • हाई अलर्टमा प्रहरीः टोखा गोली काण्डको केही घण्टामै चार पक्राउ

    काठमाडौँ । राजधानीमा पटक-पटक भएको गोली काण्ड र हाई प्रोफाइल मर्डरबाट अत्तालिएको प्रहरीले राजधानीको टोखामा भएको गोली काण्डको केही घण्टामै सो काण्डमा संलग्नलाई पक्राउ गर्न सफल भएको छ । प्रहरीले सो काण्डमा संलग्न चार जनालाई पक्राउ गरेको हो । टोखाको टाखीडाँडा जंगलमा बुधबार दिउँसो गोली प्रहार गरी एक महिलालाई घाइते बनाएको आरोपमा उनीहरु पक्राउ परेका हुन् । टाखीडाँडा जंगलमा टोखा नपा–१ झोर महाँकाल बस ... read more...

  • सञ्चालक-आयोजक दुवै पक्राउ: मार्समेलो नआएपछि क्लब तोडफोड

    काठमाडौँ । चर्चित अन्तर्राष्ट्रिय ‘डिस्को जक्की’ मार्समेलोको प्रस्तुती देखाउने भन्दै ५ हजार बढि व्यक्तिहरुलाई टिकट विक्री गरेर ठगी गर्ने दरबारमार्गस्थित डेजाभु नाइट क्लबका सञ्चालक पक्राउ परेका छन् । प्रहरीले क्लबका सञ्चालकसहित कार्यक्रम आयोजकलाई समेत पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाका अनुसार पक्राउ पर्नेमा ८ जना रहेका छन् । उनीहरुलाई प्रहरीले आज पक्राउ गरेको हो । कायैक्रममा ... read more...

  • टीकापुर घटनाका अभियुक्त चौधरी विजयी भएपछि प्रहरीमा हलचल

    धनगढी । टीकापुर घटनाका अभियुक्त रेशमलाल चौधरी कैलाली निर्वाचन क्षेत्र नं १ बाट विजयी भएपछि प्रहरीमा हलचल मच्चिएको छ । प्रहरीको मोष्ट वान्टेड सूचीमा रहेका फरार चौधरीलाई प्रहरीले पक्राउ गर्ला कि नगर्ला भन्ने विषयमा सामाजिक सञ्जालभर ब्यापक चर्चा र बहश सुरु भएको छ । अभियुक्त चौधरी प्रतिनिधि सभा सदस्य पदमा ३४ हजार ३४१ मत प्राप्त गरी विजयी भएका हुन् । चौधरीले आफ्ना निकटतम प्रतिद्वन्द्वी वाम गठबन्धन ... read more...

  • ४५ प्रतिशतलाई ९६ भनेपछि राजपा-काँग्रेस कार्यकर्ताबीच झडप

    सर्लाही । शिलबन्दी मतपेटीकाको विषयलाई लिएर सर्लाहीको सदरमुकाम मलङ्ग्वामा राजपा नेपाल र काँग्रेस कार्यकर्ताबीच झडप भएको छ । झडप नियन्त्रण बाहिर गएपछि नियन्त्रण लिन प्रहरीले ७ राउन्ड अश्रु ग्यांस प्रहार गरेको छ । झडपमा तीन जना घाईते भएका छन् । सर्लाही क्षेत्र नं. ४ को बलरा नगरपालिका–४ मा पर्ने जब्दी बुथको शिलबन्दी मतपेटीका एकाएक हराएपछि विवाद उत्पन्न हुंदा झडप भएको हो । मतदान गरिएका शिलबन्दी प ... read more...

  • सिलवाल विजयीः गृहमन्त्री बन्ने ढोका खुल्यो, अब अर्यालले सल्युट हान्नुपर्ने !

    ललितपुर । नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओलीले पूर्व डीआईजी सिलवाललाई सरकारले अन्याय गरेको भन्दै गृहमन्त्री बनाउने सार्वजनिक भाषणमार्फत नै उद्घोष गरे । सोही अनुसार पूर्व डीआईवी सिलवाललाई एमालेले रातारात प्रतिनिधि सभा ललितपुर क्षेत्र नम्बर १ बाट उम्मेदवार बनायो । बामगठबन्धनको तर्फबाट साझा उम्मेदवार बनेका तिनै सिलवालले चुनाबी मैदानमा बाजी मारेका छन्, प्रतिनिधि सभा ललितपुर क्षेत्र नम्बर १ बाट ... read more...

  • कांग्रेस-राजपाबीच झडप, स्थिति नियन्त्रणमा लिन ४ राउन्ड हवाई फायर

    सर्लाही । कौडेना गापाको फुलपरासी मतदान केन्द्रमा कांग्रेसका कार्यकर्ताले राजपाका कार्यकर्तालाई मतदान गर्न रोकेपछि झडप भएको छ । झडपमा कांग्रेसका कार्यकर्ताहरुले एकोहोरो आक्रमण गरेपछि एक जना महिला र दुई जना पुरुष गरी तीन जना सक्त घाइते भएका छन् । घाइते तीनै जनाको थप उपचारका लागि सर्लाही जिल्ला अस्पताल मलङग्वा पुर्याइएको छ । घाइते हुनेमा कौडेना गापा वडा नं. २ का रामरती देवी यादव, सरोज यादव र मनोज याद ... read more...

  • सर्लाहीमा कडा सुरक्षा व्यवस्थाः निर्वाचनको पर्खाईमा मतदाता

    सर्लाही । प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन गराउन आवश्यक शान्ति सुरक्षाको सम्पुर्ण तयारी पुरा भइसकेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डीएसपी राजेश थापाले बताएका छन् । उनले जिप्रका सर्लाही मातहतमा रहेका ईलाका प्रहरी कार्यालय र प्रहरी चौकीहरुमा थप जनशक्ति परिचालन गरिएको र निर्वाचनका लागि दिइने सम्पूर्ण प्रशिक्षण समेत सकिएको बताए । चुनावको वातावरण सकारात्मक बनाउन स्थानीय प्रशासनको पहलमा ... read more...

  • कडा सुरक्षा व्यवस्थाः निर्वाचन विथोल्न सक्रिय ९५१ जना प्रहरीको हिरासतमा

    काठमाडौं । निर्वाचनको मुखैमा नेत्र विक्रम चन्द ‘विप्लव’ समूहको बम आतंक भइरहेका बेला नेपाल प्रहरीले भने कडा सुरक्षा व्यवस्था गरिएको बताएको छ । मंसिर २१ गते अर्थात विहिबार हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि राजधानी भित्रिने र राजधानीबाट बाहिरिने नाकामा समेत कडा सुरक्षा निगरानी र चेकजांच भइरहेको छ । मुलुकभरबाट निर्वाचन विथोल्न लाग्ने, शंकास्पद गतिविधिमा संलग्न, विस्फोटक पदा ... read more...

  • रौतहटमा राजपा-फोरम कार्यकर्ता र प्रहरीबीच झडप, १४ प्रहरी घाइते

    रौतहट । रौतहटको मध्यभाग गरुडा नगरपालिकास्थित गए राति संघीय समाजबादी फोरम तथा राष्ट्रिय जनता पार्टीका गठबन्धनका कार्यकर्ता र प्रहरीबीच दोहरो झडप भएको छ । बिहीबार राति ८ बजे गरुडा नगरपालिका–५ महमदपुुर गाउँमा प्रोजेक्टरमार्फत चलाइरहेको बिभिन्न भ्रामक भिडिओलाई प्रहरीले नियन्त्रण लिन खोजेपछि झडप भएको हो । झडपमा परेर १४ प्रहरी र तीनजना गठबन्धनका कार्यकर्ता घाइते भएको प्रहरीले जनाएको छ । एक्कासि प् ... read more...