• +977 9841468702
  • info@cpostnews.com

भ्रष्टाचार

  • पीआइडीको अनियमितताः यसरी भयो महालेखामै सेटिङ

    काठमाडौं । मेलम्चीबाट खानेपानी आइसक्नुअघि नै काठमाडौं उपत्यकाको पाइपदेखि सबै पूर्वाधार ब्यवस्थापन गर्ने जिम्मेवारी पाएको आयोजना कार्यान्वयन निर्देशनालय (पीआइडी) ले रु ३८ अर्ब खर्च गरिसकेको छ । ३८ अर्ब रुपैयाँ खर्च गरिसक्दा पनि काठमाडौंबासीको धारामा पानी आएको छैन ।योजना निर्देशक तिरेशकुमार खत्री आयोजना तोकिएकै समयमा सम्पन्न गर्नेभन्दा ठेक्काबाट ठूलठूलो रकम कमिसन खानेतिर मात्र ब्यस्त हुँदा मेलम्चीको ... read more...

  • प्रहरीको अवैध रकम गुण्डामार्फत क्रसर उद्योगमा लगानी

    काठमाडौं । अवकाशको मुखमा पुगेका नेपाल प्रहरीका अधिकांश अधिकारीहरुको क्रसर र टिपरमा लगानी रहेको तथ्य खुलेको छ । सवारी दुर्घटनामा डिआईजी सुशीलकुमार भण्डारीको मृत्युपछि उनको क्रसर उद्योग र टिपरमा लगानी रहेको कुरा बाहिर आयो । प्रहरी उच्च स्रोतका अनुसार डिआईजी भण्डारीको मृत्युपछि विभिन्न क्रसर उद्योगमा प्रहरीले अनुसन्धान गर्दै जाँदा थुप्रै वहालवाला बरिष्ठ प्रहरी अधिकारीहरुको लगानी रहेको तथ्य समेत भेटिए ... read more...

  • बढानिलकण्ठ मन्दिरमा पनि राजनीति, मठाधीशको बम्ह्रलुट

    काठमाडौं । बुढानिलकण्ठ नारायणस्थान व्यवस्थापन समितिले मन्दिरका मठाधीश स्वामी निगमानन्द महाराजसँग मन्दिरको नगद तथा जिन्सी सामानको खोजी गर्दा उल्टै आर्थिक अनियमितताको आरोप लगाएर समिति खारेज गर्न लागिएको छ । समिति खारेज गर्ने चलखेल सुरु भएपछि सरकारलाई तत्काल अनुसन्धान गर्न सरोकारवालाले माग गरेका छन् । समितिका अध्यक्ष शकुल शाह ठकुरीले आफूलाई भूमि सुधार तथा गुठि संस्थानले पाँच वर्षसम्मको लागि नियुक्ति ... read more...

  • श्रीमती श्रेष्ठलाई सफाइ, डाक्टर सा'व श्रीमान भ्रष्टाचारी ठहर

    काठमाडौँ । विशेष अदालतले चितवन भरतपुरस्थित बीपी कोइराला क्यान्सर अस्पतालका तत्कालीन अध्यक्ष डा भक्तमान श्रेष्ठलाई भ्रष्टाचारको मुद्धामा दोषी ठहर गरेको छ । विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी, न्यायाधीशद्वय रत्नबहादुर बागचन्द, प्रमोदकुमार श्रेष्ठ वैद्यको इजलासले आज उालाई एक वर्ष कैद र एक करोड १८ लाख ६६ हजार ७७६ जरिवानाको फैसला गरेको विशेष अदालतका रजिष्ट्रार भीमकुमार श्रेष्ठले जानकारी दिए। डा श्रेष ... read more...

  • पाँच लाख घुससहित सहन्यायाधिवक्ता थापा समातिए

    काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उच्च सरकारी वकिल कार्यालय पोखराका सहन्यायाधिवक्ता सुरेन्द्रबहादुर थापालाई घुस रकमसहित पक्राउ गरेको छ । अभियुक्त थापाले सेवाग्राहीलाई ठगी मुद्दा सर्वोच्च अदालतमा पुनरावेदन नगरिदिने प्रलोभन देखाई पाँच लाख रुपैयाँ लिइरहेको अवस्थामा आयोगको टोलीले आज निजकै कार्यकक्षबाट पक्राउ गरेको हो । आजै मालपोत कार्यालय कास्कीका मालपोत अधिकृत खेमनारायण पौडेल र खरिदार सञ् ... read more...

  • अन्ततः पप्पु कस्न्ट्रक्सनका अध्यक्ष रौनियारसहित १२ विरुद्ध मुद्दा दायर

    काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पप्पु कस्न्ट्रक्सनका अध्यक्षसहित १२ विरुद्ध मुद्दा दायर गरेको छ । अख्तियारले बर्दिया सदरमुकाम गुलरिया र बारबर्दिया नगरपालिका जोड्ने जब्दीघाटको बबई नदीमाथिको पुल निर्माणमा अनियमितता गरेको आरोपमा निर्माण व्यवसायी र निर्माण अवधिमा संलग्न सम्पूर्ण कर्मचारी गरी १२ विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । पुल निर्माणको प्रारम्भिकदेखि अन्तिम चरणसम्मको अवस ... read more...

  • ‘सेटिङ’ मिलाइदिने भन्दै बालुवा तस्करसँग घुस लिने प्रहरी समातिए

    काठमाडौँ । बालुवा तस्करी खुला गर्ने भन्दै ठेकेदारसँग नगद घुस लिने नौं प्रहरीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ । पक्राउ परेका नौं प्रहरीले मनोहरा खोलाको बालुवा निकाल्न ‘सेटिङ’ मिलाइदिने भन्दै ठेकेदारसँग घुस लिएको अख्तियारको आरोप छ । पक्राउ पर्नेमा प्रहरी सहायक निरीक्षक गोपाल श्रेष्ठ र तथा प्रहरी हवल्दार दीपक भारती, उमेश यादव र अमन चौधरी रहेका छन् । प्रहरी जवान र ... read more...

  • त्रिविमा आर्थिक घोटाला, अख्तियारले छानविन गर्नुपर्ने नेविसंघको माग

    काठमाडौं । नेपाल विद्यार्थी संघ, त्रिभुवन विश्वविद्यालय समितिले त्रिविका प्राध्यापकहरुले ठूलो आर्थिक घोटाला तथा नीतिगत भ्रष्टाचार गरेको आरोप लगाएको छ । नेपाल विद्यार्थी संघ, त्रिभुवन विश्वविद्यालय समितिले पत्रकार सम्मेलन गरेर युएसएआईडीमार्फत मानव शास्त्र संकायका प्राध्यापकहरुले ठूलो आर्थिकसँगै नीतिगत भ्रष्टाचार गरेको आरोप लगाएको हो । नेविसंघ त्रिभुवन समितिका सभापति हरि आचार्यले विदेशी अनुदानबाट आए ... read more...

  • 'पद नपाए दुई करोड रुपैयाँ ब्याजसहित फिर्ता हुुनुपर्छ'

    काठमाडौं । लुम्विनी विकास कोषको सदस्य सचिवमा विवादास्पद ढंगले प्रवेश गरेका विष्णुप्रसाद ढकाल पद गुम्ने अवस्थामा पुगेपछि नेकपाका नेताहरुको शरणमा पुगेका छन् । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलकी पत्नी एवम् पूर्वएमालेकी प्रतिनिधि सभाको समानुपातिक सांसद सुजिता शाक्यले लुम्बिनी विकास कोषको सदस्य सचिव ढकालको पक्षमा लबिङ थालेकी छिन् । सरकारले तीन हप्ता अगाडि पाल्पा जिल्लाका प्रमुख जिल्ला अधिकारी ढकालल ... read more...

  • घुस लिएको अभियोगमा फेरी अर्का इञ्जिनियर समातिए

    काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तम्घास–सिमलटारी–प्यूठान सडक आयोजना, गुल्मीमा कार्यरत सव–इञ्जिनियर प्रकाश झालाई एक लाख रुपैयाँ घुस लिएको अभियोगमा पक्राउ गरेको छ । सडक आयोजनाको ठेक्काको बिल मूल्यांकन गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग पटकपटक घुस रकम माग गरिरहेको भन्ने उजुरीका आधारमा आयोगको टोलीले इञ्जिनियर झालाई पक्राउ गरेको हो । आयोगले सव–इञ्जिनियर झालाई शनिबार ... read more...

  • भ्रष्टाचार र एकाधिकारविरुद्ध कठोर बन्दै सरकार

    चितवन । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले भ्रष्टाचार र एकाधिकारविरुद्ध सरकारले कठोर कदम चाल्न शुरु गरेको बताएका छन् । बुधबार साँझ पूर्वी चितवनको कालिका नगरपालिकास्थित जुटपानीमा प्रहरी कार्यालयको भवन शिलान्यास गर्दै उनले यस्तो खुलसा गरेका हुन् । कार्यक्रममा बोल्दै गृहमन्त्री थापाले भने, 'भ्रष्टाचारलाई निर्मूल पार्नका निम्ति हामी कठोर कदम चाल्दैछौँ, अपराध, कुनै प्रकारको एकाधिकार र सिण्ड ... read more...

  • सेवाग्राहीबाट ५० हजार रुपैयाँ घुस लिएको क्षणभरमै साह थुनामा

    उदयपुर । जिल्ला नापी कार्यालय उदयपुरका प्रमुख श्यामबाबु प्रसाद साहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलले रंगेहात पक्राउ गरेको छ । उनीमाथि सेवाग्राहीबाट ब्यापक घुस खाने गरेको जनगुनासो बढेपछि अख्तियारले उनलाई निगरानीमा राखेको थियो । सेवाग्राहीबाट जग्गाको नक्सा परिवर्तन गरिदिने शर्तमा ५० हजार घुस लिँदै गर्दा साहलाई अख्तियारको टोलीले पक्राउ गरेको हो । उनलाई विहान जिल्ला नापी कार्यालयस्थित क ... read more...

  • ७० लाख रुपैयाँ लिएर ठेकेदार सम्पर्कविहीन, पुल निर्माण अलपत्र

    ललितपुर । १५ महिनाभित्र पुल निर्माण सम्पन्न गर्ने सम्झौता गरेका ठेकेदार ७० लाख रुपैयाँ लिएर सम्पर्कविहीन छन् । चार वर्षअघि ठेकेदार श्यामबहादुर तामाङले त्रिशूली कन्स्ट्रक्सनमार्फत तत्कालीन जिल्ला विकास समिति र स्विस एजेन्सीसँग वाग्मती गाउँपालिकास्थित ठोस्ने खोलाको पुल निर्माणका लागि सम्झौता गरेका थिए। तिनै ठेकेदार अहिले काम अलपत्र पारेर सम्पर्कविहीन भएको जिल्ला प्राविधिक कार्यालय ललितपुरले जानकारी ... read more...

  • घुसमा घडेरी दिने अवैध निर्णय टुलुटुलु हेर्दै अख्तियार

    हेटौडा । प्रदेश नम्बर-३ का सांसदहरुलाई उप-महानगरपालिकाले सस्तोमा घडेरी र होटल व्यवसायीले खाना र होटलमा बस्न भारी छुट दिने घोषणा गरेपछि समाजिक सञ्जालभर ब्यापाक विरोध सुरु भएको छ । उप-महानगरपालिकाको उक्त कदमलाई सामाजिक सञ्जालमा सांसदलाई भ्रष्ट बनाउने योजनाका रुपमा विश्लेषण, टिका-टिप्पणी भइरहेको छ । यसैबीच, प्रदेश नम्बर-३ का सांसदहरुलाई हेटौंडा उपमहानगरपालिकाले सस्तोमा घडेरी उपलब्ध गराउने भनेपछि विवे ... read more...

  • अवकाश हुनै लाग्दा भ्रष्टाचार गर्नेहरुलाई धमाधम सेटिङमा सफाइ

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट अवकाश पाउन लागेका प्रमुख आयुक्त दीप बस्नेतले भ्रष्टाचार गर्नेहरुलाई धमाधम सेटिङमा सफाइ दिन थालेका छन् । ६५ बर्षको उमेर हदका कारण २९ गते अख्तियारबाट अवकाश हुन लागेका प्रमुख आयुक्त बस्नेतले आफ्नै छोरा कमल र दिपक तिमिल्सिना नामका दलालको सेटिङमार्फत नेपाल प्रहरीका पूर्वआइजीपी उपेन्द्रकान्त अर्यालको मुद्दा तामेलिमा राखेको स्रोतले बतायो । पूर्व आइजीपी अर्या ... read more...

  • घुस लिँदालिँदै घुमुवा प्रहरीको हातमा लाग्यो हत्कडी

    जनकपुरधाम । घुस लिँदालिँदै सादा पोसाकमा खटिएका घुमुवा प्रहरी रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सम्पर्क कार्यालय बर्दीबासबाट खटिएको टोलीले जनकपुर उपमहानगरपालिका-७ स्थित भ्रमपुरा चौकमा घुस लिँदै गरेको अबस्थामा घुमुवा प्रहरी मनोजकुमार प्रसैलालाई पक्राउ गरेको हो । श्रीपुर गाउँपालिका वडा नंं-१ सुनसरी स्थायी घर भई हाल अस्थाई प्रहरी पोस्ट लक्ष्मीनिया धनुषामा कार्यरत रहेका वर्ष ... read more...

  • अख्तियारमै भ्रष्टहरुको जगजगी: प्रमुख आयुक्तका पिए नै अर्बपति

    काठमाडौँ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा कार्यरत लक्ष्मण बास्तोलाको पद शाखा अधिकृत हो । बास्तोला सोझै लोकसेवा आयोग पास गरेर अधिकृत भएका होइनन् । उनी नायब सुब्बाबाट ‘पानी बढुवा’ भएका अधिकृत हुन् । आयोगमा उनीजस्ता शाखा अधिकृत ५० जनाभन्दा बढी होलान् । तर बास्तोला आयोगका उपसचिव, सहसचिव र सचिवमात्र होइन, आयुक्तहरूभन्दा शक्तिशाली मानिन्छन् । प्रमुख आयुक्त दीप बस्न्यातले ठूला मुद्दादेखि ... read more...

  • भ्रष्टहरुको अखडा बन्दै वैदेशिक रोजगार विभाग, घुससहित नासु पक्राउ

    काठमाडौँ । वैदेशिक रोजगार विभाग, श्रम कार्यालय ताहाचलका नासु नगेन्द्रप्रसाद गौतम घुससहित पक्राउ गरेका छन् । उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रकमसहित रंगेहात पक्राउ गरेको हो । गौतमलाई सेवाग्राहीबाट घुसबापतको दुई लाख ३४ हजार लिइसकेको अवस्थामा गंगबुस्थित लुम्बिनी फास्ट फुड रेष्टुराँबाट आयोगको टोलीले नियन्त्रणमा लिएको हो । उनी श्रम कार्यालय ताहाचलको कतार शाखामा कार्यरत छन् । गौतमलेश्रम स्वीकृत ... read more...

  • १० लाख र कैदको मागः भ्रष्ट महानिर्देशक विरुद्ध विशेष अदालतमा मुद्दा

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार विभागका कार्यालय प्रमुख महानिर्देशक विश्वराज पाण्डेलगायतलाई विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले महानिर्देशक पाण्डेलाई दश लाख विगोसहित कैद सजाय माग दावी गरेको छ । उनी घुस काण्डमा मुछिएपछि अनुसन्धानका लागि उनलाई अख्तियारको टोलीले पक्राउ गरेको थियो । अनुसन्धानका क्रममा रहेका पाण्डेमाथि आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उप ... read more...

  • घूस लिँदालिँदै प्रहरी निरीक्षक सुुनुवार रंगेहात पक्राउ

    काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घूस लिँदालिँदै नेपाल प्रहरीका प्रहरी निरीक्षकलाई रंगेहात पक्राउ गरेको छ । उनलाई बालाजु नयाँ बसपार्क क्षेत्रका होटलहरुबाट महिनावारी उठाउने क्रममा अख्तियारले पचास हजार घुससहित रंगेहात पक्राउ गरेको हो । अख्तियारका प्रवक्ता जीवराज कोइरालाले सेवाग्राहीसँग बालाजु नयाँ बसपार्कबाट रकम माग्दामाग्दै प्रहरी निरीक्षक हरिहर सुुनुवार पक्राउ परेको पुष्टि गरे । पक्राउ ... read more...