• +977 9841468702
  • info@cpostnews.com

पर्यटन

  • 'नेपालकै अग्ला र लामा पुल भएको पर्वतमा अर्को लामो र अग्लो पुल'

    पर्वत । अग्ला र लामा पुल भएको जिल्लाको नामले परिचित पर्वतमा दुई जिल्ला जोड्ने गरी फेरि नेपालकै लामो र अग्लो पुल बन्ने भएको छ । पर्वतको कुश्मा नगरपालिका–१ पाङ्गदेखि बागलुङको बागलुङ नगरपालिका–१ रामरेखा जोड्न कालीगण्डकी नदीमाथि नेपालकै लामो पुल निर्माणका लागि प्राविधिक हिसाबले सम्भव देखिएपछि निर्माण प्रक्रिया शुरु भएको हो । बागलुङ नगरपालिका–१, रामरेखास्थित शहीद पार्कदेखि पर्वतको पाङ ... read more...

  • इन्द्रावती र सुनकोसी नदीको सौन्दर्य यसरी बन्दै छ कूरुप

    सिन्धुपाल्चोक । पर्यटक र फिल्म छायाँकनका लागि कुनै समय निकै चर्चामा रहने इन्द्रावती र सुनकोसी नदी दोहनका कारण सौन्दर्य कूरुप बनेको छ । नदीको सौन्दर्य कूरुप भएसँगै अहिले कुनै पनि म्यूजिक भिडियो, फिल्म तथा टेलिफिल्मको छायाँकन हुन छाडेको छ । कुनै बेला दुवै नदी किनाराका बस्तीसँगै हरियाली वाताबरण थियो । अहिले नदीको धार बदलिएको छ, सुसेल्दै बग्ने नदीको छाल धमिलो पानीमा परिणत भएको छ, जसका कारण प्राकृतिक स ... read more...

  • पर्यटन र शान्तिका लागि 'द भ्याली अफ लाइट' सार्वजनिक (भिडियोसहित)

    काठमाडौँ । ‘द भ्याली अफ लाइट’ नामक म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । उक्त म्यूजिक भिडियो नेपालमा पर्यटन तथा शान्ति पर्यटन प्रवद्र्धनका लागि सहयोग पुर्याउने उद्देश्यले तयार पारिएको नेपाल पर्यटन बोर्डले जनाएको छ । बोर्डका लागि युरोपियन युनियनको सहयोगमा तयार गरिएको उक्त भिडियो युरोपियन युनियनका राजदूत भेरोनिका कोडी र बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दीपकराज जोशीले संयुक्त रुपमा सा ... read more...

  • राजधानीमै प्याराग्लाइडिङको मजा लिँदै स्वदेशी तथा विदेशी पर्यटक

    काठमाडौँ । काठमाडौँको उत्तरपूर्वी क्षेत्र शङ्खरापुर नगरपालिका-२ स्थित देउरालीमा सञ्चालित ‘शङ्खरापुर प्याराग्लाइडिङ’ले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण गरिरहेको छ । पर्यटन पूर्वाधारको रुपमा लिइने मनोरञ्जनात्मक हवाई उडान (प्याराग्लाइडिङ) मा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्दै गएपछि यहाँ प्याराग्लाइडिङ खेल यसै वर्षदेखि व्यावसायिकरुपमा शुरु गरिएको हो । हिमाली शृंखलाका साथ ... read more...

  • ‘पर्यटक खोज, उद्धार, उपचार तथा अनुगमनसम्बन्धी कार्यविधि, २०७५’ लागू

    काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्राकृतिक विपत्तिमा परेका पर्यटकको खोजी तथा उद्धार कार्यलाई मर्यादित र व्यवस्थित बनाउन ‘पर्यटक खोज, उद्धार, उपचार तथा अनुगमनसम्बन्धी कार्यविधि, २०७५’ लागू गरेको छ । पदयात्रा, जलयात्रा, पर्वतारोहण तथा अन्य साहसिक पर्यटकीय क्रियाकलापका क्रममा पर्यटकलाई पर्न सक्ने विपत्तिबाट हुने प्रभावलाई न्यूनीकरण गरी खोज, उद्धार तथा उपचार कार्यल ... read more...

  • पर्वतारोहण संघमा अध्यक्ष लामाको मनोमानी, उजुरी हाल्ने तयारी

    काठमाडौं । नेपाल पर्वतारोहण संघ (एनएमए) भित्र बेतिथि र नेतृत्वको अराजकता विरुद्ध अधिकांश कार्यसमितिका सदस्यहरु असन्तुष्ट बनेका छन् । संघको नेतृत्व गरिरहेका अध्यक्ष सन्तबीर लामाले मनोमानी ढंगले काम गर्न थालेपछि अधिकांश कार्यसमितिका सदस्यहरुले राजिनामा दिन मुडमा पुगेका हुन् । संघमा बरिष्ठ कर्मचारीको आवश्यकता परेको भन्दै निकालिएको सूचना संघका अध्यक्ष लामाले आफूखुसी निकालेको भन्दै विवाद उत्पन्न भएको थ ... read more...

  • त्रिअवि 'रडार'मा कार्यरत कर्मचारीलाई कारवाही गर्न माग गर्दै ज्ञापनपत्र

    काठमाडौं । पब्लिक ईनोभेटर ईन्जिनियर दिपेन्द्र कँडेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित रडार कर्मचारीलाई कारबाही गर्न माग गरेका छन् । उनले संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीलाई कर्मचारीहरुमाथि कारबाहीको माग गर्दै ज्ञापनपत्र बुझाएका हुन् । सोमबार अपरान्ह सिंहदबारस्थित मन्त्रालयमै पुगेर कँडेलले मन्त्री अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै राडारमा कार्यरत कर्मचारीले गलत सूचना ... read more...

  • प्राकृतिक सौन्दर्यको अनुपम उपहार त्रिधार्मिकस्थल 'हलेसी'

    खोटाङ । धार्मिक मान्यताले मात्रै नभई प्राकृतिक सौन्दर्यले पनि प्रसिद्ध रहेको छ खोटाङको हलेसी । ठूल्ठूला चट्टानको बीच भागमा रहेको गुफाभित्र विराजमान शिवलिङ्ग र पार्वतीको मन्दिर छ । गुफाभित्र छिरेपछि देखिने आकाशको दृष्य प्राकृतिक सौन्दर्यको अनुमप उपहार हो । हलेसी धार्मिकरुपमा पनि विश्वभर चर्चित छ । जसका कारण वर्षेनी लाखौँ देशीविदेशी तीर्थयात्री हलेसी आउने गर्छन् । नेपालसँगै भारत, चीन, भुटान, जापान, ... read more...

  • २४ सैं घण्टा खुल्दै, सिसीटिभीको निगरानीमा ठमेल र दरबारमार्ग

    काठमाडौँ । पूर्ण शान्ति सुरक्षा कायम गर्दै सरकारले आगामी साउन १५ गतेदेखि पर्यटकीय क्षेत्र ठमेल र दरबारमार्ग २४ घण्टा खुलाउने भएको छ । जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले पर्यटकको आवतजावत हुने ठमेल र दरबारमार्ग साउन १५ गतेदेखि २४ घण्टा सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिए । यसअघि पनि खुलाउन भनिए तापनि तयारी नपुगेकाले खुलाउन सकिएको थिएन । जिल्ला प्रशासन कार्यालय ... read more...

  • हावा-हुरीका कारण प्याराग्लाइडिङ अनियन्त्रित भएपछि फेवातालमा खस्यो

    कास्की । प्याराग्लाइडिङ् गर्ने क्रममा तालमा खसेका दुई जनाको सशस्त्र प्रहरीले सकुशल उद्वार गरेको छ । कास्की जिल्लाको पोखरा महानगरपालिका-६ स्थित फेवातालमा खसेको दुई जनाको एपीएफक टोलीले उद्वार गरेको हो । लेखनाथ महानगरपालिका-१८ सारङ्कोटबाट प्याराग्लाइडिङ् गर्ने क्रममा एक्कासी आएको हावा-हुरीको कारण अनियन्त्रित भई उनीहरु फेवातालमा खसेका थिए । उक्त दुुर्घटनाबारे जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल क ... read more...

  • नयाँ वर्ष मनाउन तिलिचो, होटल भरीभराउ

    मनाङ । नयाँ वर्ष मनाउन केही वर्षयता आन्तरिक पर्यटकको रोजाइमा मनाङ पर्न थालेको छ । नयाँ वर्ष मनाउन यहाँ आउनेमध्ये सबैभन्दा धेरैको रोजाइमा तिलिचो ताल पर्ने गरेको छ । यहाँ नयाँ वर्ष मनाउनका लागि आउने आन्तरिक पर्यटकको चाप बढेको छ । दशैँ तिहारको छुट्टीमा जस्तै नयाँ वर्ष मनाउन आफूहरुको रोजाइमा मनाङ परेको पर्यटक स्नेह कार्की बताउँछन् । विश्वको सर्वाधिक उचाइमा रहेको तिलिचो ताल, मनाङ गाउँको काखमा रहेक ... read more...

  • नुवाकोट महोत्सवको तयारी, आकर्षणको केन्द्रविन्दु गोरु जुधाइदेखि प्याराग्लाइडिङसम्म

    नुवाकोट । नुवाकोट उद्योग वाणिज्य संघको आयोजनामा यही फागुन १६ देखि २६ गतेसम्म सञ्चालन हुने पाँचौँ नुवाकोट महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । विदुरमा सञ्चालन हुने महोत्सवसम्बन्धी बिहीबार पत्रकार सम्मेलनमार्फत आवश्यक तयारी पूरा भएको र केही व्यवस्थापनको काम मात्र पूरा हुन बाँकी रहेको संघका अध्यक्ष ताराबहादुर कार्कीले जानकारी दिए। उनका अनुसार महोत्सवमा प्रदेश नं ३ स्तरीय अवलोकनकर्ता सहभागी गराउन ल ... read more...

  • नेपाल पर्यटन बोर्डका तत्कालिन भ्रष्टहरुलाई कैद र जरिवाना

    काठमाडौँ । विशेष अदालतले नेपाल पर्यटन बोर्डमा भ्रष्टाचारमा गरेकामा बोर्डका तत्कालीन प्रमुख कार्यकारी अधिकृत सुवास निरौला, लेखा शाखा प्रमुख अनिलकुमार दास र वल्र्ड वाइड ट्राभलका महेन्द्र खनाललाई कैद तथा जरिवानाको फैसला सुनाएको छ । विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी तथा न्यायाधीश द्वारिकामान जोशी र नारायणप्रसाद पोखरेलको इजलासले आज निरौलालाई सात वर्ष कैद, ८० लाख ५१ हजार ३६२ जरिवाना र बोर्डलाई रु ५४ ... read more...

  • मुस्ताङमा अन्तर्राष्ट्रिय स्की प्रतियोगिता हुने

    काठमाडौँ । नेपालका उच्च हिमाली भेगलाई अन्तर्राष्ट्रिय क्षेत्रमा उजिल्याउन स्की खेलको अन्तर्राष्ट्रिय प्रतियोगिता गरिने भएको छ । सन् २०१८ को अन्तिम सातादेखि मुस्ताङको मुक्तिनाथ क्षेत्रमा आयोजना हुने सो प्रतियोगितामा दशभन्दा बढी देशका स्की खेलाडीले अति हिमाली सुन्दरताको आनन्द लिँदै हिँउमा कुद्न पाउनेछन् । हिमालय स्की ट्रेडले संयोजन गर्ने सो प्रतियोगिता मुख्य पथप्रदर्शक कृष्ण थापाले गर्नुहुने पत्रकार ... read more...

  • आन्तरिक पर्यटकहरुका लागि आकर्षणको केन्द्रविन्दु बन्दै तिलिचो ताल

    मनाङ । विश्वको सबैभन्दा अग्लो स्थानमा रहेको तिलिचो ताल घुम्नका लागि उचित समय कुन हो त ? कहिले जाँदा सहज हुन्छ भन्ने कौतुहलता आम मानिसमा रहेको हुन्छ । बर्खाको सिजनमा लेकाली फूलहरु फुल्ने र तिनीहरुको गन्धले लेक लाग्ने गर्छ । यसका साथै आकाशमा बादल लागेर नखुल्ने हुन्छ भने हिउँदको सिजनमा हिउँ पर्ने र बढी चिसोका कारण जान सकिँदैन । आकाश खुलेर वरिपरिका दृश्य अवलोकन गर्नका लागि उपयुक्त सिजन असोज र कात्तिक ... read more...

  • पर्यटकीय गन्तव्य धुलिखेल सुनसान भएपछि विशेष प्याकेज घोषणा

    काभ्रे । राजधानीबाट नजिक रहेको पर्यटकीय गन्तव्य धुलिखेलस्थित रहेका विभिन्न होटल क्रिसमसका दिन पनि सुनसान जस्तै देखिएका छन् । अधिकांश बाह्य पर्यटक क्रिसमस मनाउन स्वदेश फर्केका कारण धुलिखेलस्थित रहेका होटल सुनसान देखिएका हुन् । यद्यपि आन्तरिक पर्यटकको चहलपहल भने देखिएको छ । होटल व्यवसाय सुनसान भएसंगै धुलिखेलमा रहेका विभिन्न होटलहरुले पर्यटकका लागि विशेष ‘प्याकेज कार्यक्रम’ घोषणा गरेका छन ... read more...

  • ०७५ साललाई 'म्याग्दी भ्रमण वर्ष' का रुपमा मनाइने घोषणा

    म्याग्दी । जिल्लाको पर्यटन प्रवद्र्धनका लागि २०७५ साललाई म्याग्दी भ्रमण वर्षका रुपमा मनाइने भएको छ । म्याग्दी उद्योग वाणिज्य संघको मंगलबार बेनीमा बसेको बैठकले ‘म्याग्दी भ्रमण वर्ष २०७५’ मनाउने निर्णय गरिएको हो । स्थानीय तह, सरोकारवाला संघसंस्थासँग सहकार्य गरेर म्याग्दी भ्रमण वर्ष मनाउन लागिएको संघका महासचिव लीलाराम गौतमले बताए । म्याग्दीको पर्यटकीय सम्भावनाको पहिचान, प्रवद्र्धन र आन्तर ... read more...

  • आन्तरिक पर्यटकलाई लोभ्याउँदै म्याग्दीकोे बेलढुंगा (भिडियोसहित)

    म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीको शिरमा अवस्थित पर्यटकीयस्थल बेलढुंगा आन्तरिक पर्यटकको रोजाइमा परेको छ । प्रचारप्रसार र पूर्वाधारको अभावमा ओझेलमा परेको बेलढुंगाका बारेमा प्रचारप्रसार हुन थालेपछि युवाले बिदाको समयमा समूह बनाएर बेनी हुँदै भकिम्लीको बेलढुंगासम्म जाने गरेका छन् । पछिल्लो एक हप्तामा बागलुङ र पर्वतबाट मोटरसाइकलमा युवाको समूह भकिम्लीको स्वर्गाश्रम हुंदै बेलढुंगा ... read more...

  • टानको अध्यक्षमा दाहाल निर्वाचित

    काठमाडौँ, १३ कात्तिक । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल टानको अध्यक्षमा नवराज दाहाल विजयी भएका छन् । टानको आइतबार सम्पन्न ३९ औँ वार्षिक साधारण तथा निर्वाचनबाट वाम गठबन्धनकोतर्फबाट उम्मेदवार बनेका दाहालले ३३१ मत पाएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक समूहका मोहन लम्सालले ३१३ मत प्राप्त गरेका गरे । यता अध्यक्षका लागि स्वतन्त्र उम्मेदवारी दिएका नुरु जांबु शेर्पाले पनि ५० मत मात्र प्राप ... read more...

  • टुरिष्ट बस एशोसिएशनमा लोहनी निर्वाचित

    पोखरा, १२ कात्तिक । टुरिष्ट बस एशोसिएशन अफ नेपालको नयाँ कार्यसमिति निर्वाचित भएको छ । संस्थाको सातौँ अधिवेशनले प्रल्हाद लोहनीको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको हो । समितिको प्रथम उपाध्यक्षमा ढकनाथ काफ्ले, द्वितीय उपाध्यक्षमा भीष्म न्यौपाने, महासचिवमा कृष्ण आचार्य, कोषाध्यक्षमा दीपेन्द्र अधिकारी एवम् सदस्यमा रुपेन श्रेष्ठ र विज्ञान भुजेल रहेका छन् । टुरिष्ट बस एशोसिएशन पर्यटकीय नगरी पोख ... read more...